Daily Archives 18th May 2017

गोर्खा कप फुटबलमा राष्ट्रिय प्रशिक्षक राजु शाक्य सहभागी हुने

लन्डन । बेलायतवासी नेपालीहरुमा लोकप्रिय मानिएको गोर्खा कप आगामी २८ मे, आइतवार अल्डरसट् स्थित क्वीगन्सख एभिन्यूहजमा हुँदैछ। सो खेल हेर्न नेपालका राष्ट्रिय प्रशिक्षक राजु शाक्य र वेलायती प्रख्यात फुटवलर लेडलि किङ्ग सहभागी हुने छन् । युवा समाजसेवी विरेन खड्काका अनुसार शाक्य आगामी आइतवार साँझ लन्डनस्थित हित्रो विमानस्थलमा उत्रिने भएका छन । यस पटक पनि ४० फुटबल टिमबीच प्रतिस्पपर्धा हुनेछ, जसमा चालीस वर्ष उमेर मुनिका ४० टिम र चालीस वर्ष उमेर माथिका ८ टिम रहने तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिएका छन्। तमु धीं यूकेले वार्षिक रुपमा आयोजना गर्ने गोर्खा कपको यो १५ औं संस्करण हो। नेपाली कला र संस्कृती
More

बेलायतमा किराँत राईहरुले साकेला उभौली मनाए

किराँत राई यायोक्खा वेलायतले किरात राईहरुको पर्व उभौली साकेला शनिवार किरात राई हाउस गेम्बललेनमा भब्यता मनाएको छ । शिलिहाङ्पा र नक्छुङ किताब शेर राईले साकेला थानमा भुँमे पूजा गरेर साकेला सिली सुरुवात गरेपछि किराँत राई यायोख्खा युकेका कार्यसमिति लगायत बेलायतका प्रारम्भिक कार्यसमितिका अध्यक्ष र प्रतीनिधी समूहले संयुक्त रुपमा भुमे पूजा सम्पन्न गरे पश्चात औपचारिक कार्यक्रम शुरुवात भएको थियो । साकेला शिली प्रदर्शन तथा प्रतियोगिताका लागि सबै प्रारम्भीक कार्य समितिहरुले आ-आफ्नो साकेला शिली प्रदर्शन गरेर प्रतियोगितामा उत्साह जनक सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रारम्भीक कार्यसमिति ग्रेटर रोस्मर प्रथम, प्रारम्भिक कार्य समिति आस्फोर्ड दोस्रो र प्रारम्भिक कार्य समिति ग्रेस तेस्रो भएका थिए
More

लस एन्जलसमा एनआरएन अमेरिकाको चुनावका आकाक्षी बीच अन्तरक्रिया

अमेरिका । लस एन्जलस अमेरिकाबाट आगामी एनआरएन अमेरिकाको चुनावी प्रतिस्पर्धामा भाग लिन लाएका र समुदाय सदस्य बिच नेपाल अमेरिका एकता समाजको कार्यालयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना भयो । विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि र उम्मेदवारी घोषणा गर्ने बिच भएको छलफलमा उम्मेदवारी के-को लागि, साउदर्न क्यालिफोर्निया र अमेरिकामा रहेको नेपाली समुदायले के प्राप्त गर्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो । एनआरएन आइसीसी सदस्यको लागि बलराम थापा, एनआरएन अमेरिकाको लागि उम्मेदवारी घोषणा गर्नेहरु उपाध्यक्ष पदमा उमा कार्की थापा, सचिवमा टेक बहादुर लामा, महिला संयोजकमा इन्दिरा त्रिपाठी, सदस्यमा कर्ण चन्द र क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा रामबाबु पाण्डे रहेका छन् । चुनावका आकाक्षीहरुले आफूहरू साउदर्न
More

उदित नारायण झाको गीतको म्यूजिक भिडियोमा ध्रुवदत्त

लन्डन । लोकप्रिय गायक उदित नारायण झाको एउटा मार्मिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । १२ मे, २०१७ का दिन हाइलाइट्स नेपालले भिडियो सार्वजनिक गरेको हो । झरी सरी बर्सिंदै छ आंसु तिम्रो यादमा…गीतमा निर्मित भिडियो सुल्तान इडिंगोले निर्देशन गरेका छन् । गीत लेखन अनल गौतम र संगीत अर्जुन पोखरेलको छ । भिडियोमा बेलायतवासी नायक ध्रुव दत्त र मोडल एवं मेकअप आर्टिष्ट बिना राईले अभिनय गरेका छन् । तीन घुम्ती, द प्लान लगायत चलचित्रका नायक दत्तको यतिखेर बेलायतमा जीगिसा नामक नाटकले दर्शक मन बटुलिरहेको छ । मोडल बिनाको केही साताअघिमात्र गायक स्वरुपराज आचार्यले गाएको यो सांझ…गीतको म्यूजिक भिडियो सार्वजनिक
More

