Daily Archives 3rd July 2017

एनआरएन यूकेको महासचिवमा खुशी लिम्बुको उम्मेदवारी

लन्डन । गैरआवासीय नेपाली संघ यूकेको ९ सेप्टेम्वरमा हुने अधिवेसनमा खुशी लिम्बुले महासचिव पदमा उम्मेदवारी दिने भएका छन् । गैरआवासीय नेपाली संघ यूकेको प्रवक्ता समेत रहेका लिम्बुले आइतवार एक पत्रकार सम्मेलन गर्दे सो पदका लागि आफ्नो दावी प्रस्तुत गरेका हुन् । लिम्बुले आफ्नो उम्मेदवारी सहित १२ बुँदे चुनावी घोषणापत्र समेत सार्वजानिक गरेका छन् । घोषणापत्रमा नेपाल हाउस परियोजना सम्पन्न गर्ने, संस्थाको अन्तरिक व्यवस्था चुस्त पार्ने, पूर्णअधिकार सहितको नागरिकताको लागि पहल गर्ने, अनलाइन भोटिङको व्यवस्था गर्ने देखी नेपाली दूतावाससँग सहकार्य गरि लण्डन — काठमाण्डौं हवाई सेवा सञ्चालन गर्ने सम्मका महत्वकांक्षी योजना अघि सारेका छन् । संघको आगामी निर्वाचनका लागि पदाधिकारी पदमा
More

स्थानीय तह सङ्ख्या थप हुनसक्ने : उपप्रम गच्छदार

विराटनगर । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तेस्रो चरणको निर्वाचनअगावै प्रदेश नं–२ मा स्थानीय तहको सङ्ख्यामा वृद्धि हुनसक्ने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यसका लागि दलहरूको सहमति आवश्यक रहेको स्पष्ट पार्नुभयो । असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिने परिस्थितिको निर्माण गर्न आवश्यक रहेको प्रसङ्ग कोट्याउँदै उहाँले संविधान संशोधनलगायतका प्रस्ताव पारित गराउन नेकपा (एमाले) ले उदारतासाथ सहयोग गर्नुपर्ने धारणा प्रकट गर्नुभयो । तेस्रो चरणको निर्वाचन सम्पन्न भएपछि संविधान संशोधनको पहिलो कार्यभार पुरा हुने उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले निर्धारित समयमै प्रदेश र सङ्घीय संसद्को निर्वाचन गराउन सरकार
More

२ सय ५८ स्थानीय तहको नतिजा सार्वजनिक

काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २ सय ५८ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो नतिजा अनुसार एमाले अग्रस्थानमा छ । एमालेले अहिलेसम्म २६ नगरपालिकासहित १ सय १३ स्थानीय तहमा जीत दर्ता गरेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसल ३२ नगरपालिकासहित ९७ स्थानीय तहमा जीत हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले पाँच नगरपालिकासहित ३२ स्थानीय तहमा जीत दर्ता गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई वटा गाउँपालिकामा जीत हात पारेको छ
More

विराटनगरमा नेपाली काँग्रेसको अग्रता कायमै

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले निरन्तर रुपमा अग्रतामा बढोत्तरी गर्दै गइरहेको छ । नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले छ हजार ३४३ मत, नेकपा एमालेका विनोद ढकालले चार हजार ३९१ मत, सङ्घीय समाजवादी फोरमका उमेश यादवले तीन हजार ९०७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीले पाँच हजार ५४० मत, नेकपा ९माओवादी केन्द्र० की नमिता न्यौपानेले दुई हजार ७०० मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले दुई हजार ४४० मत प्राप्त गर्नुभएको छ । विराटनगर–१ मा नेपाली काँग्रेस विजयी यसैबीच, विराटनगर महानगरपालिका वडा नं १ को वडाध्यक्षमा उद्धव अर्याल एक हजार ५३१ मत प्राप्त
More

कतार सङ्कटबारे कायरोमा छलफल

कायरो । इजिप्टले कतारमा जारी सङ्कट समाधानको लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक आह्वान गरेको समाचार छ । इजिप्टले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनका विदेशमन्त्रीहरुसँग छलफलको आयोजना गर्ने भएको हो । इजिप्टको राजधानी कायरोमा ती विदेशमन्त्रीहरुको बैठक बस्न लागेको छ । इजिप्टले आगामी बुधबार सो बैठकको आह्वान गरेको छ । यस कार्यक्रमको आतिथ्यता इजिप्टले गर्ने भएको इजिप्टेली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । इजिप्टको विदेश मन्त्रालयद्वारा आइतबार साँझ प्रकाशन गरिएको विज्ञप्तिमा सो बैठकमा कतार सङ्टको वर्तमान अवस्था र यसको विकासका अवस्थाका बारेमा छलफल हुने जनाइएको छ । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि यी चार देशले कूटनीतिक सम्बन्ध विच्छेद
More

