Daily Archives 19th May 2017

एम्बुलेन्स हस्तान्तरण

खोटाङ सेवा समाज दोहा कतारले उपलब्ध गराएको एम्बुलेन्सको साँचो खोटाङ एकता सेवा समाजलाई हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल । खोटाङ सेवा समाज, यूकेले सातवटा एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि खोटाङ सेवा समाज, कतारले थप एम्बुलेन्स उपलब्ध गराएकोे हो । तस्बिर : केदार मगर
More

प्रधानमन्त्री दाहालको संविधान संशोधन प्रस्ताव एमालेले सुन्नै चाहेन

काठमाडौं । संविधान संशोधन गरेर मात्र दोस्रो चरणको निर्वाचनमा जानुपर्ने सुझाव राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले सात दलको बैठकमा राखे । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार साँझ सात दलको बैठक बोलाउनु भएको थियो । बैठकमा प्रधानमन्त्री दाहालले आफ्ना कुरा राखेपछि एमाले र मधेश केन्द्रित दल राजपाले धारणा राखेका थिए । प्रधानमन्त्री दाहालले स्थानीय तहको सीमांकन हेरफेर र संविधान संशोधनको प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव प्रतिपक्षी दल एमालेले सुन्न पनि चाहेन । प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल मिलेर बाँकी सबै निर्वाचन गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको प्रमुख सात राजनीतिक दलको
More

भरतपुरमा विवाद, कहाँको अवस्था के ?

काठमाडौं । पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत तीन वटा महानगरपालिकामा शुक्रबार पाँचौ दिन पनि मतगणना चलिरहेको छ । चितवनको भरतपुर महानगरपालिकामा भने मतगणना स्थगित भएको छ । अहिलेसम्म मतगणना भएका ९ वटै वडाका मत पुनः गणना हुनुपर्ने, अहिलेसम्मको मत संख्या विश्वसनीय नभएको भन्दै माओवादी र कांग्रेसका उम्मेदवारले विरोध गरेपछि भरतपुरमा मतगणना स्थगित भएको हो । भरतपुरमा मेयरमा कांग्रेस र माओवादीले तालमेल गरेका छन् । दुई दलले प्राविधिक व्यवस्थापन राम्रो गर्नुपर्ने, निर्वाचन अधिकृतको राजीनामा, सबै पुनर्गणन गर्नुपर्ने माग गरेका छन् । मतगणना स्थगित हुनु अघि मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा पछि हुनुहन्छ । भरतपुर
More

मेयरले खाए सपथ, आजबाटै थाले काम

रामेछाप । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको दोश्रो दिनमै मन्थली नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहण लिएसँगै काममा लागेका छन् । जिल्लाको मत गणना सकिए लगत्तै मन्थली नगरपालिकाका मेयर उपमेयरसहित मन्थली नगरपालिका अन्तर्गतका १४ वडाका अध्यक्ष र सदस्यहरुले छुट्टाछुट्टै सपथ ग्रहण गरेका हुन् । मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई रामेछापका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीले सपथ खुवाउनु भएको थियो । त्यसैगरी वडा सदस्यहरुलाई नवनिर्वाचत मेयर रमेशकुमार बस्नेतले सपथ खुवाउनु भएको हो । मुख्य निर्वाचन अधिकृतले सपथ खुवाएसँगै मेयर रमेशकुमार बस्नेत र उपमेयर माया कार्कीले शुक्रबारदेखि पदभार ग्रहण समेत गर्नुभएको छ । पदभार ग्रहण गर्दै नवनिर्वाचत मेयर रमेशकुमार बस्नेतले आगामी
More

दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मत सङ्केत

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गरी मत सङ्केत गराउने निर्णय गरेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा रातो रङको लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । पहिलो चरणमा नीलो रङको मसीको प्रयोग गरी मत सङ्केत गरिएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं १, २, ५ र ७ का ४१ जिल्लामा यही जेठ ३१ गते हुँदैछ । नीलो मसीबाट गरिएको मत सङ्केतले मतगणनामा केही असहजता देखिएको गुनासो आएको थियो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भन्नुभयो, “दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प
More

पेट्रोलियम पदार्थको अन्वेषणका लागि ग्लोबल टेन्डर

काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताउनुभएको छ । उद्योग मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा धनगढीदेखि विराटनगरसम्म १० वटा ब्लकको पहिचान भएको भन्दै सवै ब्लकमा उक्त टेन्डरमार्फत आह्वान गर्ने मन्त्री जोशीले बताउनुभयो । उहाँले पैसावालाभन्दा पनि प्राविधिक रुपमा सक्षम निजी क्षेत्रलाई काम दिने बताउनुभयो । राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान हुने र रसुवामा रहेको जस्ता र सिसा खानी उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्री जोशीको भनाइ थियो । कुनै पनि उद्योगले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सरकारले उद्योगको प्रकृति, लगानी र रोजगारीको स्थिति हेरी
More

संसद्को बजेट अधिवेशन सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम व्यवस्थापिका–संसद्को बजेट अधिवेशन यही जेठ ८ गते अपराह्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । लामो अवधिसम्म रहेको संसद्को वर्षे अधिवेशन बिहीबार मात्र अन्त्य गरिएको थियो ।
More

शास्वतधाममा प्रधानमन्त्री प्रचण्ड

नवलपरासीको रहजरस्थित शास्वतधामको शुक्रबार अवलोकन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : पुरुषोत्तम सुबेदी
More

बागलुङको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा विजयी

बागलुङ । बागलुङ नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का जनक पौडेल र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र खड्का विजयी बन्नुभएको छ । प्रमुख पदका विजयी पौडेलले ११ एक हजार ६१४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वसन्तकुमार श्रेष्ठले नौ हजार ३१९ मत ल्याउनुभएको छ । यस्तै, एमाले–राप्रपा–राजमो गठबन्धनबाट उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्का विजयी हुनुभएको छ । खड्काले १० हजार ५२२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी शकुन्तला शर्माले आठ हजार ७३४ मत प्राप्त गर्नुभएको छ । बागलुङ नगरपालिकामा एमाले–राप्रपा–राजमो गठबन्धले ११ वटा वडामा समेत विजयी बनेको छ । नेपाली काँग्रेसले भने वडा नं ११, १३
More

जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले कैलालीको टीकापुरलगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने स्पष्ट गरेको छ । सचिवालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै जघन्य अपराधका घटनामा कुनै पनि मुद्दा फिर्ता नलिइएको र लिने अवस्था पनि नरहेको जनाएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले तराई–मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयलाई लिएर सञ्चारमाध्यममा आएका समाचारबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री सचिवालयले जघन्य अपराधका दोषीको मुद्दा फिर्ता लिने सरकारी निर्णयसम्बन्धी प्रकाशित समाचारको खण्डन गरेको हो । मन्त्रिपरिषद्को बैठकले टीकापुरलगायतका हत्याका घटनामा संलग्न नभएका तर आशङ्का र पूर्वाग्रहकै आधारमा झुट्ठा मुद्दा लगाइएका व्यक्तिहरुका
More