Daily Archives 31st May 2017

‘वेलायतमा धेरैं माया पाए’

उनलाई सानैदेखि समाजसेवामा रुचि थियो, स्कुले जीवनमा थुपै विद्याको अनुभव बटुलेकी सुजाता काफ्लेले नाटक र टेलिसिरियलमा समेत अभिनय गरेकी छन् । सन् २००९ मा बेलायत छिरेकी काफ्ले अहिले व्यस्त गायिका मध्ये पर्छिन् । हरेक साता बेलायतमा हुने सामाजिक संघसंस्थाको कार्यक्रममा भ्याइ नभ्याई छ उनलाई । हालसालै ऐसेलु नामको म्यूजिक सार्वजानिक गरेको पछि उनको चर्चाले व्यापकता पायो । उनी दोहोरी गीत गाउनसमेत पोख्त मानिन्छन् । उनले लन्डन आएका गायक बद्री पंगिनी र राजु ढकाललाई दोहोरी गायनमा टक्कर दिएकी थिइन् । दोलखा स्थायी घर भएकी तिनै गायिका काफ्लेसँग नेपाल ब्रिटेन डट कमले लन्डनमा गरेको कुराकानी– ० बेलायत कसरी आइपुगियो ? – मेरो
More

‘लोकगायक खडग गर्बुजा लण्डन विमानस्थलबाटै डिपोट’

नवीन पोखरेल । लन्डन । २१ मे साँझ बेलायतस्थित नेपाली पत्रकारहरू आपत्कालीन कोषका लागि एउटा च्यारिटीमा व्यस्त थिए । नेपालबाट लोकगायक खडग गर्बुजा आउने तय थियो । तर, दुर्भाग्य च्यारिटीको अघिल्लो दिन हिथ्रो ओर्लिएपछि अध्यागमनको केरकारमा परे । गर्बुजा व्यक्तिगत स्पोन्सरसिपमा भिजिट भिसा लिएर चौथोपटक यूके आउँदै थिए । २७ वर्षदेखि नेपाली लोक संगीतमा लागेर ९ सय हाराहारी गीत गाइसकेका गर्बुजालाई बेलायत अध्यागमनले विमानस्थलमै रोकिदियो । ‘विगतमा भिजिट भिसामा आएर अर्थ आर्जन गरेको आरोप लगाए,’ नेपाल फर्किएपछि गर्बुजाले भने, ‘नियमतस् इन्टरटेनर वा वर्क परमिट भिजा लिनुपर्ने हो । हामीले उनीहरूलाई कन्भिन्स गर्न सकिएन ।’ यसअघि गायिका दुर्गा परियारलाई पनि बेलायत
More

ट्राफिक नियमबारे शिक्षा

सिजन मिडियाद्वारा आयोजित ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१७ मा सहभागी प्रतियोगीहरुलाई ट्राफिक नियमबारे शिक्षा दिँदै दरबारमार्गका ट्राफिक इन्चार्ज सुनिलजङ्ग शाही । तस्बिर : प्रदीपराज वन्त
More

संघीय गठबन्धनद्वारा आमहड्ताल स्थगन

काठमाडौं । राजपा नेपालसहितको संघीय गठबन्धनले आमहड्तालसहितको आन्दोलनका कार्यक्रम तत्कालको लागि स्थगन गरेको छ । राजपाका नेता मनिष सुमनले पूर्व निर्धारित आज, भोलि र पर्सीका लागि तय गरिएको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जानकारी गराए । उनले चुनावको मिति सारिएकाले आफूहरुले तय गरेको कार्यक्रममा उम्मेद्वारी दर्तालगायतका निर्वाचन कार्यक्रम पनि परेकाले सर्वसाधारणको असुविधानलाई ध्यानमा राखेर सो समयको आन्दोलनको कार्यक्रम फिर्ता लिइएको बताए । यद्यपी उनले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै निर्वाचन कार्यतालिकालाई प्रभावित पार्ने गरी अर्को आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गरिने बताए । गठबन्धनको पूर्व निर्धारित कार्यक्रमअनुसार आज मसाल जुलुको कार्यक्रम तय थियो भने भोलि र पर्सि तराई मधेस-थरुहट र
More

दोस्रो चरण निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार निर्वाचन आयोगको आजको बैठकले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । निर्वाचन हुन बाँकी प्रदेश नं १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा आगामी असार २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको आयोगका सहसचिव एवम्
More

