Daily Archives 18th June 2017

पत्रकारका लागि अमेरिकामा आठ हजार डलर संकलन

हाेमप्रसाद लम्साल, टेक्सास (अमेरिका)- नेपालमा कार्यरत पत्रकारहरुका लागि आवश्यक पर्दा सहयोग गर्न स्थापित नेपाल अमेरिका पत्रकार संघ नेजाद्वारा स्थापित कोषका लागि हिजो सम्पन्न नेजा नाईटमा आठ हजार अमेरिकी डलर संकलन भएको छ। नेजाले नेपालमा जोखिममा काम गरिरहेका पत्रकारहरु जो दुर्घटनामा पर्दा, बिरामी हुँदा, वा मृत्यू हुँदा आवश्यक सहयोग गर्नका लागि स्थापित सो कोषको लागि टेक्सासको डालासमा आयोजित एक च्यारिटी सो मा उक्त रकम जम्मा भएको हो। च्यारिटी सोमा स्पोन्सर र टिकट विक्रीबाट आठ हजार डलर संकलन भएको नेजाका अध्यक्ष भोला आचार्यले बताए। यस रकम आगामी दिनमा पत्रकार र उनका परिवारका लागि अवस्था हेरेर सहयोग गरिने भएकाले आगामी दिनमा अरु कार्यक्रमहरु
More

कीर्तिमानी आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु

टेक्सस (अमेरिका) — कीर्तिमानी आरोही तथा अल्ट्रा सञ्जय पण्डितको अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ। प्युठान घर भएका उनको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा अल्टिच्युडका कारण मृत्यु वासिङ्टन डिसीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। ‘नेपालस्थित उनको परिवारलाई दूतावासले घटनाको जानकारी दिएको छ। हामी उनको शवलाई नेपाल पठाउन तयारी गरिरहेका छौं’, श्रेष्ठले भने। दूतावास प्रवक्ता जीवनप्रकाश श्रेष्ठका अनुसार हिमाल चढ्ने क्रममा खराब मौसमका कारण पण्डितको मृत्यु भएको हो। ‘नेपालस्थित उनको परिवारलाई दूतावासले घटनाको जानकारी दिएको छ। हामी उनको शवलाई नेपाल पठाउन तयारी गरिरहेका छौं’, श्रेष्ठले नागरिकन्युजसँग भने। अलास्का राज्यको डेनाली नेशनलपार्कस्थित सो हिमाल आरोहरणका गर्न गएका उनको शुक्रबार मृत्यु भएको
More

स्कटल्याण्डमा नेपाली भाषाकक्षालाई नेशनल लोटरीको सहयोग

बेलायतको स्कट्ल्याण्ड एबर्डिनमा नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपाली बालबालीकाहरुलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको आज तीन ३ बर्ष पुरा भएको छ । यही उपलक्ष्यमा एउटा बिशेष कार्यक्रमको आयोजना गरी संस्थाले नेपाली भाषा कक्षालाई निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गरेको छ । नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देस्यले हरेक २ हप्तामा २ घण्टाको दरले कक्षा बिगत ३ बर्ष देखी सन्चालन गरिदै आएको छ । एसोसिएसनले नेपाली अभीभावकहरुकै सहयोग लिएर स्वयम सेबक शिक्षकहरु मार्फत कक्षा सन्चालन गरिरहेको संस्थाका अध्यक्ष मीन भट्टले जानकारी गराउनु भयो । ​एबर्डीन स्कट्ल्याण्डको माइल इण्ड प्राइमरी स्कुलमा औपचारिक कार्यक्रमसहित ३ बर्ष
More

राष्ट्रपति भण्डारीलाई स्वागत

राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्याण्डको जेनेभामा आयोजना भएको १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको भाग लिएर आइतबार फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर: रोशन सापकोटा
More

राजपाका नेता कार्यकर्ताविरुद्ध मुद्दा

उर्लाबारी । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले अवान्छित गतिविधि गरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) का १४ जना नेता कार्यकर्ता विरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले उनीहरु विरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताउनुभयो । राजपा नेता मोहम्मद कादिर, राधे कामतलगायतका विरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता गरिएकामध्ये अन्य १२ जनाको नाम भने प्रहरीले खुलाएको छैन । विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालय घेराउ गर्न गएका बेला उनीहरुलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।
More

झडपमा एकजनाको मृत्यु

बाजुरा । स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय जाने क्रममा झडप हुँदा आज एकजनाको मृत्यु भएको छ । जिल्लाको छेडेदह गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा स्थानीय ५६ वर्षीय हंशबहादुर रावतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिनुभयो । मनोनयन गर्न जाँदा दुवै पार्टीका कार्यकर्ताले नारा जुलुस गर्ने क्रममा झडप भएको बोगटीले बताउनुभयो । गम्भीर घाइते भएका रावतलाई उपचारका लागि सदरमुकाम मार्तडी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो । रावत एमाले कार्यकर्ता रहेको बुझिएको छ । दुवै पक्षबीच ढुङ्गा हानाहान हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
More

