Daily Archives 25th May 2017

पोखरा महानगरमा एमाले विजयी नजिक

काठमाडौं । ९० प्रतिशत मतगणना हुँदा पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसीको जित निश्चित देखिएको छ । आज सांझसम्म झण्डै ९० प्रतिशत मतगणना भईसकेको छ । ३३ मध्ये २९ वटा वडाको मत परिणाम आउँदा जिसी कांग्रेसका उम्मेद्वार रामजी कुँवर भन्दा १२ हजार १ सय ६१ मतले अघि रहेका छन् । अब वडा नम्बर ३०, ३१, ३२ र ३३ को मत परिणाम आउन बाँकी छ । गणना गर्न बाँकी ५ वटा वडामा कुल १८ हजार ७ सय २७ मत छ । कुँवरले जित्ने हो भने अब गणना गर्न बाँकी १८ हजार ७ सय २७ मत मध्ये १५ हजार ३
More

एमालेको सदनमा गतिविधि हास्यास्पद

काठमाडौं । उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रपतिद्वारा व्यवस्थापिका–संसद्को अधिवेशनलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन पनि गर्न नदिई के माग राखेको हो भन्ने प्रश्न गर्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री निधिले भन्नुभयो “उसलाई (एमाले) प्रतिपक्षको भूमिका के हो ? कसरी निर्वाह गर्नुपर्छ भन्ने जानकारी पनि छैन कि ? एमालेको सदनको आजको गतिविधि हास्यास्पद रह्यो ।” प्रमुख प्रतिपक्षी दलको भावनालाई सरकारले ध्यान दिएको उहाँले बताउनुभयो । सदनको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । दोस्रो बैठकमा राष्ट्रपतिको सम्बोधनलाई धन्यवाद दिने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी दलका सांसदले आआफ्नो
More

संसदमा आज पनि एमालेको अवरोध

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गरेपछि आधा घन्टाका लागि स्थगित भएको संसद बैठक पुनः सुरु भए लगतै एमालेले अवरुद्ध गरेको छ । स्थानीय तहको संख्या बृद्धिको विरोधमा एमालेले संसद अवरुद्ध गरेको हो । बैठक सुरु भए लगतै एमाले सांसदहरुले आआफ्नो स्थानमा उठेर विरोध गरेका हुन् । एमालेले अवरोध गरेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
More

राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचन बहिस्कारको पक्षमा

काठमाडौं । निर्वाचनमा भाग लिने/नलिने विषयमा राष्ट्रिय जनता पार्टी अझै निर्णयमा पुग्न सकेको छैन । काठमाडौंमा केही दिनदेखि जारी पार्टीको अध्यक्ष मण्डलको बैठकमा निर्वाचन उपयोग गर्ने/नगर्ने विषयमा छलफल जारी रहेपनि विपरित धारका कारण राजपालाई निर्णयमा पुग्न कठिन भएको हो । महन्थ ठाकुरसहितका नेता केही माग सम्बोधन भएकाले निर्वाचनमा जान सकिने धारणामा छन् । तर, राजकिशोर यादव, अनिल झालगायत भने चुनावमा जाने अवस्था नरहेको भन्दै बहिस्कार गर्नुपर्ने पक्षमा ‘लविङ’ गरिरहेका छन् । मतान्तर रहे पनि एक/दुई दिनमै ठोश निर्णयमा पुगिने राजपाले जनाएको छ । निर्वाचन सहभागिताबारे छलफल गरिरहेको राजपाले मधेसको माग सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढ्ने तयारी पनि सँगसँगै
More

सहमतीय सरकारका लागि राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि आग्रह गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएपछि नयाँ प्रधानमन्त्री चयनका लागि आज राष्ट्रपतिले आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा २९८ को उपधारा (२) मा सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्ने व्यवस्था रहेअनुसार राष्ट्रपतिले आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिनुभयो । राष्ट्रपतिले यही जेठ १८ गतेसम्म सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि दलहरुलाई आह्वान गर्नुभएको हो । सहमतीय प्रक्रिया अगाडि बढ्न नसकेका खण्डमा मात्रै बहुमतीय प्रक्रियामा अगाडि बढ्ने संवैधानिक व्यवस्था छ ।
More

