Daily Archives 9th July 2017

एनआरएन यूकेको निर्वाचन तयारी तिब्र, सदस्यता शुल्क घटेन, मिति बढ्यो

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको बैठक सम्पन्न भएको छ । शनिवार अल्डरशटस्थित एम्पायर हाउसमा सम्पन्न बैठकले ९ सेप्टेम्वर हुने अधिवेसनका लागि सदस्यता लिने मिति १४ अगष्ट सम्मलाई तोकेको छ । बैठकले एनआरएन यूकेको साधारण सदस्यता शुल्कलाई २५ पाउण्ड नै कायम गरेको छ । गैरआवासीय नेपाली संघ यूकेको अधिवेसनमा मतदान गर्न र उम्मेदवारका लागि मतदाता नामावली तयार गर्न महासचिव बिजय बिक्रम लिङ्देनको संयोजकत्वमा १३ सदस्यीय समिति बनाउने निर्णय बैठकले गरेको छ । समितिमा उपाध्यक्षहरु दासुराम पाण्डे, योग फगामी , हिराधन राई , उपमहासचिव अर्जुन कटुवाल, सचिव फडिन्द्र भट्टराई , कोषाध्यक्ष दिपक श्रेष्ठ, सहकोषाध्यक्ष ललित न्यौपाने , प्रवक्ता खुशी लिम्बू
More

अष्ट्रेलिया एनआरएनएको अध्यक्षमा ५ मतले घोताने विजयी

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा मेलवर्नका टोनु घोताने विजयी भएका छन् । जुलाई ८ शनिबार साँझ करिब १० बजे सार्वजनिक भएको मतपरिणाम अनुसार निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र प्रताप शाहलाई घोतानेले पाँच मतले हराएका हुन् । घोतानले जम्मा २ हजार २ सय १८ मत प्राप्त गरे भने शाहले २ हजार २ सय १३ मत प्राप्त गरे । यस्तै महासचिवमा ब्रिसवेनका नारायण कोइराला विजयी भएका छन् । कोइरालाले निकटतम प्रतिद्धन्द्धी राजु मानन्धरलाई ७० मतले पछि पारेका हुन् । मतपरिणम अनुसार कोइरालाले १ हजार ९ सय ९९ मत प्राप्त गरे भने मानन्धरले १ हजार ९ सय २९ मत पाए । सचिवतर्फ
More

बेलायत कांग्रेसको अधिवेशन १६ सेप्टेम्बरमा हुने

लन्डन । बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन १६ सेप्टेम्बर आइतबार हुने भएको छ । यसअघि २२ जुलाईका लागि तोकिएको अधिवेसन तयारी पुरा नभएका कारणले सेप्टेम्वर महिनामा सरेको हो । आइतबार अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा सम्पन्न भेलाको छलफल पछि नयाँ मितिमा अधिवेसन गर्ने सहमति भएको हो । उक्त बैठकमा निर्वाचन समिति, विधान समिति तथा अधिवेशन तयारी समितिले गरेका कार्यप्रगति र भावी योजनाबारे उपस्थित जनसम्पर्क समितिका पदाधिकारीहरु उपाध्यक्ष युवराज गुरुङ्ग र महासचिव राजकुमार त्रिपाठी, सहमहामन्त्री तर्कजंग गुरुङ्ग, डा। मिन रानाभाट, क्षेत्रीय सभापति सूर्य नेम्वांग, हितकाजी गुरुङ्ग, कार्यसमितिका सदस्यहरु तस्विर लामा, महेश दाहाल, कुश बस्नेत, नरकुमारी लिम्बु, विनय अधिकारी,
More

