Daily Archives 7th July 2017

कलवलगुडीमा धान रोपाइँ

झापाको कलवलगुडीमा कृषि विकास कार्यालयद्वारा शुक्रबार धान रोपाइँ गरिँदै । तस्बिर : मोहम्मद सदरुल
More

जन्म दिनमा पूर्वराजाको यस्तो आयो सन्देश

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले पद, प्रतिष्ठा र प्रशंसा कहिल्यै नचाहेको बताएका छन् । आफ्नो ७१ औं जन्मदिनको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले पद प्रतिष्ठा र प्रशंसा भन्दा पनि आफ्नो चाहना देशक्ति नै रहेको बताएका हुन् । मुलुकको एकतामा जोड दिँदै उनले आफ्नो शुभकामना सन्देशमा ‘देश जोगियोस्, जोडियोस् र विग्रह तर्फ नलागी सुदृढ राष्ट्रिय एकता तर्फ अग्रसर रहोस्’ भन्ने उल्लेख गरेका छन् । मुलुकको एकता र सुदृढ राष्ट्रियताप्रतिको भावना आम नेपालीमा र खासगरी राष्ट्रप्रति जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् भन्ने कामना गरेको उनले हरेकपल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपूर्व एकताको सह्राहना गरेका छन् । वैदेशिक रोजगारीमा
More

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

राजविराज । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुभयो । प्रधानमन्त्री देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाट पनि गर्नुभयो । सप्तरीको तिरौता गाउँपालिकाअन्तर्गत मैना करेडोलगायतका ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानका बारेमा उहाँले जानकारी पनि लिनुभएको थियो । एक हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएका बाढीले त्यहाँको बाँध भत्काउनाका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेको थियो । प्रधानमन्त्री देउवासँगै उपप्रधान तथा गृहमन्त्री जनार्दन शर्मा पनि हुनुहुन्थ्यो ।
More

६ मा एमाले ३ मा कांग्रेस अगाडि

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब ९ स्थानको मात्र मतपरिणाम आउन बाँकी छ । हालसम्मको परिणाम अनुसार एमाले अग्रस्थानमा छ । एमालेले १४६ स्थानमा विजयी हुँदै पहिलो स्थानमा छ । यस्तै, कांग्रेसले ११८ स्थानमा जित हासिल गरेको छ । माओवादी केन्द्र ३८ स्थानमा मात्र विजयी भएको छ । संघीय समाजवादी फोरम ८ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएको छ । राप्रपा ४ स्थानमा विजयी हुँदा राष्ट्रिय जनमोर्चाले २ स्थानमा जित हासिल गरेको छ । स्वतन्त्रले ३ स्थानमा जित हासिल गरेको छ । जारी ९ स्थानको मतगणनामा
More

जनमतसङ्ग्रहपछि बेलायत विदेशी लगानी आकर्षणको केन्द्र

लण्डन । संयुक्त अधिराज्य (यूके)को अन्तर्राष्ट्रिय व्यापार महाशाखाले हिजो बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ मुलुक युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमतसङ्ग्रहपछि बेलायतले प्रत्यक्ष विदेशी लगानीमा सन् २०१६–०१७ मा ऐतिहासिक आकर्षण गरिएको बताइएको छ । उक्त अवधिमा रेकर्ड राखेका दुई हजार २०० योजना अघिल्लो बर्षको तुलनामा दुई प्रतिशतको बृद्धि हो । तथ्याङ्कले सो अवधिमा ७५ हजार २२६ रोजगारीका अवसरहरू सिर्जना भएका थिए भने ३२ हजार ६७२ रोजगारीका अवसर गुम्ने स्थितिबाट जोगिएका थिए । यो तथ्याङ्क अनुसार यो समयमा सरदर प्रतिहप्ता दुई हजार रोजगारीका अवसर सिर्जना भएको देखिन्छ । प्रविधि, नवीकरणीय उर्जा, जीव विज्ञान, र सिर्जनात्मक उद्योगका लागी
More