Daily Archives 26th June 2017

रु तीन करोडको लगानीमा बहुउद्देश्यीय होटल

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा रु तीन करोडको लगानीमा भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा एकै स्थानबाट दिने गरी होटल रिदम एण्ड अर्गानिक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । होटल तथा रेष्टुरेन्ट सञ्चालनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्देशक दीपक पौडेल शर्माले आर्थिकरुपमा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ आफूले होटलमा लगानी गरेको बताउनुभयो । “तत्कालका लागि रिदम फ्रेस हाउस, प्रतिभा टुर्स एण्ड ट्राभल्स, सुविधायुक्त लज र सभाहल सञ्चालनमा ल्याइएको छ,” उहाँले भन्नुभयो, “केही दिनमा नै दोहोरी साँझ सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।” रेष्टुरेन्टमा आफ्नै फ्रेस हाउस भएकाले
More

मतदान केन्द्र निर्माण

असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि इलामको फाकफोकथुम गाउँपालिकाअन्तर्गत सिंहदेवी मतदान केन्द्रमा मतदातालाई सहजता होस् भनेर मतदान केन्द्र निर्माण गर्दै कर्मचारी । तस्बिरः गोविन्द लामिछाने
More

गैरआवासीय नेपाली संघ केन्याको अध्यक्षमा भट्ट

नैरोबी- गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय केन्याको अध्यक्षमा कृष्णदत्त भट्ट निर्वाचित भएका छन्। २ वर्षे कार्यकाल हुने समन्वय समितिको उपाध्यक्षमा कृष्णप्रसाद गैरे र महासचिवमा विष्णु कार्की रहेका छन्। राजधानी नैरोबीमा आइतबार भएको अधिवेशनले १५ सदस्यीय समन्वय गठन गरेको हो। सचिवमा लक्ष्मी बुलुन, कोषाध्यक्षमा दीपक अधिकारी, सदस्यहरुमा गोविन्द भुसाल, गोपाल कामी, निशा कुँवर, शिव अधिकारी, आनन्द आलोक, पीताम्बर पाण्डे, सुरज बिसी, कुमारी जिसी निर्वाचित भएका छन्। अधिवेशनले अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्यमा यादव काफ्ले, महिला संयोजकमा तारा ढकाल र युवा संयोजकमा सुरज डुम्रेलाई निर्वाचित गरेको छ । महाधिवेशनको उद्घाटन संयुक्त रुपमा केन्याका लागि नेपाली अवैतानिक वाणिज्यदूत जिम्मी ओसकार र निवर्तमान अध्यक्ष
More

‘समृद्ध नेपालको नागरिक भएर बाँच्न त पाइँदैन होला, मर्न चाहिँ पाउँ’

गैरआवासीय नेपाली संघ (एनआरएन) को अभियानमा प्राध्यापक सूर्य सुवेदी, हेमराजजी, सुरेशजीको सक्रिय सहभागिता रह्यो, त्यो कसैले बिर्सन सक्दैन। तपाइँहरुको सक्रियता देशका लागि थियो म भन्दिनँ। तपाइँ जे गरिरहनु भएको छ, म जे गरिरहेको छु, कुनै समुदाय, समाज वा देशका लागि गरिरहेको छु भनेर सोच्नुभयो भने ढोँगी हो। सिधा बुझ्नुहुन्छ भने म आफ्नो लागि गरिरहेको छु। मैले गरिन भने कसले गर्छ ? भन्ने चिन्तनबाट काम गर्दै जाँदा सफलता हात लाग्ने हो। तपाइँहरुले धेरै देश घुम्नु भएको छ। काम गर्ने अवसर पाउनु भएको छ तर नेपाल जस्तो सुन्दर देश विश्वमै कहीँ छैन। नेपाल साँच्चै प्रकृतिले सबै कुरा मिलाएर बनाइदिए जस्तो छ। म
More

शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्न बेलायतको आग्रह

काठमाडौं- नेपाल स्थीति कूटनीतिक नियोगले दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न शुभकामना दिएका छन्। अमेरिकी दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै स्थानीय तह निर्वाचनको दोस्रो चरणलाई स्वतन्त्र, स्वच्छ तथा पारदर्शी रूपमा सम्पन्न गर्नका निम्ति नेपाल सरकार, निर्वाचन आयोग, नागरिक समाज, राजनीतिक दल र नागरिक लगायत सबै सरोकारवालाहरूले गरेको प्रयत्‍नको उच्च मूल्याङ्कन गरेको बताएको छ। ‘निर्वाचनद्वारा नै नागरिकले आफ्नो राजनीतिक इच्छा व्यक्त गर्दछन्। यस अधिकारलाई नेपालको कानुन र संविधानका साथै मानव अधिकारको विश्‍वव्यापी घोषणाको धारा २१ मा प्रत्याभूत गरिएको छ’, विज्ञप्तिमा भनिएको छ। सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न आग्रह
More

‘लण्डन बक्स अफिस अवार्डमा कुन कुन फिल्म परे मनोनयनमा’

