Daily Archives 11th June 2017

निर्धारित मितिमै निर्वाचन हुन्छ : उपप्रधानमन्त्री गच्छदार

विराटनगर । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँगको कुराकानीमा उहाँले निर्वाचनको मिति नसर्ने र राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकार हरसम्भव प्रयासरत रहेको जानकारी गराउनुभयो । निर्वाचनलाई सार्थक बनाउन निर्वाचनसम्बन्धी केही प्रावधानलाई सहज बनाउन सरकार लागि परेको उल्लेख गर्दै उहाँले निर्वाचन आयोगको सहमतिमा निर्वाचनसम्बन्धी ऐन, नियमलाई थप सहज बनाएर सबै पक्षलाई निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको स्पष्ट पार्नुभयो । उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउन निर्वाचनपछि दलको सहमतिमा संविधान संशोधन प्रक्रियाअघि बढ्ने बताउनुभयो ।
More

समाजसेवी बुढा सम्मानित

महिला सुरक्षा दवाव समूहद्वारा आइतबार आयोजित २५औं वार्षिकोत्सव उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रज महिला समाजसेवी बमकुमारी बुढालाई सम्मानपत्र हस्तान्तरण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैन : अध्यक्ष ओली

नेपालगन्ज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताउनुभएको छ । सो दलद्वारा बाँके जिल्लाका लागि चयन गरिएका उम्मेदवारको घोषणासभालाई आज सम्बोधन गर्दै उहाँले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि आप्mनो दल पहिलो हुने दाबी गर्नुभयो । अध्यक्ष ओलीले चुनाव जित्न जनतामा झुठो आश्वासन बाँड्ने दल सधैँ पराजित हुने चर्चा गर्दै जनताको चेतना स्तरलाई कमजोर सम्झने भुल गर्न हुँदैन भन्नुभयो । “हारजित निर्वाचनको सामान्य प्रक्रिया हो, हार्दैमा आत्तिने र जित्दैमा मात्तिने प्रवृत्तिको आप्mनो दल सधैँ विरोध हो, हार वा जितलाई लोकतान्त्रिक प्रक्रियासँग जोडेर हेरिनुपर्छ”– अध्यक्ष ओलीको भनाइ थियो । घोषणासभामा सो दलले
More

भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम

काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश मङ्गलबारसम्म जारी रहने भएको छ । न्यायाधीश विश्म्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आज पेसी तोकिएकामा हेर्न नभ्याइने भएपछि मङ्गलबार हेर्ने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यही जेठ २२ गते भरतपुर महानगरपालिकाको वडा नं १९ मा यही आजसम्मका लागि आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । आयोगले यही जेठ २० गते सो वडामा पुनःमतदान गराउने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन नगर्न आदेश जारी
More

नायिका जस्ती गायिका सुशीला

काठमाडौं । झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका सुशीला पाठक बहुप्रतिभाकि धनि गायिका हुन । पुर्बको झापामा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल सुशीला सानैदेखि गायनमा रुची राख्थिन । सुशिला बिगत ३ बर्ष देखि भने बिधिबत रुपमानै ब्यबसायिक गायिकाको रुपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन । संगीतकार शिलाबहादुर मोक्तान तथा मनोज राज सिवाकोटीबाट गित संगीत सिकेकी सुशिला छ्टो समयमा नै चर्चा कमाउन सफल भएकी छिन । पुर्बका हरेक कार्यक्रमा आफ्नो सुमधुर आवाज, जादुमय नृत्य, चिटिक्क मिलेको शरीर तथा सुन्दर मुहारको कारणले चर्चाको शिखरमा पुग्न तथा पुर्बको ढुक ढुकी बन्न सफल गायिका अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय
More

