Daily Archives 9th June 2017

छुट भएका दललाई नाम र दस्तखतको नमुना बुझाउन तीनदिन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई दस्तखत नमुना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ । आयोगले स्थानीय तह निर्वाचनको प्रयोजनका लागि दलका तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमुनासहितको विवरण बुझाउन आज उक्त समयसीमा तोकेको हो । उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमुना यही जेठ २९ गतेसम्ममा पेस गर्नसक्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगको आजको बैठकले यसअघि दस्तखत
More

बलबहादुरको नाम आउनेवित्तिकै देउवा किन झस्के

काठमाडौं । दोस्रो चरणको निर्वाचन सम्पन्न नभइ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार नगर्ने हुनुभएको छ । यद्यपि स्थानीय तहको दोस्रो चरणको निर्वाचनभन्दा पनि कांगे्रसबाट को–को मन्त्री बन्दैछन् भन्ने चर्चाले व्यापकता पाएको छ । पहिलो चरणको मन्त्रिमण्डलमा महेश आचार्यलाई सहभागी गराएको भए पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको सर्वत्र प्रशंसा हुने बताइएको छ । मन्त्रिमण्डल बनेको दुई घन्टापछि नै अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको आलोचना कांगे्रसभित्रबाटै सुरु भयो । अर्थशास्त्रको ज्ञान नभएका कार्कीलाई अर्थमन्त्री बनाइएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीकै आलोचना भएको थियो । आचार्यलाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री देउवाले गरेका थिए । तर कार्कीले अर्थमन्त्रीमा लिँडे ढिप्पी नछाडे पनि आचार्यको नाम मन्त्री हुने लिस्टबाट
More

बेलायती मुद्राको मुल्यमा गिरावट

लण्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेको कन्जर्भेटिभ पार्टीले बिहीवार भएको मध्यावधि निर्वाचनमा बहुमत नल्याएपछि देखिएको राजनैतिक अनिश्चिततासँगै बेलायती मुद्रा पोन्डस्टर्लिङको मुल्यमा शुक्रबार गिरावट आएको छ । बेलायतको यूरोपियन युनियन (इयू)बाट बहिर्गमन प्रक्रिया शुरु हुनुभन्दा केही दिन पहिले भएको निर्वाचनमा सत्तारुढ दललाई बेलायती जनताले अनपेक्षित मत परिणाम दिएका छन् । स्टर्लिङको शुक्रबार बिहान सात हप्ता यताकै सवैभन्दा तल १.२६३६ अमेरिकी डलरमा कारोबार भएको छ भने यूरो भने सात हप्तामा सवैभन्दा माथि ८८.५९ मा कारोबार भएको थियो । तर बेलायती मुद्रामा आएको अवमुल्यनले लण्डन शेयर बजारमा उच्चविन्दुमा पुगेको छ । बेलायत बाहिर रहेका स्टर्लिङमा कारोबार नगरी अन्य मुद्रामा कारोबार गर्ने बहुराष्ट्रिय कम्पनीलाई
More

दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन हुँदैन : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरण निर्वाचन अगाडि संविधान संशोधन नहुने स्पष्ट पारेका छन् । व्यवस्थापिका संसद बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले असन्तुष्ट मधेस केन्द्रित दललाई लुकाउनु/छिपाउनु पर्ने कुरा केही नरहेको भन्दै दोस्रो चरणको निर्वाचनपछि मात्रै विपक्षी दलको पनि सहयोग लिएर संविधान संशोधन प्रस्ताव अगाडि बढाइने बताएका हुन् । संविधानमा विपक्षीको व्यवस्था भएपनि राष्ट्रिय मुद्दामा सबै दल एकै ठाउँमा उभिनु पर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । संविधान संशोधन प्रस्ताव पारित गराएरै छाड्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री देउवाले निर्वाचनमा सहभागि हुन असन्तुष्ट दललाई आग्रह पनि गरे ।
More

निर्वाचन भन्दा आन्दोलनमा जाने परिस्थिति बन्यो : राजपा

काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई मतदान गरेका मधेस केन्द्रित दलले सहमतिको तीन दिन नबित्दै सरकार सहमति कार्यान्वयनमा उदासिन बनेको आरोप लगाएका छन् । आजको संसद बैठकमा नव–निर्वाचित प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिँदै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यसमेत रहेका सांसद महेन्द्रराय यादवले निर्वाचनमा सहभागि हुने वातावरण नभए चुनावको वैधानिकता नहुने भन्दै सरकार सहमति कार्यान्वयमा गम्भीर नदेखिएको टिप्पणी गरेका हुन् । त्यसैगरी, राजपा नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लले आफूहरु निर्वाचनमा भन्दा आन्दोलनमा जाने परिस्थिति बन्दै गएको भन्दै सरकारले तीन बुँदे सहमति कार्यान्वयनमा क्रियाशीलता नदेखाएको टिप्पणी गरेका हुन् । जेठ २३ गते प्रधानमन्त्रीको निर्वाचन हुनअघि नेपाली कांग्रेस र माओवादी केन्द्रले
More

शताब्दी पुरुष अभिलेखालय दिवसमा

शताब्दी पुरुष सत्यमोहन जोशी अन्तर्राष्ट्रिय अभिलेखालय दिवस २०७४ का अवसरमा राष्ट्रिय अभिलेखालयद्वारा शुक्रबार आयोजित फोटो प्रदर्शनीको अवलोकन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ
More

