Daily Archives 19th June 2017

भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको चुनावको लागि उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । आइतबार भएको उम्मेदवारी मनोनयन दर्तामाथि सोमबार परको दाबी विरोधको छानबिनपछि उम्मेद्वारको नामावली सार्वजनिक गरिएको हो । उम्मेदवारी फिर्ता लिन चाहनेलाई मंगलबारको समय दिइएको छ । उम्मेदवारी फिर्ता पछि मंगलबार नै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र चुनाव चिन्ह वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । आगामी १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावका लागि ३ वटा प्रदेशका ३ सय ३४ वटा स्थानीय तहमा १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । आयोगको अनुसार झण्डै चार गुणा बढी उम्मेदवारी परेको छ । दलहरुले शनिबारदेखि नै चुनावी
More

बधाई तथा शुभकामना

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिंदै नेपाल पत्रकार महासÂङ्घका अध्यक्ष डा महेन्द्र विष्ट लगायत । तस्बिर : रोशन विष्ट
More

अलपत्र २८ नेपाली स्वदेश फिर्ता (नामावलीसहित)

काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई स्वदेश फर्काएको छ । दूतावासले आफ्नै पहलमा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका नेपालीलाई नेपाल पठाएको हो । नेपाली दूतावासको टोलीले एक साताअघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो । दूतावासले क्वालालम्पुरमा अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहने जनाएको छ । दूतावासका अनुसार शङ्खलाल गोले (पर्सा), मनिराम बेङ्गासी (धनुषा), सञ्जयकुमार नेपाली (सर्लाही), सनम लिम्बू (धनकुटा), दीपेश लिम्बू र राजकुमार राई (सुनसरी), सन्तोष अधिकारी (कपिलवस्तु), मुकेशराज यादव (रौतहट), मनोजकुमार नेपाली (सिन्धुली), मनबहादुर तामाङ (काभ्रेपलान्चोक), खड्का लिम्बू (ताप्लेजुङ), निकेश कार्की (काठमाडौँ), विवश राई (खोटाङ),
More

आकासमै जन्मियो बच्चा

मुम्बइ । एक भारतीय महिलाले जहाजमा यात्रा गरिरहेको समयमा आकासमै बच्चा जन्माएकी छिन् । अन्तर्राष्ट्रिय उडान भरिरहेको सो विमान करिब ३५ हजार फिटको उचाइमा रहेका बेला विमानमा नै उनले छोरा जन्माएकी हुन् । नाम नखुलाइएकी एक २० बर्षीया भारतीय महिलाले उनलाई चिकित्सकले दिएको समय भन्दा अगावै सो बच्चा जन्माएको बताइएको छ । साउदी अरेबियाको दामानबाट दक्षिण भारतीय राज्य केरलाको कोचीतर्फ गइरहेको जेट एयरवेजको बोइङ ७३७ विमानमा बच्चा जन्मिएको हो । जेट एयरवेजले प्रकाशन गरेको विज्ञप्तिमा उडानकै क्रममा बच्चा जन्मिएपछि विमानलाई मुम्बइमा अवतरण गराई ती आमा र बच्चालाई अस्पताल पु-याइएको छ । बच्चा र आमाको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको छ
More

संबैधानिक परिषद् बैठक

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको संबैधानिक परिषद्को बैठकमा सहभागी हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायत । तस्बिर : रोशन सापकोटा
More

पक्राउ परेका व्यक्ति हतकडीसहित फरार

सिन्धुली । प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति गए राति फरार भएका छन् । सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरी चौकीबाट हतकडीसहित उनी फरार भएको हो । फरार हुनेमा तीनपाटन गाउँपालिका–११ लाम्पान्टारका २३ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको छ । श्रेष्ठले मदिरा सेवन गरी श्रीमती, परिवारका सदस्य तथा छिमेकी समेतलाई कुटपिट गरेको उजुरी परेपछि प्रहरी चौकी चकमकेले आइतबार उनलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका श्रेष्ठलाई प्रहरी चौकीमा नै प्लास्टिकको कुर्सीमा पछाडि हात राखेर बाँधी हतकडी लगाएको थियो । फरार श्रेष्ठको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले बताउनुभयो ।
More

