Daily Archives 24th May 2017

पुरानै कार्यक्रममा १२ खर्ब बढीको नयाँ बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै सार्वजनिक गर्ने तयारी गरेको छ । संविधान कार्यान्वयनसँगै सङ्घीयता लागू गर्ने क्रममा मुलुक निर्वाचनमय भएका बेला सरकारले आगामी सोमबार आव २०७४/७५ का निम्ति बजेट पेस गर्ने तयारी गरेको हो । नेपालको संविधानले हरेक वर्ष जेठ १५ बजेट संसद्समक्ष प्रस्तुत गर्ने व्यवस्थाअनुरुप अर्थमन्त्री कृष्णबहादुर महराले बजेट प्रस्तुत गर्ने तयारी गरेका हुन । सङ्घीयता कार्यान्वयन गर्ने गरी बजेट ल्याउनुपर्ने भएकाले रु १२ खर्बभन्दा बढीको बजेट ल्याउन लागिएको अनुमान छ । गत आवमा सरकारले रु १० खर्ब ४८ अर्बको बजेट ल्याएको थियो । अर्थ मन्त्रालयले मुलुकको सामाजिक एवम् आर्थिक विकासलाई
More

यी हुन्, नयाँ थपिएका स्थानीय तहको गाउँपालिका र नगरपालिका

काठमाडौं । सरकारले विराटनगर र वीरगञ्जलाई महानगर बनाउनुका साथै २२ स्थानीय तह थप्ने र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरे पनि, स्थानीय तहको चुनाव हुन २० दिन बाँकी छँदा नयाँ स्थानीय तहबारे सबै बेखबर छन् । वीरगञ्ज बन्यो महानगर सरकारले पर्साको वीरगञ्ज उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरउन्नती गरेको छ । यस्तै सुवर्णपुर र सुगौली गाउँपालिकाको केही वडाहरु मिलाएर जिरा भवानी गाउँपालिका गठन गरेको छ । नयाँ गाउँपालिकाको केन्द्र सेढवा गाविसको कार्यालयलाई तोकेको छ । पोखरीया नगरपालिकालाई फुटाएर नयाँ कालिकामाई गाउँपालिका गठन गरेको छ । केन्द्र चाँही मुड्ली गाविसको कार्यालयलाई तोकेको छ । यस्तै सुवर्णपुर गाउँपालिकाको नाम परिवर्तन गरि ठोरी गाउँपालिका बनाएको छ ।
More

प्रधानमन्त्री बहुमतीय प्रक्रियाबाट निर्वाचित हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनुभएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ । उहाँले प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग भएको समझदारीअनुसार आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको हो । नेपालको संविधानको ‘सङ्क्रमणकालीन व्यवस्था’ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था उल्लेख छ । धारा २९८ (मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था) को उपधारा २ मा ‘व्यवस्थापिका–संसद्को अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ । उपधारा ३ मा बहुमतीय प्रक्रियाबारे उल्लेख छ । ‘उपधारा (२) बमोजिम सहमति कायम हुन नसकेमा व्यवस्थापिका–संसद्को
More

तिथि, मिति र सम्भावनाको विकल्प नखोज्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित गरिसकेको परिप्रेक्षमा अब दोस्रो चरणको निर्वाचनको तिथि, मिति र सम्भावनाको विकल्प नखोजी जेठ ३१ गते नै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग पु-याउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित निर्वाचन आयोगका पदाधिकारीले उक्त सुझाव दिनुभएको हो । सो अवसरमा प्रधानमन्त्री दाहालले निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास भएको हुँदा स्थानीय तहको दोस्रो चरणको निर्वाचनका उपाय र विकल्पबारे सुझाव दिन आयोगका पदाधिकारीसँग आग्रह गर्नुभएको थियो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले जेठ
More

हुकिङ गरी विद्युत चुहावट गर्ने २६ पक्राउ

लहान । हुकिङ गरी विद्युत चुहावट गर्ने २६ जनालाई आज पक्राउ गरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लहानले जरिवाना तिराएको छ । प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनको क्रममा जिल्लाको विभिन्न स्थानमा विद्युतीय सामग्रीसहित पक्राउ परेका २६ जनाबाट रु एक लाख ४३ हजार जरिवाना असुल गरेको छ । टोलीले सिरहाको मोतिपुर, खुर्कीयाही, सोठियाइन, सखुवा नन्कारकट्टीलगायत स्थानबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिनुभयो । पक्राउ परेकाबाट २७ थान पानी तान्ने मोटर, एक थान पङ्खा, मेसिन, दुईथान टीभीलगायतका सामग्रीसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो ।
More

