Daily Archives 14th June 2017

गठबन्धनसहित तीन दलको बैठक उपलब्धिहिन

काठमाडौं । आन्दोलनरत संघीय गठन्धनका नेता र प्रमुख तीन दलका शीर्ष नेताहरुबीचको बैठक निष्कर्षविहिन भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अब के गर्ने भन्दै सल्लाह मागेका बताइएको छ । गठबन्धन तथा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधनलगायत आफुहरुले उठाएका माग पुरा नभएसम्म चुनावमा सहभागि नहुने जवाफ दिए । बैठकबाट बाहिरिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले असार १४ को चुनाव सार्नेगरी कुनै कुरा नभएको बताए । उनले भने, ‘निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका प्रभावित हुँदैन । शुक्रबार मनोनयन दर्ता हुन्छ । शुक्रबारसम्म गठबन्धनका नेताहरुसँग केही न केही सहभति भइसक्छ । उहाँहरु पनि आफ्नो भित्र आफ्नो किसिमले
More

पत्रकार सम्मेलनमा राजेन्द्र महतो

प्रेस मञ्च पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष सदस्य राजेन्द्र महतो । तस्बिर : विजय कुमार महतो
More

जन प्रगतिशील मन्च युके क्षेत्रीय समिति गठन

रेडिङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र युकेद्वारा पार्टी सम्बद्ध जन प्रगतिसिल मन्च युके क्षेत्रीय शाखा रेडिङमा गठन गरेको छ । वेलायतका बिभिन्न १२ ठाउँमा शाखा गठन गर्ने अभियानका क्रममा पहिलो चरणमा दीपक गुरुङको अध्यक्षतामा तीन सदस्य पछि थप्ने गरी १५ सदस्यीय क्षेत्रीय समिति रोडिङमा गठन गरेको हो । रेडिङ स्थित स्थानिय बेजिङ नुडल्स रेस्टुरेन्टको समारोह हलमा आयोजित भेलाबाट नवनिर्बाचित पदाधिकारीहरुमा अध्यक्ष दीपक गुरुङ, उपाध्यक्ष तेन्जी पाख्रिन, सचिव वासु लामिछाने, सहसचिव रोशनमणी राई, कोषाध्यक्ष भेष पुन र सहसचिव तुल बहादुर गुरुङ हुनुहन्छ । यसैगरी सदस्यमा सुश्री गङ्गामाया गुरुङ, गोबिन्द अर्मोजा,कमल गुरुङ, लाल प्रसाद गुरुङ र शिव प्रसाद गुरुङ चुनिनु भएकोछ
More

व्युटी पार्लर व्यवसायीमाथि भएको सामूहिक बलात्कारप्रति महासंघको गम्भीर

महोत्तरी । महोत्तरी औरी गाउपालिका–२, फूलबरियाकी ब्युटी पार्लर व्यवसायीमाथि गत जेठ २९ गते सा“झ आफ्नो व्यवसाय स्थलमा नै आएर ६ जना अज्ञात व्यक्तिहरूले सामूहिक बलात्कार गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । मुलुकको संविधानले महिलाका हक अधिकार सुनिश्चित गरेको छ । त्यसै अनुरूप महिलाहरूले राष्ट्रको प्रमुख पदहरु समेत सम्हालिरहेको बदलिंदो परिस्थितिमा यस किसिमको महिलामाथि भएको जघन्य अपराधले महिलाहरूलाई असुरक्षित महशुस गराएको छ । महिलाहरू आत्मनिर्भर एवं स्वावलम्बी बनिरहेको अवस्थामा महिला व्यवसायीमाथि भएको यस प्रकारको दुःखद आपराधिक घटनाबाट महिलाहरूको आत्मविश्वाशमा कस्तो असर पर्ला, यस्ता अपराधले अन्तर्राष्ट्रिय जगतमा देश प्रति कस्तो संदेश जाला, यस प्रति गम्भीर भएर सोच्नु
More

