Daily Archives 13th May 2017

जुन २५ मा लिभरपुलमा अन्तर्राष्ट्रिय सम्मेलन

संसारभरि फैलिएका नेपाली प्राज्ञहरुको संस्था ग्लोबल पोलिसि फोरम फर नेपालले नेपालमा गणतन्त्र कार्यान्वयनमा देखिएका व्यवधान र तिनका समाधानका सम्बन्धमा बेलायतको लिभरपुल जोन मुअर्स विश्वविद्यालयमा यही जुन २५ तारिखमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जनाएको छ। सम्मेलनमा नेपालको आर्थिक विकासका अन्य पक्षमा पनि छलफल गरिनेछ । सम्मेलनले नेपालको संविधान कार्यान्वयनमा देखिएका समस्याबारे छलफल गरी नेपाल सरकार, संसद र अन्य निकायहरुलाई ती समस्याको समाधान तथा आर्थिक विकास संबन्धमा ठोस सुझावहरु प्रदान गर्ने बताइएको छ। उक्त संमेलन संस्थाका कोषाध्यक्ष लिभरपुल जोन मुअर्स विश्वविद्यालयका प्राध्यापक एवं एसोसिएट डिन डा. पदम सिंखडाको संयोजनमा हुन लागेको हो । यसैबीच ग्लोबल पोलिसि फोरम फर नेपालले नेपालमा हुन गैरहेको
More

एभ्रेष्ट कप मंगोलियन भान्जाको हातमा

लन्डन । सहारा यूकेको आयोजनामा शनिवार सम्पन्न एभरेष्ट कप फुटबल टुर्नामेन्टको उपाधि मंगोलियन भान्जाले हात परेको छ । फेल्थाम कम्युनिटी कलेजमा भएको टुर्नामेन्टको फाइनलमा बिबिसी फुटवल कल्वलाई १ गोल अन्तरले पछाडि पार्दै सो उपाधि जितेको हो । सहारा यूकेले प्रत्येक वर्ष झैं यस वर्ष पनि सबै खेलमा म्यान अफ दि म्याचको ट्रफी वितरण गरेको थियो । प्रतियोगिताका विजेता मंगोलियन भान्जाले कप सहित १७ सय पाउण्ड हात परेको छ भने उपविजेता बिबिसीले ७ सय पाउण्ड र ट्रफी जितेको छ । खेलको म्यान आफ दी म्याच मंगोलियन भन्जाको किरण राई भए । प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए । खेलको कप स्पोन्सर
More

ओबिओआरमा नेपाल : चिनियाँ चासो र नेपाली उत्सुकता

चिनिको सियान युनिभर्सिटी अफ मेडिकल साइन्स्का नेपाली प्राध्यापक डा.राजिवकुमार झाले बेइजिङबाट प्रकाशन हुने दैनिक पत्रिका एसिया प्यासिफिक डेलीलाई दिएको अन्तरवार्तामा ओबिओआरमा नेपालले हस्ताक्षर गरेकोले नेपालको समृद्धिको ढोका अब खुलेको प्रतिक्रिया दिनुभएको छ । चीन सरकारले अघि सारेको २१औँ शताब्दिको संसार कै सबैभन्दा महत्वाकांक्षी र ठूलो आयोजना ‘वान बेल्ट वान रोड’(ओबिओआर)को समझदारी पत्रमा नेपालले शुक्रबार हस्ताक्षर गरेपछि दुई देशबीचको सम्बन्ध र नेपालले लिनसक्ने फाइदाका बारेमा चीनका अखबारमा शनिबार यस विषयमा नेपाली र नेपाल मामिलाका चिनियाँ जानकारका प्रतिक्रिया छापिएका छन् । उक्त अन्तरवार्तामा प्राध्यापक झाले भन्नुभएको छ, नेपालको उत्तरी छिमेकी तथा विश्व कै दोस्रो ठूलो अर्थतन्त्र चीनको यो महत्वाकांक्षी आयोजनाबाट नेपालले लिने
More

आइतबार रातिबाटै मतगणना, दुर्गम र हिमाली जिल्लामा सोमबार

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका लागि पहिलो चरणको मतदान सकिएपछि सुगम जिल्लाहरुमा आइतबार रातिबाटै र दुर्गम एवं हिमाली जिल्लाहरुमा सोमबारबाट मतगणना शुरु गर्ने भएको छ । कानूनले मतपेटिका संकलन भइसकेपछि स्थानीय प्रतिनिधिहरुको रोहबरमा मतगणनाको समय तोक्ने अधिकार निर्वाचन अधिकृतहरुलाई दिएकाले सबै प्रक्रिया पुरा भएपछि सुगम स्थानमा भोली बेलुकाबाटै मत गणना सुरु गर्ने आयोगको तयारी छ । मतगणनामा निर्वाचन अधिकृत बाहेक एक/एकजना मतगणना अधिकारी र सुपरीवेक्षकका साथै तीनजना गणक र दलका प्रतिनिधि राखेर भोट गन्ने ब्यवस्था छ । मतपेटिका संकलन भइसकेपछि परिस्थिति हेरेर निर्वाचन अधिकृतले मतगणना शुरु हुने समय निर्धारण गर्ने बताइएको छ । आयोगका अनुसार ३४ जिल्लाका २ सय
More