प्रधानमन्त्री बाहिरिदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार देशवासीको नाममा सम्बोधन पश्चात् प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिदै । तस्बिर : रत्न श्रेष्ठ
More

गला अवरुद्ध पार्दै प्रधानमन्त्री दाहालद्वारा राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गरिसकेपछि राजीनामा दिएका छन् । सम्बोधन सकिएपछि आफू सिधै राष्ट्रपति निवास पुगेर राजीनामा बुझाउने घोषणा गरे । नेपाली राजनीतिमा इमान्दिरताको खडेरी परेका बेला आफूले सत्ता साझेदार दलसँग भएको सहमति पालना गर्न राजीनामा दिएको बताए । सम्बोधन क्रमको अन्त्यतिर प्रधानमन्त्रीले आफू राजीनामा दिन कुरा गर्दा पटक पटक गला अवरुद्ध भएको थियो । आफू संकटका बेला प्रधानमन्त्री भएको भन्दै आफ्नो १० महिने कार्यकालको उपलब्धी पढेर सुनाएका थिए । उनले आफ्नो कार्यकालको फेहरिस्ता यसरी लगाएका थिए । अप्ठ्यारो परिस्थितिमा प्रधानमन्त्री वनेको थिएँ । भुकम्प पीडितको पुनर्वास र पुननिर्माण प्राथमिकतामा छ । त्यसका लागि पुननिर्माण प्राधिकरणको
More

एनआरएन अमेरिका टेलीभिजन बहस : गौरी जोशीको अग्रता

लन्डन । नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसि टेलीभिजन नेपालद्धारा न्यूयोर्कमा आयोजित, एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासीहरु विचको चुनावी बहस कार्यक्रम आइतबार न्यूयोर्कमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु डा.केशव पौडेल, गौरिराज जोशी, रामसी पोखरेल, कृष्ण पोख्रेल, रबीना थापा र डिल्ली भट्टराइले आफ्नो चुनावी एजेन्डाहरु प्रस्तुत गर्नुका साथै सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए । आफ्नो अथक प्रयासले एनआरएन अमेरिकालाइ विभिन्न कानुनी र प्राविधिक समस्याहरुबाट मुक्त गर्नमैे कार्यकाल खर्च भएपनि संगठन निर्माण, आन्तरिक तथा बैदेशिक सम्बन्ध विकास, अमेरिका र नेपाल सरकारसंग दरिलो समन्वय गर्नमा आफ्नो कार्यकाल सफल भएको बताउदै बर्तमान अध्यक्ष समेत रहेका केशव पौडेलले एनआरएन शुद्धिकरण अभियान, २६
More

विवाद मिलाउन शीर्ष नेताहरु छलफलमा

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेटबारे छलफल हुने कार्यसूची छ । तर बैठक बस्नुअघि दलहरुबीच देखिएका विवाद समाधान गर्न बिहानैदेखि छलफल भइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटिरहेका छन् । उनीहरुबीच सहमति नभए आज पनि बैठक प्रभावित हुन सक्ने बताइएको छ । यसअघि मंगलबार बस्ने भनिएको संसद्को बैठक दलहरुबीच विवाद भएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पटकपटक स्थगित गर्दै साँझ ७ बजे बस्ने भनिए पनि त्यतिबेलासम्म पनि दलहरुबीच कुरा मिल्न नसकेपछि आजसम्मका लागि स्थगित
More

बुद्धको मूर्ति निर्माण गर्न १७ अर्ब लाग्ने

दमक । झापाको दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत आयोजना तयार गरिएको छ । दमक नगरपालिकाका अनुसार विराट बुद्धप्रतिमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ले अन्तिमरुप पाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले प्रस्तावित उक्त योजनाको डिपिआर तयार भएको बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा भनिएको भन्दा आयोजनाको लागत अनुमान बढ्ने देखिएको जानकारी दिनुभयो । डिपिआरअनुसार बुद्धमूर्ति पार्क निर्माणमा रु १७ अर्ब ९५ करोड खर्च लाग्ने नगरपालिकाले जनाएको छ । दमक–३ मा १६० बिगाहा जमिनको व्यवस्था गरी विश्वकै अग्लो बुद्धमूर्ति निर्माण हुनेछ । अधिकृत दाहालले बुद्धको मूर्ति ५४२ फिट अग्लो हुने र आयोजनाको निर्माण आवश्यक प्रक्रिया
More