Monthly Archives June 2017

मोरङमा दुई जना मृत फेला

उर्लाबारी । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रङ्गेली नगरपालिका–९ बनकोलस्थित रङ्गेली–दोहमना भित्री सडकको किनारामा गएराति स्थानीय ६० वर्षीय पहाडचन राजवंशी मृत अवस्थामा फेला परेका छन् । अनुहार र घाँटीमा चोट देखिएका उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको इप्रका रङ्गेलीका प्रहरी निरीक्षक सञ्जिबबाबु खड्काले जानकारी दिनुभयो । यस्तै गएराति नै मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने जङ्गलमा नाम थर वतन खुल्न नसकेकी अन्दाजी २२ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटी अनुसन्धान सुरु गरेको छ ।
More

बूढेसकालमा आँखाको ज्योति फर्कियो

फलेवास । बूढेसकालमा मोतीयाबिन्दुका कारण आँखा नदेख्ने समस्या भोगेका पर्वतका २५ वृद्धको आँखाको ज्योति फर्किएको छ । पर्वतमा क्रियाशील पाँच वटा लायन्स क्लबको सहयोगमा निःशुल्क मोतीयाबिन्दुको शल्यक्रिया भएपछि ती वृद्धहरुको आँखाको ज्योति फर्किएको हो । लामो समयसम्म गाउँमै उपचारको अभावमा अन्धोपन पालेर बसेका वृद्धले बूढेसकालमा राम्रोसँग संसार देख्न पाएकोमा खुसी भएका छन् । पर्वत जिल्ला अस्पतालमा दुई दिनसम्म चलेको शिविरमा २५ जना वृद्धको एक वटा र एक जना वृद्धको दुई वटै आँखामा लागेको मोतीयाबिन्दुको शल्यक्रिया गरिएको लायन्स क्लब अफ शिवालयका पूर्व अध्यक्ष वसन्तुकमार कर्माचार्यले जानकारी दिनुभयो । पर्वतका पाँच लायन्स क्लब र एक लियो क्लबको आयोजनामा भएको शिविरमा ८०० जनाको
More

बेगखोलामा अस्थायी मोटरेबल पुल निर्माण

बाबियाचौर । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ स्थित बेगखोलामा अस्थायी मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले छ मिटर लामो अस्थायी पुल निर्माण गरेको हो । गत भदौमा आएको बाढीले बेगखोलामा रहेको बेलीब्रिज र झोलुङ्गे पुल बगाएको थियो । अस्थायी पुल निर्माण भएपछि बेनी जोमसोम सडकमा बर्खायाममा पनि सिधा सवारी सञ्चालन गर्न सकिने आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । पुलमा एकतर्फ रुपमा सवारी आवतजावत गर्न सक्नेछन् । बर्खायाममा सहजरुपमा सवारीसाधन आवतजावत गर्ने व्यवस्थाका लागि अस्थायी पुल निर्माण गरिएको आयोजनाले जनाएको छ । सडक मर्मतका लागि एउटा डोजर तयारी अवस्थामा राखिएको छ । बेलीब्रिज बगाएपछि बेगखोलामा बाढी आउँदा
More

नृपेश उप्रेतीको नयाँ गीतको भिडियो सार्वजनिक

लण्डन । नेपाल पत्रकार महास‌ङ्घ युकेका सदस्य गीतकार नृपेश उप्रेतीको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘यस्तो माया’ बोलको गीतकाे गीतमा अर्जुन पोखरेलले स‌ङगीत दिएका छन् भने श्वर दुर्गा खरेल र फिरोज बस्नेतले दिएका छन् । सुब्रत आचार्यले निर्देशन गरेको म्यूजिक भिडियोमा नायिका नम्रता श्रेष्ठ र पिटरबोरो नेपाली समाजका अध्यक्ष पवन शर्माले अभिनय गरेका छन् ।
More

स्वास्थ्य सरोकारबारे नयाँ पुस्तक– ‘खाना खानुभयो ?’

