Daily Archives 26th May 2017

जेठ ३१ को स्थानीय तह निर्वाचन दुर्घटनाउन्मुख

काठमाडौं । स्थानीय तह थप्ने सरकारको निर्णयमा सर्वोच्च अदालत तगारो बन्छ भन्ने सूचना प्राप्त भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले जेठ ३१ को निर्वाचन बिथोल्ने निर्णय गरेको बुझिएको छ । यही निर्णय पर्खिनका लागि राजपले आजसम्म बैठक सारिरहेको थियो । स्थानीय तहको युनिट थपेपछि राजपा जेठ ३१ को निर्वाचनमा सहभागी हुने संकेत गरेको थियो । सरकारको यो निर्णयले फेस सेभिङ हुन्छ, निर्वाचनमा जानुपर्छ भन्ने मनस्थिति राजपा संयोजक महन्थ ठाकुरले बनाएका थिए । यद्यपि केही नेताले ठाकुरको मनस्थितिमा असहमति राख्दै आएका थिए । न्यायपालिकामा हस्तक्षेप, स्थानीय तहको संख्या थप र बैशाख ३१ को निर्वाचनमा धाँधली भएकाले छानबिन समिति गठनका माग गर्दै
More

समाजभित्रको मर्मश्पर्शी एउटा ‘जीन्दगानी…’ (भिडियोसहित)

काठमाडौं । सडक बालबालिकाको मर्मस्पशी जीवनशैली कथा बेग्लै हुनसक्छ । तर, यहाँ अपांगता जीवन जिउन नपरोस् भन्दाभन्दै पनि समाजमा यस्ता कथाहरु जन्मिरहेकै छ । र, तिनको जीवनशैलीलाई नजिकबाट नियाल्दा लाग्छ, ‘जीन्दगी आखिर यही हो ।’ यस्तै, मर्मस्पर्शी तर समाजभित्रको समस्यालाई मोडल सम्झना राईले आफ्नो सुरिलो स्वरमा गाएकी छन् । ‘जीन्दगानी’ बोलको यस गीतमा सम्झनाले नै मोडलिङ गरेकी छन् । यसै गीतबाट गायिका बनेकी मोडल सम्झनाको अभिनयको त कुरै छाडौं । यो भिडियो हेर्नेहरुको एकपटक अवश्य आँखा रसाउँनेछ । र, भन्नेछन्, ‘के यस्तो पनि जीन्दगानी ?’ यस गीतको भिडियोमा सडक बालबालिकाको जीवनशैली त छँदैछ नै, अपांगता भएकाहरुको जीवन तथा दिनचर्यालाई ऐना
More

स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले सोमबार तराई–मधेसका १६ जिल्लामा २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश सपना मल्ल प्रधान र ईश्वरप्रसाद खतिवडाको इजलासले संविधानको धारा २९५ अनुसार आयोगले मात्र स्थानीय तहको संख्या बढाउन सक्ने ठहर गरेको हो । सरकारले स्थानीय तहको संख्या बढाएर राजपत्रमा समेत प्रकाशित गरेको पाइएको भन्दै अदालतले निर्णय यथास्थितिमा राख्न भनेको छ । धनबहादुर श्रेष्ठ, गोपाल श्रेष्ठ र शर्मिला सिलवालले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए ।
More

बेलायतको निर्वाचन अभियान अवरुद्ध

म्यान्चेस्टर । बेलायतको म्यान्चेस्टरमा केहीदिन अघि भएको हिंसात्मक हमलाका कारण असुरक्षा भएको भन्दै बेलायतका राजनीतिज्ञहरुले शुक्रबार निर्वाचन प्रचारप्रसार अभियान नै रोकेका छन् । राष्ट्रिय सुरक्षामा चुनौती अनुभव गरिएको भन्दै शुक्रबारदेखि निर्वाचन अभियान स्थगित गरिएको बताइएको छ । बेलायतको म्यान्चेस्टरमा गत सोमबार एउटा सांगितीक कार्यक्रम भईरहेको ठाँउमा लिबियाआवद्ध जिहादी सञ्जालको हात रहेको यस आतङ्कवादी हमलामा परी २२ जनाको मृत्यु भएको थियो भने, अरु कैयौ घाइते भएका थिए । बेलायतका प्रधानमन्त्री टेरेसा मे र मजदुर नेता जेरेमी कोर्बाइनले गत २२ मे सोमबार साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै भएको भीषण आतङ्ककारी आक्रमणपछि आ–आफ्नो निर्वाचन आभियानलाई स्थगीत गर्नु
More

एमाले र माओवादी बाहेकका तालमेल असफल : योगेश

काठमाडौं । नेकपा (एमाले) का सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले अन्य पार्टीबीचको भन्दा एमाले र नेकपा (माओवादी) बीचको चुनावी तालमेल सफल भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले यहाँ आज आयोजना गरेको उपत्यकास्तरीय भेलामा उहाँले पहिलो चरणको स्थानीय निर्वाचनको परिणामले नेपाली काँग्रेस र माओवादी वा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचका तालमेललाई जनताले अनुमोदन नगरेको जनाउँदै एमाले र माओवादीबीचको तालमेल तुलनात्मकरुपमा सफल भएको उल्लेख गर्नुभयो । नेता भट्टराईले भन्नुभयो, “एमाले र माओवादीबीच लमजुङ र बाग्लुङमा भएका तालमेल सफल भएका छन् र अन्य ठाउँमा भएका अन्य पार्टीबीचका तालमेललाई जनताले अप्राकृतिक ठहर गरेका छन् ।” कार्यक्रममा एमाले प्रचार विभागका उपप्रमुख सूर्य
More

