Monthly Archives June 2017

दोस्रो चरणमा पनि एमाले अघि लाग्यो

काठमाडौं । असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमाले अघि लागेको छ । सुदूरपश्चिम र पूर्वी पहाडका ३७ वटा स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेश्रो भएको छ । प्युठानको मल्लरानी गाउँपालिका भने राष्ट्रिय जनमोर्चाका अम्मरध्वज रानाले जितेका छन् । पहिलो चरणमा २ सय ८३ तहमा निर्वाचन भएको थियो । एमालेले ११७ स्थान अर्थात् ४० प्रतिशत मत हासिल गरेको थियो भने नेपाली कांग्रेसले १ सय ३ स्थान अर्थात् ३६ प्रतिशत र माओवादी केन्द्रले ३६ स्थान अर्थात् १६ प्रतिशत मत प्राप्त गरेका थिए । राप्रपा, जनमोर्चा,
More

कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो

काठमाडौं । उपप्रधानमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षाका सम्बन्धमा विशेष चासो व्यक्त गर्नुभएको छ । कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री महराले नेपालीको सुरक्षाका बारेमा जानकारी लिनुभयो । आफ्ना नागरिकको सुरक्षाका सन्दर्भमा आफूले दैनिक सूचना लिइरहेको बताउँदै मन्त्री महराले नेपालीको सुरक्षाका विषयमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गर्नुभयो । पछिल्लो समय कतारमा देखिएको कूटनीतिक समस्या वार्ता र संवादबाट सुल्झनुपर्नेमा जोड दिँदै उहाँले नेपालले शान्तिपूर्ण तवरबाट समस्याको समाधान होस् भन्ने चाहेको बताउनुभयो । उहाँले आवश्यक परेमा नेपालले पनि शान्तिपूर्ण समाधानका लागि पहल गरिदिने विश्वास दिलाउनुभयो । मन्त्री महराले कतारका व्यवसायीले अन्य
More

‘मिस प्लस–२’ का लागि आवेदन खुल्यो

काठमाडौं । कुनै पनि सुन्दरीको ताज पहिरिन रहर र इच्छा भएकाहरुका लागि खुसी खबर छ । जसका लागि ‘मिस प्लस–टु–२०१७’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था सेन्टर मिडिया प्वाइटले यस प्रतियोगिताको सिजन–२ का लागि आवेदन खुला गरिएको जनाएको हो । सेन्टर मिडियाले विज्ञप्ति जारी गर्दै यस नयाँ सिजनका लागि गत बुधबारबाट आवेदन खुला गरिएको जानकारी गराएको हो । आवेदन दिन चाहनेले चावहिलस्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । यस सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रस्फुटन प्रतियोगितामा कक्षा ११ अध्ययनरत तथा प्लस–२’मा परीक्षा दिएर बसको किशोरीहरुले सहभागी जनाउन पाउनेछन् । प्रतियोगिताका लागि १५ दिनको आवेदन अवधि तोकिएको छ । आयोजक
More

फाइल साटासाट

काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित मित्रराष्ट्र चीनको सहयोगमा निमार्ण सम्पन्न सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानको हस्तान्तरण समारोहमा प्रमुख अतिथि गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा नेपालका लागि चिनियाँ राजदूत यू ह्वाङ र गृहमन्त्रालयका सचिव लोक दर्शन रेग्मीबीच हस्ताक्षर पछि फाइल साटासाट गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

