Daily Archives 16th May 2017

‘अन्तर्कथा’ सँगै युकेमा प्रस्तुत हुँदै राजन

काठमाडौं । गायक तथा संगीतकार राजन राई युकेमा एकल सांगीतिक कार्यक्रममा प्रस्तुत हँुदैछन् । चलचित्र निर्देशक एवं निर्मातासमेत रहेका राजन ३ जुनमा एकल साँझमा प्रस्तुत हुन लागेका हुन् । एकताका ‘प्रगतिशील गायक’का रुपमा ख्याती कमाएका राजन पछिल्लो समय पहिचानवादीका रुपमा चिनिन्छन् । पहिलोपटक युकेमा एकल सांगीतिक कार्यक्रममा प्रस्तुत हुन लागेका राजनले भने, ‘यो मेरो सांगीतिक यात्राको दौरानमा पहिलोपटक युकेमा रहेका नेपालीमाझ प्रस्तुत हुन लागेको हुँ । अत्यन्तै खुसी लागेको छ ।’ राजन युकेमा एकल साँझमा मात्र प्रस्तुत हुने छैनन् । जहाँ उनले आफ्नो बृत्तचित्र ‘अन्तरर्कथा’ पनि देखाउँनेछन् । पहिचानवादी तथा जनपक्षीय गीतसंगीतका पक्षधर मानिने राजनले ‘अन्तर्कथा’मा आदिवासीकै आवाज बुलन्द गरेको
More

काठमाडौं महानगरमा तीन स्थानको एक साथ मतगणना

काठमाडौं । मतगणना कार्यमा तीव्रता दिन काठमाडौँ महानगरपालिकामा तीन समूह (टोली) बनाई गणना सुरु गरिएको छ । सोमबारदेखि सुरु गरिएको मतगणना कार्य अहिले तीन समूहबाट गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले महानगरको वडा नं १, २ र ३२ को एकैसाथ मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो । ढिलाइ भएको गुनासोपछि आयोगले टोली बढाएर छिटो गणनाका लागि निर्देशन पनि दिएको थियो । कुल ३२ वटा वडा रहेको महानगरमा दुई लाख ७९ हजार ३१६ मतदाता छन् ।
More

हर्न निषेध कारबाहीबाट रु १८ लाख राजस्व

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ । महाशाखाले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न निषेध गरेको थियो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले एक महिनाको अवधिमा हर्न निषेध कारबाहीअन्तर्गत उपत्यकामा तीन हजार ७२४ सवारी साधनका चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो । “उपत्यका बाहिरबाट उपत्यका भित्रिने सवारी साधनका चालक बढी हर्न निषेध कारबाहीमा परेका छन्,” उहाँले भन्नुभयो । हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको उहाँले दाबी गर्नुभयो । हर्न निषेध कारबाहीबाट सवारी
More

राष्ट्रपति भण्डारीसँग भेट

श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग श्रीलङ्काका पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारतुङ्गाले कोलम्बोस्थित होटल हिलटनमा मङ्गलबार शिष्टाचार भेट गर्नुहुँदै ।
More

कालीकोटका दुई गाउँपालिका सम्पर्कविहीन

कालीकोट । टेलिफोन सेवा अवरुद्ध हुँदा यस जिल्लाका दुई गाउँपालिकामा निर्वाचन सम्पन्न भएपनि त्यहाँको अवस्था थाहापाउन सकिएको छैन । जिल्लाको अति विकट मानिएका पलाँता र पचाल झरना गाउँपालिकामा हिजो बिहान १० बजेदेखि मतगणना सुरु भएको भए पनि अहिलेसम्म ती गाउँपालिकामा मतगणना के कतिसम्म भयो भन्ने विवरण आउन नसकेको मुख्य निर्वाचन अधिकृत कार्यालय कालीकोटका प्रमुख निर्वाचन आयुक्त केशवप्रसाद पाण्डेले बताउनुभएको छ । सञ्चार विच्छेद भएर दुई गाउँपालिकाको अवस्था बुझ्न नसकिएको हो । जिल्ला प्रहरी कार्यालय, कालीकोटको सञ्चार सेटबाट पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्क स्थापित हुन नसकेको बताइएको छ । जिप्रकाका प्रहरी हवल्दार धर्मेन्द्र शाहीले त्यस क्षेत्रबाट यता सम्पर्क गरेमा
More

