Daily Archives 7th June 2017

लन्डन ब्रिजका थप एक आक्रमणकारी पक्राउ

लन्डन । बेलायतको प्रंहरीले लन्डन ब्रिजमा आक्रमणको आरोपमा बुधबार थप एक जनालाई पक्राउ गरेको छ । एकजना ३० वर्षीय युवकलाई बुधबार पक्राउ गरेको जनाइएको छ । लन्डनका दुई वटा स्थानमा भएको यस आक्रमणमा सात व्यक्तिको मृत्यु हनुको साथै अन्य ४८ जना घाइते भएका थिए । पूर्वी लन्डनको इल्फोर्ड उपनगरमा ती व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ । गत शनिबार भएको आक्रमणको इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको थियो । शनिबार भएका आक्रमणको आरोपमा हालसम्म अन्य १२ व्यक्ति पक्राउ परी सकेका छन् । लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले बार र
More

एकलौटी मन्त्री छनौट गरेको भन्दै पौडेल समूह असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भएसँगै पार्टीभित्र असन्तुष्टि सुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले महेश आचार्यको सपथ रोकेसँगै असन्तुष्टि सुरु भएको हो । आचार्यलाई आजै सपथ गराउने सभापति देउवाको तयार वरिष्ठ नेता पौडेलले फेल गराइ दिए । पहिला मन्त्रालय टुंगो लागेपछि मात्र सपथमा जाने नेता पौडेलको अडानपछि आचार्यको सपथ रोकिएको हो । मन्त्री छनोटमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले एकलौटी गरेको आरोप पौडेल पक्षले लगाएको छ । मापदण्ड नबनाई एकल ढंगले अघि बढ्न खोजेको भन्दै पौडेल समूहले सपथ लिनु अघि नै देउवाप्रति असन्तुष्टि जनाएको हो । अनामनगरस्थित सम्पर्क कार्यालयमा विहान भएको पौडेल पक्षीय नेताको
More

फस्ट लेडीको खुशी

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ गराइसकेपछि विभिन्न कूटनीतिक नियोगका प्रमुखले बधाइ दिने क्रममा मञ्चतर्फ प्रस्थान गर्नुहुँदै प्रफुल्ल मुद्रामा देउवा पत्नी आरजु देउवा ।
More

मन्त्रिपरिषद्को पहिलो बैठकले के निर्णय ग-यो ?

काठमाडौं । सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, सङ्क्रमणकालीन व्यवस्थापन र दोस्रो चरणको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ । यसैगरी, संविधानमा व्यवस्था भए अनुरुप आगामी माघ ७ गतेभित्र प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गर्ने निर्णयसमेत सरकारले गरेको नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पुनःनिर्माण कार्यलाई तीव्रता दिएर प्रभावकारी बनाउने, जनतामा प्रवाहित हुने सेवालाई चुस्त बनाउने, आर्थिक विकासलाई गति दिने, शान्ति सुरक्षा र आपूर्ति
More

देउवाको गृह जिल्लामा हर्षोल्लास

नेपाली काँग्रसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि डडेल्धुराको सदरमुकाममा अबिरजात्रा गर्दै स्थानीयवासी । तस्बिर : धनबहादुर भण्डारी
More

प्रधानमन्त्री देउवाद्वारा शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । उहाँले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गर्नुभएको थियो । यसअघि उहाँ विसं २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यसपछि २०५८ साउन ११ गते दोस्रो पटक र २०६१ साल जेठ २० गते तेस्रो पटक उहाँ प्रधानमन्त्री बन्नुभएको थियो । नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिनुभएको हो । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान
More

सात सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नवगठित मन्त्रिपरिषद्मा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित क्रमशः सङ्घीय मामिला तथा स्थानीय विकास, परराष्ट्र र शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी, प्रधानमन्त्रीले अर्थमन्त्रालयको कार्यभार ज्ञानेन्द्रबहादुर कार्कीलाई, श्रम तथा रोजगारको जिम्मेवारी फरमुल्हा मन्सुरलाई, गृहको जनार्दन शर्मालाई र प्रभु साहलाई बिनाविभागीय मन्त्री तोक्नुभएको छ ।
More

