Daily Archives 30th May 2017

नेकपा (एमाले)को विजयी सभा

काठमाडौँ महानगरपालिकाको प्रमुखमा विद्यासुन्दर शाक्य निर्वाचित भएपछि नेकपा (एमाले)द्वारा राजधानीमा मङ्गलबार आयोजित विजयी सभामा अध्यक्ष केपी शर्मा ओली । तस्बिर : प्रदीपराज वन्त
More

योजनाबद्ध तरिकाले भरतपुरमा मतपत्र च्यातियो: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा योजनाबद्ध तरिकाले मतपत्र च्यातिएको आरोप लगाउनुभएको छ । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको काठमाडौँबाट स्थानीय तहमा विजयी उम्मेदवारहरुको विजयी सभालाई आज भृकुटीमण्डपमा सम्वोद्धन गर्दै उहाँले सो आरोप लगाउनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, “आफूले हार्ने भएपछि योजनाबद्ध रुपमा वाइसिएल लगाएर मतपत्र च्यातिएको हो, त्यहाँ फेरि निर्वाचन गराउन सम्भव छैन ।” मुस्लिम धर्मावलम्बीको इदउल–फित्र पर्वका अवसरमा आगामी असार ९ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन एमालेलाई मान्य नहुने उल्लेख गर्दै उहाँले “विशेष पर्व, बर्खाको समय, मतदाता कसरी मतदानस्थलसम्म जाने ? पानीमा मतपत्रको सुरक्षा कसरी गर्ने ?
More

असार ९ को निर्वाचन १४ मा सर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र मुस्लिम समुदायको पवित्र पर्व रमजानसमेतलाई ध्यानमा राखी दोस्रो चरणको निर्वाचनको मिति केही दिन पर सार्ने विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भएको छलफलमा प्रधानमन्त्री दाहाललाई आयोगका पदाधिकारीहरुले सकारात्मक परामर्श दिनुभएको निर्वाचन आयोगद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । यसअघि मन्त्रिपरिषद्ले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणा गरेको असार ९ गते शुक्रबार मुश्लिम समुदायको पवित्र पर्व रमजान परेको हुँदा सो समुदायको मागअनुरुप उहाँहरुको भावनालाई सम्बोधन गर्ने र राजनीतिक सहमतिका लागि भइरहेको प्रयासलाई समेत दृष्टिगत गरी सरकारले
More

चुनावको मिति रमजानको अन्तिम शुक्रबार नपार्न साझा पार्टीको आग्रह

सरकारले स्थानीय तहको दोस्रो चरणको चुनावको पूर्व निर्धारित मिति सारेर आउँदो असार ९ गतेका लागि तोकेको सर्वविदितै छ। उक्त दिन इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्तिम शुक्रबार परेको छ, जुन एक महिने व्रत (रोजा) का बेला अझ महत्वपूर्ण मानिन्छ। इस्लाम धर्मावलम्बीको महान चाड ईद-उल-फित्रको दुई-तीन दिनअघि र रमजानको अन्तिम शुक्रबार चुनावको मिति राखिएकोले त्यसबारे अविलम्ब पुनर्विचार गर्न साझा पार्टी आग्रह गर्दछ। पछिल्लो जनगणना अनुसार नेपालमा १२ लाख भन्दा बढी इस्लाम धर्मावलम्बी छन् र उनीहरूका लागि उक्त मिति अनुकूल हुन सक्दैन। डा सुर्यराज आचार्य प्रवक्ता, साझा पार्टी केन्द्रीय कार्यालय, ललितपुर
More

लण्डनमा युवाहरुले सुनाए प्रेरणादायी कथा

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले युवाहरुकालागि नेपाली दूतावासको ढोका सँधै खुला रहने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा सोमबार लण्डनस्थित नेपाली दूतावासमा अलिक फरक ढँगमा मनाइएको कार्यक्रममा बोल्दै राजदुत सुवेदीले बेलायतस्थित नेपाली समुदायको संख्या बढ्दै जाँदा यहाँ रहेका युवाहरुलाई अभिप्रेरित गर्ने र नेपालसंग जोडने प्रयासहरुको झन् बढी खाँचो भएको बताए। वर्तमानलाई समातेर मात्रै भविष्यतर्फ अघि बढ्न सकिने कुरामा उनले जोड दिए। सो अवसरमा विभिन्न क्षेत्रमा आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरिरहेका युवाहरु र विभिन्न पेशा तथा व्यवसायमा सुपरिचित व्यक्तित्वहरुलाई आफ्नो अनुभव बाँडचुँड गर्न निम्च्याइएको थियो। कार्यक्रममा बोल्दै ब्लाइण्ड रक्सकी संस्थापक सृष्टि केसीले अपांगहरुले अवसर पाए अन्य व्यक्ति सरह
More

