Daily Archives 2nd July 2017

एमाले वेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्विरोध

लण्डन । वेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मंचको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्विरोध भएका छन् । आइतवार सम्पन्न मंचको चौथो अधिवेसनको बन्दसत्रले पुडासैनीलाई निर्विरोध चयन गरेको हो । यसअघि अध्यक्ष पदका लागि आंगकलजंग लामाले दावी प्रस्तुत गरेका थिए । यस्तै महासचिवमा विजयबिक्रम लिम्बु सर्वसम्मत भएको वताएको छ । यस्तै महिला उपाध्यक्षमा सरस्वती केसी निर्विरोध भइन् । अन्य उपाध्यक्षमा नारद भण्डारी, धन बहादुर क्षेत्री, रामजी बराल, कुमार केसी चयन भए । सचिवमा हेम लिम्बु, डासु पाण्डे निर्विरोध भएका छन् । सदस्यहरुमा मिलन घिमिरे, हरी आचार्य, कृष्ण भण्डारी, केदार थपलिया, कृष्ण तिवारी, नरेन्द्र कंडेल, यम भण्डारी, मुकुन्दराज बास्तोला, रेमश न्यौपाने, बसन्त नेपाल,
More

अनाथ बालक परियारलाई चेक हस्तान्तरण

एसओएस बालग्राम इटहरीका अनाथ बालक आषिक परियारलाई डेढ लाखको शैक्षिक सहयोग चेक हस्तान्तरण गर्दै मिस हङकङ टिम तथा मिस नेपाल फस्ट रनरअप नेहा राई । तस्बिर: याम प्रधान
More

२ सय ५ स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति जिते ?

काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २ सय ५ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो नतिजा अनुसार एमाले अग्रस्थानमा छ । एमालेले अहिलेसम्म ९४ वटा स्थानीय तहमा जीत दर्ता गरेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसल ८० वटा स्थानीय तहमा जीत हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले २७ स्थानीय तहमा जीत दर्ता गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म एउटा स्थानीय तहमा पनि जित्न सकेको छैन । राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर
More

स्वदेशमा उद्यमी बनेका सम्मानित

श्रम तथा रोजगार मन्त्रालयद्वारा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बनेका सम्मानितहरुका साथमा श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुर । तस्बिर : रत्न श्रेष्ठ
More

उपप्रधानमन्त्री नयाँ दिल्लीमा

काठमाडौं । भारतको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री कृष्णबहादुर महरा नयाँदिल्ली पुग्नुभएको छ । उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतको बाह्य मामिला मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । आजै साँझ परराष्ट्रमन्त्री महराले नेपालका लागि नयाँ दिल्लीस्थित विभिन्न मुलुकका राजदूत एवम् कूटनीतिक नियोगका पदाधिकारीसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
More

गेस्टहाउसबाट पक्राउ पर्ने दुई जोडी को हुन् ?

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–३ स्थित वेलकम गेष्ट हाउसमा चेकजाँच गर्ने क्रममा दुई जोडी आपत्तिजनक अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार भक्तपुरका ५० वर्षीय पुरुष र काभ्रेकी ३० वर्षीया महिला तथा भारत विहारका ४२ वर्षीय पुरुष र काभ्रेकी २८ वर्षीया महिला गरी २ जोडीलाई पक्राउ गरिएको हो । जिउ मास्ने बेच्ने तथा ओसारपसार नियन्त्रण जिल्ला समिति भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले शनिबार उनीहरुलाई गेष्ट हाउसकै कोठाबाट आपत्तिजनक अवस्थामा पक्राउ गरेको जनाइएको छ ।
More

