Daily Archives 15th May 2017

खुसीयाली मनाउँदै

गोरखा नगरपालिका वडा नं.१ ताप्लेको वडाध्यक्षमा विजयी भएपछि खुसीयाली मनाउँदै नेपाली कांग्रेसका हिक्मतबहादुर भण्डारी । भण्डारीसहित गकुल भट्ट, तुलप्रसाद बानियाँ, चिनीमाया नेपाली, कमला भट्टको नेपाली कांग्रेसका सम्पूर्ण प्यानल नै बिजयी भएको हो । तस्बिर : प्रशन्न पोखरेल
More

मृतकलाई सहिद घोषणा गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनका क्रममा कालीकोटस्थित नरहरिनाथ गाउँपालिका–६ सेरापाटा केन्द्रमा सुरक्षाकर्मीको गोलीबाट वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको मृत्यु भएकामा दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता सुशीलकुमार श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा मृतकलाई सहिद घोषणा गरी परिवारको भरणपोषण तथा संरक्षणका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । सो घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यथाशीघ्र निःशुल्क उपचार गर्न माग गरिएको छ । यसैबीच नुवाकोट मेघाङ गाउँपालिकामा चुनावका क्रममा आइतबार अज्ञात समूहले पार्टीका कार्यकर्तामाथि आक्रमण गरेको घटनाको छानबिन गर्न माग गरिएको छ ।
More

प्रधानमन्त्री दाहालले बुधबार देलान राजीनामा, निधिको एसएमएसमा के थियो ?

काठमाडौं । अनपेक्षित कुनै घटना घटेन भने सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार राजीनामा दिने छन् । जेठ ४ गते बुधबार बस्ने संसदमा आफूले राजीनामा बुझाएको जानकारी गराउने छन् । अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भद्र सहमति पालना गर्ने मुडमा प्रधानमन्त्री दाहाल देखिएका छन् । तर धेरैले भरतपुर महानगरपालिकाको निर्वाचन परिणामसँग प्रधानमन्त्री दाहालको राजीनामालाई जोडेर हेरेका छन् । यदि प्रधानमन्त्री पुत्री रेणु दाहाललाई जिताउन कांग्रेसले बइमान ग-यो भने प्रधानमन्त्री दाहालको राजीनामा केही दिन पर सर्न सक्ने बताइएको छ । प्रधानमन्त्री दाहालले छोरीलाई भरतपुर महानगरको मेयर बनाउनुको सोझो अर्थ संघीय संसदमा आफ्नो लागि सिट सुरक्षित गर्नु हो । भरतपुरबाहेक अन्य क्षेत्रमा
More

महानगरमा हार जीतको हावादारी पूर्वनुमान

काठमाडौं । चारवटै महानगरमा यतिबेला मत गणना जारी छ । भरतपुर, ललितपुर, काठमाडौं र पोखरा महानगरमा एमाले अगाडि देखिएको छ । अन्य गाउँ र नगरपालिकाको मत परिणाममा पनि एमाले अगाडि नै देखियो । यसैलाई आधार मानेर एमाले राप्रपा गठबन्धनका कार्यकर्ता हौसियर सामाजिक सञ्जालमा प्रस्तुत भएका छन् । सुरुवाती चरणमा जेजस्तो परिणाम आए पनि काठमाडौं र ललितपुर महानगरमा कांग्रेसले जित्ने सम्भावनालाई नकार्न नसकिने विश्लेषकहरु बताउँछन् । भरतपुरमा कांग्रेसको सहयोगमा माओवादीले जित्ने छ भने पोखरामा एमालेले जित्ने सम्भावना बलियो छ । काठमाडौंमा विवेकशील नेपाली र साझा पार्टीका उम्मेदवारले ल्याएको मतलाई आधार मानेर कांगे्रस पराजित हुने अनुमान गरिएको छ । यसलाई आधारमा मानेर
More

घुस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ लाख ८० रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालय दमकका एक कर्मचारीलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताउनुभयो । सेवाग्राहीको रु ३० हजारमा हुने कामका लागि उनले छ लाख ८० रुपैयाँ रकम मागेपछि पक्राउ गरिएको बस्नेतले बताउनुभयो । मण्डललाई आज दिउँसो अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रङ्गेहात पक्राउ गरेको हो । दमकका एक जग्गा व्यवसायीको प्लटिङको जग्गाको काम मिलाइदिने भन्दै घुस लिँदालिँदै उनलाई पक्राउ गरेको बताइएको छ ।
More

