Daily Archives 20th June 2017

‘एनआरएन कप’ जर्मनीको ह्याम्वर्ग टिमको हातमा

लन्डन । नेपाली समुदाय जर्मनीमा फुटबलको बिकास गर्ने उद्देश्यका साथ स्थापना भएको एनआरएन जर्मनी कप ह्याम्वर्ग नेपाली कल्वले हात पारेको छ । मंगलवार ह्याम्वर्गमा सम्पन्न भएको फाइन खेलमा म्युनिख नेपाली टीमलाई १ बिरुद्ध २ गोलले आफ्नो जित निकाल्दै ह्याम्वर्गले सो कप हात पार्न सफल भएको हो । गैरआवासीय नेपाली संघ जर्मनीको आयोजनामा र एलसीसी सेस्सेनको संयोजनमा आयोजित सो खेल हेर्न जर्मनीका विभिन्न शहरबाट नेपालीहरु खेल मैदानमा उत्रिएका थिए । ८ टिमले प्रतिस्पर्धा गरेको खेलको अन्त्यमा विजेत तथा उपविजेताहरुलाई गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले प्रमाणपत्र तथा ट्रफी वितरण गरे । गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्यिाराका अनुसार खेल हेर्न
More

लन्डनमा अर्घाखाँची जिल्लाबासीको कुम्भमेला लाग्ने

लण्डन । नेपालका बिभिन्न जिल्लाबाट वेलायत आएर बसोबास गर्ने नेपालीहरु संगठित हुनेक्रम जारी छ । यसै सन्दर्भमा आपसी सहयोग र सदभाव बढाउने उदेश्यले अर्घाखाँची देखी वेलायत आएर बिभिन्न पेशामा सकृय नेपालीहरुको भेला हुने भएको छ । सो भेला आयोजक मध्यका एक जीव वेलवासेका अनुसार सो भेला १२ अगष्टमा लण्डनस्थित ह्यारोमा आयोजना गरिन् लागिएको हो । भेला सम्पन्न गर्नको लागि बालकृष्ण भुसालको संयोजकत्वमा एक समितिको समेत गठन गरिएको छ । समितिमा जीव बेलबासे, बिपी खनाल र तुङ्ग भद्र भुसाल तोकिएका छन् । सोही दिन अर्घाखाँची जिल्ला समाज वेलायतको गठन गर्न बालकृष्ण भुसालको संयोजकत्वमा एक निर्वाचन समन्वयन समिति गठन गरिएको छ ।
More

देश र नागरिकको हितमा काँग्रेसः नेता गगन थापा

इलाम । नेपाली काँग्रेसका युवानेता गगनकुमार थापाले अप्ठ्यारो परिस्थितिमा काँग्रेसले आफू हारेर पनि देशलाई जिताएको बताउनुभएको छ । काँग्रेस चुनाव प्रचार प्रसार समितिले इलामको माई नगरपालिका दानाबारीस्थित शुक्रबारे बजारमा आज आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेस नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वाेपरि ठानेर प्रदेश नं.२ को चुनाव सारेको स्पष्ट पार्नुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका नेता थापाले चुनाव सारेर राष्ट्रलाई निकास दिन खोजेको उल्लेख गर्दै सिङ्गो राष्ट्रलाई एकीकृत बनाउने प्रयास काँग्रेसको छ भन्नुभयो । देश र नागरिकको हितमा काँग्रेस दृढताकासाथ उभिएको छ भन्दै उहाँले तेस्रो चरणको निर्वाचन तोकिएकै मितिमा हुने र त्यसमा पनि राजपा भाग नलिए उसलाई नै घाटा हुने बताउनुभयो ।
More

भुटानी शरणार्थीहरु

१७ औं विश्व शरणार्थी दिवसका अवसरमा बेल्डाँगी शिविर व्यवस्थापन समिति र शनिश्चरे क्याम्प व्यवस्थापन समितिले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सहभागी भुटानी शरणार्थीहरु । तस्बिर : यज्ञराज आङदाम्बे
More

सरकारी साधन र स्रोतको दुरुपयोग भएको एमालेको आरोप

काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरी सत्ता, साधन र स्रोतको दुरुपयोगका कारण कपिलवस्तुमा बम विस्फोटको घटना भएको जनाएको छ । एमालेले आज विज्ञप्ति जारी गरी आफ्ना नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, ज्यान लिने, शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना गर्ने र सरकारी तहबाट आचारसंहिताको उल्लङ्घन गर्नेसम्मका क्रियाकलाप भएकामा ध्यानाकर्षण गराएको छ । यही असार ४ गते बाजुराको छेडेदह–६ मा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्न गइरहेको एमालेको जुलुसमाथि आक्रमण गरेर सत्ताधारी नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता हंसबहादुर रावतको हत्या गरेका एमालेको आरोप छ । “घटनामा संलग्न अपराधीहरुका विरुद्ध मुद्दा दर्ता गर्न खोज्दा सत्ताको दुरुपयोग गर्दै मुद्दा दर्ता गरिएको छैन
More