स्वास्थ्य सरोकारका विषयमा केन्द्रित भएर पुस्तक प्रकाशन गर्ने क्रममा पब्लिकेशन्स नेपालयले नयाँ पुस्तक ‘खाना खानुभयो ? हाम्रा भान्छाबारे बजारका भ्रम’पाठकसामु ल्याउँदैछ । जनस्वास्थ्यका क्षेत्रमा लामो समयदेखि सक्रिय चिकित्सक एवं लेखिका अरुणा उप्रेती र लेखक लक्ष्मण अधिकारीको संयुक्त प्रयासमा तयार भएको यो पुस्तक आगामी असार १८ गते सार्वजनिक हुँदैछ । पुस्तक हाम्रा भान्छाबारे बजारले सृजना गरेको भ्रममाथि केन्द्रीत छ । खानपीनका फाइदा र बेफाइदाबारे आमसञ्चारमार्फत् जिज्ञासा राख्ने पाठकका निम्ति डा. उप्रेती र अधिकारी अपरिचित नाम होइन । ब्रोडसिट दैनिकदेखि लिएर अनलाइन अखबारहुँदै साप्ताहिक पत्रिका र जर्नलहरूसम्म यी दुबै लेखकका सुझावहरु लामो समयदेखि प्रकाशित हुँदै आएका छन् । युक्रेनबाट डाक्टर बनेकी उप्रेतीले
More

आज राति १२ बजेदेखि मौन अवधि

काठमाडौं । स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ मा मौन अवधिमा प्रसारप्रचार गर्न निषेध गरिएको छ । मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधिका रुपमा लिइएको छ । मौन अवधि सुरु भएपछि मतदानको काम सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले किसिमको प्रचार गर्न नहुने निर्देशिकामा उल्लेख छ । निर्वाचनको मौन अवधिमा आफ्ना
More

बन्द गरिएको फाइलमा रु ७६ करोड अनियमितता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले रु ७६ करोड अनियमितता भएको पाएको छ । नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेन्ट बैंक लिमा अनियमितता भएको उजुरी परेपछि आयोगले छानबिन गरी केही नभएको भनी अनुसन्धान बन्द गरेकामा सोसम्बन्धी उजुरी केन्द्रमा परेर छानबिन गर्दा अनियमितता भएको निचोड निकालिएको छ । आयोगमा बैंकमा कर्मचारी भर्ना गर्दा भएको अनियमितता, बैठक भत्तालगायत अन्य भत्ता भुक्तानीमा अनियमितता, उपदान कोषबाट अनियमित रुपमा रकम भुक्तानी, शेर्पा आउटडोर गुड इन्डस्ट्रिज (काजी शेर्पासमेत), होटल एभरेस्ट इन्टरनेसनल लि, भृकुटी पल्प एन्ड पेपर लि, पुष्पा बानियाँ र राजाराम बानियाँ (हाउजिङ लोन), हिमशिखर कार्पेट
More

वडाध्यक्षमा दाजुभाइ प्रतिस्पर्धी, दिदीलाई चिन्ता

भैरहवा । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं ९ बाट एकै परिवारका दाजुभाइ नै फरक फरक पार्टीबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएको छ । नेकपा (माओवादी केन्द्र)बाट पूर्णप्रसाद भण्डारी र नेकपा (एमाले)बाट शेषकान्त भण्डारी अध्यक्षको उम्मेदवार बन्नुभएको हो । शेषकान्त ठूलो र पूर्णप्रसाद कान्छा छोरा हुनुहुन्छ । दाजुभाइ नै फरकफरक पार्टीबाट एउटै पदमा प्रतिस्पर्धी भएपछि आफन्तलाई भने समस्या भएको छ । आफ्ना दुवै भाई वडाध्यक्षका लागि फरकफरक पार्टीबाट उम्मेदवार बनेकाले दिदी दुर्गादेवी पाण्डेलाई सबैभन्दा धेरै पीडा भएको छ । “उठे पनि एउटै पदमा नउठ भन्दाभन्दै मानेनन्” दुर्गादेवीले भन्नुभयो, “भोट कसलाई हाल्ने आफन्तले त बरु छान्लान् मलाई भने सकस परेको छ ।”
More

पूर्व एआईजी थापाद्वारा सर्वोच्च अदालतमा आत्मसमर्पण

काठमाडौं । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामसिंह थापाले आज सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । आत्मसमपर्ण गरेका थापालाई डिल्लीबजार कारागार चलान गरिएको छ । सुडान घोटाला काण्डमा दोषी ठहर गर्दै थापालाई सर्बोच्च अदालतले १ बर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । सुडान घोटालामै दोषी ठहर भएका पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्व अतिरिक्त महानिरीक्षक दीपक थाङ्देन र प्रहरी नायव महानिरीक्षक दीपक श्रेष्ठले गत बुधार अदालतमा आत्मसमर्पण गरेका थिए । सोही काण्डमा दोषी करार भएका पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरी भने कानून मातहत आएका छैनन् । बैशाख १७ गते सर्वोच्चले सुडानमा
More

मुग्लिन–नारायणगढ सडकमा फेरी पहिरो खस्यो, कहिले खुल्छ पत्तो छैन !

