Daily Archives 12th June 2017

नेपालमा ट्राफिक व्यवस्थापन र सड़क सुरक्षा विषयमा एनआरएन र लण्डन दूतावासबीच अन्तरक्रिया

नेपालको ट्राफिक व्यवस्थापन र सड़कलाई कसरी वैज्ञानिक, सुरक्षित र प्रयोगकर्तामैत्री बनाउने भन्ने विषयमा एनआरएन युके र बेलायतका निम्ति नेपाली राजदूतावासबीच आज छलफल भएको छ । एनआरएन अन्तरराष्ट्रिय समिति अन्तर्गत ‘स्किल ट्रान्सफर टास्क फोर्स’का सदस्य थर्क सेनको नेतृत्वमा एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरूंग, सल्लाहकार वाचस्पति रेग्मी, पत्रकार नारायण गाउँलेलगायतको टोलीले महामहिम राजदूत दुर्गाबहादुर सुवेदी, दूतावासका प्रवक्ता शरद राज आरनलगायतका प्रतिनिधिसँग अन्तर्क्रिया गरेको हो । संयोजक सेनले अव्यवस्थाको शिकार बनेको नेपालको सड़क सञ्जाललाई बेलायतजस्तो विकसित देशले प्रयोग गरेको प्रविधि अपनाएर सुरक्षित र सहज बनाउन सकिने बताउनुभयो । बेलायत र नेपालको सड़क प्रयोगमा समानता भएकाले यहाँको परीक्षित प्रणालीलाई त्यहाँ पनि प्रयोग गर्न सकिए
More

थाइल्याण्डको सनातन मन्दिरमा रक्तदान

थाइल्याण्ड । थाइल्याण्डमा रहेका नेपाली समूदायले रक्तदान गरेका छन् । थाई नेपाली संघ फूकेटले स्वर्गिय महाराज भूमीबोल अतुल्यतेजको पुण्य स्मृतीमा फूकेट स्थित श्री भगवतधाम सनातन मन्दिरमा सोमवार सामूहिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा ८६ जना फूकेट निवासी नेपालीहरूले रक्तदान गरेका थिए । सो संस्थाले प्रत्येक बर्ष यसरी नै सामूहिक रक्तदान आयोजना गर्दै आएको छ।
More

प्रवासी नेपाली मञ्च बेलायत उत्तर पश्चिम समितिमा वसन्त नेपाल

लन्डन । प्रवासी नेपाली मञ्च बेलायत उत्तर पश्चिम समितिको वार्षिक अधिवेशनले नयां नेतृत्व चयन गरेको छ । समितिका अध्यक्ष वसन्त नेपालको अध्यक्षता, प्रवास जिल्ला अध्यक्ष रामशरण सिम्खडाको प्रमुख आतिथ्य एवं संस्थापक अध्यक्ष 
आंगकल्जंग लामाको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले अर्जुन चापागाईंको अध्यक्षतामा नयां समिति चुनेको हो । समितिमा मिलन केसी उपाध्यक्ष, गंगा केसी सचिब, गणेश अधिकारी कोषाध्यक्ष तथा सदस्यहरुमा दिनेश थापा, वृख सांवा र बिनोद केसी छानिएका छन् । अधिवेशनले चार सदस्यीय सल्लाहकारहरुमा कृष्ण तिवारी, वसन्त नेपाल, उमेशराज मोक्तान र विमला सुब्वाको नाम पनि अनुमोदन गरेको छ । नर्थ हयारोस्थित सरस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनमा निवर्तमान अध्यक्ष वसन्त नेपालले नवनिर्वाचित कार्यसमितिको कार्यकाल
More

