Daily Archives 1st July 2017

स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादृुर देउवा अल्का अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कँग्रेसका संस्थापक नेता रामहरि जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै । मिर्गौलाबाट पीडित ९३ वर्षीय जोशी अस्पतालमा उपचाररत हुनुहुन्छ । तस्बिर : रोशन सापकोटा
More

मुग्लिन–नारायणगढ अवरुद्घ सडक दुई दिनपछि खुल्यो

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिकै गएको पहिरो पन्छाएपछि सडक आज साँझ ६ः३० बजेदेखि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार शुक्रबार बिहान ८ बजे खसेको पहिरो पन्छाउँदै गर्दा दिउँसो १ बजे पुनः अर्को पहिरो खसेको थियो । दिउँसो १ बजे खसेको ठूलो पहिरोका कारण अवरुद्ध सडक ३४ घन्टा ३० मिनेटपछि आज साँझदेखि सञ्चालनमा आएको हो । सडकमा खसेको पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट दुईवटा र नारायणगढतर्फबाट दुईवटा डोजर र एक्साभेटर प्रयोग गरिएको थियो । पहिरो खसेपछि अवरुद्ध बनेको सडक पहिरो पन्छाएसँगै सञ्चालनमा आएको हो । सो पहिरो हेर्नेक्रममा शुक्रबार एकजनाको मृत्यु भएको
More

ओली र सिटौलालाई गृहनगरमा चुनौती

काँकडभिट्टा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा आएको मत परिणामले सबैलाई आश्चर्य बनाएको छ । सिटौलाको क्षेत्रमा एमाले र ओलीको क्षेत्रमा राप्रपासँगै प्रतिस्पर्धा भएपछि जिल्लावासीलाई आश्चर्य बनाएको हो । सिटौलाकै पकड क्षेत्र मानिएको भद्रपुरमा एमालेले भारी मतले अग्रता लिएको छ । हालसम्म सात हजार ३०० मत गणना हुँदा प्रमुख पदमा काँग्रेसको एक हजार ५९९ र एमालेको दुई हजार ४०४ मत आएको छ । नगरको वडा नं. १ मा त एमालेले विजयी हात पारिसकेको छ भने बाँकी वडामा पनि एमालले नै बाजी मार्ने मतगणनाको नजिताले देखाइरहेको छ । त्यसैगरी एमालेका अध्यक्ष केपी शर्माको
More

डान्सबारबाट १९८ जना युवायुवती पक्राउ

काठमाडौँ, १७ असार । प्रहरीले बालाजुमा रहेको हिमालय डान्सबारबाट १९८ जना युवायुवतीलाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले पक्राउ पर्नेमा कक्षा ८ देखि १० जोड दुई पढ्ने विद्यार्थी रहेको जानकारी दिनुभयो । पक्राउ पर्ने १५८ युवा र ४० युवती रहेका छन् । पक्राउ परेका अधिकांशले मादक पदार्थ र धूमपान गरेको भेटिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साङ्गीतिक कार्यक्रममा सहभागी हुन त पाइन्छ तर विकृत रुपमा यसलाई प्रयोग गरेको पाइयो ।” मादक पदार्थ खाएर होहल्ला गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुले सो डान्सबार भाडामा लिएर ‘डान्स
More

१ सय १ स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहबाट अन्तिम नतिजा आउने क्रम जारी छ । अहिलेसम्म १२ वटा नगरपालिका र ८९ गाउँपालिकाको अन्तिम नतिजा आएको छ । जसमा नेकपा एमालेले चार नगरपालिकासहित ४७ स्थानमा जीत हात पारेको छ । नेपाली काँग्रेसले ८ नगरपालिकासहित ३५ स्थानमा जितेको छ । त्यसैगरि नेकपा माओवादी केन्द्र १६ गाउँपालिकामा विजयी भएको छ । राष्ट्रिय जनमोर्चाले दुई र संघीय समाजवादी फोरम नेपालले एक गाउँपालिकामा जितेका छन् । कहाँ को ? स्थानीय तह निर्वाचन दोस्रो चरण प्राप्त परिणाम/नगरपालिका नेकपा एमालेः १. अमरगढी नगरपालिका, डडेलधुरा प्रमुखः विपिन ओझा– ३७६८ उपप्रमुखः संगीता भण्डारी ३५१७ २. मादी नगरपालिका, संखुवासभा प्रमुखः
More

