Daily Archives 10th July 2017

स्वागत गर्दै

उपराष्ट्रपति नन्दबहादुर पुन ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी भई फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै गृहमन्त्री जर्नादन शर्मा । तस्बिर : रोशन सापकोटा
More

साउन १ गतेदेखि मतदाता नामावली सङ्कलन

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले स्थायी बसोबास भएको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउने सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र आफूसाथ लैजानुपर्नेछ
More

पदभार गर्न नपाउँदै निर्वाचित वडा सदस्यको हत्या

रुकुम । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको यहाँ हत्या भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले उहाँकै श्रीमान् ३८ वर्षीय तेजबहादुरलाई पक्राउ गरेको छ । बयानसरी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर सो वडाको दलित महिला सदस्यमा विजयी हुनुभएको थियो । बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै श्रीमान् श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयवासीले जानकारी दिएका छन् । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक
More

अमेरिकी एनआरएन कांग्रेस र एमालेमा कित्ताकाट

न्यूयोर्क । मेम्बरसिप भेरिफिकेसनको लामो विवादलाई चिर्दै निर्वाचन समतिले अमेरिकी एनआरएन निर्वाचनको आगामी सन् २०१७÷१९ कार्यकालका लागि निर्वाचन कार्यक्रम तय गरेको छ । आगामी अगष्ट महिनाको ११ र १२ तारिख निर्वाचन तय गरेसँगै नेतृत्वमा जान इच्छुकहरुले गत जुलाई ८ तारिख समयसीमाभित्रै मनोनयनपत्र दाखिला गरेका छन् । अमेरिकी डायस्पोरामा एनआरएनमार्फत नेतृत्व गर्न इच्छुक अनुहारहरु प्रष्टरुपमा नेपाली राजनीतिकका दुई ठूला दल कांग्रेस र एमाले समूहमा ध्रुवीकृत हुन पुगेका छन् । अघिल्लो वर्षसम्म नामै नसुनिएका टेक्सासका व्यापारी गौरी जोशीले एमाले पार्टीका लागि अमेरिकाबाट सक्रिय भूमिका खेल्दै आएको समूहको नेतृत्व गरेका छन् । जोशीले अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले आफ्नो समूहमा एमालेको प्रवास संगठन
More

सप्तरीका बाढीपीडितलाई रु २५ हजार राहत दिने निर्णय

काठमाडौं । सरकारले सप्तरीका बाढीपीडितको टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार रु २५ हजार राहत दिने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिद्को बैठकले टहरा निर्माणका लागि रु १५ हजार र जस्तापाता खरिदका लागि रु १० हजार गरी कुल रु २५ हजार राहत दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिनुभयो । सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट प्रभावित एवम् विस्थापित क्षेत्रको स्थलगत निरीक्षणपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई रु २५ हजार राहत उपलब्ध गराउने तथा उनीहरुको बसोबासको व्यवस्था गर्न रु १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था गर्ने प्रतिवद्धता घोषणा गर्नुभएको थियो ।
More

छोरो च्यापेर विद्यालय

सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत भूमिका परियार बल्ल १८ वर्षकी भइन् । मालिका गाउँपालिका–२ खवाङकी भूमिकाका ३ वर्षीय छोरा रिदम पनि आमासँगै विद्यालय जान्छन् । दैनिक दुईवटा झोला सहित पिठ्यूँमा छोरा बोकेर विद्यालय जानु र डेरा फर्कनु उनको दैनिकी हो । धौलागिरि गाउँपालिका–६ मराङमा रहेको जनविकास माविमा ८ कक्षा पढ्दै गर्दा १४ वर्षको उमेरमा उनको मालिका गाउँपालिकाको खवाङका २८ वर्षीय किरण परियारसँग विवाह भएको थियो । पन्ध्र वर्षमै आमा बनेपछि उनको विद्यालय जाने क्रम छुट्यो । “बाबा–आमाले बिहे गर्नुपर्छ, हामीले टीकाटालो गरिसक्यौँ भनेपछि मैले पनि मन्जुरी दिएँ । विवाह भन्ने नै थाहा भएन । गर्भवती भएपछि
More

