Daily Archives 3rd May 2017

म महाअभियोग प्रस्तावको पक्षमा छैन : पौडेल

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा आफू नभएको उल्लेख गर्दै सुरक्षित व्यवस्थापनको बाटो लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।  त्यस्तो बाटो महाअभियोग प्रस्ताव फिर्ता या अरू केही विकल्प हुन सक्ने भन्दै पौडेलले तत्काल निर्णय लिन सभापति देउवालाई ध्यानाकर्षण गराएका छन् । चुनावको मुखमा महाअभियोग प्रस्ताव दर्ता गरेर पार्टीलाई क्षति पुर्‍याउने काम भएको भन्दै पौडेलले त्यसलाई नसच्याए पार्टीलाई अप्ठ्यारो पार्ने बताए । शनिबार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गर्नुपर्ने परिस्थिति आयो भनेर पार्टी सभापतिले मसँग सामान्य कुरा गर्नुभएको हो, मैले लोकले के भन्छ ? पार्टीलाई कति नोक्सानी पुग्छ ?
More

शेरबहादुर र प्रचण्ड कुन श्रेणीका नेता हुन अब प्रमाणित हुन्छ

काठमाडौं– पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि गत आइतबार संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको चर्चाले यतिबेला नेपालको राजनीति तातेको छ । यस विषयमा तर्कवितर्क अनेक होला, तर न्यायलयको ढोकामा तरबार झुन्डाउने काम कार्यपालिकाले गर्नु हुँदैन थियो भन्ने आम नागरिकको बुझाइ छ । प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको अस्त्रले दीर्घकालमा कस्तो प्रभाव पार्छ, यसले कसलाई ड्यामेज गर्छ भन्ने विषयमा सहकर्मी सञ्जीव अधिकारीले नागरिक समाजका अगुवा तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीसँग गरेको कुराकानी यस्तो छ– कृष्ण पहाडी, मानवअधिकारकर्मी ० प्रधानन्यायाधीश महाअभियोग प्रकरणमा प्रधानमन्त्री र कांगे्रस सभापतिलाई केका लागि खुलापत्र लेख्नुभएको हो ? – विवेक र अन्तरआत्माको कुरा हो । राजनीतिमा विवेक
More

नेपाली काँग्रेस पत्रकार सम्मेलन

उपसमितिका संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक बुधबार निर्वाचनका बारेमा नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिद्वारा पार्टी मुख्यालय ललितपुरको सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै । तस्बिर : रोशन सापकोटा
More

काँग्रेसका बागी उम्मेदवार स्वतः निलम्बन हुने

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गर्ने पार्टीका सदस्यले उम्मेदवारी फिर्ता नलिए स्वतः निलम्बन हुने जनाएको छ । बागी उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति यही वैशाख २१ गते निर्धारित समयभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । तोकिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिए त्यस्ता बागी उम्मेदवार, निजको प्रस्तावक र समर्थक काँग्रेसको विधानअनुसार पार्टीबाट स्वतः निस्कासित हुने उहाँले बताउनुभयो ।
More

राजशुक्रले लिए यु–ट्युबको सहारा

काठमाडौं । पछिल्लो समय डिजिटल मिडिया यु–ट्युबको लोकिप्रियतासँगै संगीतकर्मीहरुलाई पनि मालामाल हुन थालेका छन् । अडियो तथा भिसिडी बिक्री नभएपनि यु–टुयुबका कारण संगीतकर्मी एवं व्यवसायिकहरु रुपमा लागि परेका छन् । र, जसबाट संगीतकर्ममा लागेकाहरुले जीवन चलाएका छन् । यसैका एक उदाहरण हुन् गायक तथा संगीतकार राजशुक्र लिम्बू । पेसाले राजशुक्र गायक तथा संगीतकार हुन् । तर, पछिल्लो समय उनी गायन र संगीतमा भन्दा बढी संगीत व्यवसायिकका रुपमा सक्रिय छन् । गायक÷गायिकामा यु–ट्युबको लोकप्रियतासँगै राजशुक्रले ‘मनोरञ्जन नेपाल’ नामक यु–ट्युब च्यानल सञ्चालन गदै आएका छन् । जुन च्यानलमार्फत विभिन्न संगीतकर्मीहरुको सिर्जना प्रसारण तथा प्रमोसन गर्दै आएका छन् । यसबाट उनले मात्र कमाएका
More

