Daily Archives 1st June 2017

तमुधिं यूकेको सबै कार्यक्रममा सहयोग रहन्छ — नेपाली दूतावास, लन्डन

लन्डन । नेपाली दूतावास लन्डनले तमुधिं यूकेको आयोजनामा हुने सबै कार्यक्रममा निरन्तर सहयोग रहने जनाएको छ । विहीवार नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरणले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा वताएका हुन् । विज्ञप्तिमा तमु धिं यू.के.ले नेपाल र नेपालीको हित, वेलायतमा रहेका नेपालीबीच वन्धुत्व र सौहार्दता अभिवृद्धि एवं नेपाली संस्कृति र पर्यटन प्रवद्र्धनका लागि आयोजना गर्ने गोर्खा कप, नेपाली मेला लगायत अन्य कार्यक्रममा यस राजदूतावासको निरन्तर सहयोग रहने उल्लेख छ । दूतावासले बेलायतमा क्रियाशिल अनलाइन समाचार तथा विभिन्न व्यक्तिहरुको फेसबुक जस्ता सामाजिक सञ्जालमा प्रवाहित विभिन्न टिका टिप्पणीप्रति नेपाली राजदूतावास, लण्डनको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । यस्तै विज्ञप्तिमा
More

संसदको बैठक आईतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक आज पनि सूचारु हुन सकेन् । भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुरु नगरिएको भन्दै एमालेले अबरोध गरेपछि बैठक २१ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको घोषणा गरे लगत्तै एमालेका सांसद्हरु आ–आफ्नो ठाउँमा उभिएर विरोध जनाएका थिए । बुधवार पनि एमालेको अवरोधका संसद बैठक चल्न सकेको थिएन । एमालेले भरतपुरको मतगणनालाई निरन्तरता दिनुपर्ने अडान लिएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान हुनुपर्ने माग गर्दै आएको छ । माओवादी केन्द्रका गणना प्रतिनिधिले मतपत्र च्यातेपछि आइतबार रातिदेखि
More

वैदेशिक रोजगार ऐन परिमार्जन प्रस्ताव बुझाइयो

काठमाडौं । वैदेशिक रोजगार ऐन २०६४मा परिमार्जनका लागि नागरिक समाज अभियानसँगको सहकार्यमा मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले तयार पारेको प्रतिवेदन श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङलाई आज बुझाइएको छ । मन्त्रालयमा आज एक कार्यक्रमकाबीच जनमञ्चका सल्लाहकार तथा कार्यसमिति सदस्य सोम लुईंटेलले प्रतिवेदन बुझाउँदै एक वर्षको अध्ययन र अनुसन्धानका आधारमा प्रस्ताव तयार पारिएको बताउनुभयो । परिमार्जनका विषय, त्यसको औचित्य पुष्टि गर्ने अन्तर्राष्ट्रिय कानुन र दक्षिण एसियाली कानुनका व्यवस्थाका आधारमा प्रस्ताव तयार पारिएको उहाँको भनाइ छ । प्रस्तावमा वैदेशिक रोजगारमा कामदार पठाउँदा शून्य लागतमा पठाउने कानुनी व्यवस्था गर्न, मेनपावरको इजाजत लिँदाको मौजुदा धरौटी रकम रु ३० लाखमा वृद्धि गर्नुपर्ने, रोजगारीका लागि नयाँ मुलुक
More

भृकुटीमण्डपमा शैक्षिक मेला

काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको कान्तिपुर हिसान शैक्षिक मेलामा परामर्श लिँदै विद्यार्थीहरु । तस्बिर : प्रदीपराज वन्त
More

दूतावाससँग सहकार्य गछौं — तमधिं यूके

लण्डन । तमुधिं यूकेले नेपाली दूतावाससंघ सहकार्य गरेर अगाडी बढ्न इच्छुक रहेको जनाएको छ । तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले बिहीबार एक विज्ञप्ति जारी गर्दै संस्थाले गोर्खा कपमा राजदूत डा. सुवेदीको गरिमा र मर्यादामा केही कमी कमजोरी भएको वताउदैं आगामी दिनमा सुधार गरिने जनाएका छन् । विज्ञप्तिमा संस्थाले नेपाली दूतावाससंग सहकार्य गरेर आगामी दिनमा नेपाली मेला, गोर्खा कप लगायत नेपाल र नेपालीको हित र कल्याण हुने कार्यमा अझ अग्रसर भई कार्य गर्न सदैव इच्छुक रहेको व्यहोरा समेत अवगत गराएको छ । विज्ञप्तिमा बेलायतमा नेपालीको सबैभन्दा ठूलो जातीय संस्था तमु धिं यूकेले व्यवस्थापकीय कमजोरी सुधार गर्दै आगामी दिनमा पुनरावलोकन गर्न तयार
More

