Daily Archives 27th April 2017

राजदूत डा. सुवेदीद्धारा आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

लन्डन। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन । डा. सुवेदीले बिहीवार अपरान्ह राष्ट्रपति प्यालेसमा आयोजित बिषेश कार्यक्रमका बीच ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन । यसअघि डा. सुवेदीलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आयरल्याण्डका लागि गैरआवासीय राजदूतको रुपमा नियुक्ती गरेकी थिइन् । डा. सुवेदीले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले राष्ट्रपति माइकल डी हिङग्नसको ब्यक्तिगत सुख र सुस्वाथ्यका तथा बेलायती जनताको निरन्तर शान्ति, प्रगति एवं समृद्धिका लागि पठाएको सन्देश र प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको तर्फबाट पठाएको शुभेच्छा तथा शुभकामना प्रस्तुत गरेका थिए । राष्ट्रपतिले राजदूतको सफलताको लागि शुभकामना दिदैं डा. सुवेदीको कार्यकालमा दुई मुलुकबीचको सम्बन्धलाई
More

बैशाख ३१ को निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डरीले स्थानीय निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सरकारको सिफारिस अनुसार सो स्वीकृति प्रदान गर्नुभएको हो । राष्ट्रपति कार्यलयका अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को गत चैत ९ को निर्णय, मन्त्रिपरिषद्को चैत २९ को निर्णय तथा प्रधानमन्त्रीको चैत २९ को पत्रमा उल्लिखित सिफारिस बमोजिम राष्ट्रपतिले स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको
More

संशोधन विधेयकलाई पराजित गर्ने नौदलीय गठबन्धनको निर्णय

काठमाडौं । नौदलीय गठबन्धनको आज बसेको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हितमा नरहेको निष्कर्ष निकाल्दै सो विधेयक पारित हुन नदिने निर्णय गरेको छ । सिंहदरबारस्थित नेकपा (एमाले) को संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधन प्रस्ताव सकरात्मक नभएको जनाउँदै सो प्रस्ताव पराजित गर्ने निर्णय गरेको हो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधन देश र जनताको हितमा नरहेको जनाउँदै त्यसलाई पराजित गर्न आफ्ना तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने निष्कर्ष निकालिएको बताउनुभयो । पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “संशोधनको प्रक्रियामा सहभागी हुन्छौँ तर संशोधनमा गठबन्धनले पनि संशोधन हाल्ने छ, देश र जनताको हितमा नरहेको संविधान
More

एभरेस्ट बहुराष्ट्रिय कम्पनीले लगानी विस्तार गर्ने

काठमाडौं । नेपाली बहुराष्ट्रिय कम्पनी माउन्ट एभरेस्ट (एमइ) ग्रुपले नेपालको पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । केन्द्रीय कार्यालय काठमाडौँ रहेको सो कम्पनीले एमइ ट्राभल एन्ड टुर्स प्रालि नामक कम्पनी खडा गरी व्यवसाय सुरु गर्ने तयारी गरेको हो । ‘नेपालीले नेपालमै’ नारासहित ट्राभल एन्ड टुर्स, होटेल, रेस्टुराँ, शिक्षा, सुपरमार्केट र कृषिलगायत क्षेत्रमा सेवा तथा वस्तुको व्यापारमा लगानी गर्ने सो कम्पनीले जनाएको छ । नेपालसहित एसिया, युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत देशमा व्यवसाय विस्तार गरिने कम्पनीका अध्यक्ष कमलराज अधिकारीले जानकारी दिनुभयो । पहिलो पटक विभिन्न देशमा बस्ने नेपाली व्यवसायीद्वारा प्रवद्र्धित सो कम्पनीले विसं २०८२ सम्ममा देश विदेशमा गरी करिब ५०० नेपालीलाई
More