सुत्केरीलाई पाँच हजार दिने निर्णय

दाङ । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई रु पाँच हजार दिने निर्णय गरेको छ । नगर कार्यसमितिको आज बसेको बैठकले मातृ शिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषणयुक्त खानाका लागि यो निर्णय गरेको हो । सरकारी अस्पतालमा गएर सुत्केरी सेवा लिने महिलाले आगामी श्रावण महिनादेखि यो सेवा पाउने छन् । सो बैठकले प्रत्येक वडामा एम्बुलेन्स सञ्चालनको प्रक्रिया अघि बढाउने, अपाङ्ग र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत एम्बुलेन्स सेवामा छुट दिने, अपाङ्गलाई नगर प्रमुख र उपप्रमुखको कोठामा पहुँच पु-याउन अपाङ्गमैत्री बनाउने, कामकाजलाई चुस्तदुरुस्त बनाउन नगरपालिकाको प्रत्येक वडामा सिसी क्यामेरा जडान गर्ने, कार्यालयमा इलोक्ट्रोनिक्स हस्ताक्षरको व्यवस्था गर्ने, १५ दिनभित्र सर्वदलीय सर्वपक्षीय निर्णयका आधारमा
More

भरतपुर मतगणना विवादको सुनुवाइ साउन २ गते

काठमाडौं । सर्वोच्च अदालतमा आज हुने भनिएको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ पुनः सोमबारका लागि सरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा यस प्रकरणको सुनुवाइ पेसी तोकिएको थियो तर हेर्न नभ्याउने भन्दै साउन २ गते सोमबारका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ सरेको यो तेश्रो पटक हो । यसअघि यही असार २३ गते सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा सुनुवाइ शुरु भए पनि नभ्याएर आजका लागि पेसी तोकिएको थियो । त्योभन्दा पहिला कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाका
More

संविधान संशोधन विधेयक अगाडि बढाइन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढाइने बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित माओवादी केन्द्रको संसदीय बोर्डको बैठकमा उहाँले भन्नुभयो– “राष्ट्रिय हितका लागि पनि सो विधेयक अगाडि बढ्नुपर्छ ।” अध्यक्ष दाहालले “संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने हाम्रो उद्देश्य हो, त्यसैले अघिल्लो सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक अब प्रक्रियामा अगाडि बढ्छ” भन्नुभयो । संविधान संशोधन विधेयकलाई निर्णयार्थ पेश गरेर राजपा नेपाललगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको विकल्प छैन भन्दै उहाँले हामीले जिम्मेवारपूर्ण भूमिका खेल्न सकेनौँ भने असन्तुष्टिमा खेल्ने तत्वले फाइदा
More

मन्त्रिमण्डल विस्तारभन्दा संविधान संशोधन प्रधानमन्त्री देउवाको प्राथमिकता

काठमाडौं । मन्त्रिमण्डल विस्तार गरेर शासन व्यवस्थालाई सहज बनाउनु भन्दा प्रधानमन्त्री शेरबहादुर देउवाले यतिबेला संविधान संशोधनलाई प्राथमिकतामा राखेका छन् । यसका लागि प्रधानमन्त्री देउवा गत शनिबारदेखि सक्रिय देखिएका छन् । परराष्ट्रमन्त्री कृष्णबहादुर महरा भारत भ्रमणबाट फर्के लगत्तै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तारलाई थाँती राखेर संविधान संशोधनका लागि सक्रिय भएका हुन् । संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेले कुनै महत्व नदिइरहेका बेला प्रधानमन्त्री देउवालाई भने किन हतार भयो ? यो विषय यतिबेला बहसमा छ । आफ्नो भारत भ्रमणको चाँजोपाँचो मिलाउन प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री महरालाई दिल्ली पठाएका थिए । परराष्ट्रमन्त्री महराले दिल्लीको सन्देश प्रधानमन्त्री देउवालाई सुनाएपछि प्रधानमन्त्री देउवाले आज सोमबार गर्ने भनेको
More