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पहिरो पन्छाएर विहान आठ बजेबाट सवारी आवागमन सुचारु गरिएपनि दिउँसो कालिखोलामा पहिरो झरेपछि सडक पुनः अवरुद्ध भएको हो । विभिन्न ठाउँमा पहिरो खस्नेक्रम जारी रहेकाले तत्काल सवारी आवत–जावत गराउन सम्भव नहुने मुग्लिन–नारायणगढ सडक आयोजनाले जनाएको छ । सडक अबरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । यसैबीच, शुक्रबार कालीखोलामा खसेको पहिरोले प्रहरी सवार जीप हराएका दुई प्रहरीमध्ये गोर्खा मकैसिंह–१ घर भएका ३१ वर्षीय प्रहरी जवान लिलबहादुर चेपाङको शव नवलपरासीको देवचूली नगरपालिका–१७ नारायणी नदी किनारमा आज भेटिएको छ । तनहुँ भानु नगरपालिका–११ का २१ वर्षीय प्रहरी जवान सन्दीप कार्की अझै बेपत्ता छन् ।
More

मतदाता परिचय पत्र लिँदै

ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मतदान स्थलबाट मतदाता परिचय पत्र लिँदै मतदाताहरु । तस्बिर : सन्तोष पुर्कुटी
More

जनसरकारलाई स्थानीय तहको मान्यताः अध्यक्ष प्रचण्ड

खोटाङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसरकारले स्थानीय तहको रुपमा मान्यता प्राप्त गरेको बताउनुभएको छ । माओवादी केन्द्रले आइतबार दिक्तेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनयुद्धका क्रममा अभ्यासमा ल्याइएका जनसरकारका युनिटले हाल स्थानीय तहका रुपमा संवैधानिक मान्यता प्राप्त गरेको बताउनुभएको हो । “स्थानीय जनसरकारको निर्वाचन संवैधानिक तथा वैधानिकरुपले संविधानमा व्यवस्था गरेर ल्याइएको छ”–उहाँले भन्नुभयो, “नेपाली काँग्रेस, नेकपा (एमाले) ले जित हासिल गरे यो उपलब्धिलाई पुनः गाउँ पञ्चायत बनाउने खतरा छ ।” जनसरकारको अभ्यास गर्ने, एजेण्डा पेस गर्ने र नेतृत्व गर्ने पार्टीले हार बेहोरे देश पुनः पञ्चायतकालीन अवस्थामा फर्कने उहाँको भनाइ थियो । एमालेका नेताको हिमचिम,
More

अपहरणमा संलग्न नेकपाका चार कार्यकर्ता पक्राउ

काठमाडौं । जडीबुटी व्यवसायी गोपालबाबु श्रेष्ठ र भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका बस्ने कविता दाहाललाई अपहरण गर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार आफूलाई बिप्लव माओवादीको कार्यकर्ता बताउँदै सो समूहले श्रेष्ठ र दाहाललाई अपहरण गरेका थिए । रामेछाप जिल्ला मन्थली आकासे घर भई हाल काठमाडौँ, नयाँ बसपार्कस्थित तनहँु स्याङ्जा पर्वत होटलमा विगत नौ महिनादेखि कोठा लिई श्रेष्ठ बस्दै आउनुभएको थियो । अपहरणपश्चात अपहृत व्यक्तिको डकुमेन्ट लिन तनहुँ स्याङ्जा पर्वत होटलमा अपहरणकारीले लगेको अवस्थामा श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सकुशल अपहरणमुक्त गर्नुका साथै अपहरणमा संलग्न शक्ति विश्वकर्मा र मदनकृष्ण महर्जनलाई पक्राउ गरेको थियो
More

म कुरा धेरै गर्दिन, गरेर देखाउँछु : जेके गुरुङ (मेयरका प्रत्यासी विर्तामोड झापा)

