Daily Archives 29th April 2017

रेडिंगमा बेलायती सांसदसंग अन्तरक्रिया हुने

बेलायत को रेडिंग मा बेलायती सांसद रब विल्सनसंग अन्तरक्रिया हुने भएको छ। २००५ देखि रेडिंग इस्टबाट निर्बाचित कन्जरभेटिभ पार्टीका सांसद विल्सनसंग वर्तमान राजनीतिक परिवेश, नेपालीहरुको समस्या, आगामी जून ८ माहुने निर्बाचनको बिषयमा छलफल हुने आयोजक महेश हरि आचार्यले जनाएका छन्। युवाहरुको सक्रियतामा अप्रिल ३० आइतबार ४ बजे देखि ६ बजे सम्म रेडिंगको पाकिस्तानी हलमा हुन लागेको उक्त कार्यक्रममा सांसद विल्सनले बिगत १२ वर्षमा आफुले गरेका कामको समिक्षाको साथ साथै आगामी निर्बाचनमा आफ्नो उमेदवारीको बारेमा नेपालीहरुलाई जानकारी दिने छन्। बेलायतको अदालतले हालै नेपालमा रहेका पूर्व गोरखाका छोराछोरीलाई युके आउने बाटो खोलिदिएको छ र सो बिषयमा पनि छलफल हुने कार्यक्रम संयोजक भरत
More

नाइजेरियामा नेपालको पर्यटन र संस्कृती सम्बन्धि बृत चित्र प्रदर्शन

लेगोस , नाइजेरिया । “अफ्रो एसियन कमुनिटि इनिसिएटिभ फर डेभलोपमेन्ट ” द्वारा लेगोस , नाइजेरियामा आयोजित कार्यक्रममा नेपालको सस्कृती र पर्यटनमाथी आज एनआरएनए नाइजेरियाद्वारा एक बिशेष प्रसुस्ती गरियो । एनआरएनएको अथिती देबो भव अन्तरास्ट्रिय अभियान अनुरुप तयार पारिएको करिब २० मिनेटको श्रब्य दृश्य प्रस्तुति अफ्रीकन , भारतिय र अन्य एसियन दर्शक माझ प्रस्तुत गरिएको थियो । एनआरएनए नाइजेरियाका कार्यबाहक अध्यक्ष जनक बिस्टले नेपाल एसियन सस्कृतीकै केन्द्र बिन्दु भएको , भगवान बुद्धको जन्मस्थान र सर्बोच्च शिखर सगरमाथा लगायत दर्जनौ हिम शृङ्खला भएको सुन्दर देश रहेकोले अफ्रिकन र यहाँ स्थित आप्रवासी समुदायलाई एक पटक नेपाल घुम्न आमन्त्रण गर्नु भयो । कार्यक्रममा एनआरएनएका
More

यस्तो बन्दैछ एनआरएनमा चुनावी समीकरण

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन आगामी अक्टोवर १४ देखि १८ सम्म काठमाडौंमा आयोजना हुने तय भएको छ । एनआरएन विधानअनुसार यो सम्मेलनले नयाँ नेतृत्वको समेत चयन गर्नेछ । विधानमा भएको व्यवस्थाअनुरुप यतिबेला संघको विश्वभरि छरिएका ७४ राष्ट्रिय समिति (एनसीसी) मा चुनावी चटारो छ । विधानतः प्रत्येक राष्ट्रिय समितिले सेप्टेम्बर १५ भित्र राष्ट्रिय समितिको निर्वाचनसहित केन्द्रीय प्रतिनिधि (अन्तर्राष्ट्रिय समन्वयन समिति, आइसीसी) चयन गरिसक्नु पर्नेछ । समयसीमाभित्र अधिवेशन नगर्ने राष्ट्रिय समितिले विश्व सम्मेलनमा भाग लिन पाउने छैनन् । राष्ट्रिय समिति निर्वाचन सुरुवातसँगै संघको आगामी नेतृत्व लिन भित्रभित्रै रस्कारस्की चलेको चर्चा छ । दावी संघको नेतृत्वको लागि अहिलेको
More

संविधान संशोधन विधेयकमाथि २४ ओटा संशोधन दर्ता

काठमाडौं । सरकारले व्यवस्थापिका–संसदमा पेस गरेको संविधान संशोधन विधेयकमाथि २४ ओटा संशोधन दर्ता भएको छ । संसद सचिवालय सिंहदरबारमा सबैभन्दा बढी संशोधन नेकपा एमालेले २१ ओटा, नेपाल मजदुर किसान पार्टीले २ ओटा र मालेले एकओटा दर्ता गराएका छन् । सरकारले गत सोमबार संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेको थियो । संसद नियमावलीको नियम १२२ अनुसार संसदमा प्रस्तुत् विधेयकमाथि सैद्धान्तिक छलफलमात्रै हुनेछ । त्यसपछि संसद नियमावली १२७ अनुसार सांसदहरुले संशोधन प्रस्ताव राख्न पाउनेछन् । संशोधन पेस गर्न चाहने कुनै सांसदले विधेयकमाथि छलफल सकिएको ७२ घन्टाभित्र संशोधनसहितको सूचना महासचिव वा सचिवलाई दिनुपर्नेछ । उक्त संशोधनको बुँदा सांसदहरुलाई उपलब्ध गराइनेछ । संविधान संशोधन
More

