Daily Archives 5th July 2017

संविधान संशोधन नगरी प्रधानमन्त्री देउवाको भारत भ्रमण नहुने

काठमाडौं । भारत भ्रमणको उत्कट चाहना राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई दिल्ली पठाएका थिए । तर दिल्लीबाट परराष्ट्रमन्त्री महरा रित्तो हात फर्केका छन् । परराष्ट्रमन्त्री महराले आज संसदमा दिएको अभिव्यक्तिले उक्त कुरा प्रष्ट हुन्छ । परराष्ट्रमन्त्री महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताएका छन । आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै मन्त्री महराले दिल्लीमा रहँदा प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिएका हुन । प्रधानमन्त्री देउवाको भारत भ्रमण परराष्ट्रमन्त्रीले तय गर्न नसकेपछि राजदूतलाई जिम्मा लगाइएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमण तत्काल हुँदैन भन्ने अर्थ
More

अब २३ स्थानको मात्रै नतिजा आउन बाँकी

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनको अहिलेसम्म घोषित तीन सय ९ तहको परिणाममा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले ३९ नगर र एक उपमहानगरसहित १ सय ३७, कांग्रेसले ४४ नगरसहित एक सय १८, माओवादी केन्द्रले ८ नगरसहित ३६ र संघीय समाजवादी फोरमले ६ स्थान जितेको छ । त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमले एक नगरसहित छ, राष्ट्रिय जनमोर्चाले दुई र राप्रपाले एक उपमहानगरपालिकासहित ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारले दुई ठाउँमा जित हासिल गरेका छन । प्रदेश नम्बर एकका ताप्लेजुङ, पाँचथर, धनकुटा, संखुवासभा,
More

वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी सहायता कक्ष स्थापना

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले यहाँ आज एक कार्यक्रमकाबीच सहायता कक्षको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग समन्वय गर्नेगरी कक्षले काम गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिनहुँ वैदेशिक रोजगारीका अनेक समस्या लिएर म कहाँ बिभिन्न व्यक्ति आइरहनुभएको छ, उहाँहरुले अब यही कक्षमा जानकारी गराए पनि माग सम्बोधन हुनेगरी व्यवस्था मिलाएका छौँ ।” कुनै समस्या परे विभाग र बोर्डमा गएर जानकारी वा उजुरी दिनु नै उपयुक्त व्यवस्था हुने तर त्यहाँ समाधान त्यहाँबाट सुनुवाइ
More

विदाइमा म्यादी प्रहरीको आँखा रसाए

भक्तपुर । विदाइका टीका लगाएर प्रमाणपत्र ग्रहण गर्दैगर्दा म्यादी प्रहरी विनिता खड्काको आँखा रसायो । म्यादी प्रहरीमा रहेर दुई महिना प्रहरी कै भूमिका निर्वाह गर्नुभएका उहाँले विदाइको क्षण तीतो भएकाले आँसु रोक्नै नसकेको बताउनुभयो । आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित विदाइ कार्यक्रममा यसैगरी धेरै म्यादी प्रहरीको आँखा आँशुले भरिए । म्यादी प्रहरीमा छँदा आफूलाई देशको जिम्मेवार सिपाहीको रुपमा पाएको अनुभव उहाँले व्यक्त गर्नुभयो । भक्तपुरस्थित चाँगुनारायण नगरपालिका–८ जितपुरका २० वर्षीया विनितासँगै अरु म्यादी प्रहरी पनि भावविह्वल भए । स्नातक तह प्रथम वर्षमा अध्ययन गर्दै गरेका विनिताले भन्नुभयो – “म देशको सिपाही भइसकेको थिएँ । प्रहरी मै रहेर देशको सेवा
More

झलारी गाउँ जलमग्न

मङ्गलबार रातीदेखिको वर्षाका कारण जलमग्न भएको धनगढी उपमहानगपालिका–१३ स्थित झलारी गाउँ । यहाँ पानी निकासको राम्रो व्यवस्था नहुँदा स्थानीयवासीलाई आवागमनमा समस्या भएको छ । तस्बिर : सिद्धराज भट्ट
More

चार देशलाई कतारले के जवाफ पठायो ?

दुबई । नाकाबन्दी खोल्नका लागि कतारसँग राखिएका शर्तका बारेमा कतारले पठाएको जवाफसहितको पत्र चारवटा खाडी देशले बुधबार प्राप्त गरेको जनाएका छन् । साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले आफ्ना शर्तहरु पुरा गर्न कतारलाई दिइएको यसअघिको चेतावनी समयमा सोमबार ४८ घन्टा थप गरेका थिए । ती देशहरुले विच्छेद भएको कूटनीतिक सम्बन्ध पुनस्र्थापना गरी नाकाबन्दी खोल्न १३ बुँदे शर्त राखेका छन् । उक्त चेतावनीको समयका बारेमा लेखिएको जवाफी पत्र कतारले मङ्गलबार पठाएको थियो । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले बुधबार संयुक्त विज्ञप्ति प्रकाशन गरी कतारको जवाफी पत्र प्राप्त गरेको जनाएका छन् । उनीहरुले कुवेतका राजामार्फत सो पत्र
More

यिनी अब अमेरिका उड्छिन कि उपमेयर सम्हालछिन् ?

