Daily Archives 4th June 2017

लन्डन आक्रमणमा सम्लग्न भएको आरोपमा बाह्रजना पक्राउ

लन्डन । मध्य लन्डनमा शनिबार राति भएको दुई वटा आतङ्ककारी आक्रमणमा सम्लग्न रहेको आशङ्कामा प्रहरीले आइतबार बाह्रजनालाई पक्राउ गरेको छ । पूर्वी लण्डनमा पक्राउ परेका उनीहरू विभिन्न स्थानमा शङ्कास्पद रूपमा भेटिएका थिए । प्रहरीले थप शङ्कास्पद व्यक्तिको खोजिगरिरहेको बताइएको छ । शनिबार राति भएको दुई आक्रमणमा परी सात जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते सवैजनालाई उपचारार्थ विभिन्न पाँच अस्पतालमा भर्ना गरिएको छ । केही व्यक्ति सामान्य उपचारपछि घर फर्किएका छन् । घटनामा संलग्न भएका तीन जना संदिग्ध हमलाकारी प्रहरीको प्रत्याक्रमणमा मारिएका थिए । बेलायतमा केही दिन पहिले आयोजित साङ्गितिक साँझको अन्तमा अमेरिकी
More

राजपाले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निश्चित भएको छ । यस विषयमा टुङ्गो लगाउन आज बिजुलीबजारस्थित कार्यालयमा दिनभर बसेको राजपा अध्यक्ष मण्डलको बैठकले कुनै निर्णय भने लिन सकेन । तथापि, आफ्ना मुद्धा सम्बोधनका लागि लिखित प्रतिबद्धता जनाएको खण्डमा समर्थन गर्ने निर्णय भएको अध्यक्ष मण्डलका एक नेताले राससलाई बताउनुभयो । “काँग्रेसले हिजो पनि समर्थनका लागि आग्रह गरेको थियो, आज पनि संसद्मा रहेका साथीहरुसँग आग्रह गरेको छ, हाम्रा मुद्धा सम्बोधनका लागि सभापति देउवाले लिखित सहमति गरेर भएपनि जाने प्रतिबद्धता जनाउनु भएको छ, यसलाई पार्टीले सकारात्मक रुपमा लिएको छ, प्रधानमन्त्रीको
More

बत्तीस लाख लुटेर फरार समूह पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङका अञ्जान थापा, सरोज श्रेष्ठ, गोरखाका सिजन अधिकारी, सन्तोष बोहरा, गुल्मीका ज्ञानबहादुर पुरी र बाग्लुङका तारा बोहरा पक्राउ परेका हुन् । पक्राउ परेकासँग महाशाखाले रु चार लाख १७ हजार नगद, नक्कली सुनजस्तो धातु र दुई थान मोटरसाइकल बरामद गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले जानकारी दिनुभयो । घटनाका मुख्य योजनाकार भने फरार रहेकाले उनको खोजी कार्य जारी रहेको महाशाखाले जनाएको छ ।
More

शर्मा विशेष अदालतमा

भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा आइतबार म्याद थपका लागि विशेष अदालतमा उपस्थित हुँदै । तस्बिर : रोशन सापकोटा
More

बेलायतमा भएको आतङ्कबादी आक्रमणको सर्वत्र निन्दा

पेरिस । बेलायतको राजधानी लण्डनमा शनिबार राति भएको आतङ्ककारी आक्रमणमा फ्रान्सका नागरिक पनि परेको भन्दै फ्रान्सले दुःख व्यक्त गरेको छ । घटनामा परी पीडित भएकालाई सरकारको तर्फबाट सम्भव भएसम्मका सबै सहयोग उपलब्ध गराउने सरकारले प्रतिबद्धता जनाएको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले आइतबार निकालेको विज्ञप्तिमा आतङ्कबाद विरुद्ध लड्न बेलायतलगायतका देशकाबीचमा थप सशक्त सहकार्यको आवश्यकता भएको जनाइएको छ । “यो पिडादायिक क्षणमा अझ संवेदनशिल हुनु पर्दछ,” विज्ञप्तिमा भनिएको छ, “पीडित परिवार र सुवेच्छुकलाई नआत्तिन आह्वान गर्दछौँ ।” घटनामा परी फ्रान्सका चार जना नागरिक घाइते भएका फ्रान्सको विदेश मन्त्रालयले जनाएको छ । त्यसैगरी अन्य देशका शिर्ष नेताले पनि लन्डनमा शनिबार राति अर्को आतङ्ककारी
More