म्याग्दीमा एघार जलविद्युत् आयोजना निर्माणको चरणमा

बाबियाचौर । जिल्लामा ३०८ मेगावाट क्षमताका एघार जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । विद्युत् विकास विभागका अनुसार १४४ मेगावाट क्षमताका सातवटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १६४ मेगावाट क्षमताका चारवटा आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् । तीन सय ५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रवद्र्धक कम्पनीलाई अनुमति दिइएको विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो । दुई सय ४२ मेगावाट क्षमताको आठवटा आयोजनाको सर्वेक्षणका लागि विभागमा निवेदन परेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन र विद्युत् खरिद बिक्री सम्झौता गरेका आयोजनालाई निर्माणको अनुमति दिइएको उपमहानिर्देशक आचार्यले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्
More

उम्मेदवारले आफ्नै निर्वाचन चिन्ह बिर्संदा…

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ गते स्थानीय तह मध्यपुर थिमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वातावरण उल्लासमय थियो । राजनीतिक दल मात्र होइन सर्वसाधारणको समेत निर्वाचन कार्यालयमा उत्सुकतापूर्ण भिड थियो । यही भिडमा स्वतन्त्र उम्मेदवारको हैसियतले मध्यपुर थिमि नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्येका एक हुनुहुन्थ्यो–मध्यपुर थिमिका बाबुकष्ण श्रेष्ठ । वैशाख ३१ गते निर्वाचन सम्पन्न भयो र जेठ १ गते बिहानदेखि सुरु भएको मतगणना– ८ गते बिहान सम्पन्न भयो तर श्रेष्ठले एक मत पनि प्राप्त गर्न सक्नुभएन । श्रेष्ठको चुनाव चिन्ह थियो ‘ब्याडमिन्टन र कर्क’ । निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलका अनुसार चुनाव चिन्ह ब्याडमिन्टन
More

भरतपुरको मतगणना छानबिन गर्न माग

काठमाडौं । चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा (एमाले)को उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको कार्यालय कान्तिपथमा पुगी सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितको टोलीले प्रमुख आयुक्त डा यादव र आयुक्तलाई भेटी सो घटनाका नाममा पुनःमतदानतर्फ जाँदा निर्वाचनको प्रणाली र मूल्यमान्यतामा नै प्रश्न उठ्ने भएकाले च्यातिएका मतलाई अलग राखेर गणना गरी परिणाम घोषणा गर्न सकिने जनाएको छ । भेटपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मतपत्र च्यात्ने कार्यमा संलग्नलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिइसकेकाले सो घटनालाई गणनास्थल कब्जाका रुपमा लिन नपर्ने
More

यस्तो पनि सुन ल्याउने तरिका

काठमाडौं । साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो । साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ स्थलमा बसी सुन सङ्कलन गरिरहेका अवस्थामा दुवैलाई सुनसहित पक्राउ गरिएको हो ।
More

बाजुरामा सेनाको विमान दुर्घटना

बाजुराको कोल्टी विमानस्थल छेउमा मङ्गलबार मध्याह्न दुर्घटनाग्रस्त नेपाली सेनाको कार्गो विमान । अवतरण गर्ने क्रममा कल साइन एनए ४८ विमान खेतमा पल्टिँदा पाइलट कैलाश गुरुङको उपचारका क्रममा मृत्यु भएको छ । तस्बिर : सौजन्य–भरत जोशी
More

गोर्खा कपमा प्रमुख अतिथि नपाए पछि राजदूत डा.सुवेदी आक्रोसित (भिडियो)

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आइतवार सम्पन्न १५ औं गोर्खा कपमा आफ्नो अपमान भएको अभिव्यक्ति दिएका छन् । नेपालीमाँझ बेलायतमा सर्वाधिक लोकप्रिय मानिएको सो प्रतियोगिता हेर्न अतिथिका रुपमा पुगेका डा. सुवेदीलाई आयोजकले दोस्रो पंक्तिमा राखेपछि राजदूत सुवेदीको यस्तो अभिव्यक्ति आएको हो । उनले आक्रोसित मुद्रामा भने, ‘गोर्खा कप प्रतियोगितामा नेपालीको शिर झुकाउने काम भएको छ ।’ तमुधिं यूकेले हरेक वर्ष आयोजना गर्ने सो प्रतियोगितामा प्रमुख अतिथि राजदूत सुवेदीको सट्टा स्थानीय मेयर सोफिया चौधरीलाई बनाएको थियो । आफूलाई वडाध्यक्षको जति पनि सम्मान नगरेको भन्दै तमुधिं यूकेले नेपालीको शिर झुकाउने काम गरेको आरोप राजदूत डा. सुवेदीले लगाए ।
More