प्रधानमन्त्री देउवाको गृहजिल्ला अमरगढी नगरपालिकामा एमाले विजयी

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेले जित हात पारेको छ। नगर प्रमुखमा एमाले उम्मेदवार विपिन ओझा र उपप्रमुखमा एमालेकै संगीताकुमारी भण्डारी विजयी भएका छन् । जितको खुशियालीमा एमाले नेता तथा कार्यकर्ताले विजय जुलुस निकालेका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका नवल मल्ल तीन हजार ३६९ र कमला ठगुन्ना तीन हजार ४०७ मत प्राप्त गरी विजयी भएका छन् । मल्लका प्रतिद्वन्द्वी नेकपा एमालेका वीरेन्द्र मल्लले एक हजार ९४६ र ठगुन्नाका प्रतिद्वन्द्वी कृष्णा ओझाले एक हजार ८७३ मत प्राप्त गरेका छन् । त्यसैगरी, आलिताल गाउँपालिका अध्यक्षमा कांग्रेसकै बलबहादुर गुरुङ दुई हजार २६१ र उपाध्यक्षमा
More

घुस माग्ने सहायक वन अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका वन कार्यालय बर्दियाका सहायक वन अधिकृत राजकिशोरप्रसाद स्वर्णकारविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार कानुनअनुसार कटान अनुमति लिई कटान गरेको गोलिया काठको लगत मूल्याङ्कन गर्ने कार्यमा सहायक वन अधिकृत स्वर्णकारले रु छ हजार घुस मागेका थिए । सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले केही दिन पहिले सहायक वन अधिकृत स्वर्णकारलाई कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । आयोगले आरोपीसँग बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको जनाएको छ ।
More

किन जाँदैछन परराष्ट्रमन्त्री महरा भारत

काठमाडौं । उपप्रधानमन्त्री कृष्णबहादुर महरा भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा यही असार १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाँदै हुनुहन्छ । भ्रमणका क्रममा पराष्ट्रमन्त्री महराले भारतीय समकक्षीसँग भेटी द्विपक्षीय हितका बारेमा विचारको आदानप्रदान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको चाँजोपाँचो मिलाउन तथा भारतीय प्रधानमन्त्रीको सम्भावित नेपाल भ्रमणबारे समकक्षीसँग छलफल भारत जान लागेको बुझिएको छ ।
More

बीस दिनदेखि बेपत्ता व्यापारी श्रेष्ठको शव फेला

सल्यान । अपहरणमा परेका दाङका व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा आज फेला परेको छ । श्रेष्ठको शव छत्रेश्वरी गाउँपालिका–४ झिम्पेमा रहेको घना जङ्गलमा फेला परेको हो । श्रेष्ठको हत्या धेरै दिनअघि भएकाले पहिचान गर्न गाह्रो भएको र उहाँले लगाएको लुगाबाट शवको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीकोे अवस्था अझै अज्ञात रहेको छ । गएको जेठ २६ गते राति बेपत्ता भएका व्यापारी श्रेष्ठ चढेको बा १२ च १०७१ नम्बरको गाडी सल्यानकै रिम गाविसमा फेला परेको थियो । अपहरणमा परेका श्रेष्ठको खोजीका लागि नेपाल प्रहरीको सिआइवीको टोली सल्यानमा आएको थियो । टोलीले अपहरणमा
More

कुन पार्टीले कहाँ जिते? (सूची)

असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको बिहीबारदेखि मतगणना सुरू भएको हो। विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने बाँकीको आउने क्रम जारी छ। हेर्नुहोस् कुन पार्टीले कहाँ जितेका छन्। एमाले डडेलधुरा, अमरगढी नगरपालिकाः विश्वेश्वर (विपीन ओझा) बझाङ, मष्टा गाउँपालिकाः कर्णबहादुर रावत बाजुरा, पाण्डवगुफा गाउँपालिकाः कालीबहादुर शाही खोटाङ, जन्तेढुंगा गाउँपालिकाः शंकर राई बाजुरा, गौमुल गाउँपालिकाः हरि रोकाया बैतडी, पन्चेश्वर गाउँपालिकाः गोरख बहादुर चन्द बझाङ, थलारा गाउँपालिकाः भुवनेश्वर उपाध्याय ताप्लेजुङ, मौवाखोला गाउँपालिकाः राजन कुमार थक्लुङ भोजपुर, रामप्रसाद राई गाउँपालिकाः बिजय राई
More

विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता

विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले प्रारम्भिक अग्रता लिएको छ । यस महानगरपालिकाको बिहीबार साँझ ५ः३० बजेदेखि वडा नं १ को सुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्ममा ३५० मतको गिन्ती सम्पन्न भएको छ । सो अनुसार महानगरको प्रमुख पदमा नेकाका भीम पराजुलीले १५२, नेकपा (एमाले)का विनोद ढकालले ९७, सङ्घीय समाजवादी फोरमका उमेश यादवले आठ र राप्रपाका प्रह्लाद साहले ६ मत प्राप्त गर्नुभएको छ । सोहीअनुरुप उपप्रमुख पदमा नेकाका इन्दिरा कार्कीले ११५, नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले ५७, नेकपा (माओवादी केन्द्र)की नमिता न्यौपानेले ४७ मत प्राप्त गर्नुभएको छ ।
More

पत्रकार नरेन्द्र बस्नेतको तिज कोशेली पापी घरैमा… (भिडियो)

लण्डन । पत्रकार नरेन्द्र बस्नेतको तिज कोशेली पापी घरैमा वोलको म्युजिक भिडियो सार्वनानिक भएको छ । हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर कला पंगेनी र खुमन अधिकारीको स्वर, कृष्ण बिकको संगीत अनि नरेन्द्र बस्नेतको शब्दमा “पापी घरैमा” बोलको तीजको गीतको म्यूजिक भिडियो विहीवार गोर्खा रेडियो यूकेले सार्वजानिक गरेको हो । परदेशमा रहेर आफ्नी पियारी प्रतिको सम्झनास्वरुप तयार गरिएको यस गीतमा पियारीलाई आफू दुई चार साल पछि फर्किने बाचा गर्दै महिलाहरुको गहनाप्रतिको रुची, भोकै ब्रत बस्ने प्रचलन रहेको हुँदा स्वास्थ्य प्रति ख्याल राख्नुपर्ने,बाबुआमालाई राम्रो हेरविचार गर्नुपर्ने, दुखमा आत्तिन नहुने जस्ता शन्देश दिन खोजिएको छ । म्यूजिक भिडियोमा चर्चित मोडलहरु अन्जली
More

Establishment of Ireland-Nepal Parliamentary Friendship Group

The Honourable members of 32nd Dail Éireann(Lower House of the Irish Parliament) and 25th Seanad( Upper House of the Irish Parliament) have constituted Ireland-Nepal Parliamentary Friendship Group on June 27th, 2017. The historical launch ceremony of the Friendship Group was chaired by the Right Honourable Mr. Seán Ó Fearghaíl TD, Ceann Comhairle(Speaker of Dail Eireann). The Ireland-Nepal Friendship Group comprises of the Honourable Members of Irish Parliament, Hon. Ms. Maureen O’Sullivan TD, Hon. Senator Ms. Ivana Bacik, Hon. Mr. Sean Barett TD, Hon. Mr. Sean Crowe TD and Hon. Mr. Darragh O’Brien TD. Hon. Ms. Maureen O’Sullivan TD has been
More

गच्छदारको वडामा कांगेस र एमालेका वडाअध्यक्ष विजयी

इटहरी- नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारको गृह नगर सुनसरीको दुहवीका दुईवटा वडामा नेपाली कांग्रेस र एमालेका वडाअध्यक्ष विजयी भएका छन्। वडा नं. २ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार अर्जुनकमुार विश्ववास बिजयी भएका छन्। उनले २८३ मत ल्याएर बिजयी भएका हुन्। लोकतान्त्रिक फोरमका ललितकुमार चौधरीले २७० मत ल्याए। वडा नं. २ बाट बाँकी सदस्य भने लोकतान्त्रिक फोरमले जितेको छ। वडा नं. १ मा एमालेका अजुल हुसेनसहित सबै सदस्यमा एमालेका बिजयी भएका छन्। मेयर र उपमेयरमा अहिलेसम्मको गणनामा लोकतान्त्रिक फोरमकै उम्मेदवारको अग्रता छ। लोकतान्त्रिक फोरमलाई एमालेले पछ्याई रहेको छ। बराह नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसका वडाअध्यक्षका उम्मेदवार
More

