Daily Archives 4th July 2017

एनआरएनको विधान कुल्चेर पदाधिकारीहरु एमालेमा

लन्डन । एनआरएनए यूकेका पदाधिकारीहरु संस्थाको विधान विपरित एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च यूके नेतृत्वमा पुगेका छन् । गत आइतबार लन्डनमा सम्पन्न प्रवासी नेपाली मञ्च यूकेको चौंथो अधिवेशनमार्फत बिना राजिनामा मञ्चको नेतृत्व सम्हाल्न पुग्नेहरुमा एनआरएनए यूकेका उपाध्यक्ष दासु पाण्डे, महासचिव विजय विक्रम लिंग्देन, सचिव कृष्ण तिवारी, महिला संयोजक सुशिला राई र युवा संयोजक हरि आचार्य छन् । पाण्डे, लिंग्देन, तिवारी, राई र आचार्य क्रमशः सचिव, महासचिव, तिवारी सदस्य, राई सदस्य र आचार्य सदस्य छन् । एनआरएनएको केन्द्रिय विधानले कुनै राजनीतिक, जातीय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको प्रमाण संघमा
More

ऐन, कानुन उपलब्ध गराउन र निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारका रूपमा रहेको कानुन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारलाई पत्राचार गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा आज बसेको बैठकले गृह मन्त्रालयमार्फत सरकारलाई उक्त विषयको पत्र पठाउने निर्णय गरेको हो । नेपालको संविधानले निर्दिष्ट गरेअनुसार हालको व्यवस्थापिका–संसद् आगामी माघ ७ गतेसम्म कायम रहने हुँदा उक्त मितिभित्र सङ्घीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था रहेको जनाउँदै आयोगले प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारका रूपमा रहेको कानुन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन
More

विराटनगरमा नेपाली काँग्रेसको अग्रता कायमै

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले नौ हजार १२४ मत, नेकपा(एमाले)का विनोद ढकालले छ हजार ४४६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ३५७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपप्रमुखको पदमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीले सात हजार ७४०, नेकपा (माओवादी केन्द्र)की नमिता न्योपानेले तीन हजार ८१४ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौंधरीले तीन हजार ७३१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
More

लागुऔषध कारोबारमा संलग्न चारजना पक्राउ

काठमाडौं । लागुऔषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले लागुऔाषधसहित दुई र लागुऔषध कारोबारमा संलग्न दुई जना गरी चार जनालाई पक्राउ गरेको हो । सप्तरीबाट काठमाडौँ आउँदै गरेको ना५ख ५३१४ नंको बसमा झोलाभित्र लुकाईछिपाई ल्याइरहेको अवस्थामा सिरहा लहानका १७ वर्षीय सन्तोष पासवान र २० वर्षीय अर्जुन महतोलाई नागढुङ्गाबाट पक्राउ गरेको हो । यस्तै, लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा सोलुखुम्बुका ३३ वर्षीय राजेन्द्र राउत र काभ्रेपलाञ्चोकका २३ वर्षीय गणेश गिरीलाई गौशालाबाट पक्राउ गरेको छ । पासवान र महतोको साथबाट ५० एम्पुल डाइजेल्याब, ५० एम्पुल नुर्फिन, ५१ एम्पुल फेनार्गन र ५८ ट्याबलेट
More

जीपी कोइराला जन्मजयन्ती

गिरीजाप्रसाद कोइरालाको ९४ औँ जन्मजयन्तीको अवसरमा जीपी कोइराला फाउन्डेसनद्वारा मङ्गलबार काठमाडौँमा आयोजित बिचार गोष्ठीमा कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर: प्रदीपराज वन्त
More

कोरियामा कार्यरत नेपालीको सेवा, सुविधा बढाउन आग्रह

काठमाडौं । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधामा वृद्धिलगायत विषयमा चासो व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा नेपाली पक्षले चिकित्सक, इन्जिनियरजस्ता दक्ष जनशक्ति कोरियामा रोजगारीका लागि खुला गर्न, इपिएस प्रणालीमार्फत जाने नेपाली कामदारको दरबन्दी बढाउन, कोरियामा ‘केयर गिभर’ खुलाउन तथा महिला कामदारको माग वृद्धि गर्नेजस्ता विषयलाई प्राथमिकता दिन राजदूतसँग आग्रह गरेको थियो । मन्त्री मन्सुरले भन्नुभयो, “नेपालबाट मेडिकल पास भएर गएकाहरु त्यहाँ फेल भएको, कोरियामा कार्यरत नेपाली कामदारको मृत्यु दर र आत्महत्यामा वृद्धिको विषयमा समेत हामीले राजदूतकोे ध्यानाकर्षण
More