राष्ट्रपति भण्डारी श्रीलङ्कामा

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा शनिबार थाइल्यान्ड हुँदै श्रीलङ्काको राजधानी कोलम्बोस्थित बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुँदै । तस्बिर : शीतलप्रसाद महतो
More

निर्वाचनको तयारी पूरा, मतदानको व्यग्र प्रतीक्षा

काठमाडौं । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको छ । झन्डै दुई दशकपछि यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा मतदान गर्न मतदाता व्यग्र प्रतीक्षामा छन् । सो निर्वाचनअन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख तथा दुवै तहका वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी जम्मा सात पदका लागि निर्वाचन हुँदैछ । प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन हुँदैछ । सो निर्वाचनमा छ हजार छ सय ४२ मतदान
More

प्रिमियर लिगको उपाधि चेल्सी

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १-० ले हराउँदै चेल्सीले दुई खेल बाँकी हुँदै उपाधि जितेको हो । चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिमतिर गरेको गोल निर्णायक बन्यो । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको चेल्सीका सबस्टिच्युडका रुपमा मैदान आएका बात्सुईले ८२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाएका हुन् । चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक लिगको उपाधि जितेको हो । उसले सन् २०१४-१५ को सिजनमा पनि उपाधि जितेको थियो । गएको सिजन खराब प्रदर्शन गरेको चेल्सीले यो सिजन भने सुरुवातदेखि नै राम्रो
More

गगनमाथि एमाले कार्यकर्ता किन जाइलागे ?

काठमाडौं । शनिबार विहान कपनमा स्वास्थ्य मन्त्री गगन थापालाई एमाले कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् । एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले ‘गगनेलाई लखेट् भन्दै’ सुकेधारासम्म लखेटेका छन् । मतदातालाई प्रलोभन र निर्वाचन आचारसंहिता विपरीत भएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुर्व्यवहार गरेका हुन् । यसबारे एमालेले निर्वाचन आयोगलाई समेत उजुरी दिएको स्थानीय एमाले कार्यकर्ताले बताए । जोरधारातिर जाने क्रममा मन्त्री थापाको निजी नम्बर प्लेटको गाडीमा ढुंगासमेत प्रहार भएको थियो । एकजना समर्थकको घरभित्र रहेका मन्त्री थापा बाहिर निस्केर घरतिर जाने क्रममा एमाले कार्यकर्ताले घेराउ गरेका हुन् । मन्त्री थापा बिहानै आफ्नो निर्वाचन क्षेत्र
More

माओवादी केन्द्रका उम्मेदवार नेकपाको नियन्त्रणमा

हेटौडा । मनहरि गाउँपालिका-१ हाँडीखोलामा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेकपाले आज बिहानै नियन्त्रणमा लिएको छ । उप्रेतीको परिवार र गाउँलेका अनुसार उप्रेतीलाई नेकपाले नियन्त्रणमा लिएको हो । यतिबेला उप्रेतीको खोजीका लागि हेटौँडाबाट प्रहरी निरीक्षक मधु थापाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आफ्ना विभिन्न सङ्गठनमा आबद्ध व्यक्तिलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको जनाउँदै नेकपाले पनि उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको बताइएकोे छ । घटनाको जिम्मा लिँदै नेकपाले कुनै अपराधजन्य कार्यमा सहभागी नभए पनि विभिन्न पेसा, व्यवसाय गरिबसेका आना दलका शुभचिन्तक, समर्थक र कार्यकर्तालाई मानसिक यातना दिने तथा नियन्त्रणमा लिएकोप्रति आपत्ति
More

कांग्रेस एमाले भिडन्त, दुई मोटरसाइकलमा आगजनी

बाबियाचौर । बेनी नगरपालिका– ९ नेप्टेचौरमा शुक्रबार राति नेपाली काँग्रेस र नेकपा(एमाले)का कार्यकर्ताबीच झडप हुँदा दुई मोटरसाइकलमा आगजनी भएको छ । सो क्रममा एउटा मोटरसाइकलमा सामान्य क्षति, स्थानीय सहकारीको कार्यालयमा तोडफोड र एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ४५ प १६९७ र ध १ प २४७८ नंको मोटरसाइकल आगजनीबाट ध्वस्त भएको र एउटा मोटरसाइकलमा सामान्य क्षति पुगेको छ । स्थानीय इच्छा महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा समेत तोडफोड हुँदा सहकारीको कागजात र खाता हराएको अध्यक्ष शान्ति रोकाले बताउनुभयो । तोडफोड र आगजनी गर्ने पक्षलाई अर्को पक्षले देखाएको हतियार बरामद गरिएको प्रहरी
More