सरकारले निर्वाचनको आवरणमा पहाड र तराई छुट्याउन खोज्योः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले निर्वाचनको आवरणमा पहाड र तराई छुट्याउन खोजेको आरोप लगाएका छन् । एमाले प्रचार विभाग भेलाको आज पार्टी मुख्यालय धुम्बाराहीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले निर्वाचनको आवरणमा सरकारले हचुवाको भरमा संबिधान संशोधन प्रस्ताव ल्याएर, स्थानीय तहको संख्या बढाउन खोजेर तथा सिमाङ्कन हेरफेर गरेर पहाड र तराई टुक्र्याउन खोजेको आरोप लगाएका हुन् । बजेट ल्याएर दोस्रो चरणको निर्वाचन गर्ने सरकारको तयारीप्रति असन्तुष्टि जनाएका ओलीले संविधान संशोधन प्रस्ताव पारित हुन नदिइने पनि दोहो-याएका थिए । डिआइजी नवराज सिलवालसँग सम्बन्धित प्रकरणको बचाउ गरेका ओलीले सरकारले नै कीर्ते गरेर उनलाई फसाउन खोजेको आरोप लगाए । सरकार र सत्तारुढ
More

निर्वाचन आयोगमा पोस्टर वितरण

काठमाडौँस्थित निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि पोस्टर वितरण गरिँदै । तस्बिर : रोशन सापकोटा,
More

‘संख्या थप्ने निर्णय सम्पूर्णरुपमा फिर्ता भएको होइन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको संख्या थप्ने निर्णय सम्पूर्णरुपमा फिर्ता नलिइएको भन्दै मधेस केन्द्रित दललाई हतारमा कुनै निर्णय नलिन आग्रह गरेका छन् । संख्या बढाउन लागिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबार र बुधवार संसद अवरुद्ध गरेपछि हिजो तीन दलबीच संख्या थप्ने निर्णय फिर्ता लिने सहमति भएको थियो । सो सहमतिप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा पूर्व सहमति विपरित संख्या बढाउने निर्णय फिर्ता गरिएको भए आन्दोलनमा जाने चेतावनी दिएको थियो । उसको चेतावनीपछि प्रधानमन्त्री दाहालले निर्णय सम्पूर्णरुपमा फिर्ता नलिइएको र त्यसबारे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग छलफल गरेर निष्कर्षमा पुग्ने आश्वासन दिएका
More

अध्यक्ष ओलीसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गर्नुभएको छ । एमाले मुख्यालय धुम्रबाराहीमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार छलफलमा विद्यमान राजनीतिक गतिरोध, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा विचार विमर्श भएको थियो ।
More

संसद अवरोध गर्ने पालो अब मोर्चाको

काठमाडौं । स्थानीय तहको संख्या वृद्धि र सीमांकन हेरफेरको सिफारिसका लागि ११ जिल्लामा गरेको परिपत्र सरकारले फिर्ता लिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को अवरोध खुला गरेको छ । स्थानीय निर्वाचन प्रक्रिया शुरु भएपछि सरकारले प्रदेश नम्बर २ र ५ का ११ वटा जिल्लामा संख्या वृद्धि र सीमांकन हेरफेरका लागि सिफारिस गरेपछि एमालेले संसद् बैठक अबरुद्ध पार्दै आएको थियो । उपप्रधान तथा संघीय मामिला मन्त्री कमल थापाले बुधबार संसद्मा असन्तुष्ट मधेसी दललाई निर्वाचनमा सहमत गराउन ११ जिल्लामा स्थानीय तहको संख्या थपको प्रक्रिया शुरु गरेको जवाफ दिएका थिए । तर एमालेका सांसदहरुले भने मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसद् बैठकमा अवरोध
More

गोही आक्रमणमा घाइते बालकलाई बेल्जियमबाट सहयोग

चितवन । चितवन सहायता कोष बेल्जियमले गोहीले चपाएर पनि बाँच्न सफल १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि २५ हजार रुपैया सहयोग उपलब्ध गराएको छ । चितवन सहायता कोष बेल्जियमले चितवन सहायता समाजको संयोजनमा सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार पश्चात आउन सक्ने जोखिमलाई मध्यनजरगर्दै रकम प्रदान गरिएको चितवन सहायता समाजकी कोषाध्यक्ष विजया रेग्मीले जानकारी दिइन् । अस्पताल बाट डिस्चार्ज भएपछि पनि संक्रमणको खतरा रहेको र पारिवारीक अवस्था कमजोर रहेकाले पछिको उपचारमा समस्या आउन सक्ने उनको सहयोग अभियानका अभियन्ता विकास पाठकले बताएका छन् । हालका लागि भने आर्थिक संकलन अभियान स्थगित गरिएको भए पनि न्युन आर्थीक अबस्थाका कारण आर्थीक
More