चुनाव बिथोल्ने गरी राजपाद्वारा आम हडतालको घोषणा

काठमाडौं । राष्ट्रिय जनता पार्टीले यथास्थितिमा निर्वाचनमा सहभागि नहुने निश्कर्ष निकालेको छ । पार्टीले जेठ ३१ मा हुने स्थानीय तह निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारले धोका दिएको भन्दै आफूहरू निर्वाचनमा नजाने र निर्वाचन हुन पनि नदिने भन्दै पार्टी आन्दोलनमा जान लागेको शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो । आज काठमाडौंमा बसेको सो पार्टीको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधन र पुराना माग पूरा नभएसम्म निर्वाचनमा जान नसकिने निश्कर्ष निकालेको हो । सरकारले सोमबार तराई–मधेसका जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेपछि राजपा निर्वाचनमा सहभागि हुने अपेक्षा गरिए पनि उसले संबिधान संशोधन र आन्दोलनका अन्य
More

काँग्रेसले प्रदेश नं १ मा उम्मेदवार टुङ्ग्यायो

काठमाडौं । नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्लाका उम्मेदवार टुङ्ग्याएको छ । केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले प्रदेश नं १ का पहाडी जिल्लाका उम्मेदवार तय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रदेश नं ७ का कैलाली र कञ्चनपुरका विषयमा छलफल सुरु भएको उहाँले बताउनुभयो । उम्मेदवार तय गर्न बसेको बैठक आजै तीन बजेसम्मका लागि अहिले स्थगित गरिएको छ । तीन बजेपछिको बैठकमा प्रदेश नं ७ का बाँकी जिल्ला र प्रदेश नं २ का विषयमा छलफल गरिने उहाँले बताउनुभयो ।
More

कांग्रेसको ३० देखि ५० प्रतिशत मत रेणुलाई

चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ गइरहँदा थप प्रतिस्पर्धी बन्दै गएको छ । आज मध्यान्हसम्म झन्डै ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेकोमा गणना गर्न बाँकी करिब २२ हजार मत छ । हालसम्म नेकपा (एमाले)का देवी ज्ञवाली करिब एक हजार ६०० ले अगाडि हुनुहुन्छ । उपप्रमुखमा भने काँग्रेसकी पार्वती शाह पाँच हजार हाराहारीले अगाडि हुनुहुन्छ । महानगरको २९ वडामध्ये एउटा वडाको गणना भइरहेको छ भने सातवटा वडाको गणना गर्न बाँकी छन् । गणना भएका २१ वटा वडामध्ये एमालेले ११, काँग्रेसले
More

डा. कैनीको चुनाब प्रचारमा नेपाली समुदायको सहभागिताको लागि अपिल

आगामी जुन ८ का दिन बेलायतमा हुन गई रहेको संसदीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट उम्मेदवार हुनु भएका नेपाली समुदायका डा. बच्चु कैलाश कैनी अहिले चुनाव प्रचारमा ब्यस्त हुनु भएको छ । गत हप्ता देखि चुनावी प्रचार प्रसार सुरु भएको छ । चुनावी प्रचारको क्रममा डार्टफोर्ड निर्वाचन क्षेत्रमा करिव ४२ हजार घरधुरीमा रहेका करिब ८० हजार मतदाता समक्ष चुनावी प्रचार गर्ने सामाग्री लिफलेट तयार पारिएको छ । चुनाव अघि नै सबै मतदाताको घरमा प्रचार सामाग्री पुर्याउनको लागि थोरै समय भएको हुनाले सबै नेपाली समुदायको सहभागिताको लागि उहाँ ले अपिल गर्नु भएको छ । डार्टफोर्ड निर्वाचन क्षेत्रमा निश्चित क्षेत्रहरु पहिचान गरी घरदैलोमा
More

शेष घले दम्पती अष्ट्रेलियाको धनाढ्य सूचिमा चार स्थान माथि उक्लिए

काठमाडौं—अष्ट्रेलियाली धनीहरुको सूचिमा शेष घले दम्पती गत वर्षभन्दा चार स्थान माथि उक्लिएका छन्। ६ करोड १० लाख डलर सम्पत्ति बढाउँदै उनीहरु सन् २०१७ को अष्ट्रेलियाली धनीको सूचिमा १०१ स्थानमा परेका छन्। अघिल्लो वर्ष उनीहरुको सम्पत्ति ५८ करोड ६० लाख डलर रहेकोमा यो वर्ष १० प्रतिशत वृद्धि भएको हो। अष्ट्रेलियामा धनाड्यको सूचि प्रकाशन गर्ने फाइनान्सियल रिभ्यु म्यागेजिनकाअनुसार घले दम्पतीसँग अहिले ६४ करोड ७० लाख डलर बराबरको सम्पती छ। उनीहरुको स्वामित्वको एमआइटी ग्रुप होल्डिङ्सले सन् २०१५ मा मेलबर्नस्थित भिक्टोरिया मार्केट नजिकैका दुई टावर निर्माणका लागि स्वीकृति पाएको छ। ती टावरमा ४७० अपार्टमेन्ट तथा २१० कोठाको होटल निर्माण गर्न अष्ट्रेलियाली सरकारले स्वीकृति दिएको
More