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा रिहा

चितवन । गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैलाई जिल्ला अदालत चितवनका न्यायाधीस वासुदेव पौडेलको एकल इजलासले थुनछेक आदेशका क्रममा जनही एक लाखको धरौटी मागसहित छाडेको हो । जिल्ला अदालत चितवनका निमित्त श्रेष्तेदार धनीप्रसाद चापागाईंका अनुसार उनीहरुविरुद्ध निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा २ अनुसारको कारवाहीको माग गरिएको थियो ।
More

उत्प्रेरक तालिम आजबाट

चितवन । परिवारबाट पुस्तान्तरण बिचको भुमिका सम्बन्धि बिहिबार भरतपुर ५ नमुना कल्याणकारी आश्रमद्मा उत्प्रेरक तालिम आजबाट सुरु गरीएको छ । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता कुमारी पौडेल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाले छोरी बुहारी बिच घरमा बिमेल हुन्छ भन्ने भ्रमलाइ यस्ता कार्यक्रमले चिर्ने बताउनुभयो । परिवार नै समाजको अंग भएको भन्दै नमुना समाज निर्माणका लागि परीवारका सबै सदस्यहरुको प्रमुख भुमिका रहने उल्लेख गर्नुभयो । कार्यक्रमको अध्यक्षताको रुपमा रहनु भएकी उमा रेग्मीले ज्येष्ठ नागरीक हाम्रा परीवारका सदस्यहरुको धेरै खालका अनुभब युबा पिढिको मार्ग दर्शक हुने बताउदै युबा पिढिको सोच र मानसिकता ज्येष्ठ पिढिले
More

‘तमुधिं यूकेलाई फकाउन दूतावासमा रात्रिभोज’

लन्डन । गत साता सम्पन्न गोर्खा कप फुटबल प्रतियोगितामा प्रमुख अतिथि नबनाएपछि असन्तुष्ट रहेका बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले तमुधिं यूकेका पदाधिकारीलाई दूतावासमा बोलाएर रात्रिभोजसहित छलफल गरेका छन् । तुमधिं यूकेले आयोजना गरेको गोर्खा कपमा नेपाली राजदूतलाई प्रमुख अतिथि नबनाएर नेपाली शिर झुकेको अभिव्यक्ति दिएपछि राजदूत सुवेदी विवादमा तानिएका थिए । उक्त अभिव्यक्ति सामाजिक सञ्जाल फेसबुक र टुइटरमासमेत आलोचित भइरहेको छ । बुधवार साँझ आयोजना गरिएको रात्रिभोजमा राजदूत डा. सुवेदीलगायत नेपाली नियोगतर्फबाट सम्पूर्ण कर्मचारी उपस्थित थिए । दूतावासमा भएको रात्रिभोजमा सहभागी तमुधी यूकेका अध्यक्ष ज्ञाम गुरुङले भने, ‘हामीले हिजो साँझ दूताबासमा बसेर गोर्खा कपको काम गर्ने क्रममा भएको मिस
More

मेयरहरूका नाममा खुलापत्र

आदरणीय मेयरज्यू ! पहिले कति बजेट कुन स्रोतबाट आएको छ निर्क्योल गर्नुहोस् । त्यो कर्मचारीदेखि शिक्षक र अन्यको तलबभत्तामा खर्च गरिसकेपछि कति बच्ने हो, हिसाब गर्नुहोस् । एउटा भरपर्दो ‘डेटाबेस’ तयार गर्नुहोस् । जनसंख्यादेखि, जन्मदर, शिक्षा, स्वास्थ्य, आर्थिक स्तर, उमेर, रोजगारीजस्ता सबै कुराको तथ्य व्यवस्थित गर्नुहोस् । कति धेरै योजनाहरू पूरा हुने चरणमा होलान्, कति सुरु भइसकेका होलान् । तिनलाई प्राथमिकतामा राख्नुहोस् । त्यसपछि नगरका सबैलाई या धेरैलाई प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने योजनाहरूलाई पाइपलाइनमा राख्नुहोस् । कति बजेट पूर्वाधार निर्माण र कति बजेट अनुदान, राहत या वितरणमुखी योजनाका निम्ति छुट्याउने भन्ने नगरसभाबाट स्पस्ट योजना बनाउनुहोस् । कुर्सीमा बसेकै एक घण्टामा
More

कांग्रेस सभापति देउवाको गृहजिल्लामा

न्यायोचित रुपमा टिकट दिइनुपर्ने भन्दै तीन दिनदेखी कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान डडेलधुराको मुख्य ढोकामा आमरण अनसनमा बसेका नेपली काँग्रेसका कार्यकर्ता तिलक हमाल । तस्बिर : धनबहादुर भण्डारी
More