निर्वाचनको परिणाम अनौठो भएपनि ‘ब्रेक्जिट’मा असर पर्दैन

पेरिस । फ्रान्सेली प्रधानमन्त्री एडवार्ड फिलिपले शुक्रबार बेलायतको निवार्चनको परिणाम अनौठो भएको बताउनुभएको छ । बेलायतमा बिहीबार सम्मपन्न आमनिर्वाचनको परिणाममा कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने स्थिति देखापरेपछि फ्रान्सका प्रधानमन्त्री फिलिपको यो प्रतिक्रिया आएको हो । उहाँले भन्नुभएको छ, यो परिणाम अनौठो त हो तर पनि यसका कारण बेलायत युरोपियन युनियनबाट बाहिरिनेगरी बेलायतले गरेको पूर्व निर्णयमा भने परिवर्तन हुदैन । युरोप १ रेडियालाई दिनुभएको अन्तर्वार्तामा उहाँले आम निर्वाचनको यो परिणामपछि ब्रेक्जिटको विषयमा कुनै प्रश्न उठ्नु नपर्ने आफूलाई लागेको र यो विषयमा बेलायती जनताले प्रष्ट गरिसकेको बताउनु भएको हो । गत मे महिनामा मात्र प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका फिलिपले बेलायतको निर्वाचन तुलनात्मक रुपमा ब्रेक्जिट
More

‘वेलायतमा फेरी टरिजा मे प्रधानमन्त्री’

चिरन शर्मा । लन्डन- बेलायतमा बिहीवार भएको आम निर्वाचनपछि प्रधामन्त्री टरिजा मेले नेतृत्व गरेको सत्तारुढ कन्जरभेटिम पार्टीले बहुमत गुमाएको छ। बेलायतले यूरोपियन युनियनबाट बाहिरिने प्रकृयालाई थप बल पुर्‍याउने आकांक्षासहित उनको बहुमतको सरकार मध्यावधि निर्वाचनमा होमिएकी प्रधानमन्त्री मेलाई ठूलो धक्का लागेको छ। निर्वाचनको पछिल्लो नतिजाअनुरुप सत्तारुढ कन्जरभेटिभ पार्टीले ३ सय १८ सिटसहित पहिलो दलमा समिति रहेको छ। कन्जरभेटिभ पार्टीले गत निर्वाचनमा ल्याएको मध्य १२ सिट गुमाएको छ। बेलायतको संसदमा रहेको ६ सय ५० सिटमध्ये विपक्ष दल लेवरले संसदमा आफ्नो उपस्थितिलाई सुधार गरेको छ। उसले गत निर्वाचन भन्दा २९ थप सिट हासिल गर्दै २ सय ६१ ल्याएर दोस्रो दलमा बनेको छ। तेस्रो
More

वुमन एसोसिएसनद्वारा नेपालमा सहयोग

लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेले अटिजम केयर नेपाल सोसाइटीलाई आर्थिक सहयोग गरेको छ । एसोसिएसन अध्यक्ष आरती श्रेष्ठले हालै नेपालमा आयोजित एक कार्यक्रमबीच सोसाइटी अध्यक्ष डा. सुनिता मालेकु अमात्यलाई दुई हजार पाउण्ड (दुई लाख ५९ हजार रुपैयां) हस्तान्तरण गरेकी हुन् । एसोसिएसनले उक्त रकम बेलायतमा च्यारिटी गरि संकलन गरेको थियो । रकम हस्तान्तरण कार्यक्रममा एसोसिएसनकी संस्थापक संरक्षक डा. मिलन अधिकारी चालिसे पनि सहभागी थिइन् । सन् २००८, अप्रिल २ मा स्थापित सोसाइटीले नेपालमा अटिजम प्रभावित वालवालिकालाई रेखदेख गर्दै आएको छ । आर्थिक सहयोग ग्रहणपछि सोसाइटी अध्यक्ष अमात्यले बेलायतस्थित नेपाली महिलाहरुको संस्था वुमन एसोसिएसनप्रति आभार व्यक्त गरेकी छन् । सन्
More

१८ हजार मत ल्याएर कैनी पराजित

लण्डन- बेलायतको संसदीय निर्वाचनमा नेपाली मूलका एकमात्र उम्मेदवार डा. बच्चु कैलाश कैनी पराजित भएका छन्। लेबर पार्टीबाट डार्टफोर्ड क्षेत्रमा उम्मेदवार बनेका कैनीले १८ हजार २४ मत प्राप्त गरे। उनलाई कन्जरभेटिभ पार्टीका गारेथ जोन्सन्ले ३१ हजार २ सय १० मत ल्याएर पराजित गरेका हुन् । बेलायतको संसदीय इतिहासमा पहिलो पटक नेपाली मूलको उम्मेदवार बन्ने कैनीले आफूले गत आमनिर्वाचन भन्दा ५ हजार बढी मत प्राप्त गरेको भन्दै प्रसन्नता प्रकट गरे। उनले बेलायती निर्वाचनमा आफ्नो पहिलो अनुभव भएको र निर्वाचन तयारीका लागि कम समय भएका कारण सोचेजस्तो नतिजा नआएपछि उत्साहजनक भोट प्राप्त गरेको प्रतिक्रिया दिए। बेलायतको निर्वाचनलाई यहाँस्थित नेपाली समुदायले निकै चासोका साथ
More