Daily Archives 22nd May 2017

4 climbers die near top of Mount Everest in tragic weekend

KATHMANDU, Nepal — The body of an Indian climber was spotted on Mount Everest on Monday, the fourth fatality during a busy and tragic weekend on the world’s highest peak. Sherpa rescuers spotted the body of Indian climber Ravi Kumar, but it was impossible to retrieve the body, said Thupden Sherpa of Arun Treks and Expedition. It appeared that Kumar had fallen some 200 meters (650 feet) below the route, he said. Climbers from the United States, Slovakia and Australia also died on the mountain over the weekend. Because of bad weather conditions, climbing to the summit had been delayed
More

राजपा नेपाल बैठकः पर्ख र हेरको स्थितिमा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय गठबन्धनको बैठक बिनानिश्कर्ष टुंगिएको छ । दोस्रो चरणको निर्वाचनमा के गर्ने भन्नेबारे निर्णय गर्न बैठक बसेको भएपनि नेताहरु कुनै टुंगोमा पुग्न नसकेका हुन् । सोमबार काठमाडौंको बिजुलीबजारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘एक/दुई दिन पर्खनोस्’ भनेकाले सहमतिका लागि कुनै निर्णय नगरिएको राजपा नेपालका नेता जितेन्द्र सिंहले बताए । जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिन सरकारले संविधान संशोधन गर्नुपर्ने माग मोर्चाले राख्दै आएको छ । सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउनुको सट्टा पेलेर जाने मनस्थिति बनाएको ती दलका नेताहरुको आरोप छ ।
More

कैलाली घटनाको मुद्दा फिर्ता लिनाको कारण देखाऊ : अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णय गर्नाका कारण देखाउन सरकारका नाममा आज कारण देखाऊ आदेश जारी गरेको छ । कामुृ प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त मुद्दा संविधानसँग सम्बन्धित भएको हुँदा संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको छ । टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकारलगायतलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकाल, पूर्वसचिव डा द्वारिकानाथ ढुङ्गेल र डा जगदीशचन्द्र बरालले संयुक्त रुपमा मुद्दा रिट निवेदन दायर गर्नुभएको थियो । निवेदनमा सरकारको निर्णय कानुनी शासनको मूल सिद्धान्त नै आकर्षित हुने अत्यन्तै गम्भीर प्रकृतिको सार्वजनिक सरोकार, चासो र महत्वको
More

कामपाःपचास प्रतिशत मतगणना

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना सुरु भएको एक हप्ता सकिँदा काठमाडौँ महानगरपालिकाको मतगणना पचास प्रतिशतभन्दा बढी सकिएको छ । सोमबारदेखि सुरु गरिएको मतगणनाअन्तर्गत अहिले एक हप्तासम्म ९६ हजार ४४१ मत मात्र गणना गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताउनुभयो । कुल दुई लाख ७९ हजार ३१६ मतदाता रहेको कामपामा करिब ७३ प्रतिशत (एक लाख ७२ हजार ६८३ ) मत खसेको थियो । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा निर्वाचन कार्यालयले १३ स्थानमा गणना गरिरहेको छ । दैनिक चौबिसै घन्टा गणना गरे पनि मतपत्र ठूलो भएकाले मतगणनामा ढिलाइ भएको छ । ठूलो मतपत्रका कारण एउटा मतपत्र गणना गर्न कम्तीमा तीन मिनेट लाग्ने
More

आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न दिएन् : डा भट्टराई

भीमदत्तनगर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न नदिएको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा आज पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनाव चिन्ह नदिएर नयाँ शक्तिलाई सिध्याउन एम्बुस थापिएको बताउनुभयो । संयोजक डा. भट्टराईले स्थानीय तहको निर्वाचनको मुखमा सत्ताधारी दलहरु आफ्नो पार्टीविरुद्ध लागेको आरोप लगाउँदै छोटो अवधीमा चुनावको तयारी गर्न नसकिएको धारणा व्यक्त गर्नुभयो । चुनाव चिह्न नपाएकै कारण अन्य दलसित तालमेल गरेर निर्वाचनमा होमिनुपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘हामीले निर्वाचन जितेको नगर र गाउँपालिकामा योजनाबद्ध विकासका लहर ल्याउनेछौं ।’ संयोजक डा. भट्टराईले स्थानीय तहको निर्वाचन राजनीतिको नयाँ प्रस्थान बिन्दु भएको बताउँदै देशलाई
More

