Daily Archives 8th July 2017

प्रदेश १, ५ र ७ मा एमालेलाई बहुमत

काठमाडौं । दोस्रो चरणमा स्थानीय तह निर्वाचन भएका तीनओटा प्रदेशको मतमरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणमा निर्वाचन भएका तीनओटा प्रदेशमध्ये प्रदेश नम्बर–१ र ५ मा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ भने प्रदेश नम्बर–७ मा नेपाली कांग्रेस र नेकपा एमाले बराबर हैसियतमा देखिएका छन् । यद्यपि पुनर्वास नगरपालिका एमालेको पक्षमा गए उसैको बहुमत पुग्छ । एमालेले आफूहरुले आँकलन गरेजति सिट प्राप्त गर्न नसकेपनि कठिनाइका बाबजुद् पहिलो पार्टी बन्न सफल भएको समीक्षा गरेको छ । प्रदेश–१ मा एमाले र कांग्रेसबीच झन्डै २० सिटको अन्तरपर्ने देखिन्छ । माओवादी केन्द्र भने ९ सिटमा चित्त बुझाउन बाध्य भएको छ ।
More

गोर्खाल्यान्ड आन्दोलन हिंसात्मक, थप दुईको मृत्यु

झापा । छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखी दार्जिलिङमा जारी आन्दोलन थप हिंसात्मक बनेको छ । सुरक्षाकर्मीको गोली लागेर शनिबार दुई प्रदर्शनकारीको मृत्यु भएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा केही सुरक्षाकर्मीसहित पन्ध्र जना घाइते भएका छन् । स्थानीय टासी भुटिया एउटा औषधि पसलबाट औषधि किनेर फर्किने क्रममा सुरक्षाकर्मीको गोलीको निसाना बनेका थिए । सोही घटनाको विरोधमा गोर्खा जनमुक्ति मोर्चाले आज सोनादामा धर्ना कार्यक्रमको आयोजना गरेको थियो । धर्ना र लगातारको नाकाबन्दी हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको बताइएको छ । प्रदर्शनकारीले सोनादास्थित टोय ट्रेन स्टेसन, पुलिस स्टेसन र घुम टोय ट्रेन स्टेसनमा आगजनीसमेत गरेका छन् ।
More

जनप्रतिनिधिको विजयी सभा

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झपाको दमकमा नेकपा (एमाले)का प्रमुख, उपप्रमुखसहित ८ वटा वडामा विजयी भएपछि शनिबार नवनिर्वाचित जनप्रतिनिधिहरुको विजयी सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । तस्बिर : यज्ञराज आङदेम्बे
More

‘संशोधन गर्न एमालेले दिएन’

काठमाडौं । नेपाली काँगे्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले संविधान संशोधन गर्न नदिई नेकपा (एमाले)ले मुलुकमा सधैँभरि द्वन्द्व कायम राखी आफ्नो शक्ति मजबुत बनाउने रणनीतिक चाल चालिरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले संविधान संशोधन गर्न नदिई संविधानलाई सर्वस्वीकार्य बनाउन असहयोग जारी राखेमा ऊ इतिहासमा दोषी हुनुपर्ने बताउनुभयो । नेपाली काँगे्रस र नेकपा (माओवादी केन्द्र) दुई शक्ति मिलेर संविधानलाई मधेसी जनताको पनि अपनत्व गराउने प्रयास गरिरहेको र यसमा प्रधानमन्त्री सफल हुने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले संविधान संशोधन, प्रदेश तथा सङ्घको निर्वाचनमा नेकपा (एमाले) बाधक बनिरहेको बताउँदै एमालेकै कारण देश अनिर्णयको बन्दी बनिरहेको बताउनुभयो
More

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७० लाख २३ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएको हो । गत साता १६० कम्पनीको कारोबार भएको थियो । गत साता रु एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरका ३४ लाख १४ हजार ५० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२९ अङ्कले बढेर अन्तिम दिन एक हजार ५८२.११ अङ्कमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको
More

उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति

काठमाडौं । अनेरास्ववियुले उच्च शिक्षा अध्ययनका लागि १५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । अनेरास्ववियुले आज यहाँ एक कार्यक्रमको आयोजना गरी माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तीर्ण गरेका ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । अनेरास्ववियुका पूर्वअध्यक्ष रामनाथ ढकालको स्मृतिमा सो छात्रवृत्ति स्थापना गरिएको छ । छात्रवृत्ति प्रदान गरिएका ती विद्यार्थीलाई उपत्यकाका विभिन्न सरकारी तथा निजी कलेजमा अध्ययन गराइनेछ । छात्रवृति प्राप्त गर्ने विद्यार्थीलाई कक्षा ११ र १२ का लागि विज्ञान, मानविकी, शिक्षा र व्यवस्थापन विषयमा लाग्ने शुल्क उपलब्ध गराउने अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिनुभयो । सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले छात्रवृत्ति प्रदान
More