एनआरएन फिनल्याण्डको अध्यक्षमा गौतम निर्विरोध

लन्डन । गैरआवासीय नेपाली संघ फिनल्याण्डको अध्यक्षमा बसन्त गौतम निर्विरोध निर्वाचित भएका छन् । गौतमलाई हालै सम्पन्न संघको पाँचौ वार्षिक साधारणसभाले र्निविरोध निर्वाचित गरेको हो । फिनल्याण्डको राजधानी हेलसिन्कीमा सम्पन्न साधारणसभाले १५ सदस्सीय नयाँ कार्यसमितिको चयन गरेको छ । संघको अन्तराष्ट्रि परिषदको सदस्यमा निवर्तमान अध्यक्ष बालकृष्ण श्रेष्ठ चयन भए।
More

बुद्ध वृद्धाश्रमका लागि ३३ हजार पाउण्ड संकलन

लन्डन । नेपालमा बुद्ध वृद्धाश्रम निर्माण सहयोगार्थ आइतबार सांझ लन्डनमा आयोजित च्यारिटी डिनरमा करिब ३३ हजार पाउण्डको प्रतिवद्धता आएको छ । बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको पूर्ण सहयोगमा प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा भएको च्यारिटीमा 
उक्त रकम प्रतिवद्धता आएको हो । टेबल सर्भ र थ्री कोर्स मिल उपलव्ध च्यारिटी डिनरमा सयौं सहभागी थिए । उक्त च्यारिटी कार्यक्रम उद्घाटन प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी र बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले गरेका थिए । कार्यक्रमको शुरुमा गायक – गायिका गंगा थापा र शर्मिला बर्देवाले ‘जहां छन् बुद्धका आंखा…’ गीत गाए । कार्यक्रममा एनआरएनए यूके
More

एनआरएनए यूकेको बैठक सम्पन्न, सदस्यता मिति ७ अगष्ट सम्म थप

लन्डन । एनआरएनए यूके कार्यसमिति र निर्वाचन समितिबीच आगामी निर्वाचनबारे छलफल भएको छ । गत ४ जुन आइतबारका दिन चौतारी रेष्टुरेन्ट प्लमस्टिडमा सम्पन्न बैठकले आगामी ९ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचन र यससंग सम्बन्धि विषयमा छलफल गरेको हो । एनआरएनए यूके उपमहासचिव अर्जुन कटुवालका अनुसार, बैठक सदस्यता वितरण र निर्वाचन प्रक्रियामा केन्द्रित भयो । बैठकले सदस्यता वितरण अवधि एक साता पर सार्दै ७ अगष्टलाई अन्तिम मिति तोकेको छ । सदस्यता वितरण कार्यसमितिले गर्ने र निर्वाचन समितिले त्यसको अनुगमन गर्ने सहमति गरिएको छ । यसपटक संघले सदस्यता शुल्क २५ पाउण्ड पुरयाएको छ । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न
More

संघीय समाज युकेको च्यारिटी सम्पन्न

देवेन्द्र खेरेस । लण्डन । नेपाली संघीय समाज, बेलायतले परोपकारको लागि च्यारिटी नाइट कार्यक्रम सम्पन्न गरेको छ । जुन ३ तारिख इम्पायर हल अल्डरसट युकेमा आयोजना गरिएको कार्यक्रम भब्यरुपमा सम्पन्न भएको आयोजकले जनाएका छन् । समाजका अध्यक्ष कमल गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दुतावास लण्डनका भूपेन्द्र घिमिरे प्रमुख अतिथि रहेका थिए । संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य तथा बेलायतका लागि पार्टी प्रमुख भगवान चाम्लिङ, केन्द्रीय सदस्य तथा बेलायतका उपप्रमुख टेक बहादुर थापा राजेश, केन्द्रीय परिषद सदस्य जंग सुनुवार र केन्द्रीय सल्लाहकार लक्ष्मण तुलाचन अतिथि रहेका थिए । नेपालबाट निमन्त्रणा गरिएका पहिचानवादी वरिष्ठ गायक राजन राई विशेष अतिथि रहेका थिए
More

देउवालाई सहयोग गर्ने एनआरएनको प्रतिबद्धता

लण्डन । गैरआवासीय नेपाली संघले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संघिय गणतन्त्र नेपालको ४० औँ प्रधानमन्त्री चयन भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ। संघका अध्यक्ष शेष घलेद्धारा बुधवार जारी विज्ञप्तिमा देश संबिधान कार्यन्वयनको दिशामा अगाडी बढ्दै पहिलो चरणको स्थानीय निर्बाचन सम्पन्न भई सकेको अवस्थामा नबनिर्बाचित प्रधानमन्त्रीको आगमनसँगै दोश्रो चरणको निर्बाचन, प्रदेश तथा केन्द्रीय संसदको निर्वाचन सम्पन्न गरी संबिधान कार्यान्वयनको प्रकृयामा महत्वपूर्ण उपलब्धि हाँसिल हुने बिश्वास व्यक्त गरिएको छ । विज्ञप्तिमा दुई बर्ष अगाडी आएको महाभूकम्पबाट अझै लाखौं परिवार अस्थायी टहरोमा बिताउन बाध्य भएको यो परिस्थीतिमा उहाँको प्राथमिकता राष्ट्रिय पुनःनिर्माण अभियान हुनेमा आशा व्यक्त
More

