Daily Archives 12th July 2017

बेलायतको गुल्मेली भेला ६ अगस्टमा

लण्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट ६ तारिख आइतबार भब्य रुपमा हुने तयारी हुदैछ । समाजले हरेक वर्ष गर्दै आएको गुल्मेली बिशेष कार्यक्रम यसवर्ष पनि गत वर्षमा जस्तै अल्डरसटको कनर्ट स्कुलको ग्राउण्डमा हुंदैछ । कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष टोप पल्ली तथा सहसंयोजन सचिव बिर बलालले भब्य सम्पन्न गर्ने तयारी गरिरहेका छन् भने अन्य समाजका सल्लाहाकार सहित कार्यसमितिका टिमहरु पनि सफल बनाउन जुटिरहेका छन्। यसै बीच स्थानीय अल्डरसट स्थित भेटघाट रेस्टुरेन्टलाइ खान पिनको समग्र व्यवस्थापनको जिम्मा दिएको छ। खानपिनको जिम्मा पाएको भेटघाटले गत वर्ष उपलब्ध गराएको क्याटेरिंगले राम्रै प्रशंशा पाएको थियो । आशा गरौ यो वर्ष
More

संविधान संशोधन प्रस्ताव पारित हुनुपर्छ : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । संशोधन प्रस्तावको पक्षमा उभिने कि विपक्षमा भन्नेबारे पार्टीमा एकमत नभए पनि एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष थापाले संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन गर्नुपर्नेमा जोड दिएका हुन् । मधेस केन्द्रीत दलले उठाउदै आएकामध्ये जायज माग सम्बोधन गर्न सबै दल गम्भिर हुनुपर्ने उनको भनाइ छ । राप्रपाका ३७ मध्ये केही सांसद संविधान संशोधनको विपक्षमा छन् । सरकारमा सहभागी हुने बिषयमा पार्टीभित्र छलफल नै नभएको दावी गरेका अध्यक्ष थापाले उपयुक्त समयमा उपयुक्त निर्णय लिइने जानकारी पनि दिए ।
More

बुढीगंगा फर्काउन डा. भट्टराई सिंहदरबारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनासंग सम्बन्धित १३ वटा मागपत्र प्रस्तुत गर्नुभएको छ । आज प्रम देउवालाई सिंहदरबारस्थित उहाँकै कार्यालयमा संयोजक डा भट्टराईले भेट गरी सो आयोजना स्वदेशी पुँजीमा स्वदेशी लगानीमा नै निर्माण गर्न आग्रह गर्नुभएको हो । उहाँले तत्कालीन प्रम एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७४ जेठ १० गते गरेको निर्णय तत्काल खारेज गर्न समेत माग गर्नुभयो । संयोजक डा भट्टराईले आफ्नो प्रम नेतृत्वका समयमा बूढीगण्डकी जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी विकास समितिमार्फत निर्माण गर्ने निर्णय गरेको थियो ।
More

मुग्लिन सडकको चारकिलोमा सुक्खा पहिरो, यातायात अवरुद्ध

रत्ननगर । चितवनको नारायणगढ मुग्लिन सडकको चारकिलो भन्ने स्थानमा सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको वडा नं ६ स्थित कालिखोला नजिकै रहेको चारकिलोमा आज अपराह्न ३ बजेर २५ मिनेटको समयमा पहिरो खस्दा सवारी आवागमन रोकिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खस्नेक्रम चलिरहेकाले पन्छाउन समस्या परेको छ । पहिरोका कारण अहिले नारायणगढबाट जाने तथा मुग्लिनतर्फबाट आउने सवारी बीचमै रोकिएका छन् । पहिरो पन्छाउन त्यसतर्फ डोजर पठाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । यही असार २५ गतेदेखि यहाँ रातिमा सवारी बन्द गरेर दिउँसो गाडी चलाउने गरिएको छ । मुग्लिन सडक विस्तारका क्रममा
More

शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको आजको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत असार ३० गते बिहान १०:३० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न÷गराउन आदेश दिएको हो । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बन्दीमा रहेका शर्माको स्वास्थ्य परीक्षण गराई आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेशमा भनिएको छ । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत, आयोगलगायतलाई विपक्षी बनाई मङ्गलबार सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको जनाउँदै थुनामुक्त गर्न
More

दुध बेच्न भारततिर

भारतको दिघल बैंक बजारमा दूध बिक्री गरेर फर्कँदै झापा गाउँपालिका–६ का पुण्यप्रसाद पौडेल । उहाँले १६ वर्षदेखि दैनिक १५० लिटर दूध बिक्री गर्नुहुन्छ । तस्बिर: सुरेन्द्र भण्डारी
More