एनआरएन यूरोप सम्मेलनमा परराष्ट्र मन्त्रीलाई आमन्त्रण गरिने

लन्डन । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय सम्मेलनको प्रमुख अतिथिका रुपमा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आमन्त्रण गरिने भएको छ । जुलाईको अन्तिम साता जर्मनीको फ्याङफर्डमा आयोजना हुने १० औं क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रुपमा मन्त्री महरालाई आमन्त्रण गरिने निर्णय भएको गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्यले जानकारी दिए । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रको आइतबार सम्पन्न बैठकले मन्त्री महरालगायत यूरोपस्थित नेपाली मिसनका प्रमुखहरुलाई क्षेत्रीय सम्मेलनमा आमन्त्रण गर्ने निर्णय गरेको हो । गैरआवासीय नेपाली संघको काठमाडौंमा बन्दै गरेको भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन केन्द्रीत हुने सम्मेलनमा प्रायोजकहरुलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले गैरआवासीय नेपाली संघको यूरोप
More

प्रबासी नेपाली मंच बेलायतको रेडिंग चौथो अधिबेशन सम्पन्न

लण्डन । प्रबासी नेपाली मंच बेलायत अन्तर्गत रेडिंग इलाका कमिटिको चौथो अधिबेशन तथा बार्षिक पारिबारिक भेटघाट एक भब्य समारोह बीच रेडिंगको थेम्स भ्याली पार्कमा सम्पन्न भयो । उक्त अधिबेशनले प्रतिमा केसीको अध्यक्ष्यतामा २२ सदस्यीय इलाका कमिटि चयन गरेको छ । कमिटिमा उपाध्यक्ष्य नारायण कंडेल र सचिब कृष्ण आचार्य चयन भएका छन भने सल्लाहकारहरुमा प्रा. नारायण गुरुङ तथा डा. त्रिलोचन उप्रेती रहेको कुरा निर्बाचन कमिटिका सदस्य डा। कृष्ण रेग्मीले बताएका छन । उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रबासी नेपाली मंचका अध्यक्ष्य राम शरण सिम्खडाले रेडिंग इलाका कमिटिको अधिबेशन सफलताको कामना गर्दै निबर्तमान कमिटिको प्रशंसा गरेका थिए । उनले आफ्नो शुभकामना
More

वेम्बली एरेनामा फेरी रचियो इतिहास्

लण्डन। लण्डनको वेम्बली एरेनामा नेपालका चारवटा चर्चित व्याण्डहरुले एकैपटक कार्यक्रम गरेर इतिहास रचेका छन्। कुटुम्ब, एलबाट्रोस, एज व्याण्ड तथा ट्राभेलिङ व्याण्डका बिपुल क्षेत्रीले शनिबार साँझ हजारौं युवा दर्शकहरुलाई नचाएका थिए। बी फेस्ट र पर्चा प्रोडक्सनद्वारा आयोजित जून फेस्टीभल २०१७ मा भाग लिन २५ जना कलाकारहरु गत बुधबार र बिहीबार लण्डन उत्रिएका थिए। चर्चित कुटुम्ब व्याण्डका कलाकारहरुले बाँसुरी, सारङ्गी, धीमे, जस्ता बाजाहरु बजाउँदै आफ्नो प्रस्तुति गरेका थिए। त्यस्तै रक संगीतकालागि चर्चित द एज व्याण्डका कलाकारहरुले पनि आफ्ना एल्बमका गीतहरु सुनाएका थिए। एलबाट्रस व्याण्डका कलाकारहरुले पनि चर्चित गीतहरु प्रस्तुत गरेका थिए। अर्का चर्चित गायक बिपुल क्षेत्रीले अल्लारे जीवन लगायतका लोकप्रिय गीतहरु गाउँदा
More

यती कार्पेटमा पुनः आगलागी

भक्तपुर । यती कार्पेट कारखानामा पुनः आगलागी भएको छ । भक्तपुर नगरपालिका–२, इँट्टापाकेस्थित सो कारखानामा गए राति ११ बजे लागेको आगो आज बिहान ८ बजे नियन्त्रणमा आए पनि अपराह्न १ बजे पुनः आगलागी भएको हो । पुनः लागेको आगोले कारखानासँगै रहेको कृष्णराम पाँटीको तीनतले घरमा समेत क्षति पुगेको छ । अपराह्नको आगो आधा घन्टापछि जुद्ध वारुणयन्त्र भक्तपुरका दुई दमकल र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको एक ट्यांकरको सहायताले नियन्त्रणमा लिइएको थियो ।
More