वन्यजन्तुका अंग नष्ट

चितवन राष्ट्रिय निकुञ्जको कसरमा आज वन्यजन्तुका अंग (आखेटोपहार) नष्टगर्ने कार्यको उद्घाटन गर्नुहुँदै परराष्ट्रमन्त्री डा प्रकाश शरण महत । तस्वीरः नारायण ढुंगाना
More

स्थानीय तहको सङ्ख्या बढ्न सक्दैन : अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा आएर सरकारले स्थानीय तहको सङ्ख्या थप्न खोजे पनि सफल नहुने बताउनुभएको छ । सूर्यविनायक नगरपालिकाको लागि एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख वडा अध्यक्षहरु एवम् सदस्यका लागि आज कटुञ्जेमा आयोजित बधाइ एवम् शुभकामना कार्यक्रममा उहाँले स्थानीय तहको सङ्ख्या अब थप हुन नसक्ने बताउनुभयो । अध्यक्ष ओलीले धेरै दलले निर्वाचनका लागि उम्मेदवार तोक्ने काम भइसकेको अवस्थामा तराईमा निर्वाचन हुन नदिने षड्यन्त्रका रुपमा स्थानीय तह थपेर विवाद निकाल्न खोजेको आरोप लगाउँदै देश जोगाउने र बनाउने कुरामा एमालेले कसैसँग कुनै सम्झौता नगर्ने धारणा व्यक्त गर्नुभयो । स्थानीय तहको निर्वाचनमा सरकारले अख्तियारको दुरुपयोग गरी अवैधानिक तवरले
More

पत्रकार कोषका लागि २५ हजार पाउण्ड संकलन

लन्डन। नेपालमा कार्यरत पत्रकारहरु तथा बेलायतस्थित नेपाली समुदायको सहयोगार्थ एक कोष खडा गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ युकेद्वारा आयोजित च्यारिटी डिनर भव्यरुपमा सफल भएको छ । वेलायतस्थित बिभिन्न सामाजिक संघसँस्थाको उपस्थितीमा भएकोे सो कार्यक्रममा २५ हजार भन्दा बढी संकलन भएको छ । आइतबार बेलुकी अल्डरशटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतस्थित नेपाली सन्चार माध्यमले नेपाल र बेलायत तथा बेलायतस्थित नेपाली समुदायबीच पनि पुलको काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले नेपाली मिडियालाई सहयोग र प्रबद्र्धन गर्न सघाउन बेलायतस्थित सबै नेपालीहरुलाई आग्रह समेत गरे। कार्यक्रममा शुभकामना दिँदै गैरआवासीय नेपाली संघका
More

पोखरा लेखनाथ मनपाको मतगणना पुनः सुरु

पोखरा । गत शनिबारदेखि स्थगित पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना आज दिउँसोबाट पुनः सुरु भएको छ । वडा नं १७ बाहेकका १६, १८ र १९ वडाको मतगणना सुरु गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । आज बिहान भएको सर्वदलीय बैठकले अन्य वडाको मतगणना कार्यलाई अगाडि बढाउने निर्णय गरेको थियो । विवादित १७ नं वडाको भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले थप कागजपत्र देखाएपछि गणना सुरु गर्ने निर्णय भएको बताइएको छ ।
More

राष्ट्रपति

महालेखा परीक्षकमा नियुक्त हुनुभएका टङ्कमणि शर्मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपौचारिक रुपमा परिचय गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ
More