Daily Archives 2nd May 2017

रञ्जु क्रेज

विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार दर्ता गराउँदै रञ्जु दर्शना । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधिका लागि मङ्गलबार मनोनयन दर्ता सुरु भएको छ ।
More

चार महानगरमा यस्ता छन कांग्रेस माओवादीका उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ । दुई दिनदेखि जारी काँग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले आज सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । पार्टीले काठमाडौँ महानगरपालिका प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गी, पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङ, भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाह तथा ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जन र गीता सत्यालको टुङ्गो लगाएको उहाँले बताउनुभयो । यही वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो
More

कांग्रेस उम्मेदवार अपहरणपछि रिहा

बाबियाचौर । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उम्मेदवार राति सकुशल रिहाइ भएका छन् । भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापतिसमेत रहनुभएका जसबहादुर पुनलाई अज्ञात व्यक्तिले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए । चारवटै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर खोजी सुरु गरेपछि अपहरणकारीले बरञ्जामा पुनलाई छोडेर भागेपछि राति १० बजे सकुशल बेनी ल्याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । “शङ्कास्पद ठाउँका चारवटै नाकामा सुरक्षाकर्मी परिचालन गरेपछि छोडेर गएका थिए”, प्रजिअ पौडेलले भन्नुभयो, “संलग्न व्यक्तिको खोजी जारी छ ।” नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले
More

खादाको पासो लगाएर निर्वाचन अधिकृत झुण्डिए

रसुवा । खादाको पासो लगाई आज बिहान झुन्डिएको अवस्थामा फेला परेका निर्वाचन अधिकृत सन्तोष गिरीलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत गिरी कालिका गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारार्थ काठमाडौँ पठाइएको हो । उहाँका अनुसार नाडीको चाप चलेपनि होस भने खुलेको छैन । आज बिहान ४ः१५ बजे जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको कालिका गेस्ट हाउसको रेलिङबारमा घत्र्याक्घुत्रुक् आवाज आएपछि उनीसँग भित्र कोठामा बस्ने साथीले थाहा पाई स्थानीयवासीको सहयोगमा पासो फुकाली तत्काल नुवाकोटको अस्पतालमा उपचारार्थ पठाइए पनि होस नखुलेका कारण थप उपचारका लागि काठमाडौँ
More

सरकारमा आउन गरेको आग्रह गच्छदारले मानेनन्

काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानन्यायाधीश कार्कीमाथिको महाभियोग तत्काल फिर्ता नलिए वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनसक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री दाहालसँग सोमबार साँझ भेटेका गच्छदारले महाभियोगजस्तो प्रस्ताव संसद्मा दर्ता हुँदा सरकारलाई समर्थन दिएका दलहरूसँग परामर्श नगर्नुको उद्देश्य स्पष्ट गर्नसमेत दाहालसँग माग गरेक छन् । प्रधानमन्त्रीले सोमबार नै राप्रपाले सरकारको समर्थन फिर्ता लिएको हुँदा लोकतान्त्रिकलाई सरकारमा सहभागी हुन गरेको आग्रहलाई गच्छदारले अस्वीकार गरेको जानकारी स्रोतले दियो। फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने, ‘सरकारलाई दिएको समर्थन आजको दिनसम्म जारी छ । भोलिका दिनमा उसको गतिविधिमा भर पर्छ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर
More

३४ जिल्लाका २८३ तहमा आज उम्मेदवारी दर्ता

काठमाडौं । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज विहान १० बजे देखि ५ बजेसम्मको समय तय गरेको छ । मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन् । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण हुनेछ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिबाट
More

बेनीमा नेकपा (एमाले)का तर्फबाट श्रेष्ठ

बेनी । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेकपा (एमाले)ले प्रमोद श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । सोमबार राति नेकपा (एमाले) म्याग्दीले उम्मेदवारको टुङ्गो लगाएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष एवम् उद्योगी श्रेष्ठको नाम टुङ्गो लागेको नेकपा (एमाले) म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । एमाले म्याग्दीले प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम जिल्ला कमिटी हुँदै प्रदेश नं ४ को कमिटीमा सिफारिस गरेको थियो । आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । यसैबीच नेपाली काँग्रेसबाट हरिकुमार श्रेष्ठको नाम टुङ्गो लागेपछि चुनावी अभियान सुरु भइसकेको छ । १० वटा वडा
More