३१८ नेपाली विदेशी जेलमा

काठमाडौं । भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युुदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो । जेलमा रहेका नेपालीलाई हत्या, लागुऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, चोरी, ठगी, बलात्कार, मादक पदार्थ उत्पादन, प्रयोग तथा बिक्रीजस्ता आरोप लागेको भेटिएको छ । नेपाली दूतावास रहेका र नरहे पनि प्रमाणीकरण हुने विश्वका विभिन्न ३२ वटा राष्ट्रमा उल्लिखित सङ्ख्यामा नेपाली नागरिक जेलमा भेटिएको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाका सदस्य सुशील ढुङ्गानाले जानकारी
More

काबुलमा आत्मघाती आक्रमण मृतकको सङ्ख्या ८० पुग्यो

काबुल । अफगानिस्तानको राजधानी काबुलमा राजदूतावास, महत्वपूर्ण सरकारी कार्यालय र कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसहित लक्षित बुधबार गरिएको एक भीषण आत्मघाती ट्रकबम विस्फोट परी कम्तीमा ८० जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । स्थानीय समयाअनुसार ८:३० बजे बुधबार बिहान जान्बाक स्क्वायरस्थित भएको यस आक्रमणमा परी महिला र बालबालिकासहित सयौं सर्वसाधारण घाइते भएका छन् । भारत, जर्मनी, अमेरिका र क्यानाडालगायतको राजदूतावास अवस्थित रहेको बजीर अक्बार खान इलाकमा भएको यस ट्रकबम आक्रमणमा परी कम्ती ८० व्यक्तिको मृत्यु हुनको साथै अन्य ३५० भन्दा बढी घाइते भएका छन् । विस्फोट गराइएको यस इलाकामा धुँवाको मुस्लो र कैयाँै शवको थुप्रो लागेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले
More

कावुलमा भएको आतंकवादी आक्रमणमा पाँच नेपाली घाइते

काठमाडौं । कावुलमा भएको आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । इस्लामावादस्थित नेपाली दूतावासलाई उदृत गर्दै पाँच नेपाली घाईते भएको र उनिहरुसँग निरन्तर सम्पर्कमा रहेको जनाएको हो । घाइतेहरुको नाम प्राप्त भएको छैन । उनीहरु दूताबासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए । अफगानिस्तानमा नेपालीहरु सुरक्षा गार्ड लगायतका रोजगारमूलक कार्यमा सहभागी हुँदै आएका छन् । उनीहरु पटक पटक यस्तो जोखिममा पर्दै आएका छन् । अफगानिस्तानमा नेपाली दूताबास छैन । त्यहाँको गतिविधिलाई पाकिस्तानस्थित नेपाली दूताबासले हेर्दै आएकोमा करिब दुई महिना अघिदेखि मात्रै दिल्लीस्थित नेपाली दूताबासमा त्यहाँको जिम्मेवारी सारिएको छ । राजधानी काबुलस्थित जर्मन दूतावास नजिकै भएको आत्मघाती बम विस्फोटमा परी
More

“महामहिम ज्यू अरुको पनि मर्यादा ख्याल गर्नुहोस्”

पूर्ण गुरुङ । गणतन्त्र दिवसको दिन नेपाली दूतावास लण्डन परिसरभित्र दूतावासकै आयोजनामा हर्षोउल्लासका गणतन्त्र दिवस मनाईरहँदा आयोजक नेपाली राजदूतावासका महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले गोर्खा कपमा प्रमुख अतिथि नपाएकोमा रोष प्रकट गरे भन्ने समाचार अस्ति बेलुकीदेखि अनलाईन र सामाजिक संजालको केन्द्रबिन्दु बन्यो । केही अनलाईन मिडियाले भिडियो पनि राखे । उहाँले के चाँही भन्नु भएको रहेछ त भन्ने जिज्ञासा अरुमा जस्तै म मा पनि आयो र हेरें पनि । उहाँले प्रोटोकलको कुरालाई गम्भिरतापूर्वक उठान गर्नुभएको पाएँ । त्यो आफ्नो ठाउँमा जायज छ । प्रोटोकल नमिलेकै कारण गोर्खा कपमा एकलाख पचासहजार नेपालीहरुको शीर झुकेको कुरा पनि उहाँको बुझाई ठिकै होला
More

