Daily Archives 26th April 2017

फेला परेका ताइवानी पर्यटक

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा रहेको एक खोंचमा खसेर एक जना बेहोस भएको र अर्को मृत अवस्थामा फेला परेका दुई ताइवानी पर्यटक । बिना गाइड लाङटाङ क्षेत्रमा ट्रेकिङ गएका उनिहरु गत फागुन २५ देखि हराइरहेका थिए । तस्बिर: सीताराम अधिकारी
More

संसदको अर्को बैठक कहिले बस्छ, थाहा छैन

काठमाडौं । ‘ल भन्नुस् त साथीहरु, हामीभित्र के गर्दैछौँ ?’ दिनभर कुर्दा पनि बेलुकी आठ बजेसम्म बैठक नबसेपछि नेकपा (एमाले) का सांसद् उदय नेपाली श्रेष्ठले बैठकस्थलबाट बाहिरिँदै पत्रकारहरुलाई यसरी सोध्नुभयो । प्रायः नेता र सांसद्हरुलाई राजनीतिक गतिविधिबारे पत्रकारले प्रश्न सोध्ने सोधिने संसद्को बैठकस्थलमा आज नेता र सांसद्हरु अन्योलमा रहन विवश हुनुपरेको उदाहरण हो यो । आज बिहान ११ बजेको पहिलो बैठकमा संविधान संशोधन विधेयकको कार्यसूची र ११ जिल्लामा स्थानीय तह पुनरवलोकनबारे सरकारको तयारीप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेको आपत्ति र अवरोधपछि दिउँसो ३ बजेका लागि तोकिएको थियो । त्यसबीचमा प्रमुख दलका शीर्ष नेताहरुलाई बसालेर संसद्को गतिरोध खुलाउन सभामुख ओनसरी घर्तीले पहल
More

रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नवलपरासी र रुकुममा २ चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारले रुकुमको सिस्ने र उत्तर गंगासहित ११ गाविसलाई ५ नं प्रदेशमा गाभ्ने निर्णय गरेसँगै दु्ई नवलपरासी र रुकुममा समेत निर्वाचन दुई चरणमा हुने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद बैठकमा सरकारले नवलपरासीको ४ नंम्बर प्रदेशमा परेका क्षेत्रमा आउँदो बैशाख ३१ गते नै निर्वाचन गर्ने निर्णय लिएको छ । नवलपरासीमा दाउन्ने खोलाको वारी पर्ने ४ नम्बर र पारी पर्ने ५ नम्बर प्रदेशमा सरकारले वैशाख ३१ गते निर्वाचन गर्दैछ । त्यस्तै, प्रदेश ५ मा जेठ ३१ मा निर्वाचन गर्ने निर्णय लिएको सुचना तथा
More

राष्ट्रिय जनता पार्टी (राजपा) को नाम परिवर्तन

काठमाडौं । पार्टी एकता भएको एकसाता नबित्दै राष्ट्रिय जनता पार्टीले नाम परिवर्तन गरेको छ । निर्वाचन आयोगमा ‘राष्ट्रिय जनता पार्टी’ यसअघि नै दर्ता भइसकेको पाइएपछि उनीहरुले उक्त पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी नेपाल, हुने भएको छ । संसदमा रहेका छ दलबीच एकीकरण गरी राष्ट्रिय जनता पार्टी, नेपाल बनाएको र त्यसको चुनाव चिन्ह छाता रहेको आयोगलाई जानकारी दिँदै उनीहरुले त्यसको अधिकारिकता माग गरेका छन् । मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले पहिलो चरणको स्थानीय चुनावमा भाग नलिने सम्भावना बढेको छ । यससँगै राजपा नेपाल बैशाख ३१ मा हुने पहिलो चरणमा सहभागी हुने सम्भावना टर्दै गएको हो
More

एमालेले काठमाडौं मेयरमा क–कसको नाम सिफारिस ग-यो

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर उम्मेद्वारका लागि ५ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । एमाले काठमाडौं जिल्ला कमिटीले जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य, विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजालको नाम सिफारिस गरेको हो । चर्चामा रहेपनि पूर्वमेयर केशव स्थापितको नाम भने सिफारिस गरिएको छैन । श्रेष्ठ एमाले केन्द्रीय कमिटी सदस्य, खेलकुद परिषद्का पूर्वसदस्य सचिव र काठमाडौं महानगरपालिकाका पूर्व वडा अध्यक्ष हुन् । शाक्य एमाले काठमाडौंका सचिव र दुई पटक वडा अध्यक्ष निर्वाचित भएका व्यक्ति हुन् । मैनाली काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, मानन्धर अनेरास्ववियुका पूर्व महासचिव र रिजाल विद्यार्थी राजनीतिबाट आएकी नेतृ हुन् । स्थायी कमिटीले सिफारिस
More