विराटनगरमा चार दलबीच रोचक प्रतिस्पर्धा

विराटनगर । राजनीतिक दलहरुबीच गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको छ । नेकपा (एमाले) तथा लोकतान्त्रिक फोरम नेपालबीच र सङ्घीय समाजवादी फोरम नेपाल तथा नेकपा (माओवादी केन्द्र) बीच प्रमुख र उपप्रमुख पदका लागि गठबन्धन भएका कारण निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको हो । सो गठबन्धनका कारणले महानगरपालिकामा प्रमुख पदका लागि चारवटा दलका बीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । विराटनगर महानगरपालिकामा प्रमुखको पदमा नेपाली काँग्रेसका भीम पराजुली, एमालेका विनोद ढकाल, उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादव र राप्रपाका प्रह्लाद साहबीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको सर्वसाधारण मतदाताले अड्कल गरेका छन् ।
More

भरतपुरमा च्यातिएका मतपत्र उपलब्ध गराउन आयोगलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र अदालत झिकाएको छ । भरतपुरको १९ नं. वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले च्यातिएका मतपत्र अदालतमा ल्याउन आदेश जारी गरेको हो । पटकपटक सरेको सुनुवाईमाथि आज निर्णायक आदेश आउने भनिएता पनि सर्वोच्च अदालतले मतगणनाको क्रममा च्यातिएको मतपत्र झिकाउन आदेश जारी गरेको हो । सर्वोच्च अदालतले सुनुवाई गर्दै महानगरमा मतगणना गर्ने र वा पुनः मतदान भन्ने विषयमा च्यातिएको मतपत्र हेरेपछि मात्र निर्णय लिन सकिने भन्दै च्यातिएका मतपत्र झिकाउन निर्वाचन आयोगले अन्तरिम आदेश दिएको छ । कायमुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश
More

तारा नेसनल योङ राइटर्स अवार्डको टप टेनमा

लन्डन । बेलायतभरिबाट टप टेनमा छानिएपछि एउटी स्कुले किशोरीले राष्ट्रिय लेखन प्रतियोगिता जित्ने मौका पाएकी छिन् । उप्टन कोर्ट ग्रामर स्कुलकी छात्रा १३ वर्षीया तारा सापकोटाले नेसनल योङ राइटर्स अवार्डस २०१७ को क्षेत्रीय राउन्ड जितेकी छिन् । स्लोघकी ताराले ‘सिड अफ लाइफ’ नामको कथाबाट निर्णायकहरुको मन जितेकी हुन् । जसमा मानिसहरुको एउटा समूह रहस्यमय रोगको उपचार खोज्दै अर्को ग्रहमा पुग्छ । यी भाग्यमानी राष्ट्रिय विजेतालाई उनीहरुकै स्कुलमा वाइल्डलाइफ टेलिभिजनका प्रस्तोता तथा राइटर स्टिभ ब्याकसालले पुरस्कृत गर्नेछन् । स्टिभले विजेतालाई एउटा ट्रफी, विजेता र उनका परिवारलाई डिस्नेल्यान्ड पेरिसको ट्रिप तथा उनीहरुको स्कुललाई पाँच सय पौन्डको पुस्तक प्रदान गर्ने बताइएको छ ।
More

Tara Sapkota has the chance to win a national writing competition

A SCHOOLGIRL has the chance to win a national writing competition after making the final as one of ten pupils from across the UK. Tara Sapkota, 13, an Upton Court Grammar School pupil, won the regional round of the National Young Writers’ Awards 2017. Tara, from Slough, impressed with her story ‘Seed of Life’ about a group of people who set out in search of a cure to a mystery illness on another planet. The lucky national winner will be surprised in their own school today (Tuesday) by wildlife TV presenter and writer, Steve Backshall. Together with tuition provider Explore
More

एनआरएन बेल्जियममा पुनः गंगाधर गौतमको उम्मेद्धवारी

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको लागि वर्तमान अध्यक्ष गंगाधर गौतमले पुनः उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको अगष्ट महिनामा हुने निर्वाचनको लागि उनले आफुलाई सर्वसम्मत उम्मेदवार रुपमा प्रस्तुत गरेका हुन् । गौतमले एनआरएन बेल्जियमा फेरी निर्वाचन हुने वातावरण नहोस् भन्ने उदेश्यले आफुले पुनः उम्मेदवारी घोषणा गरेको वताए । गौतमले आफ्नो नाममा सर्वसम्मत हुने समेत दावी गरे । उनले नेपाली जनसम्पर्क समितिका सबै साथीहरुले एक भएर सहयोग गरे आफु सर्वसम्मत अध्यक्ष बन्ने वताए । यसअघि नेपाली जनम्पर्क समिति बेल्जियमले सुभास जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । गौतमले सर्वसम्मत हुने अवस्थामा मात्र आफ्नो उम्मेदवारी कायम रहने
More

‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’

बागलुङ । राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग जुटाउन यहाँ ‘महावीर पुनलाई हाम्रो साथ’ अभियान सुरु भएको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेका सो अभियान केन्द्रका अध्यक्ष पुनले शुभारम्भ गर्दै समुन्नत देश बनाउन आविष्कार केन्द्रको आवश्यकता परेको बताउनुभयो । सो केन्द्रका लागि बौद्धिक तथा आर्थिक सहयोगका साथै समय दिन सबै नेपालीमा आह्वान गर्दै उहाँले विदेशी मुलुकमा समेत आविष्कार केन्द्रका लागि आर्थिक अभियान चलेको जानकारी दिनुभयो । “म सरकार र आम नेपालीलाई यसको महत्व बुझिदिन आग्रह गर्छु”, पुनले भन्नुभयो, “यो सम्पन्नशाली नेपाल बनाउने महाअभियान हो ।” प्रतिष्ठित म्यागासेसे पुरस्कारका विजेता समेत रहनुभएका उहाँले केन्द्रलाई गरिने सहयोग देशका लागि
More

नेपाल-चीन परामर्श संयन्त्रको बैठक

चार वर्षको अन्तरालमा नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक मङ्गलबार परराष्ट्र मन्त्रालयमा सुरु हुँदै । तस्बिर : रोशन सापकोटा
More

राजपाकै समझदारीमा निर्वाचन सारिएको : नेता निधि

चितवन । नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीको समझदारीमा नै २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताउनुभएको छ । आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजपाले २ र ५ नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको भएपनि कानुनी समस्याका कारण २ नम्बर प्रदेशको मात्रै स्थानीय तहको निर्वाचन असोजमा सारिएको बताउनुभयो । दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा काँग्रेस पहिलो शक्ति हुने दाबी गर्दै नेता निधिले असार १४ गतेको निर्वाचन प्रारम्भ भइसकेकाले कसैको तागतले रोक्न नसक्ने समेत बताउनुभयो । एक फरक प्रसङ्गमा बोल्दै नेता निधिले भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गर्न सर्वोच्चले रोक्न नहुने बताउनुभयो ।
More

भारतमा सन् २०१२ सम्झाउने अर्का बलात्कारको घटना

नयाँ दिल्ली । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्का घटना सोमबार राति भएको छ । भारतीय राजधानी क्यापिटल नजिकै एकजना ३५ बर्षीया महिलालाई अपहरण गरेर कारमा हाली तीन जनाले चार घन्टासम्म बलात्कार गरेको घटनाको समाचार मङ्गलबार भारतीय मिडियाहरुमा छ्याप्छ्याप्ती आएको छ । प्राप्त समाचारअनुसार सोमबार राति ती महिलालाई नयाँ दिल्लीबाट करिब ३० कीलोमीटर परको सोहना सडकमा हिँडिरहेको बेलामा नाटकीय रुपमा अपहरण गरी गुडिरहेको कारमा राखिएको थियो । सो कारमा चार घन्टासम्म राखेर कारमा रहेका तीन जनाले बलात्कार गरेको महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् । राति अपहरणमा परेकी
More

हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठनमा नयाँ नेतृत्व

काठमाडौं । हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। आइबार सम्पन्न प्रतिष्ठानको साधारण सभाले १८ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । मगर अघिल्लो कार्य समितिमा अध्यक्ष हुनुनुहन्थ्यो भने कृष्ण रानाभाट सचिव हुनुहुन्थ्यो । नवनिर्वाचित केन्द्रीय कार्य समितिको प्रथम उपाध्यक्षमा लछुमन चौलागाई, वरिष्ठ उपाध्यक्षमा आशिक राई, तृतिय उपाध्यक्षमा पत्रकार नआनन्त प्रसाद अर्याल र महिला उपाध्यक्षमा कमला पोखरेल तथा कृष्ण रानाभाट महासचिव, पत्रकार राज कुमार राई सचिव तथा मेनुका घिमिरेले कोषाध्यक्षको निर्वाचित हुनुभएको छ । पत्रकार छिरिङ मिङग्यूर शेर्पा , उत्सव वाग्ले, विनिता राई, डि।वि तामाङ, शर्मिला के।सी।
More

