Daily Archives 24th June 2017

गुरिल्लाशैलीमा पत्रकार महासंघ यूरोपको अधिवेसन भन्दै स्थगनको माग

लण्डन । नेपाल पत्रकार महासंघ युरोप शाखाको शनिवार (आज) का लागि तय भएको अधिवेशन विवादमा परेको छ । शाखाका महासचिवसहित अधिकांश पदाधिकारीले असन्तुष्टि जनाउँदै स्थगनको माग गरेपछि अधिवेशन विवादमा परेको हो । शनिवार शाखाका महासचिव प्रकाश ढकालसहितको टोलीले महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टलाई एक ध्यानार्षण पत्र लेख्दै महासंघको वैदेशिक नियमावली विपरित हुन लागेको अधिवेशन तत्काल स्थगन गर्न आग्रह गरिएको छ । अध्यक्ष डा. विष्टलाई लेखिएको पत्रममा नेपाल पत्रकार महासंघ युरोप शाखाले अधिवेशन गर्ने भनी सूचना जारी गरेकोमा केही गम्भीर प्रश्न खडा गरेको भन्दै गुपचुप अधिवेशन गर्न लागिएको आरोप लगाएका छन् । शनिवार आयोजना हुने भनिएको अधिवेशनका लागि स्थल र सदस्यता
More

पाहुनाको स्वागतमा युवती

पाहुनालाई स्वागत गर्न आफ्नो भेषभुषामा सजिएका गोरखा धार्चे गाउँपालिका लाप्राकका युवतीहरु । तस्बिर : प्रशन्न पोखरेल
More

एमालेको विजयलाई कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

उर्लाबारी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पहिलोचरणको भन्दा दोस्रोचरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुने दाबी गर्नुभयो । एमालेले राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै ओलीले भन्नुभयो – “राष्ट्रिय झन्डा च्यातिदा चुप लागेर बस्ने अनि एमालेले उठाउँदा आपत्ति जनाउने ”। यो निर्वाचनमा एमालेले जित्नेमा कुनै शङ्का नरहेको भन्दै उहाँले भन्नुभयो – “उर्लाबारीको समग्र विकासका लागि गुरुयोजना बनाएर एमाले अघि बढ्छ । हिजोका दिनमा
More

नेपाली सेनाद्वारा बम निष्क्रिय

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार धीरज शर्माको घरमा फेला परेको बम आज नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । बर्दघाटस्थित शर्माको घरको मूलगेटमा फेला परेको सकेट बमलाई बज्रदल गणको टोलीले नजिकैको खुल्ला चौरमा लगेर निष्क्रिय गरेको हो यद्यपि बम किन र कस्ले राखेको हो यसबारे केही खुलेको छैन् । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा यसरी उम्मेदवारको घरमा बम फेला पर्ने घटना बाहिर आएपछि आम जनमानसलाई थप त्रसित बनाएको छ ।
More

अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ

गाईघाट । अमेरिकालगायत अन्य देश पठाउन सक्ने एजेन्ट भएको भन्दै उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आफ्नो स्थायी घरको ठेगानासमेत सत्य, तथ्य नबताएर फरक फरक स्थान बताउने र ठगी गर्दै हिँड्ने ३५ वर्षका सुप्पा तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कहिले आफ्नो स्थायी घर नुवाकोट– २ देउराली र कहिले पोखराको लेखनाथ नगरपालिका– ३ बताउने र भारतको हरियानासमेत घर बताउँदै हिँड्ने तामाङले त्रियुगा नगरपालिका– १२ का सानु श्रेष्ठको ज्वाइँलाई विदेश पठाउने भन्दै पहिला रु ३५ हजार पेस्की लिएर अन्य व्यक्तिसमेत खोजी दिन भन्दै ठगी गरेको प्रहरीले बताएको
More

बेलायतमा हुने फिल्मफेयर अवार्डमा नेपालबाट ५० जनाको टोली जाँदै

काठमाडौं । आगामी असार १७ गते अर्थात् जुलाई १ तारिखमा बेलायतमा हुने ‘बक्स अफिस फिल्म फेयर अवार्ड’को तयारी अन्तिम चरणमा पुगेको छ । थर्ड आई नामक संस्थाले जुलाई १ तारिख साँझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्दैछ । हलको समेत सिंगारपटार चल्दैछ । थर्ड आईका विकास देवकोटाका अनुसार ०७३ सालभर प्रदर्शन भएका करिब ९० नेपाली चलचित्रबाट ३२ विद्यामा अवार्ड दिइनेछ । अवार्डका लागि शिव श्रेष्ठ, भुवन केसी, करिष्मा मानन्धर, आर्यन सिग्देल, प्रियंका कार्की, दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, अनमोल केसी सन्चारकर्मी एवं कलाकार श्याम अर्याललगायतका ५० जनाको टोली आगामी बुधबार बेलायततर्फ जाँदैछ । अमेरिकाबाट कम्तीमा १० जना कलाकार पुग्ने
More

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने !

नवलपरासी । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता हृदयेश त्रिपाठीले तीन बुँदे सहमति कार्यान्वयन गर्नुभन्दा आफू खुसी दुई नम्बर प्रदेशको निर्वाचन सारेर सरकारले उल्टै आफूहरुलाई एक्ल्याउन खोजेकाले असार १४ पछि समर्थन गर्न नसकिने बताए । प्रदेश नम्बर दुईमा असोज दुई गतेका लागि तोकिएको तेस्रो चरणको निर्वाचन सफल हुन नसक्ने दाबी गर्दै नेता त्रिपाठीले त्यसपछि मुलुकमा गंभिर संकट आउने चेतावनी दिए । उनले प्रदेश नम्बर ५ मा केही नेता तथा कार्यकर्ताले चुनावमा आफूखुसी भाग लिएकाले उनीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी समेत दिए ।
More

कहिलेसम्म जलिरहने दार्जिलिङ ?

काठमाडौं । नेपाली भाषी दार्जलिङबासी यतिबेला आन्दोलनमा छन् । पश्चिम बंगाल सरकारले त्यहाँका सवै विद्यालयहरुमा वंगाल भाषालाई एक देखि दश कक्षासम्म अनिवार्य बनाए पछि नेपाली भाषी आक्रोसित वनेका हुन् । उनीहरुले मुख्य मन्त्री ममता बेनर्जी विरुद्ध आक्रोश पोख्दै उनको पुत्ला दहनबाट सृुरु गरेको आन्दोलनमा प्रहरी हस्तक्षेप भयो । अनि, दिनदिनै सुरक्षाकर्मी र आन्दोलनकारीविच घम्साघम्सी भैरहेको छ । पश्चिम बंगाल सरकारले गरेको निर्णयले त्यस क्षेत्रमा वसोवास गर्ने वहुसंख्यक लेप्चा, तामाङ, गुरुङ र अन्य जातजातिको भावनामा ठेस पुग्यो । उनीहरुलाई लाग्यो सरकारले नियतवस नै आफूहरुको भाषा संस्कृतिमा प्रहार गर्दैछ । त्यसो त, नेपाली भाषीको आन्दोलन चर्किएपछि मुख्यमन्त्री बेनर्जीले पश्चिम वंगालका अन्य ठाउँमा
More

राप्रपाः बागीको साधारण सदस्यता खारेज गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ । पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीले यही असार १४ गते हुने तीन सय ३४ स्थानीय तहको निर्वाचनमा पार्टी मातहतका जनवर्गीय सङ्गठनलाई स्थानीय नगर तथा वडास्तरीय निर्वाचन समितिसँग समन्वय गरेर प्रचारप्रसार गर्न निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार सफलता प्राप्त गर्न नसकेपछि यस पटकको निर्वाचनमा
More

गुम्बा निर्माणका लागि रु साढे पाँच करोड सङ्कलित

पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा आधुनिक र सुविधासम्पन्न गुम्बा निर्माणका लागि हालसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ । चालिस वर्षअघि बनेको सानो गुम्बा जीर्ण, साँगुरो र बारम्बार आएका भूकम्पले क्षतिग्रस्त बनाएकाले झन्डै रु १० करोडको लागतमा नयाँ गुम्बाको निर्माण गर्न लागिएको बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो । उक्त रकम स्वदेश तथा विदेशमा बस्ने गुरुङ समुदायबाट प्राप्त भएको हो । उहाँका अनुसार निर्माणमा हुने कुल खर्चमध्ये रु दुई करोड २५ लाख पनि गुरुङ समुदायका विभिन्न सामाजिक संस्थामा प्राप्त भइसकेको र छिट्टै बौद्ध अघौँ सदनलाई हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो । गुम्बा
More