सावित्री गुरुङको शोकसभा सम्पन्न

चितवन । नेपाली कांग्रेस चित्रवन नगरपालिका–११ ले शहिद लालध्वज गुरुङकी जेठी छोरीको निधन भएको १३ औं दिनको पुन्य तिथिमा शोकसभा आयोजना ग¥यो । गुरुङ निवास भरतपुर महानगरपालिका– १८ भुवनवस्तीमा आयोजित शोकसभामा नेपाली कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठले शहिद परिवार सावित्री गुरुङको निधनले नेपाली कांग्रेसले एक योद्धा गुमाएको बताउनु भयो । कार्यक्रमम नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, कांग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ, जिल्ला सचिव उत्तम जोशी, चित्रवन कांग्रेस सभापति शालिग्राम पौडेल, नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह, छोरी जानकी गुरुङलगायतले शोक मन्तव्य राख्नु भएको थियो । चित्रवन कांग्रस वडा–११ का राजककुमार तमाङको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेसका नेता
More

संविधान संशोधन विधेयकमा मतदानपछि मात्र मन्त्रिमण्डल विस्तार

काठमाडौं । संविधान संशोधन विधेयकमा मतदानपछि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलको विस्तार गर्ने भएका छन् । संविधान संशोधनभन्दा पहिले मन्त्रिपरिषद् विस्तार गर्दा राप्रपाका सांसदले साथ नदिने बुझेपछि मन्त्रिमण्डल विस्तार एक सातापछि सरेको हो । राप्रपा अध्यक्ष कमल थापाको सल्लाहअनुसार प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार एक साता पर सारेको बुझिएको छ । संविधान संशोधनका लागि उपप्रधानमन्त्रीसहित चारवटा मन्त्रालय राप्रपालाई दिने र ती मन्त्रालयमा राप्रपाले आफ्नो अनुकूल हुनेगरी मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्री राख्न पाउने बाटो नेपाली कांग्रेसले खुला गरिदिएको छ । सरकारमा सामेल भइसकेपछि राप्रपाका सांसदले बेइमानी गरेका कारण यसपटक भने संविधान संशोधन विधेयकमाथि मतदान भएपछि मात्रै सरकारमा सामेल गराउने नीति प्रधानमन्त्री देउवाले
More

पशुपतिमा मन्दिर भत्काएर क्रियापुत्री भवन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकालीस्थित अग्निहोत्री यज्ञशालामा रहेको चार शिवालयमध्ये एक शिवालय किरियापुत्री भवन बनाउनका लागि भत्काएपछि स्थानीयवासीले त्यसको विरोध गरेका छन् । सयौँ वर्ष पुरानो पुरातात्विक महत्वको मन्दिर पुरातत्व विभागसँगको बिनासमन्वय र मुचुल्कासमेत नउठाइ भत्काएर सांस्कृतिक सम्पदामाथि आक्रमण गरिएको स्थानीयवासीको आरोप छ । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले किरियापुत्री भवन बनाउन कोषलाई रु एक करोड ५० लाख उपलब्ध गराएको छ । किरियापुत्री भवन बनाउनका लागि कोषले शनिबार शिवालय भत्काइएको स्थानीय जलदराज वैद्यले बताउनुभयो । “शनिबारको बिदामा पुरातात्विक सम्पदा भत्काइएछ, यसकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पुरातत्व विभागमा उजुरी गर्छौं, मन्दिरमा रहेको मूर्ति र गर्भगृहमा रहेका अमूल्य निधि
More

खाडी मुलुकसँग कतारले क्षतिपूर्ति माग गर्ने

दोहा । चार खाडी मुलुकले कतारलाई एक्लाउँदा भएको नोक्सानको कतारले एउटा अध्ययन समिति बनाइ क्षतिपूर्ति माग गर्ने भएको कतार सरकारले बताएको छ । कतारका सरकारी अभियोजक अली अलमारीले आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा भन्नुभयो, “समितिले कतारमा रहेका निजी कम्पनी, सार्वजनिक सङ्घसंस्था र व्यक्तिबाट खाडी मुलुकको पछिल्लो निर्णयका कारण भएको व्यापारिक घाटाका विवरण जम्मा गर्नेछ र क्षतिपूर्ति दावी गर्नेछ ।” उहाँले केही विवरण पेश गर्दै क्षतिपूर्तिका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय संरचनालाई प्रयोग गरी क्षतिर्पूिर्त माग गर्ने बताउनुभयो । नव गठित समितिमा कतारका न्याय तथा विदेश मन्त्री पनि सदस्य रहेका छन् । सायदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनले कतारले आतङ्कबादलाई सघाएको आरोप
More