काठमाडौं- बेलायतको लण्डनमा आगामी असार १७ गते हुन लागेको १० औं संस्करणको ‘बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ। राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको २८ विधाको मनोनयनमा ‘उत्कृष्ट फिल्म’ विधामा ‘छक्का पञ्जा’, ‘गाजलु’, ‘वीर विक्रम’, ‘लभ सासा’ र ‘लुट २’ बीच प्रतिस्पर्धा हुने भएको छ। मनोनयनको ‘उत्कृष्ट नायिका’मा फिल्म ‘किस्मत २’बाट शिल्पा पोखरेल, ‘होमवर्क’बाट नम्रता श्रेष्ठ, ‘छक्का पञ्जा’बाट प्रियंका कार्की, ‘लभ सासा’बाट केकी अधिकारी र ‘लप्पन छप्पन’बाट वर्षा शिवाकोटी छन्। त्यस्तै ‘उत्कृष्ट नायक’मा ‘लुट २’बाट सौगात मल्ल, ‘वीर विक्रम’बाट दयाहाङ राई, ‘गाजलु’बाट अनमोल केसी, ‘होमवर्क’बाट आर्यन सिग्देल र ‘लभ सासा’बाट कर्मा छन्। ‘उत्कृष्ट
More

इद पर्वमा युवा खुसियाली साट्दै

वीरगन्जको छपकैयामा सोमबार इद उल फिर्तको नमाजपछि एकआपसमा खुसियाली साट्दै मुस्लिम समुदायका युवा । तस्बिर: विजयकुमार महतो
More

मोटरसाइकलको चर्को आवाजले सर्वसाधारण समस्यामा

पोखरा । पछिल्ला दिन युवा पुस्तामा अत्यन्त चर्को आवाजसहित मोटरसाइकल चलाउने बढ्दो प्रवृत्तिका कारण सहरी क्षेत्रमा ध्वनि प्रदूषण बढ्दै गएको छ । चर्को आवाजसहित मोटरसाइकल चलाएर त्यसलाई मनोरञ्जनका रुपमा लिने युवा सौखका कारण बजार क्षेत्रमा ध्वनि प्रदूषण त बढेको छ नै, त्यसले कमजोर मानसिक अवस्था र मुटुको समस्या भएका बिरामीलाई प्रतिकूल प्रभाव पार्ने गरेका छन् । चर्को आवाज निकाल्ने सवारी चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने गरे पनि ट्राफिकलाई छलेर बजारका कुना कुनामा मोटरसाइकल चलाउनेका कारण थप समस्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक शिवबहादुर थापाका अनुसार प्रहरीले चर्को
More

तीन बालबालिका मृत भेटिए

भोजपुर, १२ असार । तीन बालबालिका मृत भेटिएका छन् । मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए । उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा आज मृत भेटिएका हुन् । मृत भेटिएकाहरुमा १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीतनारायण चौधरीले जानकारी दिनुभयो । घटनाबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ ।
More

लिभरपुलमा प्राज्ञिक भेला सम्पन्न, ९ बुँदे घोषणापत्र जारी

लण्डन । ग्लोबल पलिसी फोरम फर नेपालको दोश्रो सम्मेलन ९ बुँदे लिभरपुल घोषणापत्र जारी गर्दै आइतबार जोन मुअर्स विश्वविद्यालयमा सम्पन्न भयो। “नेपालको संविधान कार्यान्वयनका चुनौतीहरु” विषयक सम्मेलनमा नेपाल, ब्रिटेन, संयुक्त राज्य अमेरिका, फ्रान्स, स्वीडेन लगायतका मुलुकका प्राज्ञ, चिकित्सक, व्यवसायी, पेशाकर्मी, विद्यार्थी तथा पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रममा ब्रिटेनको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक तथा ग्लोबल पलिसी फोरम फर नेपालका अध्यक्ष डा. सूर्य सुवेदी क्युसीले अन्तर्राष्ट्रिय दृष्टिकोणबाट नेपालको संविधान विषयमा मन्तव्य दिए । उनको मन्तव्यमाथि अमेरिकाको वाशिङटनस्थित गोङजगा विश्वविद्यालयमा अन्तर्राष्ट्रय तथा संवैधानिक कानुनका प्राध्यापक डा. उपेन्द्रदेव आचार्यले टिप्पणी गरेका थिए । त्यस्तै कानुनविद् डा. त्रिलोचन उप्रेतीले नेपालमा कानुनको शासन कार्यान्वयनको सैद्धान्तिक
More

मुस्लिम धर्मावलम्बीहरु ईद–उल–फित्र मनाउँदै

काठमाडौं । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र आज देशभर धुमधामका साथ मनाइँदैछ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (ब्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । विश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म रोजा बस्दछन् । ईदको दिन बिहानै उठेर नुहाई धुहाई नयाँ सफा लुगा लगाएर उनीहरु नमाजपछि ईदको बिषेश परिकार सेवईका साथै अन्य परिकारहरु खाएर शुभकामनासहित पाहुनाहरुलाई स्वागत गर्छन् । यो क्रम दिनभर चलिरहन्छ । आइतबार बेलुका चन्द्रमा देखिएपछि ईस्लामिक पात्रो अनुसार रमजान महिनामा एक महिना रोजा (ब्रत) पुरा गरी ईद मनाउने चलन छ । रमजान महिना सकिएलगत्तै ‘रोजा’ सकिने र ईदगाहको मस्जिदमा सामुहिक रुपमा
More