प्रधानमन्त्री चयन मङ्गलबार, अझ सर्न सक्ने

काठमाडौं । व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री चयन प्रक्रिया आज स्थगन भई यही जेठ २३ गतेका लागि तोकिएको छ । राजनीतिक दलहरुबीच सहमति खोजी मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सञ्चालन हुने जनाइएको छ । भरतपुर महानगरको निर्वाचन विवादमा सर्वोच्च अदालतबाट कस्तो निर्णय आउँछ, त्यो हेरिसकेपछि मात्र प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाइने बताइएको छ । उक्त विवादबारे सर्वोच्चमा आज आइतबार रिट परेको छ । उक्त रिटबारे सर्वोच्चले भोलि आन्तरिम आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने विषयमा निर्णय दिनेछ । सर्वोच्चले उक्त विवादबारे आन्तरिम आदेश जारी गरे एमालेले संसद चल्न दिने तथा आदेश जारी नभए पुनः अवरोध गर्ने रणनीति लिएको बुझिएको छ
More

राप्रपा र समाजवादी फोरमले पनि देउवालाई समर्थन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र समाजवादी फोरमले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको आज बसेको बैठकले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग सरकारमा सहभागिताका लागि वार्ता गर्न पार्टीका महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको पूर्वमन्त्री गिरीले जानकारी दिनुभयो । व्यवस्थापिका–संसद्मा सो दलबाट ३७ सांसदले प्रतिनिधित्व गर्नुभएको छ । सङ्घीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएको छ । उक्त दलको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री निर्वाचनमा देउवाको
More

भरतपुरमा निषेधित क्षेत्र घोषणा

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकाका थप केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सुरक्षा चुनौती बढेको भन्दै प्रशासनले स्थानीय तह निर्वाचनको गणनास्थल तोकिएको कभर्ड हल आसपासको भू–भागलाई निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार भरतपुरको चौविसकोठीदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय, मालपोत चोक, केन्द्रीय बसपार्कबाट हाकिमचोक हुँदै चौबिसकोठी भित्रको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । पहिले कर्भड हल नजिकैको क्षेत्र निषेधित घोषणा गरिएकोमा आज बढाइएको हो । निषेधित क्षेत्रमा नार, जुलुस र प्रदर्शन गर्न पाइने छैन । निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि स्थानीय प्रशासनले सुरक्षा सर्तकता बढाएको
More

पुनःमतदान गराउने निर्णय बदर गर्न अदालतमा निवेदन

काठमाडौं । सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको पुनमतदान गराउने निर्णय बदर गर्न माग गर्दै आज रिट निवेदन दिइएको छ । आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाई सो महानगरपालिका १९ नं वडा खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले पुनःमतदान गर्ने निर्णय बदर गर्न माग गर्दै निवेदन दायर गर्नुभएको हो । निवेदनमा भनिएको छ, “नष्ट भएका भनिएका ९० मतलाई वदर मतको सूचीमा राखी मतगणना कार्य गर्नु गराउनु र पुनःमतदान गर्ने निर्णय बदर गर्नू, गराउनू ।” आयोगको निर्णय गैरकानुनी, विधिको शासन विपरीत, निर्वाचन स्वतन्त्रता, निष्पक्षता, तथस्तताकै विपरीत स्वेच्छाचारी र दुराशययुक्त रहेको
More

अन्नपूर्ण गाउँका घरहरु

कास्कीको अन्नपूर्ण गाउँपालिका दाङसिङस्थित मोहोरिया गाउँका परम्परागत घरहरु । तस्बिर : वासुदेव पौडेल
More

भरतपुर–१९ मा काँग्रेसलाई माओवादी केन्द्रले सघाउने

चितवन । निर्वाचन आयोगले भरतपुर महानगरपालिका–१९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा(माओवादी केन्द्र)ले सघाउने सहमति भएको छ । दुई दलको आज बसेको संयुक्त बैठकले यसअघिको सहमतिअनुरुप प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाललाई र उपप्रमुखमा काँग्रेसकी पार्वती शाहलाई दुवै दलले सर्वाधिक मतदान गरी विजयी गराउने सहमति भएको माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले बताउनुभयो । सो वडामा काँग्रेसका तर्फबाट अध्यक्षमा कर्णबहादुर गुरुङ र माओवादी केन्द्रका तर्फबाट खड्कबहादुर गुरुङ उम्मेदवार रहनुभएको छ । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार बैठकले आयोगको निर्णयको स्वागत गर्दै यथाशीघ्र निर्वाचनको मिति तय गर्न माग गरेको छ । गत
More

सरकारको पक्षमा मत हाल्न राप्रपामा अन्योल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारेमा निर्णय गर्न संसदीय दललाई जिम्मेवारी दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदको बैठकले नयाँ प्रधानमन्त्रीका पक्ष तथा विपक्षमा मतदान गर्नका लागि टुङ्गो लगाउन नसकेपछि आवश्यक निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिइएको प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा अधिकांश सहभागीले नयाँ प्रधानमन्त्रीका पक्षमा मतदान गरी सरकारमा जान सुझाए पनि अध्यक्ष थापाले त्यसलाई नकारेपछि निर्णय लिन नसकिएको बताइएको छ । संसदीय दलको बैठक आजै साँझ बस्ने छ ।
More

‘शर्मालाई सात दिन थुनेर अनुसन्धान गर्नु’