नेपाली कारागारमा भुटानी धेरै

काठमाडौं । नेपाली कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् । कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा कुल २२७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै बङ्गलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ नौ, रोमानियाली छ र तान्जेनियाली तीन छन् । यसैगरी भारत, भियतनाम, थाइल्यान्ड, मलेसिया, इरान, नाइजेरिया, फ्रान्स, बेलायत, श्रीलङ्का, दक्षिण अफ्रिका, टर्की, क्यानडा, जाम्बिया, फिलिपिन्स, स्वीडेन, रुस, सिङ्गापुरलगायत मुलकका कैदी छन् । तीमध्ये छ कैदीबन्दीको ठेगाना खुलेको छैन । विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले चोरी, लागुऔषध, बैङ्किङ कसुर, किर्ते नागरिकता, बिना प्रवेशाज्ञा, कर्तव्य ज्यान, खोटा चलनलगायत अपराधमा विदेशीलाई कारागारमा राखिएको बताउनुभयो । नेपालमा रहेका विदेशी कैदीबन्दीमध्ये ३८ झापा कारागार, २१ भुम्का
More

४६ तहमा मतगणना जारी, चारमा स्थगित

काठमाडौं । दोस्रो चरणमा असार १४ गते तीन वटा प्रदेशका ३५ जिल्लामा भएको ३३४ स्थानीय तहको मतगणनाको हालसम्म २८४ को अन्तिम परिणाम प्राप्त भएको छ । यससँगै २५ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का १०९, प्रदेश नं ५ का ९४ र प्रदेश नं ७ का ८१ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ । आज अपराह्न ३:३० बजेसम्मको मतगणनाअनुसार नेकपा(एमाले) एक हजार १२४, नेपाली काँग्रेस १०७, नेकपा (माओवादी केन्द्र) ३६, सङ्घीय समाजवादी फोरम नेपाल छ , मधेसी जनअधिकार फोरम नेपाल पाँच, राप्रपा तीन, राष्ट्रिय
More

थाइल्याण्डमा जिका भाइरस संक्रमित भेटिए

बैंकक । मध्यथाइल्याण्डको फिचित प्रान्तमा ११ व्यक्तिमा जिका भइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । त्यसैगरी यस भाइरसबाट थप २७ व्यक्ति प्रभावित भएको बताइएको भए पनि यसको भने पुष्टि हुन बाँकी रहेको थाइ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । एघार जनाको मात्र पुष्टि भएको प्रान्तीय गभर्नर विरासक विचितसइङ्सीले जानकारी दिएका छन् । उनले भनेका छन् परीक्षणबाट ११ व्यक्ति सो भाइरास संक्रमित भएको पुष्टि भएको छ र अरु संक्रमितका बारेमा अनुसन्धान जारी छ । संक्रमित भएको पुष्टि भएका ती व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । जिका भाइरसको संक्रमण लामखुट्टेको टोकाईबाट हुने गर्छ । गर्भवती यस भाइरसबाट प्रभावित भएको खण्डमा जन्मिने
More

लिभरपूल नेपाली समाजद्वारा आर्थिक सहयोग

लण्डन । लिभरपूल नेपाली समाजले विल्सन रोगबाट पिडित दार्जिलिङ्ग निवासी १२ वर्षिय आन पांडी लेप्चालाई आर्थिक सहयोग गरेको छ । समाजले २ वर्ष देखी आर्थिक अभावका कारणले उपचार गर्न नसकेकी लेप्चालाई १ हजार १ पाउण्ड सहयोग गरेको हो । उनको उपचारको लागि आर्थिक संकलन गर्न समाजले आइतवार एक च्यारिटी कार्यक्रम आयोजना गरेको थियो। लिभरपुलस्थित नेपाली समूदायको उपस्थितीमा भएको कार्यक्रमबाट उठेको सहयोग रकम समाजका अध्यक्ष कुमार घर्तिले देउमान इजामलाई हस्तान्तरण गरेका थिए । इजामले आर्थिक अवस्था कमजोर भएको परिवारप्रति सहानुभुति देखाएर लिभिरपूलवासी नेपालीहरुले गरेको सहयोग प्रति धन्यवाद दिए । उनले थोरै संख्या भए पनि सधैझै लिभरपूलमा नेपालीहरु सक्रिय र एकताबद्द भई
More

एनआरएनलाई दूतावासबाटै मतदानको सुविधा दिइन्छ: एमाले नेता, योगेश भट्टराई

लण्डन । गोर्खा सैनिकले बेलायतलाई ठूलो गुण लगाएका छन् । एउटा देशको नागरिक अर्को देशको सेनामा बसेर तेस्रो देशसँग लड्न जान्छ भने त्योभन्दा ठूलो योगदान अर्को हुनै सक्दैन । त्यसकारण बेलायत सरकारले गोर्खा सैनिकको सम्मान गर्नुपरेको छ । २१ औं शताब्दीमा पनि हामी कसैका निम्ति लडिरहेका छौं भने यो भन्दा ठूलो योगदान केही हुँदैन । आजको दिनमा बेलायत सरकारले गोर्खा सैनिकको उचित सम्मान गर्नुपर्छ । नेकपा एमालेले जहिले पनि नेपालस्थित बेलायती दूतावासमा यो कुरा उठाउँदै आएको छ । बेलायत सरकारका प्रतिनिधिहरुको नेपाल भ्रमणका बेला हामीले यो कुरा उठाउँदै आएका छौं । गेसोका साथीहरुसँगको छलफलमा पनि हामीले यो कुरा उठाउँदै आएका
More

२८१ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?

काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २८१ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो नतिजा अनुसार एमाले अग्रस्थानमा छ । एमालेले अहिलेसम्म ३१ नगरपालिकासहित १२२ स्थानीय तहमा जीत दर्ता गरेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसल ३४ नगरपालिकासहित १०७ स्थानीय तहमा जीत हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले सात नगरपालिकासहित ३५ स्थानीय तहमा जीत दर्ता गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा उप–महानगरपालिका र दुई वटा गाउँपालिकामा जीत हात पारेको छ ।
More

आगलागी पीडितलाई युकेबाट रु चार लाख

भोजपुर । भोजपुर नगरपालिका–१० भैँसीपङ्खाका आगलागी पीडितलाई रु चार लाख १५ हजार आर्थिक सहयोग प्राप्त भएको छ । भैँसीपङ्खामै जन्म लिई बेलायतमा बसोबास गर्ने नेपालीले एकमुष्ट आर्थिक सहयोग पठाएका हुन् । युकेमा सङ्कलित रकम सोही समाजका सदस्य डा भक्त राईले सोमबार क्षतिको आधारमा पीडित परिवारलाई वितरण गर्नुभएको हो । २०७३ फागुन २० गते भोजपुरको भैँसीपङ्खामा आगलागी हुँदा पाँच घरमा क्षति पुगेको थियो ।
More

झापामा एमालेको अग्रता कायमै

दमक । झापाको जारी स्थानीय तहको मतगणना सम्पन्न हुन बाँकी रहेका ११ वटा स्थानीय तहमध्ये नौ वटामा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ । आज बिहानसम्मको मतपरिणामअनुसार जिल्लाका दुई गाउँपालिकासहित सात नगरपालिकामा एमालेले आफ्नो अग्रता कायम राखेको हो । एमालेले जिल्लाको दमक, गौरादह, शिवसताक्षी, विर्तामोड, मेचीनगर, अर्जुनधारा र भद्रपुर नगरपालिका तथा बुद्धशान्ति र कमल गाउँपालिकामा अग्रता लिएको छ । यसअघि एमालेले कनकाई नगरपालिकामा विजय हासिल गरेको छ । एमालेका तर्फबाट कनकाईको प्रमुखमा राजेन्द्र पोखरेल विजयी हुनुभयो । यस्तै, नेपाली काँग्रेसले एक स्थानमा विजय हासिल गरेर एक स्थानीय तहमा अग्रता लिएको छ । झापा गाउँपालिकामा काँग्रेसका जयनारायण शाह अध्यक्षमा विजयी हुनुभएको
More

२८१ स्थानीय तहको नतिजा सार्वजनिक

काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २८१ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो नतिजा अनुसार एमाले अग्रस्थानमा छ । एमालेले अहिलेसम्म ३१ नगरपालिकासहित १ सय २० स्थानीय तहमा जीत दर्ता गरेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसल ३४ नगरपालिकासहित १ सय २ स्थानीय तहमा जीत हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले सात नगरपालिकासहित ३४ स्थानीय तहमा जीत दर्ता गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा उप–महानगरपालिका र दुई वटा गाउँपालिकामा जीत
More

बस पल्टिँदा घाइते सातमध्ये तीन जनाको मृत्यु

चितवन । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुबाहक बस पल्टिँदा घाइते भएका सात जनामध्ये तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ । उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमानै मृत्यु भएको र चालक रानामगरको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । तनहुँको आँबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा पठाएका पाँचजना घाइतेलाई थप उपचारका लागि
More

प्राधिकरणका सुपरभाइजर घुससहित पक्राउ

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाका सुपरभाइजर भगवान सागर भैललाई घुस लिइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरेको छ । आयोगको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भैललाई रु ११ हजार घुस लिइरहेको अवस्थामा उनकै कार्यकक्षबाट सोमबार रङ्गेहात पक्राउ गरेको हो । एक ग्राहकसँग मिटरको क्षमता वृद्धि गर्न भैलले घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले अनुसन्धानका क्रममा भैललाई रङ्गेहात पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका–५, साविक कटुञ्जे गाविस–१ मा अवस्थित एक मसला उद्योगले १५ एम्पियरको मिटरलाई ३२ एम्पियर बनाउन निवेदन दिएकोमा भैलले ढिलासुस्ती गर्दै ग्राहकसँग घुस मागेका थिए । ग्राहकले आयोगमा उजुरी गरेपछि आयोगको टोलीले छानबिन सुरु
More