बिर्तामोड । नेपाली कांग्रेसले विर्तामोड नगरपालिकाको विकास निर्माण र नगरपालिकाको सुव्यवस्थापन गर्न योग्य ठानेर मेयरमा उम्मेदवार बनाएका व्यक्तित्व हुनुहुन्छ, बिर्तामोड निवासी ५७ वर्षीय जलकुमार गुरुङ (जेके) । उहाँ राजनीति र सामाजिक क्षेत्रको सक्रियताले झापावासीका माझमा लोकप्रिय हुनुहुन्छ भने खेलकूद प्रतियोगिताका माध्यमबाट देश विदेशमा समेत उत्तिकै परिचित हुनुहुन्छ । विर्तामोडलाई मुलुककै नमूना स्मार्ट सिटी बनाउने नागरिकलाई छिटो छरितो र प्रभावकारी रुपमा सेवा प्रदान गर्ने, स्वास्थ्य शिक्षा जस्ता नैसर्गिक अधिकार उपभोग गर्ने पूर्वाधारको निर्माण गर्ने र नगरबासीलाई सुख र सुविधा उपलब्ध गराउदै नगरलाई समृद्ध बनाउने संकल्प लिएर उहाँ चुनावको मैदानमा उत्रिनुभएको छ । “म कुरा धेरै गर्दिन गरेर देखाउँछ” जेकेले भन्नुभयो, “यो
More

माओवादी केन्द्रको चुनावी र्‍यालीमा बम विस्फोट, ७ जना घाईते

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाको सोमनाथमा माओवादी केन्द्रले निकालेको चुनावी र्‍यालीलाई लक्षित गरी बम विस्फोट गराईएको छ । विस्फोटमा परि ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताईएको छ । प्रहरीले घाइतेहरुको उद्धार गरि उपचारको लागि पठाएको छ । उम्मेदवारको घरमा बम नवलपरासीको बर्दघाट नगरपालिकामा दुई फरक ठाउँमा सुतली बम फेला परेको छ । नगरका नेपाली कांग्रेसको मेयरका उम्मेदवार विश्वप्रेम पाठकको घर अगाडी राती सुतली बम फेला परेको थियो भने आज विहान माओबादी केन्द्रको मेयरका उम्मेदवार रुदप्रसाद उपाध्यायको घरको बाउडरी भित्र सुतरी बम फेला परेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । गए राती, उम्मेदवार
More

पोखराको फेवाताल

कास्कीको पुम्दीबाट आइतबार देखिएको पोखरा बजारसहित फेवाताल । तस्बिर : वासुदेव पौडेल
More

राति १२ बजेदेखि मौन अवधि

काठमाडौं । स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ मा मौन अवधिमा प्रसारप्रचार गर्न निषेध गरिएको छ । मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधिका रुपमा लिइएको छ । मौन अवधि सुरु भएपछि मतदानको काम सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले किसिमको प्रचार गर्न नहुने निर्देशिकामा उल्लेख छ । निर्वाचनको मौन अवधिमा आफ्ना
More

प्रमुख प्रशिक्षक जोशीको निधन

काठमाडौं । भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनिललाल जोशीको ५३ बर्षको अल्पायुमा निधन भएको छ । उनको हृदय रोगका कारण बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार निधन भएको हो । १९९६ मा अमेरिकाको अटलान्टामा भएको २६ औं ओलम्पियकमा सहभागी भएका नेपाल ओलम्पियन संघका अध्यक्ष जोशीले २०४१ सालमा काठमाण्डौमा आयोजित दक्षिण एशियली खेलकुदमा सहभागीता जनाउंदै रजत पदक प्राप्त गर्न सफल भएका थिए । पहिलो देखि सातौं दक्षिण एशियाली खेलकुद सम्म प्रतिस्पर्धा गर्दै ६ रजत र ११ कास्य पदक प्राप्त गरेका थिए । नेपाल भारोत्तोलन संघका उपाध्यक्ष समेत रहेका जोशीले खेल जीवन पश्चात २०५२ साल अशोज १ गतेबाट प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषदमा
More

साँझ ६ बजेबाट बिहान ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकमा आवागमन रोकिने

चितवन । रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो । रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा रातिको समयमा सवारी रोक्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । रातभर सडकमा लाममा बसेका यात्रु अत्तालिने र पहिरोको जोखिम उच्च हुने भएकाले पनि रातिको समयमा सवारी आवागमन रोक्ने तयारी गरिएको उहाँले बताउनुभयो । हाल दिनको समयमा सवारी रोकेर काम गरिँदै आएको छ
More