Daily Archives 28th June 2017

गोर्खा सैनिकहरुले दोस्रो विश्व युद्धमा छोडिएको खुकुरी भेटाए

  रोशन मेवाहाङ्ग । इटाली । बेलायती गोर्खा सैनिकहरुले ईटालीको क्यासिनो सहरस्थित हेङ्गम्यान डाँडामा अध्ययन गर्दा दोस्रो विश्वयुद्धमा उपहार दिएको खुकुरी फेला पारेका हुन् । स्थानियवासी डेमियानोले एक्कासी दोस्रो विश्व युद्धमा एक गोर्खा अफिसरले मायाको चिनो स्वरुप दिएको खुकुरी देखाएर गोर्खाहरुलाई चकित पारे । करिब ५ सय मिटर अग्लो उक्त डाडाको बारेमा क्याप्टेन राम राईले भने- ‘बादर पनि लडि झर्ने यस्तो भिरालो डाडामा पुर्खाहरुले कसरी लडाई लडे मलाई अचम्म लागिरहेको छ ।’ सियसयस कम्पनीका अफिसर कमान्डिङ मेजर राज राईले ७३ बर्ष पछि पूर्व गोर्खा सैनिकहरुले युद्धमा प्रयोग गरेको खुकुरी फेला पार्दा आफु भाबुक बने पनि लडाईको लागी निकै उत्साह बढेको
More

मेक ओभर प्लस २०१७ मा उत्रिए हट मोडलहरु

लन्डन । क्रिस्टल हेयर एण्ड ब्यूटी स्टुडियो लन्डनले काठमाण्डौंस्थित सांग्रीला होटलमा गत साता दोश्रो मेक ओभर प्लस २०१७ गरेको छ । उक्त मेक ओभर प्लस २०१७ का लागि मेकअप आर्टिष्ट बिना राई लन्डनबाट काठमाण्डौं गएकी हुन् । स्टेजमा लाइभ ग्ल्यामरस लुक मेकअप डेमोन्सट्रेसनसहित गरिएको उक्त शो नेपालमा नौलो मानिन्छ । आरजे चिराग बाङदेलले सञ्चालन गरेको उक्त शोमा १० जना मोडलहरु सहभागी थिए । ति मोडलहरुले गाउन र क्याजल समर वेयरमा क्याटवाक गरे । मोडलहरुलाई बिना राईले सम्पूर्ण मेक अप गराएकी थिइन् । प्रशान्त ताम्राकार, कमल श्रेष्ठ लगायत अतिथी सहभागी उक्त शोमा सिमा राई एण्ड ब्याण्ड र सन्तोष महाताराले लाइभ म्यूजिक
More

७०. ५ प्रतिशत मत खस्यो

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ७०. ५ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै ७०. ५ प्रतिशत मतदान भएको जानकारी दियो। निर्वाचन आयोगले बुधबार शान्तपूर्णरुपमा दोस्रो चरणको निर्वाचन सम्पन्न भएको जनाएको छ। सोलुखुम्बुको बुधबार प्रदेश नं १, ५ र ७ मा निर्वाचन भएको हो। प्रदेश नम्बर ३, ४ र ६ का दुई सय ८३ स्थानीय तहमा गत वैशाख ३१ गते पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश नम्बर २ को निर्वाचन आगामी असोज २ गतेका लागि तोकिएको छ। बिहना ७ बजेदेखि साँझ ५ बजे सम्म मतदान अवधि निर्धारण गरिएको थियो। पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मत खसेको
More

प्रधानमन्त्री देउवा सवार गाडी दुर्घटना

प्रधानमन्त्री शेर बहादुर देउवा सवार रहेको गाडी दुर्घटनामा परेको छ । कैलालीको सदरमुकामबाट सहजपुरतिर जान लागेको स १ ख १५०३ नं को प्रहरीको गाडी सामान्य दूर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरीका अनुसार दुर्घटनामा परि १० जना प्रहरी घाईते भएका छन् । घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । तीब्र गतिका कारण गाडी सडकमै पल्टिएको उनले बताए ।
More

बेलायतका विद्यालय अब चक्कु निषेधित

बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ । यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरुले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ । विद्यालय छिर्ने द्वारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोेकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण (मेटल डिटेक्टर) जडान गर्न लागिएको लण्डनको महानगर कार्यालयले जनाएको छ । लण्डनका मेयर सादिक खानले सो जानकारी बुधबार दिनुभएको छ । उहाँले विद्यार्थीले चक्कु बोकेको पत्ता लगाउनका लागि यस्तो संयन्त्र जडान गर्न लागिएको र यसबाट चक्कु बोक्ने युवायुवतीहरुको लत हटाउन सहज हुने धारणा राख्नुभयो । पछिल्लो समयमा बेलायतमा चक्कु आतङ्क मच्चिने गरेको छ । यस वर्षमात्र
More