स्थानिय निकायमा सँख्या थप्पे सरकारको निर्णय फिर्ता

काठमाण्डौं । मधेशका जिल्लामा स्थानिय निकायमा सँख्या थप्पे सरकारको निर्णय फिर्ता लिएको छ । बुधबार साँझ संसद भवन बानेश्वरमा नेकपा एमाले र सरकार बीच भएको वार्ता पछि सो निर्णय लिन सरकार राजी भएको हो । सहमति पछि एमाले संसद चल्न दिने भएको छ । यसै बीच सरकारले स्थानीय तहको गाविसहरु हेरफेर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले रुकुम जिल्लाका ११ वटा गाविसहरु ५ नम्बर प्रदेशमा र बाँकी ६ मा गाभ्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्यस्तै नवलपरासीको त्रिवेणी गाविसको ६ र ७ वडालाई विनय गाविसमा गाभेर ४ नम्बर प्रदेशमा राख्ने निर्णय गरेको छ ।
More

राप्रपाको घोषणापत्रमा सबै नगरपालिका ‘स्मार्ट सिटी’

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वर्षभित्र हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्यसहित स्थानीय तह निर्वाचनको घोषणा–पत्र सार्वजनिक गरेको छ । अध्यक्ष कमल थापाले आज ललितपुरको हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा–पत्र सार्वजनिक गरेका हुन् । राप्रपाले प्रत्येक गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकसित गरिने दाबी पनि गरेको छ । गाउँ र नगरपालिकाले बजेटको कम्तिमा २० प्रतिशत शिक्षामा विनियोजन गरिने माध्यामिक तहसम्मको पढाइ निःशुल्क गर्ने र शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने बाचा पनि घोषणा–पत्रमा गरेको छ । प्रत्येक स्थानीय तहमा कम्तिमा २५ शैयाको अस्पताल निर्माण गरिने उसको प्रतिवद्धता छ । एक परिवार : एक रोजगारीको नारा दिएको
More

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को झड्का

एजेन्सी । आप्रवासीलाई निकाला गर्न अस्वीकार गर्ने सहरलाई संघीय अनुदान नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा धक्का लागेको छ । सान फ्रान्सिस्कोस्थित संघीय न्यायाधीश विलियम ओरिकले ट्रम्पको योजना रोकिदिएका हुन् । ह्वाइट हाउसले भने यो आदेशलाई ‘बहुलट्टी’को संज्ञा दिएका छन् । संघीय अनुदान कटौती गर्ने राष्ट्रपति ट्रम्पको योजनाविरुद्ध सान फ्रान्सिस्को र सान्टा म्लोरा काउन्टीले मुद्दा हालेका थिए । त्यसमाथि सुनुवाई गर्दै न्यायाधीश ओरिकले अदालतबाट अन्तिम टुङ्गो नहुँदासम्म राष्ट्रपतीय आदेश कार्यान्वयन नगर्न भनेका छन् । अदालतको आदेशप्रति ट्रम्प प्रशासन रुष्ट बनेको छ । ह्वाइट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसले आदेश ‘बहुलठ्ठीपूर्ण’ भएको टिप्पणी गरेका हुन् ।
More

एनआरएनएको युरोप क्षेत्रिय बैठकको तयारी भेला सम्पन्न

फ्रयाङफोर्ड । गैरआवासिय नेपाली संघ(एनआरएनए) युरोप क्षेत्रिय बैठकको तयारीका लागि गत अप्रिल २४का दिन एनआरएनए जर्मनीले जर्मनीको फ्रयाड्कफोर्ट शहरमा प्रमुख संरक्षक जीवा लामिछानेको प्रमुख अतिथ्यतामा महत्वपुर्ण निर्णयहरु गर्दै एक भेला सम्पन्न गरेको छ । एनआरएनए जर्मनीका अध्यक्ष नवराज रोस्याराको अध्यक्षतामा आयोजित उक्त भेलामा एनआरएनए अन्तराष्ट्रिय समन्वय समिती (आईसीसी) का पदाधिकारीहरु संरक्षक दिल गुरुङ, उपाध्यक्ष कुमार पन्त, महासचिव वद्रि केसी, सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक, सपिला राजभण्डारी, उप संयोजक रजनी प्रधान, युरोप क्षेत्रका संयोजक कुल आचार्य, उप संयोजक द्वय दावा गेल्जे शेर्पा र प्रेम गुरुङ लगायतका केन्द्रिय पदाधिकारीहरु र राष्ट्रिय समन्वय समिती (एनसीसी) का पदाधिकारीहरुले आप्ना सल्लाह र शुझावहरु राख्नु
More

बेलायती संसदमा इतिहास रच्यो भाग्यले बाँचेकाहरूले

लण्डन। चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) बेलायतको संसदमा प्रदर्शन गरिएको छ । नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ । महाभूकम्पको दोस्रो बार्षिकीको पूर्वसन्ध्या पारेर स्कटल्याण्डको फिपका सांसद स्टेफिन गेथिन्स ले बेलायती संसदमा ‘भाग्यले बाँचेकाहरु’ प्रस्तुत गरेका हुन् । जसलाई ‘द लिटिल शेर्पा फाउन्डेशन’का सिइओ तथा चर्चित फोटोग्राफर जेम्स ल्याम्ब नेपाल पर्यटन बोर्डका मानार्थ दूत पशुपति भण्डारी र युके–नेपाल फेण्डसिप सोसाइटीका कार्यकारी निर्देशक एलन मार्सेल सान्काले समन्वय गरेका थिए । सोमबार साँझ भएको वृत्तचित्र प्रदर्शनीमा बेलायतस्थित बिभिन्न निकायका अधिकारीहरु, नेपाली दूतावास तथा नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको पनि
More