राजेन्द्र महतोलाई पितृ शोक

सर्लाही । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोलाई पितृ शोक परेको छ । उनका बुबा खोभारी महतोको आज बिहान पाँच बजे एकसय वर्षको उमेरमा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिकाको बैलवासमा निधन भएको हो । राजेन्द्र महतोका ठूलो दाई महेन्द्र महतोको घरमा उनको निधन भएको हो । उनको आजै बागमती कर्मैया घाटमा अन्तिम संस्कार गरिने बताइएको छ । अन्तिम संस्कारमा सहभागि हुन राजपाका शिर्ष नेताहरु पनि सर्लाही पुगेका छन् ।
More

प्रधानन्यायधीसको नाममा सहमति जुटेन

काठमाडौं । भावि प्रधानन्यायधीसको नाममा सहमति जुटाउन संबैधानिक परिषद असफल भएको छ । आज सिंहदरबारमा बसेको परिषदको बैठकमा कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीसमा सिफारिस गर्न प्रमुख प्रतिपक्षि दलले असहमति जनाएपछि वैठक निस्कर्षमा पुग्न नसकेको हो । पराजुलीले उमेर सच्चाएको भन्दै एमालेले उनलाई प्रधानन्यायाधीस बनाउन नहुने अडान राखेको हो । सहमति प्रयासका लागि परिषदको अर्को बैठक आगामी पन्ध्र गतेका लागि बोलाइएको छ । न्यायपरिषदले पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको छ । तिमध्ये एक जनाको नाम संबैधानिक परिषदले चयन गरेर संसदीय सुनवाइ समितिलाई सिफारिस गर्नेछ । सुशीला कार्कीले उमेर हदले
More

नेपालीनेपाली डट कमले आफ्नो तेस्रो बार्षिकोत्सव फ्रयाङफोर्डमा मनाउने

बार्सिलोना/ बिदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र सस्कृति सिकाउन प्रेरित गर्दै युरोपमा बिशेष कार्यक्रम हुने भएको छ। आगामी जुलाई २८ तारिख जर्मनीको फ्रयांकफर्टमा एक भब्य समारोह बीच कार्यक्रम हुन लागेको हो। युरोपको लोकप्रिय अनलाईन मिडिया नेपालीनेपाली डटकमले आफ्नो तेस्रो बार्षिकोत्सवको अबसरमा “हाम्रो भाषा र संस्कृति,पहिचानको आधार स्तम्भ” भन्दै सन्देश मुलुक कार्यक्रम गर्न लागेको हो। गैर आबासीय नेपाली संघका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको उक्त समारोहबाट प्रत्येक राष्ट्रिय समन्वय परिषदले कम्तीमा एउटा नेपाली भाषा कक्षा संचालन गर्न प्रेरित गरिने भएको छ। नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले युरोपभर नेपाली बालबालिकाहरु कसरी नेपाली भाषा सिकिरहेका छन् यो बारे बिशेष
More

लन्डन टावर आगलागीमा मृतक संख्या ७९ पुग्यो

लन्डन । पश्चिम लन्डनको नटिङहिल नजिक रहेको २४ तले आवासीय भवनमा बुधबार बिहान भीषण आगलागी हुंदा मर्नेको संख्या ७९ पुगेको छ । प्रहरीले मृतक संख्या अझ बढ्ने जनाएको छ । अस्पतालमा उपचारार्थ घाइते ३७ मध्ये १२ जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको र यसको वास्तविकता आउन समय लाग्ने जनाएको छ । अग्नी नियन्त्रकहरुले ७० जनाको सकुशल उद्दार गरेका छन् । नर्थ केन्जिङटनको ल्याटिमेर रोडमा अवस्थित १२० फल्याट रहेको ६८ मिटर अग्लो ग्रेनफेल टावर (अपार्टमेन्ट) मा राती करिब एकबजेतिर लागेको आगलागीबाट कयौं हताहत भएको अनुमान छ । भवनभित्र ४ देखि ६ सय मानिस रहेको
More