ब्रिटिश सेनामा भर्ती भएको स्वर्ण जयन्ती मनाईंदै

पचास वर्ष अघि ब्रिटिश सेनामा भर्ती भएका र हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरुले स्वर्ण जयन्ती समारोह आयोजना गर्न लागेका छन्। “इन्टेक १९६७ मा रिक्रुट भएका नम्बरी साथीहरुको ऐतिहासिक भेटघाट तथा विचार आदानप्रदानकालागि यो कार्यक्रम आायोजना गर्न लागिएको हो,” भेलाका एकजना आयोजक उदय गुरुङले भने। “५० वर्ष भनेको एक जुग हा। त्यसैले सपरिवार भेटघाट, चिनजान गरी भलाकुसारी गर्न यो भेला हुनगैरहेको छ,” अर्का आयोजक रामबहादुर लामाले भन्नुभयो। अल्डरशटस्थित निरमाया रोधीघरमा शुक्रबार २३ जुन, २०१७ का दिन बिहान १० बजेदेखि राती १० बजेसम्म आयोजना गरिने विेशेष कार्यक्रममा नेपाली कलाकारहरुद्वारा गायन तथा नाचको कार्यक्रम पनि राखिएको छ। उदय गुरुङले १९६७ मा
More

विलेन लेक क्षेत्रमा बर्न्टओकवासीको रमाइलो वनभोज

लण्डनको बर्न्टओक र त्यस वरिपरि बसोबास गर्ने नेपालीहरुले मिल्टन किन्सको प्रसिद्ध पर्यटकीय स्थल विलेन लेक क्षेत्रमा शनिबार रमाइलो बनभोजको आयोजना गरे। बर्न्टओक नेपाली समाजको आयोजनामा झण्डै दुईसय जनाले सपरिवार बार्बेक्यु, नाचगान र विभिन्न कार्यक्रमहरु गरी रमाइलो गरेका थिए। उक्त अवसरमा समारोहका प्रमुख अतिथि तथा ब्रिटेनमा बिहीबार भएको आमचुनावमा हेण्डन निर्वाचन क्षेत्रबाट पुनर्निर्वाचित सांसद डा. म्याथु अफोर्ड तथा श्रीमती अफोर्डलाई बधाइ तथा सम्मान ज्ञापन गरिएको थियो। कार्यक्रममा बोल्दै सांसद अफोर्डले ब्रिटेनस्थित नेपाली समुदायले बेलायतको सामाजिक, सांस्कृतिक, आर्थिक लगायत सबै क्षेत्रमा योगदान पुराइरहेकेा र आफुले त्यसको उच्च मूल्यांकन गरेको बताउनुभयो। उहाँले भूतपूर्व गोर्खाहरुको समस्या समाधानकालागि विगतमा पनि आफुले संसदमा आवाज उठाएको र
More

असन्तुष्ट राजपालाई सहमतिमा ल्याउन संवाद जारी राखिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दोस्रो चरणको स्थानीय तहको निर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज भएको छलफलमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनका विषय नै प्रमुख प्राथमिकतामा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको समयमा नै पूरा गर्ने र असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललाई सहमतिमा ल्याउने विषयमा थप वार्ता र संवादको प्रक्रिया जारी राख्ने विषयमा कुराकानी भएको थियो । सहमति र सझदारीका आधारमा नै निर्वाचन प्रक्रियालाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच छलफल भएको
More

राष्ट्रपति भोलि मङ्गलबार जेनेभा प्रस्थान गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारीले उक्त शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्नुहुनेछ । यस वर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ । उहाँले नेपाली राजनीतिका साथै रोजगारीको दुनियाँमा महिलाको सहभागिता तथा प्रतिनिधित्वमा भएका प्रगतिका विषयमा उल्लेख गर्दै यस क्षेत्रमा रहेका चुनौती सम्बोधन गर्न भएका प्रयासका विषयमा प्रकाश पार्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथमा माल्टा तथा मरिससका राष्ट्रप्रमुखहरूलाई पनि सो शिखर बैठकमा सहभागिताका लागि आमन्त्रण
More