अल्डरशटको नेपाली समूदायले वेलायती रानीको जन्मदिन मनाउने

अल्डरशट । ग्रेटर रशमॊर नेपाली कम्युनिटीले यहि आगामी १० जुनमा बेलायतकी महारानी एलिजाबेथ द्वीतियको जन्म दिन ((भिक्टोरिया डे) मनाउने मनाउने भएको छ । यस वर्ष ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरि प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाउने तयारी गरिएको संस्थाका अध्यक्ष ओम थापाले बताए। कार्यक्रममा नौमती बाजाको रौनक, नेपाली नर नारीहरुको नाच, विभिन्न धर्म, जाती एवं संस्कार सम्बध्द संस्कृति झल्कने पहिरन सहित करिब दूइसय भन्दा बढी परेडमा सहभागि हुने छन् । करिब तीन हजार भन्दा बढी बाहिर स्वागतको लागि नेपाली समूदायको
More

बुद्ध फाउण्डेशन यूकेले वृद्धाश्रम बनाउने

लन्डन । नेपालमा बुद्ध वृद्धाश्रम निर्माण सहयोगार्थ लन्डनमा गर्न लागिएको च्यारिटी सफल बनाउन विभिन्न जिम्मेवारी बांडफांड गरिएको छ । बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको सहयोगमा आगामी ४ जुन आइतबार प्लमस्टिड एसियन कम्युनिटी हलमा विशेष च्यारिटी हुंदैछ । बुद्ध फाउण्डेशन यूकेको मंगलबार सांझ प्लमस्टिड चौतारी रेष्टुरेन्टमा सम्पन्न कार्यसमिति बैठकले विभिन्न जिम्मेवारी तोकेको हो । उक्त कार्यक्रमका लागि जीवन सेन, हिराधन राई र महेन्द्र विक्रम कुंवर संयोजक तोकिएका छन् । त्यसैगरि भिआइपी रिसेप्सन हिराधन राई, स्टेज कोअर्डिनेटर महेन्द्र विक्रम कुंवर, कल्चरल कोअर्डिनेटर सूर्य गुरुङ, फाइनान्स कोअर्डिनेटर सचिन श्रेष्ठ, राजन खकुरेल र धनराज मल्ल, स्पोन्सर कोअर्डिनेटर
More

लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशी

काठमाडौं । उद्योग मन्त्री एवं लगानी बोर्डका नव नियूक्त उपाध्यक्ष नविन्द्रराज जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग  समन्वय गरि ठुला पुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा स्थापितगर्न पर्ने बताउनु भयो। मन्त्री जोशी लाईबोर्डको उपाध्यक्षको समेत जिम्मेबारी दिने निर्णय  सरकारले गरकोे हो ।  मन्त्रीजोशीको सम्मान मा लगानीबोर्र्डको कार्यालयले बोर्डकै कार्यालय नयाँ बानेश्वर मा बिहीबार आयोजना गरेको स्वागत कार्यक्रम मा बोल्दै उहाँले उक्तधारणा राख्नु भएको हो । उहाँले लगानीबोर्डले आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान एवं तिनीहरुले रोजगारी, राजश्व तथा समग्र अर्थव्यवस्थामादिने योगदानबारे अनुसन्धानएवं लगानी सहजीकरणको काममा प्राथमिकता दिनुपर्ने मा जोड दिंदै बोर्डको काममा आईपर्ने समस्या समाधानगर्न
More

मधेश र थारुहट आन्दोलनको मुद्दा फिर्ता

काठमाडौं । सरकारले थरुहट तराई-मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै आन्दोलनमा सहभागीलाई लगाइएको मुद्दा फिर्ता गर्नका लागि गृह मन्त्रालयको परामर्शमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरेको छ । बैठकका निर्णयबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले आजदेखि व्यवस्थापिका–संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताउनुभयो । त्यसैगरी मन्त्रिपरिषद्ले यही वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोली प्रहारबाट मारिएका काभ्रे नमोबुद्ध नगरपालिकाका नवराज पाठक र निर्वाचनका क्रममा झडपमा मारिएका दोलखाका कुलबहादुर तामाङलाई
More

आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लेखापाल पदमा नियुक्त भई भ्रष्टाचार गरेकाले छत्रेश्वर माध्यमिक विद्यालय, फलेडी डोटीका लेखापाल दीपकराज जोशीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । अनुसन्धानका क्रममा उनले लेखापाल पदमा नियुक्ति हुँदा प्रविणता प्रमाणपत्र तह वाणिज्यशास्त्रको नक्कली प्रमाणपत्र पेस गरेको फेलापरेपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
More

सिलवालका मुद्दामा जेठ ११ गते सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ यही जेठ ११ गतेका लागि पेसी तोकेको छ । सात सदस्यीय न्यायाधीशमा देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना मल्ल र तेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ हुने कार्यसूचीमा आज तय भए पनि सुनुवाइ हुन सकेन । न्यायाधीश श्रेष्ठ प्रहरी नायब महानिरीक्षक सिलवालबीच नाता सम्बन्ध भएका कारण मुद्दा हेर्न नमिलेको र यही जेठ ११ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयलाई लिएर सिलवालले मन्त्रिपरिषद्विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।
More