शान्ति ठटालका सृजनाले पलेँटी-दर्शक मन्त्रमुग्ध

दार्जिलिङबाट आफ्ना सृजना प्रस्तुत गर्न काठमाण्डौं आएकी शान्ति ठटालले पलेँटीका दर्शक श्रोताहरूलाई आफ्ना सांगीतिक धुनहरू सुनाएर मन्त्रमुग्ध बनाएकी छन् । नेपालयको ‘आर’शालामा शुक्रबार साँझ सम्पन पलेँटी कार्यक्रममा उनले आफ्ना झण्डै डेढ दर्जन सृजनाहरू प्रस्तुत गरेकी थिइन् । पाँचौं पटक पलेँटीमा प्रस्तुत शान्ति ठटाल यसपाली संगीतकारका रुपमा प्रस्तुत भएकी थिइन् । पलेँटीमा उनका सांगीतिक सृजनाहरूलाई नेपालमा अहिले चर्चित बनेकी लोकप्रिय पलेँटी गायिका मीना निरौला र दार्जिलिङकी लोकप्रिय गायिका सोनू राईले प्रस्तुत गरेका थिए । कार्यक्रमको आरम्भ ‘आमा’ शीर्षकको गीतबाट भएको थियो । दार्जिलिङकी अग्रज चलचित्र तथा नाट्य कलाकार मेनुका प्रधानले लेखेको गीतको प्रस्तुतिसितै शान्ति ठटालको संगीत गाइरहेकी सोनू राईले दर्शकबाट प्रसंशा
More

बक्स अफिस अवार्ड, केकी बनिन् उत्कृष्ट नायिका

लण्डन । बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ को उत्कृष्ट पाँचको मनोनयनमध्यबाट बिरबिक्रम फिल्मीले अवार्ड हात पारेको । २८ विधाको मनोनयनमा उत्कृष्ट फिल्म विधामा छक्का पञ्जा गाजलुु वीर विक्रम, लभ सासु र लुट २ बीच प्रतिस्पर्धा भएको थियो । शनिवार अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न बिषेश समारोहमा बेष्ट नायिकाको उपाधि लभ सासुबाट केकी अधिकारीले हात पारिन् । मनोनयनको उत्कृष्ट नायिकामा फिल्म किस्मत २ बाट शिल्पा पोखरेल, होमवर्कुबाट नम्रता श्रेष्ठ, छक्का पञ्जाबाट प्रियंका कार्की, लभ साशाबाट केकी अधिकारी र लप्पन छप्पनुबाट वर्षा शिवाकोटीको प्रतिस्पर्धा थियो । त्यस्तै उत्कृष्ट नायकमा आर्यन सिग्देल भए । नायकका लागि लुट २ बाट सौगात मल्ल, वीर विक्रमुबाट
More

दुई उपमहानगरमा एमालेको अग्रता

इटहरी । सुनसरी जिल्लाको दुई उपमहानगर धरान र इटहरीमा मतगणनाको पछिल्लो सार्वजनिक नतिजाअनुसार दुवै उपमहानगरमा एमालेले अग्रता लिएको छ । इटहरी उपमहानगरमा नेकपा एमालेका द्वारिकलाल चौधरीले पाँच हजार ८३३ मत र उपप्रमुखमा एमालेकै लक्ष्मी गौतमले पाँच हजार २९५ मत ल्याएर अग्रता लिनुभएको छ । नेपाली काँग्रेसका रोहितकुमार प्रसाईंले पाँच हजार ८०४ र उपप्रमुखमा बिमला ढकालले पाँच हजार २७२ मत ल्याउनुभएको छ । यसैगरी, धरान उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका तारा सुब्बाले तीन हजार ७७३ ,उपप्रमुखमा एमालेकै मञ्जु भण्डारीले चार हजार ४१२ मत ल्याई अग्रता लिनुभएको छ भने त्यहाँ नेकाका प्रमुख तिलक राईले तीन हजार २८४ र उपप्रमुखमा काँग्रेसकै श्यामा रेग्मीले चार
More

सप्तरीमा बाढीबाट डुबान

राजविराज । विगत दुई दिनदेखि अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले सप्तरीको एक दर्जन गाउँ डुबानमा परेको छ । साथै बाढीमा परेर सशस्त्र प्रहरी हबलदारको डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक रामआधार यादवका अनुसार पिलाठीस्थित वेलही भन्सारमा खटिएका इलाम घर भएका सशस्त्र प्रहरी हबलदार सुमन आचार्यको मृत्यु भएको हो । त्यस्तै बाढीले बगाएर ल्याएको सढेगलेको एक लास पनि फेला परेको प्रहरीले जनाएको छ । सप्तरीमा दुई दिन लगातार परेको अविरल वर्षाले खाडो, त्रियुगालगायतका नदीमा आएको बाढीले राजविराज नगरपालिकाको दुईवटा वडासहित एक दर्जन गाउँ डुबानमा परेको हो । बाढीबाट राजविराज नगरपालिका–९
More