भूकम्पपीडितको रकममा समेत घुस

काठमाडौं । भूकम्पपीडितको राहत रकममा समेत सरकारी कर्मचारीले घुस रकम माग्ने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक मुलुकभर नै सञ्चालन गरेको ‘रङ्गेहात पक्राउ’ अभियानअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको एक गाउँपालिकामा भूकम्पपीडितको राहत रकम प्रदान गर्दासमेत घुस मागेको पाइएको जनाएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता जीवराज कोइरालाले मानवीय संवेदनालाई समेत ख्याल नगरी प्राकृतिक प्रकोपमा परेका नागरिकसँग पनि घुस मागिनु सबैभन्दा दुःखद् रहेको बताउँदै घुस लिने तथा दिने दुवैलाई कानुनको दायरामा ल्याइने र कुनै छुट नदिइने स्पष्ट गर्नुभयो । उहाँले भूकम्पपीडितको राहत रकममा नै घुस माग्ने सरकारी कर्मचारीको नाम भने बताउन चाहनुभएन । ‘घुसको कसुरमा रङ्गेहात
More

जहाज किन्न कोषले रु बाह्र अर्ब ऋण दिने

काठमाडौं । नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा आज हस्ताक्षर भएको छ । कोषको कार्यालयमा आयोजित सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार कोषले एउटा जहाज खरिदका लागि रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । यसअघि कर्मचारी सञ्चय कोषसँग मात्रै त्यस्तो ऋण लिने सम्झौतामा हस्ताक्षर हुने गरेको थियो । निगमले भने दोस्रो चरणमा सञ्चय कोषसँग नै ऋण सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । लगानी कोषले उपलब्ध गराउने रकमको व्याजदर नौ प्रतिशत रहनेछ । जहाज खरिदका लागि प्रदान गरिने लगानी कोषको रकमको व्याजदर पहिलो व्यावसायिक उडान
More

चुनाबी प्रचारप्रसार अभियान

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नवलपरासीको सुनवलमा नेकपा (एमाले)का नेता तथा कार्यकर्ताले गरेको चुनाबी प्रचारप्रसार अभियान । तस्बिर: पुरुषोत्तम सुबेदी
More

युवतीमाथि सामूहिक बलात्कार

गौशाला । महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ फुलबरियामा गएराति एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार गएराति ८:३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा बाटा छेउ चार युवाले सामूहिक बलात्कार गरेका हुन् । प्रहरी नायब उपरीक्षक पोखरेलले बलात्कारी चारमध्ये एकजनालाई गएराति नै पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको र भने पीडित युवतीलाई पनि उद्धार गरेर स्वास्थ्य जाँच गराई प्रहरीकै निगरानीमा राखिएको बताउनुभयो । सो घटनामा संलग्न फरार तीन युवाको खोजतलास भइरहेको जनाइएको छ । प्रहरीले ती युवतीको उद्धार र दोषीलाई पक्राउ गरेपछि
More

गल्फ सङ्कटले कतार एयरवेजको ट्रान्जिट ब्यापारमा चुनौती

दुबई । कतार एयरवेजले बिगतका केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा विकास गरिरहेको छ । र यसले कतारको राजधानी दोहालाई एक प्रमुख ट्रान्जिट बनाउने गरेको छ । लगभग विश्वकै एक प्रमुख ट्रान्जिटका रुपमा रहेको दोहा सहरको यो ट्रान्जिट आकर्षणले पछिल्लो समयमा गल्फमा देखा परिरहेको सङ्कटका कारण निरन्तरता पाउलाजस्तो देखिँदैन । गल्फलाई कतार एयरलाइन्सले मात्र नभएर गल्फका अरु देशका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय हवाई सेवाहरुले दोहालाई प्रमुख ट्रान्जिटका रुपमा विकास गरिरहेका थिए । जस्तै दुबईको एमिरेट्स एयरलाइन्स् तथा इत्तेहादले पनि कतारलाई नै प्रमुख ट्रान्जिटका रुपमा विकास गरिरहेका थिए । यसरी गल्फ र अरु पनि विश्वका कतिपय हवाई सेवाहरुले कतारलाई
More

