Daily Archives 10th May 2017

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहाल भोलि चितवन जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि चितवन जाने हुनुभएको छ । चुनावी आमसभालाई सम्बोधन गर्न सभापति देउवा र दाहाल चितवन जान लागेका हुन् । कांग्रेस–माओवादीको तालमेलबाट असन्तुष्टलाई सम्बोधन गरेर चुनावी महोल तयार गर्न शीर्ष नेताहरुको चितवन भ्रमण हुन लागेको हो । भरतपुरको बसपार्कमा मध्यान्न १२ बजे कांग्रेस–माओवादीले संयुक्त चुनावी सभा आयोजना गरेका छन् । कांग्रेस माओवादीबीच मेयर र उपमेयर पदमा तालमेल भएपछि भरतपुरमा आयोजना हुने संयुक्त चुनावी सभालाई शीर्ष तहले पहिलो पटक सम्बोधन गर्न लागेको हो । सभापति देउवाका लागि उपयुक्त वातावरण बनाउन रक्षामन्त्री बालकृष्ण खाँण बुधबार नै चितवन पुगेका
More

इच्छाकामनावासीको रुखमा मतदान गर्ने इच्छा

चितवन । चितवनको पहाडी क्षेत्रमा रहेको ईच्छाकामना गाउँ पालिकामा एक मात्र प्रमुख पदको उम्मेदवार महिला भएकाले पार्टी भन्दा माथि उठेर महिलालाईनै भोट हाल्ने ईच्छाकामनाका महिलाहरुले प्रतिवधता जनाएका छन् । घरदैलो कार्यक्रमको शिलशिलामा ईच्छाकामना गाँउ पालिका वडा नम्वर ३ अन्तरगत कुरिनटार, नयाँ वस्ती, कुरीनघाँट, चुम्लिङ्टारलगायतका क्षेत्रका महिला अगुवाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । महिला सशक्तिकरणका साथसाथै भित्री सडकहरुको स्तरउन्नति, खानेपानीको उचित व्यवस्था, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा विशेष काम गर्नुपर्ने बताउदै उनीहरुले महिला उम्मेदवारलाई निर्वाचित गराई छाड्ने बताए । सो अवसरमा बोल्दै गाउँपालिकाका प्रमुख एवं उपप्रमुखले ईच्छाकामनाको विकास गर्दै धार्मिक पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने बताएका थिए । नेपाली काँग्रेस ईच्छाकामना
More

कांग्रेस नेतृत्वको निर्णय भरतपुरवासीलाई अमान्य

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेतृत्वको निर्णयप्रति मतदाताले अहिलेसम्म चित्त बुझाउन सकेका छैनन् । नेपाली कांग्रेसको बलियो पक्कड रहेको उक्त महानगरमा माओवादीलाई भोट हाल्नुपर्ने चित्तबुझ्दो जवाफ कांग्रेस नेतृत्वबाट नआएसम्म कार्यकर्ताले हसिया हतौडामा मतदान नगर्ने स्पष्ट पारेका छन् । कांग्रेस र माओवादीको संयुक्त टोली यतिबेला घरदैलो कार्यक्रममा छ । कांगे्रस शुभचिन्तकको घरमा मत माग्न जाँदा आफूहरुलाई रुख चिन्ह मात्र थाहा भएको बताउने गरेका छन् । कतिपय सचेत मतदाताले भने उम्मेदवारसँग प्रतिवादसमेत गर्ने गरेको बताइन्छ । मेयर पदमा कांगे्रसले किन उम्मेदवार झिक्यो, त्यसको चित्त बुझ्दो जवाफ दिन मतदाताले उम्मेदवारसँग आग्रह गरेको भेटियो । मेयर पदमा मात्र
More

आश्रमका कन्याको दन्त परीक्षण

चितवन । साइराम डेण्टल केयर सेन्टर नारायणगढले बुधबार देवघाटमा रहेको रामजानकी गार्गी कन्या गुरुकुलका बालिकाको निःशुल्क दन्त परिक्षण गरेको छ । शिविरमा आश्रममा रहेका बालिकाका लागि ३५ हजार बराबरको चप्पल, कपडा, दन्त सफाइका लागि आवश्यक सामाग्री समेत वितरण गरियो । सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रमको आयोजना गरिएको साइराम डेण्टल केयर सेन्टरकी प्रबन्ध निर्देशक सरु थापाले जानकारी दिइन् । आश्रमका बालिकाहरुको भविष्य उज्वल रहेको भन्दै आगामी दिनमा आवश्यक सहयोग गर्न आफुहरु प्रतिबद्ध रहेको अस्पतालका वरिष्ठ दन्तरोग विशेषज्ञ एवम भरतपुर अस्पतालका दन्त विभाग प्रमुख अजय न्यौैपानेले बताए । सहयोगी हातप्रति धन्यवाद व्यत्त गर्दै बालिका आश्रमकी अध्यक्ष सावित्री टण्डनले सहयोगले सेवा दिन अझ बढी प्रेरित
More

