Daily Archives 12th May 2017

“एनआरएनए अमेरिका इलेक्सन डिबेट” हुने

लन्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्षका उम्मेद्धवार र आम सरोकारवालाहरुका विच मे २१ तारिखमा प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम “एनआरएनए अमेरिका इलेक्सन डिबेट” हुने भएको छ । नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसी न्यूज टेलिभिजन नेपालको आयोजनामा न्युयोर्क ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरको सभाहलमा हुने सो कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु र अन्य पदका उम्मेदवारहरुको पनि सहभागिता रहने कार्यक्रम संयोजक किरण मरहठ्ठाले जानकारि दिनुभयो । एनआरएन अमेरिकाको आगामी कार्यकालको अध्यक्षको लागी वर्तमान अध्यक्ष केशव पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, र उपाध्यक्षहरु राम सी पोखरेल, रबिना थापा र डिल्ली भट्टराइ र यूवाउद्यमी गौरिराज जोशीले उम्मेद्धवारि घोषणा गरिसकेका छन् । करिब
More

निर्मलबाट पत्रकार उपचार कोषलाई ५० हजार

विर्तामोड । झापा विर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी निर्मल भट्टराईले ”पत्रकार सहारा उपचार कोष”का लागि रु ५० हजार प्रदान गर्नुभएको छ । विर्तामोड– ५ निवासी भट्टराईले आज उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गर्नुभएको हो । निर्मल नेपाल अलँैची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी विर्तामोड शाखाका उपसभापति हुनुहुन्छ । घाइते तथा बिरामी पत्रकारको उपचारमा सहयोग पु-याउन महासङ्घले थालेको अभियानको उहाँले सराहना गर्नुभयो । नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोषमा रु एक करोड पु-याउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने
More

सुरक्षा व्यवस्था मजबुद छ, कसैले दख्खल दिन सक्दैन

छविलाल जोशी, काठमाडौं प्रहरी प्रमुख वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि राजधानीमा आवश्यक सुरक्षा तयारी पूरा भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले स्थानीय नर्वाचनका प्रमुख चुनौती पहिचान गरिसकेको  र त्यसलाई रोक्न आफूहरुले पर्याप्त तयारी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले दाबी गरको छ  । काठमाडौं प्रहरीले आफूहरुको प्रयास चुनाव विरोधी कुनै पनि घटना हुन नदिने बताएको छ ।  यहि बिषयमा काठमाडौं प्रहरी प्रमुख एसएसपी  छबिलाल जोशीसँग  लोकराज अधिकारीले गर्नुभएको कुराकानी । ० निर्वाचनको सन्दर्भमा चुनावी सुरक्षा कस्तो छ ? – सम्पूर्ण चुनावी महोल बनेको छ, हामी पनि चुनावमै केन्द्रित भएर सुरक्षा व्यवस्थामा लागेका छौं
More

आम्स्टर्डाममा रामकृष्ण ढकाल साँझ

नेदरल्याण्डस् । नेपाली गीतसंगीत क्षेत्रका मुर्धन्य श्रष्टा, संगीत साधक रामकृष्ण ढकालले यूरोप सांगीतिक यात्रा २०१७ को शिलशिलामा यही मे २२ का दिन नेदरल्याण्डस्को आम्स्टर्डाममा आफ्नो सांगीतिक प्रस्तुति दिने हुनुभएको छ । नेदरल्याण्डमा बासोबास गर्ने सम्पूर्ण नेपालीहरुको अपार मायाका साथ आयोजना हुने उक्त कार्यक्रममा उहाँले आफ्ना नयाँ तथा पुराना सदाबहार गीतहरुले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्नुहुनेछ । विगत ३ दशकदेखि नेपाली गीत संगीतमा नै तल्लीन ढकालका गीतहरु हरेक नयाँ तथा पुराना पिढीहरुमा उत्तिकै लोकप्रिय रहेका छन् । ढकालले विगत देखि नै विश्वको विभिन्न स्थानहरुमा आफ्नो सांगितिक प्रस्तुती दिने क्रममा यसपटक नेदरल्याण्ड्सको आम्स्टर्डाममा आफ्नो प्रस्तुती दिँदै हुनुहुन्छ । विगतमा यूरोपका अन्य मूलुकहरुमा
More

मतदानलाई वर्षाले स्वागत गर्ने

काठमाडौं । पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशाखमा पूर्वी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान गरेको छ । त्यस दिन दिउँसो र बेलुका वर्षा हुने अनुमान छ । ‘वर्षाले निर्वाचनमा मतदातालाई असर गर्ने देखिन्छ । तर, मनसुनको समयजस्तो लामो अवधि नभएर छोटो अवधिको वर्षा हुने अनुमान छ,’ महाशाखाका मौसमविज्ञ समीर श्रेष्ठले भने । विभागका अनुसार शुक्रबार काठमाडौं उपत्यकासहित देशभरको मौसममा आंशिक बदली हुनेछ । मध्य र पूर्वी नेपालमा भने मेघगर्जनसहित वर्षा पनि हुनेछ । ३१ वैशाखसम्म छिटफुट रूपमा वर्षा भइरहने मौसमविद् श्रेष्ठले बताए । अन्य क्षेत्रको तुलनामा
More

राष्ट्रपति भण्डारी बैङ्ककतर्फ प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका लागि आज बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गर्नुभएको छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नुभएको हो । राष्ट्रपति भण्डारी आज बिहान १०:१५ बजे बैङ्ककतर्फ प्रस्थान गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख ओनसरी घर्ती, मन्त्रिगणलगायत उच्चअधिकारीले बिदाइ गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई २१ तोपको सलामी पनि अर्पण गरेको थियो । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । आज श्रीलङ्काको राजधानी
More

उम्मेदवारका घरमा बम, सुरक्षा चुनौती थपिँदै

नवलपरासी । नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम बढेपछि सुरक्षा संवेदनशिलताप्रति ध्यान दिन यहाँका सुरक्षा निकाय थप चनाखो हुनुपर्ने आवश्यकता देखिएको हो । नवलपरासीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विभिन्न उम्मेदवारलाई लक्षित गरी विभिन्न किसिमका बम राख्ने गरेको पाइएको छ । पछिल्लो समय दुई दिनयता पहिलो चरणको स्थानीय निकायको निर्वाचन हुने नवलपरासीको नवलपुर क्षेत्रमा उम्मेदवारलाई लक्षित गरी बम राखेको पाइएको हो । उम्मेदवारको घर–आँगनदेखि सार्वजनिकस्थलमा बम फेला पर्ने गरेका छन् । यद्यपि हालसम्म सो बमबाट मानवीय क्षति भने
More

नेपालद्वारा चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर

काठमाडौं । नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा आज हस्ताक्षर गरेको छ । शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्पmबाट परराष्ट्र सचिव शङ्करदाश वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले सो अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । उक्त समझदारीपत्रमा हस्ताक्षरपछि मन्त्री डा महतले यस नयाँ समझदारी दुई देशको सम्बन्धमा महत्वपूर्ण पाइला भएको बताउनुभयो । उहाँले भन्नुभयो–“यो सम्झौताले नेपाल र चीनबीच सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको छु ।” उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको समेत उपस्थिति रहेको सो समारोहलाई सम्बोधन
More