साझा पार्टीको तर्फबाट ईटहरीमा मेयर र उपमेयरको उमेदवारी

साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा प्रान्त नम्बर एकको देशकै एउटा प्रमुख उपमहानगरपालिका ईटहरीमा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ। पार्टी निर्माण प्रक्रियाको ६ हप्तामैं काठमाडौँ र ललितपुर महानगरपालिकामा उमेदवारी दिएर सम्मानजनक मत ल्याएपछि वैकल्पिक राजनीतिका लागि परिपक्व विकल्पका रूपमा हेरिएको साझा पार्टीले ईटहरीको मेयरका लागि प्राध्यापन र समाजसेवामा संलग्न डाक्टर सुश्री तारा काफ्ले र उपमेयरका लागि पत्रकार तथा मानव अधिकारकर्मी प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको हो। दोस्रो चरणको निर्वाचनमा साझा पार्टीका तर्फबाट उमेदवारी दिन दर्जनौं अनुरोधहरू प्राप्त भएका भए पनि संगठनको अभावमा पार्टीले मूलत: ईटहरीमा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने लक्ष राखेको छ। डा तारा काफ्लेले
More

युएई एक्सचेन्जबाट नेपाल पैसा पठाउन सहज

ग्लोबल आइएमई बैंकले युएई एक्सचेन्जसँगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलाएको छ । युएई एक्सचेन्ज खाडी ९गल्फ० मुलुकको सबैभन्दा ठुलो एक्सचेन्ज कम्पनी हो । खाडी मुलुकमा कार्यरत नेपालीहरुले उक्त एक्सचेन्ज कम्पनीमार्फत नेपालमा रहेका आफ्ना आफन्तहरुलाई ग्लोबल रेमिट मार्फत पठाएको पैसा छिटोछरितो र सहज रुपमा नेपालमा रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा तथा आईएमई रेमिट्यान्स, बेष्ट रेमिट र एस रेमिटका सात हजार भन्दा बढि एजेन्टबाट तत्काल भुक्तानी लिन सकिनेछ । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरुसँगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान
More

संविधान अनुरुप एनआरएन नागरिकता सुनिश्चित गर्न माग

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नवगठित सरकारका सरोकारवाला मन्त्रीहरुसँग भेटवार्ता गरी गैरआवासीय नेपाली संघका गतिबिधि र मुद्दाहरुबारे जानकारी गराउनुभएको छ। अध्यक्ष घले नेतृत्वमा आइतबार -११जुन,२०१७) मा गएको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटघाट गर्‍यो। सर्वप्रथम संघका अध्यक्षले नवनियुक्ति उपप्रधानमन्त्री महरालाई बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले मूलतः गैरआवासीय नेपाली संघका गतिविधिबारे जानकारी गराउँदै विदेशका कतिपय मुलुकमा नेपालीको बसोबास धेरै भएका स्थानमा कन्सुलेट सेवा उपलब्ध नभएको भन्दै ध्यानाकर्षण गराउनुभयो। साथै उहाँले नेपालको संविधान २०७२ मा सामाजिक, आर्थिक तथा साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भएको र सामाजिक, आर्थिक तथा साँस्कृतिक अधिकारको व्याख्या सबै नेपाली नागरिकहरु सरह
More

चुनाव गराउन नसके माओवादीले कांग्रेसको साथ छाड्ने

काठमाडौं । नेपाली कांगे्रसले स्थानीय तह दोस्रो चरणको निर्वाचन गर्न नसके सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकार छाड्ने संकेत गरेको छ । निर्वाचनका लागि सत्ता गठबन्धन गरिएको हो, यदि कांगे्रसले दोस्रो चरणको निर्वाचन गराउन सकेन भने सत्तामा बसिराख्नुको अर्थ हुँदैन, माओवादी केन्द्रका एक नेताले नेपाल ब्रिटेन डट कमसँग भने, अहिले नेपाली जनता स्थानीय तहको निर्वाचनमा सहभागी हुन उत्साहित छन्, यो वा त्यो बाहानामा निर्वाचन सारिन्छ भने त्यो नेकपा माओवादी केन्द्रलाई मान्य हुँदैन । त्यसका लागि माओवादी केन्द्र यो सत्ता समीकरण तोडेर माघ ७ गतेभित्रसम्म तीनै तहको निर्वाचन गराउन सक्ने सत्ता गठबन्धनको गृहकार्यमा जुट्ने छ । माओवादी केन्द्रका अध्यक्ष तथा
More