ब्रिटिस गायकको काठमाडौंमा कन्सर्ट

काठमाडौं । बेलायतका चर्चित अंग्रेजी गायक जे शनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएका छन् । दरबारमार्गस्थित ‘डेजा भु’ क्लबमा आगामी असार २८ गते बेलुका ७ बजेबाट कन्सर्ट सुरु हुनेछ । सुरुको चार घन्टा नेपाली डिजेहरूको सेसन रहने छ । त्यसपछि राति ११ बजेबाट ‘जे शन साँझ’ मा उनी प्रस्तुत हुनेछन् । उनले डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसंगीत प्रस्तुत गर्नेछन् । आयोजक संस्था युहान इन्टरनेसनलले बुधबार दिउँसो काठमाडौंको होटल सोल्टीमा पत्रकार भेटघाट आयोजना गरी जे शनको कन्सर्ट तयारी पूरा भएको जनाएको छ । इभेन्टस्ले ‘ब्लाक रिलिजन’ सांगीतिक शृंखलाअन्तर्गत जे शनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । नेपालका जे सनका
More

मौद्रिक नीतिप्रति मिश्रित प्रतिक्रिया

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको मौद्रिक नीतिमा सरोकारवाला सङ्घसंस्थाले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । नेपाल बैंकर्स सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत सङ्घसंस्था तथा तिनका प्रतिनिधि र बैंक तथा वित्तीय संस्थाका प्रमुखले सो नीतिका प्रावधानप्रति मिश्रित प्रतिक्रिया व्यक्त गरेका हुन् । प्रस्तुत नीतिले बैंक तथा वित्तीय क्षेत्रमा नीतिगत स्थायित्व कायम गर्ने प्रयास गरेकामा त्यसको स्वागत गर्दै नेपाल बैंकर्स सङ्घका अध्यक्ष अनिलकेशरी शाह त्यसले मुलुकको आर्थिक वृद्धिमा खासै प्राथमिकता नदिएको बताउनुहुन्छ । “मौद्रिक नीतिले वित्तीय क्षेत्रलाई दिशा निर्देश गरेको छ तर आर्थिक वृद्धिदर बढाउन आवश्यक पर्ने पुँजी प्रवाहमा उल्लेखनीय सहयोग गर्नेमा आशावादी हुने स्थान
More

राजपाले पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने

काठमाडौं । नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन चिह्नबाट चुनाव लड्नुपर्ने बाध्यता रहेको छ । निर्वाचन घोषणा भइसकेर दुई चरणको निर्वाचनसमेत सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिह्न लिएर निर्वाचनमा जान सम्भव नभएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुँदै दर्ता भई निर्वाचन चिह्न प्राप्त गरेका दलले मात्र दलीय निर्वाचन चिह्न पाउने व्यवस्था छ । संविधानको धारा २६९ र २७१ अनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र स्थानीय तह निर्वाचन ऐन, २०७३ का आधारमा
More

बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ

भीमदत्तनगर । आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ । गत मङ्गलबार घरमा एक्लै भएको मौका छोपी बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको प्रहरी टोलीले अभियुक्त बमलाई दिल्लीस्थित आफन्तको डेराबाट पक्राउ गरेको हो । बमलाई पक्राउ गर्न भारतीय प्रहरीको पनि सहयोग मिलेको प्रहरी सहायक निरीक्षक भट्टले जानकारी दिनुभयो । बालिकालाई निरन्तर रक्तस्राव भएपछि आफन्तले घटनाबारे थाहा पाएका थिए । बालिकालाई कोहलपुरस्थित मेडिकल कलेजमा उपचारपछि घर फर्काइएको छ । अभियुक्त बमलाई जबर्जस्ती
More