शिक्षामा सहयोग गर्न सगरमाथा आरोहण

आयरल्यान्डका रोरी म्याक्युलाई बालबालिकाका शिक्षामा सहयोगका लागि सगरमाथा आरोहण गरेबापत ‘चाइल्ड रेस्क्यु नेपाल’ संस्थाको तर्फबाट निर्देशक जमुना श्रेष्ठ भट्टराईले उपहार प्रदान गर्दै । तस्बिर : कृष्णराज गौतम
More

बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई घटनास्थलबाट उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक वसन्तकुमार लामाले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका १४ मध्ये चार जनाको अवस्था गम्भीर भएको प्रहरीले बताएको छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८३ नम्बरको टिपर र काठमाडौँबाट झापातर्फ जाँदै गरेको
More

राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा सहमतिको सरकार गठनका लागि आज अन्तिम दिन भएकाले यसलाई सदुपयोग गर्न आग्रह गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । “मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्नुस्, राष्ट्रिय सहमतिको सरकार गठनको आजको दिनलाई सदुपयोग गर्नुस्, राष्ट्रिय सहमतिका सरकार गठन नभए भोलिबाट बहुमतीय प्रक्रिया सुरु हुन्छ”–राष्ट्रपति भण्डारीले भन्नुभएको स्वकीय सचिव अधिकारीले जानकारी दिनुभयो । दलका नेताले राष्ट्रिय सहमतिको सरकारका लागि आफूहरुले आज रातिसम्म सक्दो प्रयास गर्ने बताउनुभएको थियो । शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा भएको सो
More

भरतपुरको मत गणना सुचारु नगरे एमालेले संसद चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा वैशाख १५ गते मतगणनामा खटिएका स्वयम्सेवकले नै मतपत्र च्यातेपछि निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणना स्थगित गरेको थियो । सो घटनाका बारेमा निर्वाचन आयोगले तीन सदस्यीय समिति गठन गरी छलफलसमेत गरिराखेको छ । सदनको आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसद आ– आफ्ना आसनबाट उठी सदनको कारबाहीलाई अवरोध गर्नुभएको थियो । यही बीचमा सोही पार्टीका सांसद सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकाको स्थगित मतगणना प्रक्रिया तत्काल सुचारु
More

स्कटल्याण्डमा सगरमाथाको चर्चा, नेपाल घुम्न जान भण्डारीको आग्रह

लन्डन । स्कटल्याण्डको एडिनबरामा १० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको दिन २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाइन्छ । कार्यक्रममा सगरमाथा र नेपालको पर्वतारोहण तथा पदयात्राका विविध पक्षबारे चर्चा गर्दै दिवस मनाइएको हो । नेपालमा यस दिवस पारेर हिमालय पर्यटन प्रवर्धनका विभिन्न गतिविधि आयोजना गरिन्छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारीले नेपालको पर्यटनबारे जानकारी दिंदै सहभागीलाई नेपाल घुम्न जान आग्रह गरे । उक्त अवसरमा नेपालको संस्कृति झल्कने भिडियो समेत देखाइयो । दुई चर्चित पर्वतारोही जेम्स ओगिल्भी र दावा शेर्पाले नेपालको पर्वतारोहण
More

सुतेकै अवस्थामा दुईजना मृत फेला

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन् । शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिकाका २६ वर्षीय विष्णु नगरकोटी र मेलम्ची–१० शिखरपुरका १५ वर्षीय सन्तोष मिजार मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार पालभित्र बान्ता गरी खुट्टा जोडिएको अवस्थामा दुवैजना मृत भेटिएका हुन् । गएराति मोबाइल चार्ज गर्नका लागि जेनेरेटर खोलेर सुतेका उनीहरुको जेनेरेटरबाट आउने कार्बन डाईअक्साइडको धुवाँ बढी भएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको तथा शवपरीक्षणका
More

दोस्रो चरणको स्थानीय निर्वाचन असार १४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते बुधबार हुने भएको छ । यसअघि सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिन पर सार्ने निर्णय गरेको हो । मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगका पदाधिकारीसित मङ्गलबार छलफलसमेत गर्नुभएको थियो । “दोस्रो चरणको निर्वाचनको मिति जेठ ३१ लाई सारेर असार ९ गते
More