काठमाडौं । डिभी परेर अमेरिका बसोबास गर्ने प्रेमचन्द्र सापकोटासँग विवाह गरेको वर्ष दिन नपुग्दै ढाकाकुमारी पराजुली उर्फ ताराले बेलबारी नगरपालिकामा उपमेयर जितेकी छन् । नेकपा एमालेबाट तारा उपमेयरमा निर्वाचित भएकी हुन् । उक्त नगरपालिकामा मेयर र उपमेयर एमालेले जितेको छ । ताराले ११ हजार ३ सय २२ मत ल्याएर निर्वाचित भइन भने उनको निकटम प्रतिद्वन्द्वी रुक्मणी धिमालले १० हजार ९ सय २२ मत ल्याइन् । तारा कवि र शिक्षिका हुनुका साथै एमालेको संगठित कार्यकर्ता थिइन् । कवि र कविताकै माध्यमबाट अमेरिकामा रहेका प्रेमचन्द्रसँग ताराको फेसबुकमा लभ परेको थियो । कविता र साहित्यमा रुचि राख्ने प्रेमचन्द्रलाई तारासँग फेसबुकमै भेट गराउने काम
More

भारु नोटको सटहीका सम्बन्धमा छिटो हल गरिने

काठमाडौं । उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताउनुभएको छ । व्यवस्थापिका–संसद् बैठकलाई उहाँले आफ्नो भारत भ्रमणका बेला त्यहाँ प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिनुभयो । उपप्रधानमन्त्री महराले भन्नुभयो, “भ्रमणका दौरान दुवै मुलुकबीच पाइप लाइनमा भएका विकाससँग सम्बन्धित विषयलाई अघि बढाउने कुरा उच्चस्तरमा छलफल भयो, भारत सरकारले हालै लागू गरेको नयाँ कर प्रणालीले नेपालका सिमाना बजारमा पर्ने असर तथा नेपालमा रहेको भारतीय रुपैयाँ नोटको सटहीका सम्बन्धमा छिटो हल गर्ने कुरामा विस्तृत छलफल भयो ।” खाना पकाउने ग्यास बोक्ने बुलेट गाडी नेपालमा छिटो ल्याउने र
More

एनआरएन अमेरिकाको निर्वाचन अगष्ट ११ र १२ मा

होमप्रसाद लम्साल । टेक्सस । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएन) अमेरिकाको (२०१७ देखि २०१९ का लागि) चुनाव आउँदो अगष्ट महिनामा हुने भएको छ । सदस्यता भेरिफिकेसनमा निकै विवाद खेपेको निर्वाचन समितिले मंगलबार आगामी निर्वाचनको कार्यक्रम प्रकाशित गर्दै अगष्ट ११ र १२ तारिख अनलाईन निर्वाचन हुने जनाएको छ । प्रकासित सुचना अनुसार उम्मेदवारको मनोनयन बुधबारबाटै सुरु हुनेछ । लामो समय सदस्यता भेरिफिकेसनका नाममा विवाद भएर ढिला गरी निर्वाचन हुने मिति तय भएको हो । एनआरएन अमेरिकाको अध्यक्ष लगायत ३३ पदको चुनाव हुनेछ । त्यस्तै ८ जना आईसीसी सदस्यको पनि चुनाव हुनेछ । एनआरएन अमेरिकाको २५ स्टेट च्याप्टरको
More

शून्य मतदान भएको तिंला सुनसान

सोलुखुम्बु । सोलुखुम्बुका एक नगरपालिका र सात गाउँपालिकामा रहेका ५२ वटा वडामध्ये ५१ वटा वडामा जनप्रतिनिधि निर्वाचित भएर विजयोत्सव मनाउँदै पदभार बहाली गरिरहँदा नेचा सल्यान–६ तिंला भने सुनसान भएको छ । अन्य ५१ वडामा अध्यक्षसहित जनप्रतिनिधिले काम नै शुरु गरिसक्दा तिंलामा पुनः निर्वाचन नहुने कुराले स्थानीय निराश बनेका छन् । स्थानीय निकाय पुनःसंरचना आफूहरु अनुकूल नभएको भन्दै गत फागुन अन्त्यदेखि नै आन्दोलनमा रहेका साबिकको तिंला गाविसवासीले नो भोट, नो क्यान्डिडेट आन्दोलनअन्तर्गत कोही उम्मेदवार पनि बनेनन् र कसैले मतदान पनि गरेनन् । गत बुधबार भएको निर्वाचनमा नेचा सल्यान–६ अर्थात् साबिकको तिंलामा थापिएका पाँच मतदान केन्द्रका मतपेटिका रित्तै भएपनि दुई हजार ४७८
More