गुरुपूर्णिमामा बटुक तथा गुरु

गुरुपूर्णिमा मनाउन आइतबार गोरखा सदरमुकामको गोरखकाली वैदिक गुरुकुल विद्यालयमा भेला भएका बटुक तथा गुरुहरु । तस्बिर : प्रशन्न पोखरेल
More

मोरङमा ९ काँग्रेस, पाँचमा एमाले र तीनमा अन्य

विराटनगर । एक महानगरपालिकासहित मोरङका सत्र स्थानीय तहमध्ये १० मा नेपाली काँग्रेस र पाँचमा नेकपा(एमाले) ले जित हात पारेका छन् । मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका पर्छन् । प्रदेश नं १ को एक मात्र महानगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसका भीम पराजुली र इन्दिरा कार्की विजयी हुनुभएको छ । आठ नगरपालिकामध्ये पाँच नगरपालिकाका प्रमुखमा काँग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिका प्रमुख र उपप्रमुखमा तथा रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरंचा नगरपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले जित हात पार्नुभएको छ । सोबाहेक पथरी– शनिश्चरे र बेलवारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले तथा रङ्गेली नगरपालिका प्रमुखमा नेकपा
More

बस दुर्घटना हुँदा दुईको मृत्यु

सल्यान । दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नंको बस आज बिहान त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइते चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका झिम्पे निवासी ५२ वर्षीय रातो खड्का तथा अर्का सनाखत हुन नसकेका व्यक्ति छन् । घाइतेको जिल्ला अस्पताल खलङ्गा र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइते भएकाहरुलाई भने नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अत्यधिक गतिका कारण अनियन्त्रित भई बस सडकबाट झण्डै ५० मि तल झरेको बताइएको छ ।
More

२२ लाख नेपाली प्रवासमा ९० प्रतिशत मध्यपूर्वमा

काठमाडौं । श्रममन्त्री फरमुल्ला मन्सुरले मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था हुन नसक्दा कामका लागि विभिन्न मुलुकमा २२ लाख नेपाली रहेको र त्यसमध्ये ९० प्रतिशत मध्यपूर्वी मुलुकमा मात्र रहेको जानकारी दिँदै आकर्षक रोजागारीका लागि नयाँ गन्तव्यका बारेमा मन्त्रालयका तर्फबाट पहल भइरहेको बताउनुभयो । उहाँले वैदेशिक रोजागारीबाट प्राप्त विप्रेषणले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २९.६ प्रतिशत योगदान पु-याए पनि प्राप्त रकम उत्पादनशील क्षेत्रमा उपयोग हुन नसकेको बताउनुभयो । मन्त्री मन्सुरले मन्त्रालयले विदेशमा जाने व्यक्तिलाई सीपमूलक तालिम दिने योजना अघि सारेको बताउँदै वैदेशिक रोजगारीका पीडितका उजुरीमाथि आवश्यक छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिएको जानकारी पनि दिनुभयो । बैठकमा शहरी विकासमन्त्री प्रभु साहले
More

पार्टी कमजोर भयो, यसको समीक्षा हुनुपर्छ: वरिष्ठ नेता पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कमजोर बन्दै गएकामा समीक्षा गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आज यहाँ सम्मान गर्दै उहाँले स्थानीय तहको निर्वाचनमा आएको नतिजामा पार्टी कमजोर देखिएको बताउनुभयो । पार्टीभित्र अन्तरघात मात्र नभएर खुला घात गर्ने प्रवृत्ति बढ्नु तथा पार्टीका नेता कार्यकर्ताबीच नै प्रतिशोधको भावना बढ्दा त्यसले पार्टी सङ्गठनलाई दिनानुदिन कमजोर बनाउँदै जानु चिन्ताको विषय बनेको उहाँले बताउनुभयो । नेता पौडेलले काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका भावनालाई आत्मसात् गरी पक्षपातरहित रुपमा समस्याको समाधान गर्न र सामाजिक विकासमा क्रियाशील बन्न आग्रह गर्नुभयो ।
More