बाबु छोरा सम्मानित

भक्तपुर । भक्तपुर जिल्ला खेलकूद विकास समिति र विद्या विकास सेकेण्डरी बोर्डिङ्ग स्कूल भक्तपुरको संयुक्त आयोजनामा तेक्वाण्डो आइटिएफ नेपालका खेलाडीद्वय (बाबुछोरा) लक्ष्मण बस्नेत र सस्मन बस्नेतलाई सम्मान गरिएको छ । तेक्वाण्डो आइटिएफ नेपालका संस्थापक अध्यक्ष एवम् प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय ए क्लास रेफ्री समेत रहेका बस्नेतले जुलाई २०१६ मा बेलायतको ब्राइटन शहरमा सम्पन्न भएको १८ औं एडल्ट, सिनियर तथा १३ औ जुनियर आइटिएफ विश्व तेक्वाण्डो च्याम्पियनसीपमा सिनियर व्यक्तिगत स्पाइरिङ्ग तर्फ ६४ केजी तौल समूहमा काँस्य पदक जितेका थिए । बस्नेतले क्वाटर फाइनलमा आयरल्याण्डका खेलाडीलाई पराजित गरी सेमिफाइनलमा पोल्याण्डका खेलाडिसँग पराजित भएका थिए । बस्नेत तेक्वाण्डो आइटिएफमा नेपालको लागि पहिलो अन्तराष्ट्रिय
More

समीरको ‘द हर्ट बिट’ (भिडियोसहित)

काठमाडौं । गायन समीर लिम्बू ‘द हर्ट बिट’ नामक एल्बम लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । समीरको उक्त सोलो एल्बमलाई राजधानीमा एक समारोबीच बरिष्ठ संगीतकार प्रकाश गुरुङ, राजु सिंह, बसन्त सापकोटा, गायिका कुन्ति मोक्तानलगायतले सार्वजनिक गरे । एल्बम सावजनिकपछि गायक समीरको संगीत गुरु समेत रहेका प्रमुख अतिथि प्रकाश गुरुङले भने, ‘समीरको स्वरमा मिठास छ । उनले यस क्षेत्रमा केही गरेर देखाउन सक्छ ।’ गुरुङले आफूसँग पहिलोपटक संगीत सिक्न आउँदा नै समीरमा गायनमा भविष्य देखेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै गायक समीर पाँच वर्षयता निरन्तर संगीत साधना गर्दै आएको र त्यसको प्रतिफल ‘द हर्ट बिट’ भएको बताए ।
More

एनआरएन थाइल्यान्डद्वारा नागरिक छात्रवृत्ति कोष स्थापना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डले नागरिक छात्रवृत्ति कोष स्थापना गरेको छ । इन्जिनियरिङ अध्ययन गर्ने नेपाली विद्यार्थीहरुका लागि एनआरएन थाइल्यान्डले ३५ लाख ८९ हजार ९९९ रुपैयाँको नागरिक लगानी कोष स्थापना गरेको हो । यस्तै, एनआरएन थाइल्यान्डले आइएइएसटिइ योजनामार्फत् गोरखाको भूकम्पप्रभावित लाप्राकमा नमुनाबस्ती निर्माण गर्ने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच नागरिक छात्रवृत्ति कोष र आइएइएसटिइ योजनाको संयुक्त उद्घाटन गर्दै उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले नागरिक छात्रवृत्ति कोषले इन्जिनियर पढ्ने नेपाली विद्यार्थी लाभाम्बित हुने बताए । एनआरएन थाइल्यान्डको सहयोगमा सुरु भएको आइएइएसटिइ योजनाअन्तर्गत् गोरखाको लाप्राकमा नमुनाबस्ती निर्माण गर्न विभिन्न ३१ मुलुकका ५० जना इन्जिनियर विद्यार्थीहरु सहभागी हुने जनाइएको
More

बस दुर्घटनामा १० को मृत्यु

काठमाडौं । दैलेखको आठबिस नगरपालिका–४ नैनाल सडक खण्डमा आज बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य १८ यात्रु घाइते भएका छन् । कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख २९९८ नं को बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको हो । मृत्यु हुनेमा एक बालिका, सात पुरुष र दुई महिला रहेका घटनास्थलमा खटिनुभएका प्रहरी नायब निरीक्षक ढोरबहादुर बुढाथोकीले जानकारी दिनुभयो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र लैजान हेलिकप्टर मगाइएको बुढाथोकीले बताउनुभयो । मृत्यु हुने यात्रुको सनाखत हुन सकेको छैन ।
More

रेलले किचिएर तीन नेपालीको मृत्यु

विराटनगर । सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर गएराति तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादव रहेको सीमा प्रहरी कार्यालय जोगवनीका प्रहरी नायब निरीक्षक फिरोज चौधरीले जानकारी दिनुभयो । प्राप्त जानकारीअनुसार मङगलबार राति ८ बजे तीनैजनालाई उनीहरु चढेको को १७ प ३६९३ नम्बरको मोटरसाइकल रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तीव्रगतिमा आएको रेलले किचेको थियो । नम्बर ५५७४२ सो रेलबाट जोगवनीबाट कटिहार जाँदै थियो । भारतको अररियास्थित अस्पतालमा परीक्षणपछि मारिनेहरुको शव परिवारलाई बुझाइएको छ ।
More