निर्वाचनको मौन अवधि सुरु, सामाजिक सञ्जालबाट पनि प्रचार गर्न नपाईने

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि ‘मौन अवधि’ सुरु भएको छ । स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६९ ले मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान नसकिएसम्मको समयलाई ‘मौन अवधि’ भनेको छ । निर्देशिकाको दफा ६९ को १ अनुसार मौन अवधिमा कुनै पनि उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्न पाइँदैन । वेभसाइट, फेसबुक÷ट्वीटरजस्ता सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट पनि मत प्रभावित हुने गतिविधि गर्न रोक लगाइएको छ । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार, निर्वाचन चिन्ह अंकित सामग्रीको प्रदर्शन, दलसँग सम्बन्धित गीत–संगीतको प्रवद्र्धन र सभा तथा नारा–जुलुस गर्न पाइँदैन । यस्तै, उम्मेदवार वा राजनीतिक दलका पक्षमा खबर
More

नारायणगढ मुग्लिन सडकखण्ड आजबाट नरोकिने

चितवन । सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ मुग्लिन सडकखण्ड आजबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ । विस्तारको क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यसअघि दिउँसो ११ बजेबाट ३ बजेसम्म सडक रोकिने गरेको थियो । वर्षात्सँगै पहिरो खस्ने क्रम बढेको र निर्वाचनमा मतदान गर्न जानेका लागिसमेत अप्ठ्यारो परेपछि आजबाट सडकमा आवागमन नरोकिने भएको हो । आज इदको बिदा परेकाले उपत्यकामा रहेका तीनवटा प्रदेशका मतदाता मतदानका लागि आआफ्नो गन्तव्यतर्फ जाँदै छन्
More

मोरङमा दुई जना मृत फेला

उर्लाबारी । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रङ्गेली नगरपालिका–९ बनकोलस्थित रङ्गेली–दोहमना भित्री सडकको किनारामा गएराति स्थानीय ६० वर्षीय पहाडचन राजवंशी मृत अवस्थामा फेला परेका छन् । अनुहार र घाँटीमा चोट देखिएका उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको इप्रका रङ्गेलीका प्रहरी निरीक्षक सञ्जिबबाबु खड्काले जानकारी दिनुभयो । यस्तै गएराति नै मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने जङ्गलमा नाम थर वतन खुल्न नसकेकी अन्दाजी २२ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटी अनुसन्धान सुरु गरेको छ ।
More

बूढेसकालमा आँखाको ज्योति फर्कियो

फलेवास । बूढेसकालमा मोतीयाबिन्दुका कारण आँखा नदेख्ने समस्या भोगेका पर्वतका २५ वृद्धको आँखाको ज्योति फर्किएको छ । पर्वतमा क्रियाशील पाँच वटा लायन्स क्लबको सहयोगमा निःशुल्क मोतीयाबिन्दुको शल्यक्रिया भएपछि ती वृद्धहरुको आँखाको ज्योति फर्किएको हो । लामो समयसम्म गाउँमै उपचारको अभावमा अन्धोपन पालेर बसेका वृद्धले बूढेसकालमा राम्रोसँग संसार देख्न पाएकोमा खुसी भएका छन् । पर्वत जिल्ला अस्पतालमा दुई दिनसम्म चलेको शिविरमा २५ जना वृद्धको एक वटा र एक जना वृद्धको दुई वटै आँखामा लागेको मोतीयाबिन्दुको शल्यक्रिया गरिएको लायन्स क्लब अफ शिवालयका पूर्व अध्यक्ष वसन्तुकमार कर्माचार्यले जानकारी दिनुभयो । पर्वतका पाँच लायन्स क्लब र एक लियो क्लबको आयोजनामा भएको शिविरमा ८०० जनाको
More

बेगखोलामा अस्थायी मोटरेबल पुल निर्माण

बाबियाचौर । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ स्थित बेगखोलामा अस्थायी मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले छ मिटर लामो अस्थायी पुल निर्माण गरेको हो । गत भदौमा आएको बाढीले बेगखोलामा रहेको बेलीब्रिज र झोलुङ्गे पुल बगाएको थियो । अस्थायी पुल निर्माण भएपछि बेनी जोमसोम सडकमा बर्खायाममा पनि सिधा सवारी सञ्चालन गर्न सकिने आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । पुलमा एकतर्फ रुपमा सवारी आवतजावत गर्न सक्नेछन् । बर्खायाममा सहजरुपमा सवारीसाधन आवतजावत गर्ने व्यवस्थाका लागि अस्थायी पुल निर्माण गरिएको आयोजनाले जनाएको छ । सडक मर्मतका लागि एउटा डोजर तयारी अवस्थामा राखिएको छ । बेलीब्रिज बगाएपछि बेगखोलामा बाढी आउँदा
More