विभेद चिर्न देवी भागवत सफल : सांसद परियार

चितवन । सांसद विष्णुमाया परियारले सार्वजनिक स्थलमा जातीय भेदभाव गर्न नहुने बताउनु भयो । विरामीलाई दिने रगतमा जातको नभई रगतको समूहलाई आधार मानिने भन्दै धार्मिक क्षेत्रमा पनि भेदभाव गरिन नहुने भनाई राख्नु भयो । आफ हिन्दु भएको भन्दै संविधानमा निरपेक्ष लेखे पनि सबैलाई सबै धर्म मान्ने अधिकार रहेको प्रष्टाउनु भयो । लोक कल्यण सेवा प्रतिष्ठानद्वारा संञ्चालित श्रीराम जानकी वालिका आश्रम गार्गी कन्या गुरुकूल र भरतपुर दुर्गा मन्दीरको आयोजनामा आयोजित श्रीमद् देवि भागवतको समापन समारोहमा बोल्दै परियारले यस्तो बताउनु भएको हो । बालिका आश्रममा समावेशी बालिकाहरुको संरक्षण गरिएकोमा खुशी व्यक्त गर्दै समाजमा समानता कायम गर्नु अहिलेको आवश्यकता रहेको औल्याउनु भयो ।
More

छुट्टै जिल्लाको मागप्रति प्रधानमन्त्री सकारात्मक

नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवालाई भेट्न पुगेका नवलपरासीको नवलपुर क्षेत्रका सांसद एवम् जिल्लाका राजनीतिक दलको टोलीसँगको भेटका क्रममा सो प्रतिबद्धता जनाउनु भएको हो । दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लालाई थप नवलपुर जिल्ला कायम हुनुपर्ने माग राख्दै शनिबार सो टोलीले प्रधानमन्त्री देउवासँग भेटघाट गरेको थियो । सो क्रममा नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र नवलपुर जिल्ला समन्वय समिति निर्माण गर्न माग गर्नका लागि नवलपुर क्षेत्रका सांसद र जिल्ला नेताको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको हो । टोलीले नवलपुर क्षेत्रका बारेमा
More

साँझमा परिणाम आउने

भद्रपुर । स्थानीय सम्पन्न दोस्रो चरणको निर्वाचनअन्तर्गत अर्जुनधारा नगरपालिकाको अन्तिम परिणाम आज साँझमा आउने भएको छ । अहिलेसम्ममा २८ हजार ४६२ मतगणना भइसकेकामा नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार हरिकुमार राणाले १३ हजार २५४ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । त्यस्तै नेपाली काँग्रेसका हेमराज खरेलले नौ हजार १६६ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार कमला आचार्य(खतिवडा)ले १२ हजार २८२ तथा काँग्रेसका सरस्वती सिटौलाले १० हजार ६२ मत प्राप्त गर्नुभएको छ । यही असार १४ गते सम्पन्न निर्वाचनमा अर्जुनधारा नगरपालिकाबाहेक सबै गाउँपालिका र नगरपालिकाको मतपरिणाम आइसकेको छ । विवादका कारण चार दिन रोकिएको नगरपालिकाको मतगणना असार
More

विराटनगर महानगरपालिकामा काँग्रेस विजयी, ३ वटा वडा एमालेको

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नमिता न्यौपानेले ११ हजार ५२४ मत प्राप्त गर्नुभएको छ । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले
More