यस्तो छ: राजपाको आम हडतालसहितको आन्दोलन

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संघीय गठबन्धनले चुनाव भाँड्ने योजनाका साथ आगामी असार १० गतेदेखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको छ । संघीय गठबन्धनको ब्यानरमा आइतबार पत्रकार सम्मेलन गरी राजपा अध्यक्षमण्डलका सदस्य तथा संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरले जेठ २९ गतेदेखि चुनावविरोधी चरणबद्ध आन्दोलनको कार्यक्रमको घोषणा गरेका हुन् । घोषित आन्दोलनको कार्यक्रमअनुसार जेठ २९ गते देशभरकारका जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गर्ने, जेठ ३० , ३१ तथा असार १ र २ गते मधेस, थरुहट र लिम्बुवान बन्द गर्ने घोषणा गरिएको छ । सोहि बीचमा हरेक स्थानीय तहमा निर्वाचनविरुद्ध माइकिङ गर्ने, तालाबन्दी गर्ने र लाठी जुलुस प्रदर्शन गर्ने समेत तय
More

एकीकृत राप्रपा प्रवेश कार्यक्रम

राजधानीमा आइतबार आयोजित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) बृहद पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत नेताहरु । तस्बिर : रोशन सापकोटा
More

लन्डनमा महारानीकोभन्दा कतारीको जमिन धेरै

लन्डनको जुनसुकै क्षेत्रमा कतारको लगानी व्यापक छ । चम्किला होटल होस् वा ठूला व्यवसायिक टावर कतारी लगानी नभएको भेट्न सकिँदैन । विगत केही वर्षदेखि कतारले बेलायतमा झन्डै ३५ बिलियन पाउन्ड लगानी गरेको छ । अबको पाँच वर्षमा त्यो लगानी ४० बिलियन पाउन्ड पुग्दैछ । यस आधारमा भन्न सकिन्छ, लन्डनमा जति जमिन कतारीको छ, त्यत्ति महारानी एलिजावेदसँग पनि छैन । कतारले बेलायतलगायत अमेरिका तथा अन्य मुलुकमा ३ सय ३५ बिलियन डलर लगानी गरिसकेको छ । अब पाँचदेखि १० वर्षभित्र कतारको यो लगानी केही सुस्त हुनसक्छ । किनभने अब कतारले ३५ विलियन अमेरिकी डलर लगानी गर्ने तयारी गरिरहेको थियो, तर वातावरण धमिलिदै
More

राजनीतिक दलसम्वन्धी ऐन संशोधन

काठमाडौं । सरकारले राजनीतिक दलसम्वन्धी ऐन संशोधन गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ संसोधनका लागि व्यवस्थापिका संसदमा प्रस्ताव लैजाने निर्णय गरेको हो । असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागि गराउन अलग जिल्लामा अलग वा एउटै चुनाव चिन्ह लिएर जान सक्ने गरी राजनीतिक दल सम्वन्धी ऐन संशोधन गर्न लागिएको हो । यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीजरल्याण्ड भ्रमण स्वीकृति गरेको छ । राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठनले जेनेभामा गर्न लागेको ‘वल्र्ड अफ वर्क समिट’मा भाग लिन मंगलबार स्वीजरल्याण्ड जाँदै छिन् । बैठकले जापान सरकारले निजामती कर्मचारीको अध्ययन कोटाका लागि दिएको २६ करोड ५३ लाख
More

राजगद्दि परित्याग गर्नेबारे जापानमा नयाँ कानून पारित

टोक्यो । बृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दि परित्याग गर्न सहज हुने गरी जापानी संसद् डायटले एक नयाँ कानून पारित गरेको छ । हालै मात्र पारित उक्त कानूनले जापानको राजगद्दि आफ्ना पुत्र युवराज नारु हितोलाई सुम्पिई आफू उक्त दायित्वबाट मुक्त हुन सम्राट् आकि हितोलाई बाटो खुलेको छ । यसअघि, जापानमा आफू जीवित छँदै सम्राट्ले आफ्ना उत्तराधिकारीलाई गद्दि सुम्पन पाउने ऐन, कानूनी प्राबधान नै थिएन । हाल पारित कानून सँगसँगै जापानी राजगद्दिको करिब दुई सय बर्ष पुरानो इतिहास र यस सम्बन्धि कानूनी ब्यवस्थामा संशोधन भएको छ । हाल, बिशेषगरी जापानका वर्तमान सम्राट आकि हितोलाई मात्र सहज हुने गरी कानून पारित गरिएको बताइएको
More