काँग्रेसको विजयसँगै आर्थिक समृद्धिका योजना अघि बढाइने : नेता पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा काँग्रेसको विजयसँगै आर्थिक समृद्धिका योजना अघि बढाइने बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका–२७ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसकै नेतृत्वमा देशले नयाँ संविधान प्राप्त गरेका कारण अब राष्ट्रिय समृद्धि र विकासका लागि कृषि क्रान्ति, जलस्रोतको उपयोग, पर्यटनको विकासलगायत योजना अघि बढाइने बताउनुभयो । पोखरा विश्वकै पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै उहाँले यहाँको निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तत्काल अघि बढाउँदै अन्य आवश्यकीय अन्तर्राष्ट्रियस्तरका पूर्वाधार विकास गरिने उल्लेख गर्नुभयो । नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले देशका सबैखाले समस्याको समाधान गर्न सक्ने पार्टी
More

संविधान कार्यान्वयनका लागि काँग्रेसले जित्नुपर्छ : नेता थापा

काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले संविधानको सफल कार्यान्वयन लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताउनुभएको छ । काँग्रेसको प्रचारप्रसार उपसमितिले आज नेपाल प्रेस युनियनको कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले संविधान कार्यान्वयनको दायित्व पनि आफ्नो पार्टीसँग भएकाले काँग्रेस विजयी हुनुपर्ने तर्क गर्नुभयो । संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि अहिलेको सत्ता गठबन्धन बनेको प्रसङ्ग उल्लेख गर्दै नेता थापाले भन्नुभयो, “स्थानीय तहको निर्वाचनलाई सफल पार्न सत्ता साझेदार दलसँग कतिपय स्थानमा चुनावी गठबन्धन गरिएको हो ।” अहिलेकै सत्ता गठबन्धनअनुसार सहज रुपमा जेठ पहिलो साता काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने जानकारी गराउँदै नेता थापाले उक्त सरकारले संविधानको समयसीमाभित्र प्रदेश
More

ओली भेट्न देउवा बालकोटमा

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । छलफलका लागि सभापति देउवा एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीका निजी सचिव अनिश दाहालले समसामयिक विषयमा दुई दलका अध्यक्षबीच छलफल भएको बताउनुभयो । करिब एक घन्टा भएको भेटमा काँग्रेस सभापति देउवाले मधेस केन्द्रीत दललाई सहमतिमा ल्याएर चुनाव गराउनुपर्नेमा जोड दिँदै संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको उहाँले बताउनुभयो । भेटमा एमाले अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन बजेट अघि गर्नुपर्नेमा जोड दिँदै सहमतिका लागि छलफललाई निरन्तरता दिने र अन्य
More

स्वास्थ्य मन्त्री थापा पोखरामा

स्वास्थ्य मन्त्री गगन थापा बुधबार नेपाली काँग्रेस कास्कीले पोखराको चिप्लेढुंगास्थित वीपी चोकमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै । तस्बिर : निमदत्त सुवेदी
More

पाँच करोड अवैध रकमसहित चिनिया पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले रु चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले आज बिहान पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले काठमाडौँबाट गल्छी, रसुवा, केरुङ नाका हुँदै चीन जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका चिनियाहरुबाट अमेरिकी डलर तीन लाख ४९ हजार, युरो ६८ हजार, चिनिया युआन १४ हजार ४००, जापानी येन ३१ लाख, स्वीस फ्र्यान्क दुई हजार दुई सय, अस्ट्रेलियन डलर एक हजार ४००, स्टर्लिङ पाउण्ड एक हजार १०० र नेपाली रु
More

घर–घरमा दलीय झण्डा

काठमाडौं । शहरदेखि गाउँसम्म चुनावी रौनकले छपक्कै ढाकेको छ । घर–घरमा दलीय झण्डा राखिएका छन् । बिजुलीका खम्बादेखि सार्वजनिक स्थानका चौतारी, रुख तथा घरका भित्तामा समेत चुनावी प्रर्चा टाँसिएका छन् । गाउँ–घरका चिया पसलदेखि चोक चौतारीमा स्थानीय तहको चुनावकै चर्चा चलिरहेको छ । कुन दलको, को नेतालाई भोट हाल्ने देखि कसले गाउँको बिकास गर्छ भन्नेसम्मका बहस पनि भैइरहेका छन् । त्यतिमात्र होइन यतिबेला चुनावी चटारोमा रहेका नेता तथा कार्यकर्ता गीत संगीतसँगै, घोषणा–पत्र र उम्मेदवारका पर्चा सहित नमस्कार गर्दै मतदाता माझ पुग्दा आम नागरिकलाई अभिवादन फर्काउन भ्याइनभ्याइ छ । दुइ दशक पछि स्थानीय तहमा आफ्नो प्रतिनिधि चुन्न पाउने भएपछि मतदाता पनि
More