क्यानाडामा गणतन्त्र दिवस

गणतन्त्र दिवस(द्दण्ठद्ध को उपलक्ष्यमा नेपाली राजदूतावास, ओटवा, क्यानडाले आइतवार नेपाली राजदूतावास परिसरमा एक स्वागत समारोहको आयोजना गर्योज। कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै क्यानडाका लागि नेपालका महामहिम राजदूत श्री कालीप्रसाद पोखरेलले नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त गणतन्त्रका उपलब्धीहरुलाई संस्थागत गर्ने दिशामा नेपाल सरकार निरन्तर लागि परेको बताउनु भयो। शहीदहरुप्रति श्रद्वाञ्जली अर्पण गर्दै वहाँले राजनीतिक स्थायित्वसँगै आर्थिक विकासको गतिलाई पनि तिव्र बनाउनु आवश्यक भएको बताउँदैं नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता समेतका माध्यमबाट विदेशमा रहेका नेपाली समुदायलाई पनि मुलुकको विकासको मूलधारमा समेट्ने प्रयास गरेको बताउनु भयो। व्यपार, लगानी र पर्यटन प्रवर्द्वनको माध्यमबाट नेपाल(क्यानडाबीचको द्विपक्षीय सम्बन्ध मजबुत बनाउन क्यानडाका नेपाली समुदायले राजदूतावासलाई
More

एफसी केन्टले “गोर्खा कप” पचायो

सुरेन्द्र इङ्नाम। गत २८ मे २०१६ को दिन बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा भएको “गोर्खा कप” भेटरेन तर्फ एफ सी केन्टले लगातार ३ पल्ट जीतेर यस वर्ष “कप” पचाएको हो । यस क्लबको स्थापनाकालदेखि लगातार जीत्दै आएको यस “गोर्खा कप” यस वर्ष भने विषेश रहेको टिम म्यानेजर बुद्धी सुनवार र कोच लोक लीम्बुले जानकारी दिनुभयो त्यस्का साथै नेपाल बाट नेपाल राष्ट्रिय फुटबल टिमकोचलाई स्पोन्सर गरी टिमको प्रोमोसन साथै गोर्खा कपको शोभा बडाइएको जानकारी पनि सुनवारले दिनु भयो । भेटेरेन तर्फ ८ टिमले भाग लिएको यस “गोर्खा कप” मा फाईनलमा ईलाम एफ सी लाई भास्कर राईले १ गोल र गुप्तराज चेम्जोङले १
More

कोलोराडोमा तुलसी दिवसलाई अभिनन्दन गरिने

नातिबाबु भट्ट। साहित्य तथा संस्कृतीका धुरन्धर बिद्धान कवी तुलसी दिवसलाई कोलोराडोमा एक समारोह बिच अभिनन्दन गरिने भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आगामी जुन १० तारिक शनीबारका दिन कवि गोष्ठि समारोहमा कवी दिवसलाई अभिनन्दन गर्न लागिएको संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले बताएका छन् । नेपाली लोक संस्कृतीका वरिष्ठ अभियान्ता एबं नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य प्राध्यपक तुलसी दिवसलाई आºनै घर आगनमा भेट्न र उनका सारगर्भित कविता प्रत्यक्ष श्रबण गर्न पाउने सुभ अवसरमा सहभागी भई कार्यक्रमको शोभा बढाई दिनहुन अध्यक्ष ढुङ्गेलले सबै कोलोराडो बासी साहित्य अनुरागीहरुलाई आग्रह गरेका छन् । त्ससैगरी सोही समारोहमा स्थानीय कवी ,कवयत्री तथा सर्जकहरुलाई
More

सहमतीय सरकार गठनका लागि देउवाद्वारा पहल

काठमाडौं । सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लागेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको पहल सुरु गरेका छन् । कांग्रेस सभापति देउवाले सहमतीय सरकारको गठनका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संसद भवन बानेश्वरमा बसिरहेको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश दलका नेता सहभागी छन् । बैठकमा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले बिहीबार सहमतीय सरकारका लागि सात दिनको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको सहमतीय सरकार गठनको समयसीमा बुधबार सकिँदैछ ।
More

कांग्रेस पार्टी सभापति देउवाको गृहजिल्लामा लफडैलफडा

डडेल्धुरा । डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार को हो भन्ने कुराको टुङ्गो लगाउनमा अन्योल कायमै रहेको छ । लामो कसरतपश्चात् पनि आकांक्षी धेरै हँुदा काँगे्रसलाई उम्मेदवार छनोटमा समस्या देखिएको हो । काँग्रेसभित्र पञ्चायतकालदेखि गणतन्त्र, लोकतन्त्र स्थापनापछिका नेता कार्यकर्ता उम्मेदवारका रुपमा देखिएका छन् । छ दशक पुराना नेता र नयाँ पुस्ताका नेता कार्यकर्ताबीच उम्मेदवारीमा तालमेल मिल्न सकेको छैन । दुई नगरपालिका, पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको डडेल्धुरामा अहिलेसम्म कुनैपनि राजनीतिक दलले पूर्णतया उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । निर्वाचनको मिति नजिकिँदै गएपनि उम्मेदवारको टुङ्गो भने पूर्णरुपमा कुनै पनि पार्टीले लगाउन नसकेको हो । कुल ५२ वडा रहेको डडेल्धुरामा प्रमुख÷उपप्रमुख, गाउँपालिका
More