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चिह्न आज प्रदान गरिने

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत आइतवार उम्मेदवारी मनोनयन गरेकाहरुको अन्तिम नामावली आज प्रकाशित गरिँदै छ । आफ्नो नाम फिर्ता लिन चाहने उम्मेदवारले बिहान ८ बजेदेखि ११ बजेसम्म फिर्ता लिन सक्ने छन् भने ११ बजेदेखि साढे ११ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने छ । आजै उम्मेदवारहरुले चुनाव चिह्न पनि पाउने छन् । निर्वाचन आयोगले सम्बन्धित केन्द्रहरुमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र चुनाव चिह्न प्रदान गर्ने छ । उम्मेदवारहरुमाथि दावी विरोधको सूचना दिने र छानबीन गर्ने समय भने हिजो साँझसम्मका लागि तोकिएको थियो । असार १४ गते हुने ३ सय ३४ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले आइतवार
More

दार्जिलिङमा इन्टरनेट सेवा बन्द गर्न बंगाल सरकारको निर्देशन

इलाम । अलग गोर्खाल्याण राजयको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा निरन्तर भइरहेको अनिश्चितकालीन बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र लेखेरै सेवा बन्द गर्न निर्देशन दिएको छ। इन्टरनेट बन्द भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता र कतिपय सेवा प्रदायक समेत मारमा परेको गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले जानकारी दिनुभयो। उहाँले बंगाल सरकारको सो कदमलाई ‘राज्य आतंक’ को संज्ञा दिनुभएको छ। बंगाल सरकारले इन्टरनेटको कारण हिंसा भड्कने भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो। बंगाल सरकारको पहाड तथा गृह मामिला विभागले पत्रप ठाएर सेवा बन्द गर्न लगाएको हो। आन्दोलनकारीले फोटो र भिडियो मार्फत सूचना प्रवाह गरेको बंगाल सरकारको
More

निर्वाचन हुने ३५ जिल्लामा ४ दिन विदा

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागी निर्वाचन आयोगले निर्वाचन हुने ३५ जिल्लामा ४ दिन सरकारी तथा निजी शिक्षण संस्थानमा सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको छ । आयोगले मतदानका लागि अधिकांश मतदान केन्द्र विद्यालय र क्याम्पसमा भएकोले उक्त विदाका लागि अपिल गरेको जानकारी दिएका छन् । त्यस्तै आयोगले असार १४ गते सार्वजनिक बिदा मिलानका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ । आयोगले उम्मेदवारी दर्ता गर्ने क्रममा बाजुराको छेडेदह गाउँपालिकामा भएको झडपमा हंसबहादुर राउतको निधनप्रति शोक प्रकट गरेको छ । त्यस्तै निर्वाचनलाई शान्तिपुर्ण बनाउनका लागि संयमता अपनाउन दलहरुलाई आग्रह गरेको छ ।
More

राजदूत राणालाई जापानवासी नेपालीको सम्मान

टोकियो । जापानका लागि नवनियुक्त नेपाली राजदूत प्रतिभा राणालाई यहाँ क्रियाशील दर्जनभन्दा बढी सङ्घसंस्थाले आइतबार सम्मान गरेका छन् । राजदूत अभावमा लामो समयदेखि कार्यवाहक राजदूतले सम्हाल्दै आएको कार्यभार महिला प्रतिनिधि भएर पनि राजदूत भएर आएकोमा टोकियोमा सम्मान गरिएको हो । गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा यहाँका सक्रिय दर्जन बढी सङ्घसंस्थाका प्रतिनिधिले राजदूत राणालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । टोकियो महानगरपालिकाको सिंजुकु सहरको प्रिन्स होटलमा आयोजित सम्मान कार्यक्रममा चार दर्जनभन्दा बढीले प्रत्यक्ष सहभागिता जनाएर जापानका लागि महिला अभिभावक पाएकोमा खुसी व्यक्त गरेका थिए । उनीहरुले विगतमा कार्यवाहक राजदूतले गरेका राम्रा कामको अनुशरण र नयाँ काम छिटोछरितो तथा नेपाल–जापान सम्बन्ध अझ
More

सेवा सुविधा नलिने घोषणा

इलाम । नेपाली काँग्रेस इलाम नगरपालिका–३ का वडाध्यक्षका उम्मेद्वार तीर्थराज गुरुङले आफू विजयी भएमा राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि रासससँग संक्षिप्त कुराकानी गर्दै गुरुङले राज्यबाट प्रदान गरिने सेवा सुविधा सबै जनताको हितमा खर्चिने घोषणा गर्नुभएको हो । “मैले जितेँ भने राज्यले पाँच वर्षमा कम्तीमा रु १५ लाख देला, त्यो रकम सबै गाउँको विकासमा लगाउँछु,” गुरुङ भन्नुहुन्छ “यहाँको जनतालाई सर्वाेपरि ठानेर काम गर्नेछु ।” इलाम नगरपालिका–३ साविक पुवामझुवा गाविस हो । यो विकास र शिक्षाको दृष्टिकोणले पछि परेको गाउँ हो । यहाँको दलित बस्तीमा खानेपानी,
More