काठमाडौं । अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार भ्रष्टाचारको अभियोगमा पक्राउ परेका शर्मालाई म्याद थपको लागि आज अदालत लगिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोसाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई आईतबार म्याद थपका लागि विशेष अदालतमा लगिएको हो । अदालत परिसरमा विभागका महानिर्देशक शर्माले आफुले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्था अनुसार विधि सम्मत काम गरेको दाबी गर्दै आफुमाथि लागेको आरोप कर फछ्र्यौट आयोगको विधि निर्माण गर्ने संसद र सरकारको अपमान भएको प्रतिक्रिया दिए । कर
More

संसद बैठक स्थगित, दिउँसो ३ बजे बस्ने

काठमाडौं । व्यवस्थापिका –संसद्को आज बिहान ११ बजेका लागि निर्धारण भएको बैठक अपराह्न ३ बजे हुने भएको छ । प्रमुख राजनीतिक दलले सहमतिका निम्ति केही समय माग गरेकाले बैठकको समय पर सारिएको सभामुखका प्रेस संयोजक बबिन शर्माले बताउनुभयो । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले केही दिनअघिदेखि जारी राखेको संसद् अवरोध खुलाउने प्रयासस्वरुप प्रमुख दलले समय माग गरेको बताइएको छ । आजको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका संसद्, नियमावली २०७३ को नियम ४९ को उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा उम्मेदवारीको सूचना प्रस्तुत गर्ने कार्यसूची छ । उक्त उम्मेदवारीको
More

सफा वातावरणका लागि जनसहभागिताको आवश्यकता

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण सरसफाइ एक जनाको प्रयासले मात्र सम्भव नहुने हुँदा जनस्तरबाटै समान सहभागिताको आवश्यकता पर्ने बताउनुभएको छ । विश्व वातावरण दिवस–२०१७ का अवसरमा फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रमुख शाक्यले जनस्तरकै सहभागितामा परिणाममुखी काम हुन सके मात्र वातावरण सफा हुन सक्छ भन्नुभयो । सोही अवसरमा कामपाका उपप्रमुख हरिप्रभा खड्गीले धुलोबाट हुने समस्या न्यूनीकरण गर्नु नै पहिलो चुनौती रहेको औँल्याउनुभयो । केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जथाभाबी फोहोर फ्याँक्नेलाई कानुनी दायरामा ल्याउने अभ्यासलाई कडा रुपमा पालना गरिनुपर्ने बताउनुभयो । पूर्ववातावरणमन्त्री गणेश शाहले सर्वप्रथम सरसफाइका क्षेत्रमा काम गर्ने व्यक्ति स्वस्थ हुनुपर्नेमा
More

वृद्ध भत्ता घर घरमै दिइने

चौतारा । बैंकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बंैकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई ध्यानमा राखी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङले वृद्ध वृद्धाको सुविधाको लागि घर÷घरमै गएर वितरण गरिने बताउनुभयो । केही जिल्लाका केही भष्ट गाविस सचिवले सामाजिक सुरक्षाभत्ता किर्ते गरी हिनामिना गरेका थिए । मृत्यु भएर एक दशक वितिसकेका कतिपय वृद्धवृद्धाको लगत कट्टा नगरी उनीहरुका नाउँमा निकासा भएको भत्ता खाने गरेको रहस्य खुलेपछि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बंैक खाता खोलेर भत्ता वितरण गर्न तत्कालीन सबै जिविसलाई पत्राचार गरेको थियो
More

अत्यधिक गर्मीले मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर

महेन्द्रनगर । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण धनुषासहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । गर्मीका कारण तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन निकै प्रभावित बनेको छ । गर्मीका कारण यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ । जनकपुर अञ्चल अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामीमध्ये झाडापखाला र गर्मीको कारण हुने विभिन्न किसिमका रोग नै बढी देखिएको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ । अहिले बिहानको तापक्रम ३२ डिग्री सेल्सियस
More

लन्डनमा ३ महिनामा ३ आतंकवादी आक्रमण

लन्डन । बेलायतको लन्डनस्थित चर्चित लन्डन ब्रिजमा आतंककारी आक्रमण भएको छ । भ्यानमा आएका तीन जना हतियारधारीले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । घटनामा ५-६ जनाको मृत्यु भएको जनाइएको छ । यद्यपि मृतकको संख्याबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन । प्रहरी स्रोतले प्रारम्भमा एकजनाको मृत्यु भएको पुष्टि गरे पनि केही अन्तर्राष्ट्रिय संचारमाध्यमले ५-६ जनाको मृत्यु भएको विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएका छन् । हमलामा कम्तीमा ६ जना घाइते भएका छन् । लन्डन प्रहरीले यो घटनालाई आतंककारी आक्रमण भनेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार सडक पेटीमा हिँडिरहेका मानिसलाई लक्षित गरी आतंककारीहरुले सेतो रंगको भ्यान गुडाएका थिए
More