राप्रपाले चुनावी अभियान प्रभावकारी बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ २१ गतेभित्र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गर्ने भएको छ । पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि दोस्रो चरणको चुनावलाई दृष्टिगत गर्दै चुनावी अभियानलाई थप सुदृढ र प्रभावकारी तुल्याउन यही जेठ १२ गतेदेखि भेला तथा प्रशिक्षण सुरु भइसकेको छ । पार्टीलाई सफलता दिलाउने उद्देश्यले सो कार्यक्रम निर्धारित समय सीमामा सम्पन्न गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई निर्देशन दिइएको छ । पार्टीका शीर्ष नेता तथा पदाधिकारीको सहभागितामा जिल्ला जिल्लामा हुने कार्यकर्ता भेला तथा प्रशिक्षणमा सहभागीबाट आएका रणनीतिक रुपमा महत्वपूर्ण वैचारिक सुझावका आधारमा नयाँ चुनावी
More

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेद्वारी घोषणा

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया को अध्यक्ष पदमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालको लागि जुलाई आठ तारिखमा हुन गइरहेको निर्वाचनको लागि उनले उम्मेद्वारी घोषणा गरेका हुन् । अध्यक्षका उमेद्वार शाहले सामाजिक हीत र भाईचारा अभिवृद्धि गर्ने उद्देश्यले निरन्तर नेपाल र नेपालीसँग सम्बन्धित कृयाकलापहरुमा आफ्नो संलग्नतालाई निरन्तरता दिने बताए । अष्ट्रेलियास्थित नेपाली समुदाय र नेपाली संघसंस्थाबीच सम्बन्ध र सहकार्य बढाउँदै, अष्ट्रेलियाको नेपाली समाजलाई मातृभूमीसँग सामाजिक र साँस्कृतिक रुपमा जोड्न विभिन्न मौलिक कार्यक्रम आयोजना गर्ने कुरामा विशेष ध्यान दिने शाहको प्रतिवद्धता छ । शाहले सन् २००९ देखि २०१५ सम्मको कार्यकालमा एनआरएनए अष्ट्रेलियाको
More

उदयपुरमा कांग्रेस, एमाले र माओवादीका यस्ता छन् उम्मेदवार

गाईघाट । स्थानीय तहमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनका लागि उदयपुर जिल्लामा नेकपा (एमाले) र नेपाली काँग्रेसले जिल्लाका चार नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्ना पार्टीबाट उम्मेदवार निर्धारण गरेका छन् । एमालेले सोमबार जिल्लाका आठवटा स्थानीय तहका लागि आफ्नो पार्टीको तर्फबाट उमेदवारको नाम सार्वजनिक गरेको कुरा एमाले उदयपुरले बताएको छ । जिल्लाको त्रियुगा नगरपालिकामा एमालेले प्रमुखका लागि बलदेव चौधरी र उप्रमुखमा सृजना दनुवारको नाम सार्वजनिक गरेको छ । यस्तै कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ प्रमुख र उपप्रमुखमा भीमकुमारी राउत, बेलका नगरपालिकामा प्रमुखमा दुर्गाकुमार थापा र उपप्रमुखमा राजकुमारी चौधरी तथा चौदण्डी नगरपालिकामा प्रमुखमा नरेन्द्रबहादुर राउत र उपप्रमुखमा कान्ता राई रहेको
More

माओवादी केन्द्रद्व्रारा पुनः मतदानको माग

चितवन । नेकपा (माओवादी केन्द्र) चितवनले मतपत्र च्यातिएर मतगणना स्थगित भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदानको माग गरेको छ । माओवादी केन्द्रले एक विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार उक्त वडामा पुनः मतदानको माग गरेको हो । सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रले उक्त घटना एमालेले घटाएको भन्दै घटनाको वास्तविकतालाई बङ्ग्याएर सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट माओवादी केन्द्रविरुद्ध प्रचार गरिएको भन्दै भत्र्सना गरेको छ । जिल्ला इन्चार्ज ईश्वरी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतगणनाको अन्तिम समयमा आएर निर्वाचनलाई प्रभाव पार्ने नियतले नेकपा (एमाले)ले गरेको हर्कतले लोकतन्त्रमाथि उसको प्रतिबद्धताप्रति नै प्रश्न चिह्न उठाएको
More