कांग्रेस नेता सिटौलाको गृहनगरमा राप्रपा

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहनगरमा राप्रपाले विजयी सुरुवात गरेको छ । नेपालकै होचो ठाउँका रुपमा चिनिएको कचनाकवल गाउँपालिकामा राप्रपाले जितको सुरुवात गरेको हो । कचनाकवल गाउँपालिका–१ मा राप्रपाका लक्ष्मीनारायण यादवले ८६० मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रुद्रमणि दाहालले ७३२ मत प्राप्त गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपा र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । दमक नगरपालिका–१ मा अध्यक्ष पदका लागि राप्रपाका ताराप्रसाद अधिकारी र नेकपा एमालेका हरि न्यौपानेले बराबर ८०१/८०१ मत प्राप्त गरेपछि अहिले के गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । यसअघि राप्रपाले जित
More

फिल्म अवार्डका लागि लन्डन उत्रिए कलाकार (फोटो फिचर)

लन्डन- बक्स अफिस फिल्म अवार्डका लागि नेपालका चर्चित कलाकारहरु बिहीबार बेलुका लन्डन आएका छन् । अवार्डका लागि कलाकारहरु साँझ हिथ्रो विमानस्थलमा उत्रिएका हुन् । कलाकारहरुलाई आयोजक थर्ड आईले स्वागत गरेको छ। १ जुलाई शनिबार बेलायत अल्डरसटस्थित एम्पायर हलमा अवार्ड हुनेछ । अवार्डका लागि कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, अनुप विक्रम शाह, आर्यन अधिकारी, द्वन्द्व निर्देशक एनबी महर्जन, पुष्कर लामा, रामकुमार बोगटी, प्रदीप उदय, सुन्दर लाल, सुशील कुमार, गायक गायिका आनन्द कार्की, सन्जिवनी, संगीतकार शिखर सन्तोषलगायत लन्डन आएका छन् । आयोजक थर्ड आइका अनुसार अन्य कलाकारहरुसमेत बेलायत आउने तयारीमा
More

श्रृंखलावद्ध प्रस्तुतीसहित अष्ट्रेलियातर्फ नेपथ्य

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले यस वर्ष फेरि श्रृंखलावद्ध प्रस्तुती लिएर अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ । त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको रोजाइमा प्राथमिकताका साथ परेपछि केहि वर्षयता नेपथ्यले लगातार श्रृंखलावद्ध प्रस्तुती लिएर त्यस मुलुकको यात्रा गर्दैआएको छ । अठारौं शताब्दीमा मात्र पत्तालागेको प्रशान्त महासागरस्थित एउटा विशाल टापु नै आजको समृद्ध अष्ट्रेलिया हो । केहि दसकयता यो मुलुक नेपालका विद्यार्थीहरुको अध्ययन गर्ने मुख्य गन्तब्यका रुपमा अगाडि देखापर्दै आएको छ । नेपाली संगीतको आस्वादलाई आफुसँगै बोकेर गएका तिनै विद्यार्थीहरुको चाहनालाई ध्यानमा राखेर नेपथ्यले पनि अष्ट्रेलिया यात्रालाई उच्च प्राथमिकता दिँदैआएको छ । पछिल्लो समय दक्ष जनशक्तिका रुपमा बसाइँ सरेर अष्ट्रेलियामै स्थायी बसोबास रोज्ने
More