गोकर्णेश्वर र कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता, महानगरमा एमाले अगाडि

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् । दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ५१४ मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले० का पुण्यप्रसाद चौलागार्इंले ३८२ र उपप्रमुखकी उम्मेदवार शान्ति श्रेष्ठले ४१५ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी दिनुभयो । माओवादी केन्द्र का टिआर नेपालले २२८ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले १६ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २०८ र राप्रपाकी अञ्जना श्रेष्ठले ११६ मत प्राप्त गर्नुभएको छ । नगरपालिकाको वडा नं १ को
More

सीमासम्म सडक र रेल सञ्जालले जोड्न चीनसमक्ष प्रस्ताव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका मन्त्री लेखकले आज चीनका यातायात मन्त्री लि जियाओ पेङसँगको भेटवार्तामा यस्तो प्रस्ताव राख्नुभएको हो । भेटका अवसरमा चिनियाँ मन्त्री पेङले ओबिओआर (वन बेल्ट वन रोड) मा हस्ताक्षरपछि नेपालको आर्थिक विकासमा नयाँ सुरुवात भएको बताउनुभयो । मन्त्री लेखकको नेपालमा लगानी र ठूला परियोजनामा सहयोगका लागि गर्नुभएको प्रस्तावलाई पनि उहाँले स्वीकार गर्नुभएको स्वकीय सचिव जनक भट्टले राससलाई जानकारी दिनुभयो । ठूला परियोजनामा लगानीका लागि नेपालका तर्फबाट चीनका लागि राजदूत लीलामणि पौडेललाई सम्पर्क व्यक्ति तोकिएको छ । यसैगरी
More

एनआरएन यूकेको सदस्यता शुल्क २५ पाउण्ड, निर्वाचन समिति गठन

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आफ्नो सदस्यता शुल्कमा भारी बृद्धि गरेको छ । एनआरएन यूकेको आइतवार सम्पन्न बैठकले यसअघि कायम रहेको प्रति साधारण सदस्य शुल्क १० पाउण्डबाट बढाएर २५ पाउण्ड तोकेको हो । संघका प्रवक्ता खुशी लिम्बुमा अनुसार नेपालमा बन्दै गरेको एनआरएन भवनको सहयोगार्थ सो शुल्क बृद्धि गरिएको हो । लिम्बुका अनुसार बृद्धि गरिएको सदस्यता शुल्क आगामी कार्यकालको लागि मात्र कायम रहने छ । संघका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले अगामी सेप्टेम्बर ९ तारिक अल्डरशटमा हुने साधारणसभाको लागि निर्वाचन समितिको गठन समेत गरेको छ । बैठकले निर्वाचन समितिको संयोजक डा. चन्द्र लक्छम्बा, सदस्य सचिव रामशरण सिमखडा, सदस्यहरुमा
More

गोरखा नगरपालिकामा नयाँ शक्तिको २ मत

गोरखा— गोरखा नगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ। नगरपालिका १ को ५० मत गणना हुँदा नेपाली काँग्रेसका मेयर उम्मेदवारले ३१ सहित अग्रता लिएको हो। माओवादी केन्द्रले १० र एमाले ४ मत पाएका छन्। नयाँ शक्तिका उम्मेदवारले २ मत पाएका छन्। गोरखा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको गृह जिल्ला हो। गोरखा नपाका १४ वडामध्ये वडा नम्बर १ बाट गणना थालिएको हो ।
More

एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते

मलेखु । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ । पिलभन्ज्याङमा रहेको बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरिएको र त्रिपालसँगै जस्तापाताले समेत छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी सोही स्थानमा रगत लतपतिएको अवस्थामा भेटिएको छ । सोही घरसँगै रहेको रेशम चेपाङको पसल फोरेर सामान लुटिएको सोही गाउँका प्रदीप श्रेष्ठले जानकारी दिनुभयो । राति घटना भएपछि छिमेकीले प्रहरीलाई खबर गरेको तर प्रहरी घटनास्थलपुग्न ढिलाइ हुँदा गाउँवासीेले घटनास्थलको सुरक्षा गरेर राखेकोे
More