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्ताव फिर्ता लिन न्यायपालिका बचाउ अभियानले माग गरेको छ । न्यायपालिका बचाउ अभियानअन्तर्गत आज बसन्तपुरमा आयोजित सभामा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्वतन्त्र न्यायपालिकामाथि बिना प्रमाण लगाइएको महाअभियोग फिर्ता हुनुपर्ने बताउनुभयो । मानवअधिकारकर्मी कृष्ण पहाडीले पद्धतिको दुरुपयोग गरेर प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याइनु गलत भएको र त्यो फर्ता लिनु उपयुक्त हुने धारणा राख्नुभयो । मानवअधिकारकर्मी सुबोध प्याकुरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सरकारका तीन अङ्गहरु समान रुपमा अघि बढ्नुपर्ने हुँदा न्यायालयको सर्वोच्चतामा प्रहार गर्नु सही नभएको बताउनुभएको थियो । वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली र श्रीहरि अर्याल, डा गोविन्द केसी, डा द्वारिका
More

संविधान संशोधन हुनै लाग्दा नाटकीय ढंगले चलखेल

काठमाडौं । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनका उपलब्धि जोगाउन पहिलो चरणको चुनावमा भाग लिएको बताएका छन् । काठमाडौंको तीनकुनेस्थित पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले आन्दोलनबाट विचलित भएको आरोपको खण्डनसमेत गरे । उनले संविधान संशोधन गर्ने प्रतिबद्धता राज्यले दिइसकेको र त्यसअनुसार संशोधन विधेयक अगाडि बढेको हुनाले मधेसी मोर्चासँग पूर्वसहमतिअनुसार चुनावमा गएको स्पष्ट पारे । अध्यक्ष यादवले संविधान संशोधन हुन लाग्दा पछिल्लो साता नाटकीय ढंगले चलखेल भएको आरोपसमेत लगाए । फरक प्रसंगमा उनले आईजीपीको बहानामा प्रधानन्यायधीशमाथि लगाएको महाअभियोग गलत भन्दै फिर्ता लिन माग गरे ।
More

काठमाडौं महानगरमा ८८७ जनाको उम्मेदवारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाको १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको छ । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मङ्गलबार रातिसम्म चलेको उम्मेदवारी दर्ताका क्रममा १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले प्रमुखमा २८, उपप्रमुखमा १३ र विभिन्न वडाका अध्यक्ष र सदस्यमा ८४६ जनाको उम्मेदवारी परेको जानकारी दिनुभयो । प्रमुख पदमा १२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका छन् भने १६ जना स्वतन्त्र उम्मेदवार छन् । उपप्रमुखमा राजनीतिक दलबाट सात जनाको उम्मेदवारी परेको छ भने छ जना स्वतन्त्र उम्मेदवार छन् । काठमाडौँ महानगरपालिकाका ३२ वडामा ३४० मतदान केन्द्र राखिएका छन्
More

वैशाख २५ देखि ३१ सम्म विद्यालय बिदा

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् । यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा चार दिन विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो । सो बिदा बापत् अन्य समयमा पढाएर विद्यार्थीलाई क्षतिपूिर्त दिइनेछ । कतिपय विद्यालयमा मतदान केन्द्र हुने र निर्वाचन पूर्व राजनीतिक गतिविधि बढ्ने भएकाले विद्यालयमा निर्वाचन अघि विगतमा पनि बिदा दिइन्थ्यो ।
More

महाअभियोगको प्रस्ताव संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव संविधान विपरीत भएको भन्दै रिट निवेदन दर्ता भएको छ । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनील रञ्जन सिंहले संयुक्तरुपमा आज दायर गरेको रिट निवेदनमा संविधानको धारा १०१ (२) अनुसार महाअभियोग कुनै पनि कुरा नमिल्ने भन्दै महाअभियोगसम्बन्धी कुनै पनि काम कारबाही अघि नबढाउन अन्तरिम आदेशको माग गरिएको छ । सभामुख, व्यवस्थापिका–संसद् सचिवालय, नेपाली काँग्रेस संसदीय दलको कार्यालय र नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा प्रहरी नायब महानिरीक्षकसम्बन्धी अदालतमा विचाराधीन मुद्दाको विषयवस्तुलाई लिएर संसद्ले सिधै हस्तक्षेप गरेको कुरा उल्लेख छ । अदालतमा बेन्च तोक्ने प्रधानन्यायाधीशको
More