सगरमाथाको टुप्पोबाट गोर्खा सैनिकको माग

काठमाडौं । ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले सगरमाथा आरोही सुशील शेर्मा लिम्बूलाई आज रु एक लाख पुरस्कार प्रदान गरेको छ । पाँचथर, माङजावुङ–३ का २८ वर्षीय लिम्बूले गत जेठ ६ गते सगरमाथा आरोहण गर्नुभएको थियो । यसअघि उहाँले रसुवास्थित लाङटाङ हिमाल आरोहण गर्नुभएको थियो । यहाँ आज आयोजित कार्यक्रममा समितिका उपाध्यक्ष राधा गुरुङले लिम्बूलाई पुरस्कार प्रदान गर्दै पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सामाजिक रुपान्तरण गर्न आग्रह गर्नुभयो । समितिले अन्तर्राष्ट्रिय तहबाट विभिन्न स्रोत सङ्कलन गरी पुरस्कारका लागि रकम जुटाएको थियो । नेकपा (माले) का नेता तथा सांसद अइन्द्रसुन्दर नेम्वाङले लिम्बूले आरोहण गरेको सगरमाथामा अहिले हिलारी स्टेप हराएको भन्नेबारे यथार्थको खोज अनुसन्धान
More

रानीबारी हत्याकाण्डका दोषीलाई सर्वस्वसहित जन्मकैद

काठमाडौं । जिल्ला अदालत काठमाडौँले रानीबारी हत्याकाण्डका अभियुक्तहरु मनराज गुरुङ र प्रमेश चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले आज सो हत्याकाण्डका अभियुक्त गुरुङ र चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार धु्रवकुमार उप्रेतीले जानकारी दिनुभयो । २०५९ साल असार ३१ गते काठमाडौँको रानीबारीस्थित कोठामा बस्ने इन्जिनियर दम्पती हेमबहादुर श्रेष्ठ र अञ्जना श्रेष्ठको धारिलो खुकुरी प्रहार गरी हत्या भएको थियो । श्रेष्ठ दम्पतीको हत्या गरेको आरोपमा रामेछाप जिल्ला स्थायी घर भई जोरपाटी बस्ने चौहान र दोलखा खारे स्थायी घर भई सामाखुसी बस्ने गुरूङलाई दुई वर्षअघि पक्राउ गरिएको थियो । अभियुक्त गुरुङ र चौहान अहिले
More

सुन मालिकलाई क्लिन चिट, भरियालाई जेल

काठमाडौं । नेपाल प्रहरीले संगठित अपराधमा मुद्दा चलाएपछि राजश्व विभागबाट फैसला हुने मुद्दा अदालतमा पुग्दा सुन तस्करहरूले सामान्य धरौटीमा छुट्ने मौका पाएका छन् । साढे ३३ किलो सुन ल्याउने साहुजीदेखि सेटिङमा रहनेसम्मले अदालतबाट सामान्य धरौटीमा छुट्ने अवसर पाएका हुन् । त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलबाट २० पुसमा भएको साढे ३३ केजी सुन तस्करीमा संलग्न भएका आरोपीलाई काठमाडौँ जिल्ला अदालतले धमाधम तारेखमा छाडेको छ । अदालतले सुन तस्करीमा संलग्नमध्ये विमानस्थल सुरक्षामा खटिएका एसएसपी श्याम खत्रीसहित पाँचजनालाई ‘क्लिन चिट’ दिएको छ । स्रोतका अनुसार सरकारी वकिलको सेटिङमा उनीहरूले ‘क्लिन चिट’ पाएको आरोप लगाउन थालिएको छ । अदालतले ‘क्लिन चिट’ दिन थालेपछि सरकारी वकिलको कार्यालयले
More

एयरपोर्टमा १० करोडको जर्मनी बस

काठमाडौं । सामान्य बस सेवा सञ्चालन गर्न नसकेको नेपाल एयरलाइन्सले युरोपबाट १० करोड रुपैयाँ मूल्य पर्ने बस झिकाएको छ । जर्मनीबाट झिकाइएका यी दुई थान ¥याम्प बस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेण्डलिङमा प्रयोग हुनेछन् । यात्रुका झोला जहाजबाट झिकेर ब्याग क्लेम क्षेत्रसम्म ल्याउँदा ब्यागभित्रका माल वस्तु हराइरहने र त्यसको जिम्मेवारी नलिने एयरलाइन्सले ती बसलाई कहिलेसम्म सुचार चलाउन सक्ला भनेर विश्वस्त हुने आधार बनिसकेको छैन । प्लेनका चक्का एयरपोर्टबाटै हराएको घटना पनि छ नेपाल एयरलाइन्सको । निगमसग पुराना ५ थान बस छन् तर अहिले आयात गरिएका अत्याधुनिक र सुविधा सम्पन्न भएकाले निगमको इज्जत बढ्ने भनिएको छ । यात्रुका सामान चोर्ने कलाकार
More