जनसम्पर्क समिति वेलायतद्धारा प्रधानमन्त्री देउवालाई बधाई

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नेपाली काङ्ग्रेसका सभापति एवम् काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको चालिसौँ प्रधानमन्त्री हुनुभएकोमा बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना गरेको छ । नेपली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ र महामन्त्री आरके त्रिपाठीद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नेपालको संविधानको पूर्ण कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै भविष्यमा नेपाल दीगो शान्ति, आर्थिक क्रान्ति, मानव अधिकार संरक्षण, विधिको शासन एवम् पारदर्शितातर्फ उन्मुख हुने विश्वास विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रधानमन्त्री देउवाको प्रजातन्त्रप्रतिको आस्था, निष्ठा एवम् आन्दोलनको जीवनी तथा सङ्घर्षबाट नेपाली समाजले अरु धेरै सिक्ने एवम् समयमै दोस्रो चरणको निर्वाचन, प्रदेश एवम् संघीय
More

गर्मीले १५ सय कुखुरा मरे

तनहुँ । अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् । व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार ६०० पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिनुभयो । गर्मीका कारण निमोनिया हुन जाँदा सो दुर्घटना भएको कृषकले बताउनुभयो । उक्त कुखुराले अन्डा दिन थालेको करिब दुई-तीन महिनापछि मर्दा करिब रु १५ लाख बराबरको क्षति भएको कृषकले बताउनुभयो । साउदीमा लामो समय स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेर स्वदेश फर्केका श्रेष्ठले विगत ६-७ वर्षअघि देखि अन्डा दिने कुखुरा व्यावसायिक रुपमा पाल्दै आउनुभएको बताइएको छ
More

नवनिर्वाचित प्रधानमन्त्री देउवाले दिउँसो सपथ, महेशको नाम चर्चामै सीमित

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो पाउने २ बजे राष्ट्रपतिबाट सपथ लिनेछन् । आफूले सपथ लिएसँगै प्रधानमन्त्री देउवाले पहिलो चरणमा सात सदस्यीय सानो मन्त्रिमण्डल गठन गर्ने बताइएको छ । नेपाली कांग्रेसबाट ३ र माओवादी केन्द्रबाट ३ जना मन्त्री बन्ने छन् भने मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि आजै सपथ लिने छन् । नेपाली कांग्रेसबाट गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र कार्की र फरमुल्ला मन्सुर तथा माओवादीका तर्फबाट कृष्णबहादुर महरा, जर्नादन शर्मा र रामनारायण विडारीलाई मन्त्री बनाइने भएको छ । जर्नादनलाई गृहमन्त्रालयको जिम्मेवारी दिइने छ भने अन्य मन्त्रीको जिम्मेवारी अहिलेसम्म खुलाइएको छैन । अर्थमन्त्रीका रुपमा कांगे्रसभित्र चर्चामा आएको महेश आचार्यको
More

आफ्नो आग्रहमा कतारसँग खाडी मुलुकले सम्बन्ध विच्छेद गरेको ट्रम्पको दावी

वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मध्यपूर्वको भ्रमण र कतारलाई अन्य छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडेको सोमबारको निर्णयलाई जोड्नुभएको छ । ट्रम्पले ट्वीट गर्दै भन्नुभएको छ, “मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिवादलाई अबका दिनमा सहायता नदिइने जनाएको थिएँ, हेर्नुहोस् अरब मुलुकका नेताले यसमा कतारलाई सावधान गराएका छन् ।” अमेरिकी राष्ट्रपति साउदी अरब र ट्रम्पका मध्यपूर्व भ्रमणको एक महिना नबित्दै छ अरब राष्ट्र र कतारबीच तनाव देखिएको छ । साउदी अरबलगायतका छ मुलुकले कतारविरुद्धको सम्बन्ध विच्छेदको घोषणा गर्दै मुस्लिम मुलुकबीच एकताको खाँचो समेत औल्याएका छन् । अमेरिकी सेनाले कतारमा यस क्षेत्रको सैन्य कारबाहीका लागि ठूलो हवाई अड्डा राख्दै
More