भरतपुरको अन्तिम नतिजामा रेणु दाहालले नै जित्ने

चितवन । स्थानीय तह निर्वाचन २०७४ को पहिलो चरण अन्तर्गत ४ महानगरपालिका मध्ये तीनको नतिजा अझै आइसकेको छैन। ललितपुर महानगरमा कांग्रेसले जित हात पारिसकेको छ भने बाँकी तीनै ठाउँमा एमालेले अग्रता कायमै राखेको छ। निकै चर्चामा रहेको भरतपुर नगरपालिकामा भने कांग्रेस — एमाओवादी गठबन्धनले मेयर जित्ने प्राय: निश्चित भएको छ । विहीवार दिउँसो सम्मको मत गणनामा एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा १४ सय ४३ मतले रेणु दाहाल पछि छन् । ज्ञवालीले ३१५५९ र रेणुले ३० हजार १ सय १६ मत प्राप्त गरेकी छन् । अब ९ वटा वार्डको ३८ हजार ८ सय ८१ मत गणना गर्न बाँकी छ । मंगलपुर,
More

ललितपुरका प्रमुखलाई बधाई

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई बिहीबार नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बधाई तथा शुभकामना दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर : रोशन सापकोटा
More

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । सरकारले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदको चार बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । स्थानीय तहको संख्या थपको विरोधमा नेकपा एमालेले सदनको कारबाही चल्न नदिने अडान लिएपछि पूर्वबजेट छलफल बिना नै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो । निर्वाचन आचार–संहिताका कारण यस पटक अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिइने छ । नयाँ कार्यक्रम ल्याउन नमिल्ने प्रतिपक्षीको अडान र निर्वाचन आयोगको सुझावपछि सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम ल्याउन लागेको हो । पहिलो पटक संघीय संरचनाअनुसार तयार पारिएको नीति तथा कार्यक्रममा राष्ट्रिय
More

गाईको भोट हलगोरुमा !

चितवन । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीको चुनाव चिह्न हो हलगोरू । सो पार्टीसहित ६ मधेसी पार्टीले एकता गरेर राजपा नेपाल गठन गरेका छन् । चितवनमा हलगोरू चिह्न लिएका कुनै पनि उम्मेदवार उठेका थिएनन् । तर, मतदाताले उम्मेदवार नै नभएको चिह्नमा गाई सम्झेर मत हालेका छन् । हलगोरूसँग मिल्दोजुल्दो चुनाव चिह्न राप्रपाको छ । जसले गर्दा गाईलाई दिने भोट झुक्कएर मतदाताले हलगोरुमा हालेको राप्रपाको दाबी छ । यसपटक एकै खालको चुनाव चिह्नका कारण मतदाता झुक्किएको चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले स्वीकारे । माडी नगरपालिकाको मेयरमा ठूला पार्टी सरह नै मत ल्याउन सफल राप्रपाले चुनाव चिह्नकै कारण वडाध्यक्ष पद गुमाउनु परेको
More

भारतीय भूतपूर्व सैनिकलाई एक अर्ब निवृत्तिभरण

तम्घास । जिल्लाका अवकाश प्राप्त भारतीय भूतपूर्व सैनिक एवम् निजामती कर्मचारीलाई रु एक अर्ब १५ करोड निवृत्तिभरण वितरण गरिएको छ । सदरमुकाम तम्घासमा भूतपूर्व भारतीय सैनिकका लागि गत वैशाख २८ गतेदेखि १३ दिनसम्म सञ्चालन गरिएको क्याम्पबाट सो रकम वितरण गरिएको हो । बर्सेनि छ-छ महिनामा वितरण गरिँदै आएको उक्त निवृत्तिभरण लिनका लागि गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रुकुम, रोल्पा र डोल्पाबाट गरी सात हजार भन्दा बढी भूतपूर्व सैनिक आउने गरेका जिल्लास्थित भूतपूवर्ज सैनिक सङ्घले जनाएको छ । केही भूतपूवै सैनिकले एसबिआई बैंकबाट निवृत्तिभरण लिने गरेका छन् । भारत सरकारले १५ देखि ३३ वर्षसम्म सेवा पु-याएका भूपू सैनिक र अवकाश प्राप्त निजामती
More