रसुवा जिल्ला अस्पताल

त्रिपाल र पालबाट अत्यन्त कष्टप्रद रुपमा सञ्चालित एक मात्र रसुवा जिल्ला अस्पताल । तस्बिरः विष्णु नेपाल
More

सेयर बजारमा एक अर्ब बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता रु एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार बजार खुला रहने बिहीबार धितोपत्र दलाल सङ्घले मूल्य अभिवृद्धि कर तिर्ने वा नतिर्ने विषयमा आपत्ति जनाएपछि बजार बन्द भएको थियो । बाँकी दिनमा कुल १६० कम्पनीको ३४ लाख १४ हजार ५० कित्ता सेयर खरिद बिक्री भएको थियो । गत साता १६४ कम्पनीको रु दुई अर्ब ९६ करोड १९ लाख २० हजार रुपैयाँ बराबरका ५२ लाख ९२ हजार ६० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ९१ अङ्कले घटेर
More

काठमाडौं उपत्यका अन्धकार हुने खतराबाट जोगियो

काठमाडौं । काठमाडौँ उपत्यकाको एक तिहाई भन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भाँसिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनः निर्माण गरिएको छ । प्राधिकरणकाअनुसार मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनको टावर नं १७९ गोरखा भूकम्पको क्रममा भाँसिएको थियो । धादिङको नौबिसे र गजुरीका बीचमा पर्ने सो टावर पुनः निर्माणका लागि ९२ दिन लागेको छ । सिग्मा कोन प्रालिले सो टावरको मर्मत गरेको हो । मर्मतका लागि रु दुई करोड ७० लाख खर्च भएको छ । प्राधिकरणले १७८ र १८० नम्बरको नयाँ टावर निर्माण गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विभिन्नस्तरका पर्खाल लगाउने तथा अन्य सुरक्षात्मक उपाय अपनाएर
More

ब्रेक्जिट र मध्यावधिको बहसमा बेलायतको राजनीति

‘म्याडम’ युरोपेली युनियनबाट बेलायत कहिले निस्किने भनी प्रश्न गर्ने गरिएका प्रधानमन्त्रीमाथि यतिखेर थपएिका दुई खरो प्रश्न हुन्–मध्यावधि निर्वाचन किन गराएको ? आफ्नो पार्टीको छँदाखाँदाको बहुमत किन गुमाएको ? वास्तवमा यीनै दुई प्रमुख विषयमा अल्झिएको छ यतिखेरको बेलायतको राजनीति । बेलायतमा उसले युरोपेली युनियनबाट बाहिरिनुपर्ने बहस चलेको दुई वर्ष भयो । यस विषयले त्यहाँको राष्ट्रिय राजनीतिमा विगत लामो समयदेखि ठूलो स्थान लिँदै आएको छ । त्यसले जनमत सङ्ग्रह नै निम्त्यायो र त्यो जनमतले गरेको निर्णयको वर्षदिनभित्रै मध्यावधि निर्वाचन भयो । सन् २०१६ को जुन २३ मा बेलायतमा जनमत सङ्ग्रह भएको थियो । त्यही जनमत सङ्ग्रहले वर्तमान प्रधानमन्त्री टेरेजा मेलाई सत्तामा ल्याएको
More

आफैले बोकेको हतियारबाट निरीक्षकले गरे आत्महत्या

लहान । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैले बोकेको हतियारबाट आत्महत्या गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबद्र्धन खत्रीले गएराति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले जानकारी दिनुभयो । उदयुपुरको त्रियुगा नगरपालिका– ११ जलजले घर भएका प्रहरी सहायक निरीक्षक खत्रीले के कति कारणले आत्महत्या गरेको खुल्न नसकेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ ।
More