Daily Archives 15th June 2017

के बन्दुकको आड़मा चुनाब गर्नु नै सक्षमता हो ?

नारायण गाउँले । सङ्घीयता भएका देशमा स्थानीय र प्रादेशिक चुनाब एउटै मितिमा हुनुपर्छ भन्ने हुँदैन । भारतमैं पनि सबै प्रदेशको चुनाब सँगै हुँदैन । कुनै एउटा प्रदेशका कारण सबै प्रदेशमा चुनाब रोक्नु जायज हुँदैन । बीस वर्ष हुन नसकेको चुनाब बीस हप्ता अघि या पछि हुँदैमा आकाशै खस्ने या प्रचार गरिएझैँ देशै डुब्ने भन्ने हुँदैन । बन्द र हिंसात्मक वातावरणमा चुनाब हुन सक्दैन । सरकारसँग सेना छ, शक्ति छ भनेर मात्रै हुँदैन । ७० हजार सेना छन् तर सत्तरी जनाले महिनौं संसद बन्द गरे पनि सेना लगाएर खुलाउन मिल्दैन । बल र हिंसा नै सक्षमता होइन । संविधान कार्यान्वयनको गम्भीर
More

सत्तारुढ दल र राजपाबीच छलफल

सत्तारुढ दल र राजपाका शीर्ष नेताबीच बिहीबार सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि । तस्बिर : रोशन सापकोटा
More

राजपाद्वारा ५ नम्बर प्रदेशका तीन जिल्लाको चुनाव सार्न माग

काठमाडौं । निर्वाचन आयोग र प्रमुख प्रतिपक्षको विरोधका बाबजुद सरकारले २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्ना मागमा सरकार सकारात्मक देखिएको भन्दै राजनीतिक बाताबरण बनेको प्रारम्भिक प्रतिकृया दिएको छ । तर, प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा भएको छलफलमा राजपाले त्यति सहजै सरकारको निर्णयमा समर्थन गरेको भने थिएन । सिंहदरवारमा सरकार र राजपाका नेताहरुबीच करिव साढे दुई घण्टा भएको छलफलमा राजपाका नेताहरुले सिंगो २ नम्बर प्रदेशका जिल्ला र ५ नम्बर प्रदेशका कपिलबस्तु, रुपन्देही र नवलपरासीको निर्वाचन पनि तेस्रो चरणमा नै गर्नुपर्ने अडान राखेको थियो । तर, राजपाको यो
More

प्रदेश नम्बर दुईको निर्वाचन असोज २ गते

काठमाडौं । सरकारले प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले तेस्रो चरणको निर्वाचन प्रदेश नम्बर २ का आठ वटा जिल्लामा असोज दुई गते गर्ने निर्णय गरेको हो । त्यस्तै असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता असार ४ गतेका लागि सारेको छ । यसअघि सरकारले चार वटा प्रदेशको निर्वाचन असार १४ गते गर्ने निर्णय गरेको थियो । अव प्रदेश नम्बर एक, पाँच र सातमा असार १४ गते हुनेछ ।
More

प्रदेश नं २ को निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा (एमाले)ले यही असार १४ गतेका लागि प्रदेश नं १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नं २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरेको छ । सरकारले प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको छ । पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पटक पटकका वार्तामा आफ्नो दलले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दि“दै आएको बताउँदै २ नं प्रदेशको निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गर्नुभयो । सुरुमा एकै चरणमा गत वैशाख ३१ का लागि निर्धारित मितिमध्ये चार
More

एनआरएनको समूहिक लगानीमा बन्दै गरेको २७ मेगावाट आयोजनाको आईपीओ बिक्री खुला

हिमालयन पावर पार्टनर कम्पनीले असार १ गते बिहीबारदेखि सर्वसाधरणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ । । एक सय रुपैयाँ अंकित मूल्यमा कम्पनीले २१ करोड ३० लाख रुपैयाँ बराबरको २१ लाख ३० हजार ८३४ कित्ता आईपीओ निश्काशन गरेको हो । कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि बढीमा दश हजार कित्तासम्मका लागि असार पाँच गतेसम्म आवेदन दिन पाईनेछ । कहाँ बाट गर्ने आवेदन ? कम्पनीको साधारण सेयरमा ग्लोबल आइएमई क्यापिटल जमल, हिमालयन पावर पार्टनर लिमिटेडको कार्यालय पानी पोखरी, ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयहरु लगायत आश्वा सेवा अनुमति प्राप्त ५२ वटा बैंक तथा वित्तीय संस्थाका ७५ जिल्लामा रहेका दुई हजार
More

कक्षाकोठाको अभावमा विद्यार्थी त्रिपालमुनि बसेर पढ्न बाध्य

बेनी । प्रचण्ड गर्मी अनि असार महिनाको सुरुवातसँगै प्रि मनसुनको पूर्व समय । दिनहुँ चर्को घाम लाग्ने, हावाहुरी चल्ने र एकैछिनमा गड्याङगुडुङसहित ठूलो पानी पर्ने । घाम लाग्दा पोल्छ, पानी पर्दा चुहिन्छ र हावाहुरी चल्दा त्रिपाल च्यातिने तथा उडाउने डर छ उनीहरुलाई बाँस र काठको भरमा त्रिपालको छेउछाउका टुप्पामा डोरी बाँधेर बनाइएको छानो कति बेला भत्कने हो थाहा छैन । पढ्ने समयमा कतिबेला छाना उडाइदिन्छ हावाले भन्ने मात्रै डर छ मनमा । हो, यस्तै समस्या भएको छ पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बुद्धि विकास माविमा अध्ययनरत विद्यार्थीलाई । उनीहरु कक्षाकोठाको अभावमा त्रिपालमुनि बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको भवन
More

एभरेष्ट म्युजिकल ब्लाष्टपछी आईडलको तयारी

लन्डन । गायक रेवत राई र गायिका मेलिना राई सहित बेलायतकै लोकप्रिय कलाकार समेटेर ई-मिडिया हब लिमिटेड युकेले “एभरेष्ट म्युजिकल ब्लाष्ट” सफलता पूर्बक सम्पन्न गर्दै महत्वकांक्षी अर्को ईभेन्ट “एभरेष्ट आईडल” को तयारी तिब्र पारेको छ । एड्मिन सेलको ब्यबस्थापनमा “एभरेष्ट म्युजिकल ब्लाष्ट” को अन्तिम कार्यक्रमको समापन पश्चात कलाकार, प्राबिधिक लगायत सहयोगीहरुलाई धन्यबाद सहित बिदाई कार्यक्रम कलाकार, सहयोगी, प्राबिधिक र मिडिया पार्टनर सबैलाई प्रसंसा-पत्र प्रदान गर्दै गत जून १२ तारिख साँझ बिदाई र धन्यबाद कार्यक्रम रात्री-भोज सहित सम्पन्न भएको छ । कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै सिईओ ईश्वर चम्लिङले कलाकारहरुको अरु प्रगतिको कामना गर्दै आगामी पाँच बर्ष भित्र ई-मिडिया हब लिमिटेडका सबै
More

बेनी बजार

म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल बेनपा-२ खबराको लब्ली हिलबाट देखिएको बेनी बजारको सुन्दर दृष्य । बेनी बजार म्याग्दी जिल्लाको सदरमुकाम हो । तस्बिर: धु्रबसागर शर्मा
More