प्रधानमन्त्री देउवालाई भारतको बधाइ मात्र भ्रमणको निम्तो छैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले बधाइ मात्र दिएको छ, भ्रमणका लागि निम्तो दिएको छैन । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि बधाइ र भारत भ्रमणको निम्तो दिने परम्परा हो । तर त्यो परम्परालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रमभंग गर्दै प्रधानमन्त्री देउवालाई बधाइ मात्र दिएका छन् । संविधान जारी गर्नुअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त भएपछि बधाइसँगै उपयुक्त समयमा भारत भ्रमण हुनेछ भन्ने शब्द राखेर निम्तो दिएको थियो । त्यसपछि केपी ओली प्रधानमन्त्री भएका थिए । त्यसबेला नेपाल–भारत सम्बन्ध गम्भीर समस्यामा परेका थियो । त्यस्तो बेलामा पनि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई बधाइ तथा भारत भ्रमणको निम्तो दिएका थिए । त्यसपछि
More

शोभराजलाई बचाउन निहिताको रगत

काठमाडौं । ‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार नगरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय करागारका जेलर वेदप्रसाद खरेलसँग रुँदै वेदना पोख्दा चाल्र्स शोभराजको शरीर सुन्निएको थियो, सास फेर्न गाह्रो थियो । शारीरिक मात्र होइन मानसिक रूपमा पनि उनी निकै कमजोर भइसकेका थिए । १३ वर्ष जेल बस्दा उनी सधैँ दम्भी थिए, आफूमाथि ठूलै विश्वास थियो । उनी भाग्न सक्ने डरले मात्र होइन, उनीमाथि हमला हुन सक्ने डरले पनि प्रशासनले शोभराजलाई गोलघरमा राखेको थियो । तर, उनी कैदीबन्दीसँग मात्र होइन, जेलर र प्रहरीसँग पनि सधैँ उच्च मनोबलका साथ कुरा गर्थे । सुन्धारास्थित केन्द्रीय कारागारमा पनि
More

आयोगद्वारा खेद प्रकट

काठमाडौं । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राजविराजमा नाराबाजी गरेको तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र कार्य गरिएकोेमा खेद व्यक्त गरेको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधि, सञ्चारमाध्यमका प्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मीलगायत निर्वाचनका सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुँदा कार्यक्रमस्थल प्रमुख जिल्ला अधिकारीको बङ्गलातर्फ जाँदै गर्दा केही राजनीतिक दलका उच्छृङ्खल कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्तविरुद्ध नाराबाजी गर्ने तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र व्यवहार देखाएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्लास्थित प्रमुख जिल्ला अधिकारी तथा सुरक्षाकर्मीको सुझबुझपूर्ण कार्य एवम् राम्रो सुरक्षा व्यवस्थाको कारण सुव्यवस्थित तरिकाबाट कार्यक्रम सञ्चालन भएको
More

छोरी बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैद

भक्तपुर । छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ । भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं (क) बमोजिम थप एक वर्ष तथा हाडनाता करणीको महलको १ नं बमोजिम १० वर्ष गरी २३ वर्ष कैद फैसला सुनाएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिनुभयो । पीडित नाबालिकाकाको पालनपोषण, शिक्षा, उचित हेरविचारका लागि तत्काल पीडकबाट क्षतिपूर्ति भराउन सक्ने अवस्था नदेखिएकाले पछि असुल उपर गर्ने गरी हाललाई सरकारबाट क्षतिपूर्ति रकम रु
More