राप्रपाः झापाका सबै नगरपालिकामा उम्मेदवार तय

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि झापाका सबै नगरपालिकाका लागि उम्मेदवार छनोट गरिसकेको छ । सोअनुसार भद्रपुर प्रमुखमा नवराज पनेरु र उपप्रमुखमा राधा कार्की, मेचीनगर प्रमुखमा अशोक सुब्बा र उपप्रमुखमा सविना बजगार्इं, कन्काई प्रमुखमा केदार गिरी र उपप्रमुखमा चित्रा श्रेष्ठ, शिवसत्ताक्षी प्रमुखमा उमानाथ दाहाल र उपप्रमुखमा रोजी लुइँटेल, दमक प्रमुखमा राम थापा र उपप्रमुखमा रीता श्रेष्ठ, अर्जुनधारा प्रमुखमा छविलाल लम्साल र उपप्रमुखमा छनोट हुन बाँकी तथा गौरादह प्रमुखमा अमरबहादुर विष्ट र उपप्रमुखमा उम्मेदवार छनोट हुन बाँकी रहेको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो । बिर्तामोड–१ मा सबै उम्मेदवार महिला राप्रपा झापाले बिर्तामोड नगरपालिका–१ मा
More

चारवटै महानगरपालिकामा एमाले विस्तारै ब्याक हुँदै

काठमाण्डौ । स्थानीय चुनावको मतपरिणाम आईरहँदा अहिलेसम्म देशका चार वटै महानगरपालिकाको मतगणना असाध्यै सुस्त गतिमा चलिरहँदा सबै महानगरमा एमालेले अग्रता लिइरहेको छ । तर पछिल्लो समयमा एमाले विस्तारै ब्याक हुँदै गइरहेको छ । भरतपुर महानगरपालिकामा एक पटक माओवादीकी रेणु दाहालले अग्रता लिए पनि फेरि एमालेका देवी ज्ञवालीले एक-डेढ सय मतको अन्तरले अग्रता लिइरहेका छन् । उक्त मतअन्तर पनि विस्तारै कम हुँदै गइरहेको छ । काठमाडौं महानगरपालिकामा झनै ढिलो गणना भइरहँदा एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै छ । शाक्यलाई दोस्रो स्थानमा नेपाली कांग्रेसका राजुराज जोशीले पच्छाइरहेका छन् । साझा पार्टीका किशोर थापा केही समय दोस्रो स्थानमा रहेर चौथोमा झरेका छन् ।
More

मत गणना सारै ढिलो, उत्सुक सर्वसाधारण निराश

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा आइतबार भएको निर्वाचनको मतगणना अति सुस्त भएको छ । मतदान गरेकाहरुले परिणाम चाँडो सार्वजनिक होस् भन्ने प्रतिक्षा गरेका सर्वसाधारण निराश बन्न थालेका छन् । मतगणना सुस्त हुनुलाई निर्वाचन आयोगले मतपत्रको जटिलता र धेरै उम्मेदवार रहनुलाई कारण देखाएको छ । काठमाडौं महानगरलाई नै उदाहरणका रूपमा लिने हो भने यहाँको मतपत्रमा ३ सय ७४ फरक चिह्न छन् । मतदातालाई चाहेको ठाउँमा मत हाल्न चिह्न भेट्न जति गाह्रो परेको थियो, गणनामा त्यही अवस्था दोहोरिएको छ । एउटै मतपत्रबाट प्रमुख र उपप्रमुखसहित ७ स्थानको मतको छिनोफानो गर्नुपर्छ । मतगणनास्थलमा रहेका सबै दल र उम्मेदवारका प्रतिनिधिमध्ये कसैले राम्ररी
More

भक्तपुरमा नेमकिपाले खाता खोल्यो

भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । भक्तपुर नगरपालिकाको वडा नं १ को आज बिहान सम्पन्न मतगणनामा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भई खाता खोलेको हो । खत्रीले एक हजार ३७६ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुले ५०४ मत ल्याएका थिए भने एमालेका नारायणसुन्दर सिन्ताकलले ४३८ मत ल्याएका थिए । महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन् । पछिल्लो मतगणना परिणाम अनुसार भक्तपुरको नगर प्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले एक हजार ५९७ र उपप्रमुखमा रजनी जोशीले एक हजार ५९२ मत ल्याई अग्रता
More

राजपा नेपालको जिल्ला समिति गठन

गाईघाट । उदयपुर जिल्लामा सोमबार भर्खरै मधेसवादी दलहरु मिलेर गठन भएको नयाँ पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको उदयपुर जिल्ला तदर्थ समिति गठन भएको छ । उदयपुर जिल्लामा सद्भावना पार्टी, तमलोपा पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकसहित तीन पार्टी मिलेर खुशीलाल ठाकुरको संयोजकत्वमा चार सदस्यीय राजपा नेपाल समिति गठन भएको राजपा नेपाल उदयपुरको नयाँ तदर्थ समितिका संयोजक खुशीलाल ठाकुरले बताउनुभयो । राजपा नेपालका केन्द्रीय सचिव राहुल यादवको प्रमुख आतिथ्यमा राजपा नेपाल उदयपुर गठन गरिएको केन्द्रीय सचिव यादवले बताउनुभयो ।
More