दोस्रो चरणको निर्वाचनअघि बजेट ल्याउन नमिल्ने

काठमाडौं । निर्वाचन आयोगले दुई चरणको निर्वाचनको बीचमा पर्ने गरि नयाँ आर्थिक बर्षको बजेट ल्याउन नमिल्ने निस्कर्ष निकालेको छ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवको अध्यक्षतमा शनिवार बसेको बैठकले जेठ ३१ गतेसम्म नै निर्वाचन आचारसंहिता लागू हुने भएकाले त्यसबीचमा सरकारका नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन नहुने निस्कर्ष निकालेको हो । दोस्रो चरणको निर्वाचन हुनुअघि निर्धारित जेठ १५ गते बजेट ल्याइँदा आचार संहिता उलग्घन हुने भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । दुई चरणको निर्वाचनको विचमा बजेट ल्याउदा त्यसले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने भएकाले सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको आयोगले जनाएको
More

तीन दिनअघि बेपत्ता बालकको हत्या

लहान । सिरहाको नरहा–३ खोरियास्थित घरबाटै तीन दिनअघि बेपत्ता भएका दुईवर्षे बालकको हत्या गरी गाडिएको अवस्थामा आज बिहान शव फेला परेको छ । बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काका सुरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत बुधवार साँझ घरबाटै अचानक बेपत्ता भएका खोरिया निवासी भरोसी यादवको दुईवर्षे छोरा रञ्जनकुमार यादवको टाउको काटेर घर नजिकैको बारीमा गाडिएको अवस्थामा शव फेला परेको इप्रका कार्यालय मिर्चैयाको प्रहरी नायब उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिनुभयो । बेपता बालकको खोजी गर्ने क्रममा घर नजिकैको बारीमा शव गाडिएको अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइहेको उहाँको भनाइ छ । यस्तै पोखरीमा डुबेर सिरहा
More

एक किलो सुनसहित तीन पक्राउ

सुरुङ्गा । प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन । सुन कसको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो । यसअघि शुक्रबार प्रहरीले चन्द्रगढी विमानस्थलबाट एक सय किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको थियो ।
More

एमाले कार्यकर्ताद्वारा आफ्नै पार्टी कार्यालयमा तालाबन्दी

मेलम्ची । नेकपा (एमाले) सिन्धुपाल्चोकमा प्रमुखको विषयलाई लिएर एमाले कार्यकर्ताले आज आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । एमाले स्थायी कमिटीले आज मेलम्ची नगरपालिकाको प्रमुखमा डम्बर अर्याललाई उम्मेदवार बनाउने निर्णयसँगै एमाले कार्यकर्ताभित्रका असन्तुष्ट पक्षले क्षेत्रीय कार्यालय मेलम्चीमा तालाबन्दी गरेका हुन् । मेलम्ची नगरपालिका प्रमुख पदका लागि जिल्लाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागार्इं, बालकृष्ण देउजालाई केन्द्रमा सिफारिस गरिएको थियो । तर एमाले स्थायी कमिटीले अर्याललाई उठाउने निर्णय गरेसँगै तालाबन्दी गरेको एमालेका एक नेताले जानकारी दिनुभयो । प्रमुखका लागि सबैको माग धर्मकृष्ण श्रेष्ठ भएको र पार्टीले जनभावना विपरीत निर्णय गरेको भन्दै एमाले कार्यकर्ताले आपत्ति जनाएका छन् । हरेक क्षेत्रमा पार्टीले एउटै
More

पत्रकार भेटघाट

वरिष्ठ नेता रामचन्द्र पौडेल काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले शनिबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मक्तव्य गर्दै । तस्बिर : रोशन सापकोटा
More

संविधान संशोधनमा सहयोग गर्ने काँग्रेसको प्रस्ताव एमालेद्वारा अस्वीकार

भक्तपुर । नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रह नेकपा (एमाले)ले अस्वीकार गरेको छ । आज भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको काँग्रेस र एमालेको शीर्ष नेताको भेटवार्ताका क्रममा संविधान संशोधनमा एमालेले सहयोग गर्न नसक्ने बताएको हो । छलफलका लागि सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । भेटमा देउवाले ओलीलाई मधेसवादी दललाई चुनावमा ल्याउनका लागि संविधान संशोधन आवश्यक रहेको बताउँदै यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । जवाफमा ओलीले संविधान संशोधन प्रतिगामी र जनविरोधी भएको भन्दै सहयोग गर्न
More