जेठ ३१ गते नै बाँकी तहको निर्वाचन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सरकारको नेतृत्वमा जेठ ३१ गते नै बाँकी स्थानीय तहको निर्वाचन हुने दाबी गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा जेठ ३१ गते नै निर्वाचन हुने दाबी गरेको हो । कांग्रेसले निर्वाचन आयोग र सरकारका बीचमा निरन्तर परामर्श भइइरहेको भन्दै चुनाव सर्ने आशंका नगर्न आग्रह गरेको छ । कांग्रेस पदाधिकारी बैठकले पार्टी सभापति देउवाको नेतृत्वमा सरकार गठनका लागि संसदमा प्रतिनीधित्व गर्ने दलसँग निरन्तर परामर्श गर्ने निर्णय पनि गरेको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्री पदवाट राजिनामा दिएपछि कांग्रेसले
More

थपिएको स्थानीय तहमा जेठ ३१ मा निर्वाचन सम्भव छैन : प्रमुख आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादबले सरकारले केही दिनअघि थप गरेका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गर्न नसकिने स्पष्ट पारेका छन् । काठमाडौंमा आज आयोजित अन्र्तक्रियामा प्रमुख आयुक्त यादवले सरकारको निर्णयबारे आयोग बेखबर रहेको भन्दै थपिएको भनिएको स्थानीय तहमा पूर्वनिर्धारित कार्यक्रमअनुसार निर्वाचन गर्न नसकिने बताएका हुन । आयोगले जेठ ३१ गते ४ सय ६१ तहमा मात्रै निर्वाचन गराउने उनको भनाइ थियो । आयोगले तयारी नै नगरेकाले थपिएका तहमा ३१ गते नै मतदान गराउन नसकिनेमा जोड दिएका प्रमुख आयुक्त यादवले ४ सय ६१ तहको निर्वाचन सर्छ कि भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । बुधबार मात्रै आयोगले संवैधानिक,
More

म्यानचेष्टर बम हमलाका तस्वीर र खबर प्रकाशन गरेकोमा बेलायत प्रहरीको आपत्ति

लन्डन । बेलायत प्रहरीले अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ले म्यानचेष्टरमा भएको बम हमलाका तस्वीर र खबर प्रकाशन गरेकोमा आपत्ति जनाएको छ । सो घटनाका सूचना सार्वजनिक हुनुले अनुसन्धानमा असर परेको र आफ्नो देशसँगको अमेरिकी गुप्तचर निकायको साझेदारीमा पनि संकट बढेको बेलायती अधिकारीले बताएका हुन् । ‘द न्यूयोर्क टाइम्स’ले प्रकाशित गरेको तस्वीरमा रगतको टाटा बसेका बमका टुक्रा, ब्याट्री, काँटीहरु र विस्फोट गराउन प्रयोग गरिने एउटा सम्भावित उपकरण देखिएको छ । ग्रेटर म्यानचेष्टरका मेयर एण्डी बर्नहामले सूचना चुहावटबारे आफूले अमेरिकी राजदूतसमक्ष कुरा उठाएको जनाएका छन् । त्यसअघि बेलायतका गृहमन्त्री एम्बर रडले बम हमलाकारी सलमान अबेदीबारेको सूचना अमेरिकाले बाहिर ल्याइदिएको भन्दै आक्रोश व्यक्त
More

लण्डनमा राप्ती समाज युकेको वार्षिक साधारणसभा

बेलायतमा बसोबास गर्ने नेपालीहरुको संस्था राप्ती समाज युकेको छैठौं वार्षिक साधारण सभा गत शनिबार लण्डनमा सम्पन्न भयो। सभाले संस्थाको वार्षिक कार्यप्रगति विवरण तथा आयव्यय विवरण पारित गर्नुकासाथै विधान संशोधन पनि गरेको थियो। संस्थाको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै समाजका सचिव दिनेश खडकाले गत वर्ष समाजले दाङदेउखुरी राजपुर गाविस फोहराका अग्निपीडितहरुकालागि डेढलाख रुपियाँ, दाङको रिहारस्थित बगारबाबा माविलाई पैंतीसहजार रुपियाँ र रोल्पा लिबाङस्थित बिहानी प्रस्तावित माविलाई रु एकलाख सहयोग गरिएको बताउनुभयो। त्यसैगरी प्यूठान तथा रोल्पा जिल्लाका आगलागी पीडितहरुकालागि समाजले तीनलाख रुपियाँ सहयोग गरेको थियो। प्यूठान जिल्लाकै एक विद्यालयलाई रु एकलाख सहयोग गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो। यसबाहेक गत वर्ष लण्डनमा निधन
More