साब्लाबुङको हङकङमा लोकार्पण

साब्लाबुङ प्रकाशनल हङकङबाट प्रकाशित साहित्यिक पत्रिका ‘साब्लाबुङ’ (शब्दपुष्प) को ७ औँ अङ्क लोकार्पण तथा पुस्तकालय अभियान घोषणासभा कार्यक्रम हङकङमा हालै सम्पन्न भएको छ । प्रकाशनका प्रमुख राजकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हेमकुमार लावतीले सो पत्रिकाको लोकार्पण गरे । साब्लाबुङका उपसम्पादक डिबी पालुङ्वाले सञ्चालन गरेको सो कार्यक्रममा यसै पत्रिकाका प्रबन्ध व्यवस्थापक नरेन्द्र गुरुङले उपस्थित सबैलाई स्वागत गरे । कार्यक्रममा हङकङस्थित नेपाली समाजका नेतृत्वदायी व्यक्तित्व र साहित्यकार तथा साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो । ’पुस्तकालय अभियान— २०१७‘ समन्वय समितिका सदस्य हर्क रानाले सो घोषणापत्र प्रस्तुत गरे । घोषणापत्रमा भनिएको छ, केही दशकअगाडि मात्र शिक्षामा प्रवेश गरेको हाम्रो जस्तो देशमा
More

भ्युटारको बोलपत्र महानगरले रद्द गर्ने

काठमाडौं । सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दले सम्झौता भएको एकवर्ष पूरा भइसक्दा पनि लक्ष्य अनुसारको प्रगति नगरेको र के भइरहेको छ भनी प्रगति विवरणसमेत नदेखाएपछि ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । दुई महिनाअघि हालसम्म गरेको कामको प्रगति विवरणसहित कामनपाले विवरण बुझाउन आग्रह गरेपनि ठेकेदार कम्पनीले अहिलेसम्म विवरण पेश नगरेकाले ठेक्का रद्द गर्ने तयारी गरेको प्रवक्ता कार्कीले भन्नुभयो । “काम गर्छु भनेर सम्झौता भएको एक वर्ष बितिसक्दासम्म एक प्रतिशत
More

कुँवरको अन्तिम संस्कार आज

फलेवास । पोखराको हर्पन खोलामा डुबेर बेपत्ता भएकालाई खोजी गर्न जाँदा आफैँ डुबेर ज्यान गुमाएका सशस्त्र प्रहरी जवान बलबहादुर कुँवरको आज अन्तिम संस्कार गरिने भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ साबिकको ठुलीपोखरी–७ का कुँवरको आज मोदीवेणी घाटमा अन्तिम संस्कार गरिने भएको हो । उनको मङ्गलबार नै शवपरीक्षणसहित जिल्ला अस्पताल पर्वतको शवगृहमा राखिएको छ । आज प्रहरीले अन्तिम सलामी अर्पण गर्ने कार्यक्रम रहेको र गाउँबाट आफन्तजन आइसकेपछि सलामी अर्पण गरेर अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक मधुकरजङ्ग विष्टले जानकारी दिनुभयो । २५ वर्षीय कुँवरको मृत्युले उनको परिवारका साथै सिङ्गो ठुलीपोखरी गाउँ शोकमग्न बनेको छ ।
More

खाडी समस्याबारे छलफल गर्न टिलरसन अरबमा

काएरो । अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पनि मङ्गलबार अरब आइपुग्नुभएको छ । यसअघि अमेरिकी विदेशमन्त्री टिलरसन संयुक्त राज्य अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सँग आवद्ध प्रमुख सहगोगी टर्कीसँग यसअघि गुमेको विश्वासलाई पुनःस्थापना गर्न भनी दुई दिन टर्की पुग्नुभएको थियो । टर्कीमा उहाँले राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग इस्तानवुलमा घण्टौँ लामो कुराकानी गर्नुका साथै उच्चपदस्थ अधिकारीसँग भेट गर्नुभएको थियो । साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टका विदेशमन्त्री भेला हुने उक्त स्थानमा अमेरिकी
More