एनआरएन अष्ट्रियाको अध्यक्षमा जिवनजङ्ग निर्वाचित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए), अष्ट्रियाको अध्यक्षमा जिवनजङ्ग कुवर निर्विाचत भएका छन् । संघको आइतवार सम्पन्न अधिवेसनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा १७४ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी डा. दीपक ढुंगाना झिनो ३ मतको अन्तरले पराजित भए । यस्तै कुल मतदाता संख्या ३५४ मध्य सबैभन्दा बढी २३४ मत प्राप्त गरि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद संघ (आइसीसी) सदस्य पदमा शिव सापकोटा विजयी भएका छन। यस्तै कार्यसमितिको उपाध्यक्षमा बिनोद चौलागाईं र मनोज बिष्ट बिजयी भए भने महिला उपाध्यक्षमा निरु लामिछाने चयन भइन् । साधारणसभाले महासचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा अनुज पौडेल र युवा संयोजक किरणलाल
More

सम्बोधन

प्रदेश नं ७ (सुदूरपश्चिम)को सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटनपछि सम्बोधन गर्दै सुदूरपश्चिम विकास परिषद्का अध्यक्ष प्रधानमन्त्री शेर बहादुर देउवा । तस्बिर : रोशन सापकोटा
More

निमित्त निर्देशकमा डा केसी नियुक्त

भक्तपुर । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको निमित्त निर्देशकमा केन्द्रीय कारागारका डा केदार नरसिंह केसीलाई नियुक्त गरिएको छ । उमेर हदका कारण केन्द्रका निर्देशक डा शरच्चन्द्र बर्मा गत शुक्रबारदेखि लागू हुनेगरी सेवा निवृत्त भएपछि मन्त्रालयले केसीलाई निमित्त निर्देशकमा नियुक्त गरेको हो । नियुक्त भएपछि उहाँ आज केन्द्रमा पद बहाली गर्नुभयो । केन्द्रमा विगत ३० वर्षदेखि कार्यरत १० औँ तहका वरिष्ठ कन्सल्टेन्ट चेस्ट फिजिसियन डा मोहनकुमार प्रसाईंलाई निर्देशक बनाउनुपर्ने माग गर्दै तीन महिनाअघि सो केन्द्रका ४४ जना कर्मचारीले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा, राज्यमन्त्री तारामान गुरुङ र स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई ज्ञापनपत्र बुझाएका थिए । क्षयरोगबारे नबुझेका र छाती रोग
More

यार्साबाट डोल्पाली एक दम्पतीको कमाई रु तीन लाख

डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिकास्थित वडा नं २ रसीका बिमला कठायतका दम्पतीले प्रत्येक वर्ष यार्सागुम्बा सङ्कलनबाट रु तीन लाखसम्म कमाई गर्दै आएका छन् । श्रीमान् र आफू गरेर यस वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिनाको अवधिमा ५०० वटा यार्सागुम्बा सङ्कलन गरेको र यसबाट रु तीन लाख बराबरको कमाई हुने उहाँको भनाइ छ । यस वर्ष सङ्कलन गरिएका यार्सागुम्बा खरिदका लागि व्यापारी नआएकाले बिक्री भएको छैन् एउटाको मूल्य रु ५०० देखि एक हजार ५०० सम्म पर्ने भएकाले यसबाट रु तीन लाख बराबरको आम्दानी हुने अनुमान अनुमान बिमलाको छ । “हाम्रा दम्पतीले प्रत्येक वर्ष यार्सागुम्बाबाट रु चार लाखसम्म कमाई
More

पत्रकार महासंघ यूके शाखाको बैठक सम्पन्न

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको वैठक सम्पन्न भएको छ । लण्डनस्थित उषामन्टिजमा बसेको शाखाको बैठकले मे २१ का दिन गरिएको च्यारिटी डिनरको बारेमा बैठकमा गम्भीर समीक्षा गरेको छ । बैठकले समग्रमा च्यारीटी कार्यक्रम भव्यरुपमा सफल भएको ठहर गर्दै कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई आगामी दिनमा सच्याउने प्रतिवद्धता गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सबै संघसंस्था व्यक्ति व्यक्तित्व, प्रायोजकहरु सबैलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकमा च्यारिटीबाट ३२,७४९.९९ पाउण्ड आम्दानी र ९,००५.३३ पाउण्ड खर्च र उठ्न बाँकी ४,३८० पाउण्ड रहेको जानकारी दिइयो । बैठकले च्यारीटीको लागि बोलेका सहयोगदाताहरुलाई उठ्न बाँकी रहेको राशीलाई जुलाई महिनाभित्रमा शाखाको खातामा जम्मा गर्न आग्रह
More