बेलायतसँगको सिमाना खोल्ने आयरल्याण्डको चाहना

ब्राटिस्लाभ । बे्रक्जिटपछिको अवस्थामा आयरल्याण्डले बेलायतसँगको आफ्नोे सिमाना खुल्ला राख्ने चाहना व्यक्त गरेको छ । बेलायतले युरोपेली सङ्घबाट बाहिरिने जनमत प्राप्त गरेपछि आयरल्याण्डको सो भनाइ आएको छ । यद्यपी बेलायत युरोपेलियसँगबाट औपचारिक रुपमा बाहिरी सकेको भने छैन यो प्रक्रियामा नै रहेको छ । आयरल्याण्डका विदेश मन्त्री सिमोन कोभेनीले स्लोभाकियाका समकक्षी मिरोस्लाभ लजाकसँगको शुक्रबार भएको छलफलका क्रममा सिमाना खुल्ला राख्ने चाहना व्यक्त गर्नुभएको हो । “बेलायत र आयरल्याण्डको सिमा नाका खुल्ला गरेर आर्थिक र ब्रेक्जिटको क्षेत्र स्थापित हुनेछ भन्ने हामीलाई विश्वास छ,” कोभोनीले जोड दिनुभयो । लजाकले ब्रेक्जिट बारेको आयरल्याण्डको धारणाप्रति आभार व्यक्त गर्नु भएको छ । “आयरल्याण्ड र स्लोभाकियाबीच धेरै
More

स्थानीय तहमा एमाले पहिलो र कांग्रेस दोस्रो पार्टी

काठमाडौं । प्रदेश २ मा स्थानीय तहको निर्वाचन हुन बाँकी रहेको अवस्थामा नेकपा एमाले पहिलो पार्टी बनेको छ । सत्तारुढ दल नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अब जम्मा चार तहको मात्र मत परिणाम आउन बाँकी रहेको छ । परिणाम आउन बाँकी रहेका मध्ये तीनमा नेकपा एमाले र एकमा नेपाली काँग्रेस अगाडी रहेका छन् । एमालेले सुनसरीको धरान उपमहानगरपालिका, कञ्चनपुरको पुनर्वास नगरपालिका र झापाको अर्जुनधारा नगरपालिकामा अग्रता लिएको हो भने कांग्रेस मोरङको विराटनगर महानगरपालिकामा अगाडी रहेको छ । दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा गरिएको निर्वाचनमा अहिलेसम्म ३
More

डा. आरजु देउवा मन्त्री बन्ने !

काठमाडौं । आज वा भोलि विस्तार हुने मन्त्रिपरिषद्मा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु देउवालाई पनि मन्त्री बनाउने निष्कर्षमा पुगेका छन् । विश्वासिलो र सहयोगी मन्त्रीका रुपमा प्रधानमन्त्री देउवाले डा. आरजुलाई मन्त्री बनाउन लागेका हुन् । उनलाई स्वास्थ्य मन्त्री बनाइने चर्चा छ, यद्यपि विवाद आउने डरले प्रधानमन्त्री देउवाले पनि गिरिजाप्रसाद कोइरालाले छोरी सुजता कोइरालालाई आफ्नो मन्त्रिमण्डलमा समावेश गराउँदाको थेउरी अपनाउने बुझिएको छ । तत्कालीन प्रधानमन्त्री कोइरालाले छोरी सुजाता कोइरालालाई पहिलो पटक विना विभागीय मन्त्री बनाएका थिए । प्रधानमन्त्रीको सहयोगीका रुपमा विना विभागीय मन्त्री बनाउन विवाद नआउने भएकाले पत्नी आरजुलाई पनि त्यही रुपमा प्रधानमन्त्री देउवाले आरजुलाई मन्त्री बनाउने बुझिएको छ ।
More

दार्जिलिङमा खाद्यान्न अभाव

झापा । खाद्यान्न, अत्यावश्यक सामग्री र पेट्रोलिय पदार्थको अभाव बढेसँगै भारतको पूर्वी पहाडी क्षेत्र दार्जिलिङको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । छुट्टै गोर्खाल्याण्ड राज्यको मागमा तीन सातादेखि अनिश्चितकालीन आमहड्ताल चलिरहेका कारण दार्जिलिङको जनजीवन कष्टकर बन्दै गएको हो । दार्जिलिङ र आसपास क्षेत्रका बासिन्दा दैनिक आवश्यकताका सामग्री, पेट्रोलियम पदार्थ र इन्टरनेटका लागि नेपालको सीमावर्ती बजार इलामको पशुपतिनगर आउन थालेको दार्जिलिङ अनलाइनले जनाएको छ । पश्चिम बंगाल सरकारले सबै विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेपछि दार्जिलिङमा आन्दोलन सुरु भएको हो । भाषालाई लिएर सुरु भएको आन्दोलन गोरखाल्याण्ड राज्यको मागमा पुगेको छ । गोर्खाल्याण्ड बनाउने सर्तमा मात्रै केन्द्र सरकारसँग वार्ता गर्न सकिने
More