प्रधानन्यायाधीशमा पराजुलीको नाम सिफारिश

संवैधानिक परिषद्ले कायममुकायम प्रधान न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ। बिहीबार अपरान्ह बसेको परिषदको बैठकले पराजुलीलाई बैठकले सिफारिश गरेको हो । यसअघि असार ५ गते बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीले पराजुलीको उमेर र शैक्षिक योग्यता विवादबारे अध्ययनका लागि समय आवश्यक रहेको बताएपछि प्रधानन्यायाधीश सिफारिस गर्न सकेको थिएन। तर आजको बैठकमा ओलीले पराजुलीको नाममा समर्थन जनाएका हुन् । ओलीले पराजुलीलाई समर्थन गर्नुको भित्री कारण समेत आज खुलासा भएको छ । हालै सरकारले २२ वटा स्थानीय तहको संख्या थप्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई सर्वोच्च अदालतले रोकेको थियो । अदालतले अन्तरिम
More

अख्तियारद्वारा चूडामणि शर्मासँग तीन अर्ब धरौटी माग

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासँग तीन अर्ब धरौटी माग गरेको छ। चार साता अगाडि आयोगले शर्मालाई पक्राउ गरी बयान लिएको थियो। आयोगले बिहीबारसम्म एक करोड भन्दा माथिका १ सय फाइल अध्ययन गर्दा उल्लेख्यमात्रामा कर छुट दिएको आधारमा उनीसँग तीन अर्ब रुपैँया धरौटी माग गरेको अख्तियारले जनाएको छ। उनीसँग पहिलो चरणको बयान लिने काम बिहीबार सकिएको छ। आयोगले उनलाई पक्राउ गरी विशेष अदालत मार्फत म्याद थप गरेको छ। तीन अर्ब बुझाएमा शर्मा धरौटीमा रिहा हुने छन्।
More

त्रिभुवन विमानस्थलमा एनआरएनको सफाइ अभियान

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले देशको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा एक महिने सफाइ अभियान सुरु गरेको छ । दुर्गन्धित विमानस्थलबाट विदेशीहरुमा पर्न गएको नकारात्मक असरलाई मनन गर्दै सरसफाइ अभियान शुरु गरिएको हो । अभियानको नेतृत्व आगामी निर्वाचनमा अध्यक्षका दावेदार एनआरएनए उपाध्यक्ष भवन भट्टले लिएका छन् । हवाइ मार्ग हुंदै नेपाल आउने पर्यटकले विमानस्थलको दुरावस्थाबाट नेपालप्रति नकारात्मक धारणा बनाइरहंदा सफाइ अभियान थालिएको छ । अभियान शुभारम्भका अवसरमा एनआरएनए उपाध्यक्ष भवन भट्टले बिहीबार एक समारोहबीच नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक संजीव गौतम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायलाई सफाइ सामाग्री हस्तान्तरण गरेका थिए । अब एनआरएनएले एक महिनासम्म
More

सबै क्षेत्रमा कांग्रेसको अग्रता

दोस्रो चरणमा स्थानीय तह निर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३० स्थानमा आग्रता लिएको छ। पहिलो चरणको स्थानीय तह निर्वाचनमा ठूलो दल बनेको नेकपा एमाले दोस्रो स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा छ। पछिल्लो मतपरिणाम अनुसार एमालेले २१ स्थानमा अग्रता लिएको छ। एमालेलाई पच्छाउने क्रममा माओवादी केन्द्रले १३ स्थानमा आग्रता लिएको छ। यसअघि एमालेले राम्रो पडक क्षेत्र मानिएको प्रदेश नम्बर एकमा पनि कांग्रेसले अग्रता लिएको छ। एक नम्बर प्रदेशमा कांग्रेसले १४ स्थानमा अग्रता लिएको छ। तीन वटै प्रदेशमा कांग्रेसले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ भने पाँच नम्बर प्रदेशमा एमाले र माओवादी केन्द्रबीच
More