साईकल चढेर कांग्रेस नेता कोइराला मतदान स्थलमा

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले बिराटनगर महानगरपालिका वडा नं ७ मा अवस्थित आदर्श बिध्यालय मतदान केन्द्रमा मतदान गरेका छन्। नेता कोईराला आफ्नी धर्मपत्नी पूनम कोईरालासाथ बिहान ८ बजे मतदान गर्न मतदानस्थल पुगेका थिए। मतदान गरेलगत्तै नेता कोईराला साईकल चढेर बिराटनगर महानगरपालिका भित्रका बिभिन्न मतदान केन्द्रको अवलोकन गरिरहेका छन्। बिभिन्न मतदान केन्द्र पुगेर माहोल बुझिरहेका उनले बिराटनगरमा कांग्रेसको अबस्था अत्यन्तै राम्रो रहेको प्रतिक्रिया दिएका छन्।
More

अमेरिकाको टेक्ससमा बुद्ध र वीपीको सालिक स्थापना गरिने

होमप्रसाद लम्साल । अमेरिकाको टेक्सस राज्यस्थित अर्भिंग सहरका मेयर रिक स्टोफरले शान्तिका दूत गौतम बुद्ध र नेपाली राजनीतिका शिखर पुरुष वीपी कोइरालाको शालीक स्थापनाका लागि पहल गर्ने अश्वासन दिएका छन्। टेक्सासको अर्भिडमा नेपाली संस्था यति चेम्बर अफ कमर्शले गरेको कार्यक्रममा बोल्दै मेयर स्टोफरले नेपाली समुदायको अनुरोध अनुसार सालिक स्थापनाका लागि सहयोग गर्ने वचनवद्धता प्रकट गरेका हुन्। नेपाली समाज टेक्ससका सभापति कृष्ण लामिछानेले यस अघि नै गरेको अनुरोधको जवाफ स्वरुप कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर स्टोफरले सालिक स्थापनाका लागि सहयोग गर्ने जनाएका हुन्। नेपाली समाजका अध्यक्ष लामिछानेले अर्भिंगको कुनै पार्कमा विश्वशान्तिका दूत भगवान् गौतम बुद्ध र महामानव वीपी कोइरालाको प्रतिमा स्थापना
More

एमालेको मेयरमा प्रस्तावित उम्मेदवार फोरममा

वीरगन्ज – वीरगन्ज महानगरबाट मेयरको लागि नेकपा एमाले पार्टीबाट सिफारिस भएका पुराना नेता सुन्दर कुर्मीले सो पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टीका नेताले सिफारिसमा नपरेका नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीलाई मेयरको टिकट पैसा लिएर दिएको आरोप लगाउदै उनले वीरगन्जमा बुधबार विहान पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन्। उनले चाँडै संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने जानकारी समेत दिए । ‘नेकपा एमालेका कार्यकर्ताहरू पार्टी, मधेस र मधेसी प्रति इमान्दार रहे पनि नेतृत्व वर्गमा इमान्दारिता देखिएन । आज देश ऐतिहासिक रुपमा स्थानीय तहको निर्वाचनमा भाग लिरहेकोमा पार्टीका कार्यकर्ताहरुलाई पनि यसमा भूमिकाको खोजी रहेको बेला पार्टी भित्रको लगानी, योगदान,
More

उत्साहपूर्ण मतदान (फोटो फिचर)

स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ। ३ सय ३४ स्थानीय तहका लागि बुधबार मतदान भइरहेको हो। मतदानका लागि चार हजार पाँच सय ८१ मतदान स्थलमा आठ हजार तीन सय ६४ मतदान केन्द्र तोकिएका छन्।
More

गन्यापधुरा गाउँपालिकामा प्रधानमन्त्री देउवाले गरे मतदान

प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धुरामा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गरेका छन् । बुधबार विहान सवा ८ बजेतिर डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ स्थित असीग्राम माविमा पुगेर मतदान गरेका हुन् । उनीसँगै काँग्रेस नेतृ अारजु राणा देउवाले पनि सँगै गएर मतदान गरेकी छिन् । दोस्रो संविधान सभामा डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित भएका प्रधानमन्त्री देउवाले बुधबार विहानै गएर मतदान गरेका हुन् । अहिले सो ठाउँमा हल्का पानी परिरहेको भएपनि मतदाताहरु उत्साहित बनेर मतदान गरिरहेका छन् ।
More