Daily Archives 13th July 2017

मधेसको समस्या समाधान गर्न एमाले तयार : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको समस्या समाधान गर्न एमाले तयार रहेको बताउनुभएको छ । भुमिजा मानवअधिकार सङ्गठनले यहाँ आज तराई–मधेसका बृद्धिजीविसँग गरेको अन्तरक्र्रियामा उहाँले तराई–मधेसमा देखिएको समस्या समाधान गर्न पार्टी विशेष तरिकाले लाग्ने बताउनुभयो । “तराई–मधेसमा एमालेले कुनै प्रकारको भेदभाव हुन दिँदैन”– अध्यक्ष ओलीले भन्नुभयो, “त्यहाँका जनताको गरिबी र पछौटेपन हटाउनमा एमालेले अब नेतृत्वदायी भूमिका खेल्छ ।” उहाँले तराई–पहाड छुट्याउन हुन्न भन्ने पक्षमा आफू रहेको उल्लेख गर्दै तराई–मधेसका जनताको उत्थान र विकासका लागि एमाले संघर्ष गर्दै आएको पार्टी हो भन्नुभयो । “तराई–मधेसका बारेमा एमालेका कमी भए देखाइदिनुहोस् हामी सच्याउँछौँ”– अध्यक्ष ओलीले भन्नुभयो, “एमालेको नीतिमा यदि खोट
More

रु एघार अर्बको भ्रष्टाचार दाबीसहित शर्माविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध झण्डै रु ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ । आयोगले कर फछ्र्याट आयोगका दुई सदस्य लुम्बध्वज महत र उमेश ढकाललाई पनि भ्रष्टाचारको अभियोगमा आज मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । यो आयोगको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचारसम्बन्धी विषय हो । आयोगका उच्च अधिकारीका अनुसार कर फछ्र्यौटसम्बन्धी ४५ फाइलको अध्ययन गर्दा रु १० अर्ब ९५ करोड भ्रष्टाचार भएको ठहरसहित शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको हो । “आयोगको निर्णयलगत्तै आजै मुद्दा दर्ता गर्ने तयारी गरिएको थियो तर समय अभावका
More

संविधान विपरित २ सय ४० निर्वाचन क्षेत्र बनाउने प्रयास

काठमाडौं । मुख्य राजनीतिक दलहरुले संवैधानिक प्रावधानविपरीत २४० निर्वाचन क्षेत्र कायम राख्न छलफल थालेका छन् । क्षेत्र निर्धारण आयोग गठन गरेर संविधानअनुसार १६५ निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेबेला मुख्य दलहरु भने हालकै निर्वाचन क्षेत्र कायम राख्ने तयारीमा जुटेका हुन् । निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी निर्वाचन क्षेत्र तोकेर प्रदेशसभा र संघीय संसदको निर्वाचन गर्नुपर्नेबेला मुख्य दलहरुले हालकै निर्वाचन क्षेत्र कायम राख्न छलफल थालेका छन् । त्यसै त निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइसकेको छ । प्रधानमन्त्रीसहित मुख्य दलका नेताहरु क्षेत्र निर्धारणको झन्झट र विवादबाट उम्कन हालकै २४० निर्वाचन क्षेत्र कायम राख्न तम्सिएका हुन् । क्षेत्र निर्धारण गर्दा
More

बालअधिकार कुण्ठित नहुने गरी काम गर्न आग्रह

चितवन । बाल गृहहरुमा स्वास्थ्य सेवाका साथै कर्मचारी व्यवस्थापनमा ध्यान पु-याउनु पर्ने सरोकारवालाहरुले आग्रह गरेका छन् । जिल्ला बालकल्याण समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने सरोकारबालाहरुले बालअधिकार कुण्ठित नहुनेगरी काम गर्नु आवश्यक रहेको बताएका थिए । बालअधिकार कुण्ठित पार्नेलाई कानुन बमोजिम कारवाही गर्न प्रशासनपछि नहट्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । बालकल्याण जिल्ला समिति कानुन बनाउने निकाय नभई राज्यको कानुन कार्वान्यन गर्ने सहयोग गर्ने समिति भएको बताउदै बाल कल्याण समिति चितवनका अध्यक्षसमेत रहेका भट्टले कानुन अनुसार अघि बढ्न सबैलाई आग्रह गरे । कार्यक्रममा बोल्दै महिला बालबालिका कार्यालय चितवनकि प्रमुख शान्ताकुमारी पौडेलले धर्म प्रचारका लागि बालबालिकाको प्रयोग गर्न नहुने बताइन्
More

अधिकृत घुससहित पक्राउ

महोत्तरी । जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत नगिना रायलाई रु ४० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासको टोलीले आज अपराह्न कार्यक्रम अधिकृत रायको कार्यकक्षमा छापा मारी रकम बरामद गरिएको आयोगले जनाएको छ । रायलाई थप अनुसन्धानका लागि सम्पर्क कार्यालय बर्दिवासमा ल्याइएको छ ।
More

शेयर बजार पाँच अङ्कले घट्यो

काठमाडौं । विगत केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार करिब पाँच अङ्कले ओरालो लागेर एक हजार ५८२ बिन्दुमा आइपुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ०.८८ बिन्दुले घटेको छ । कुल १५० कम्पनीको २० लाख ४० हजार ७२८ कित्ता शेयर रु ७४ करोड ६४ लाख ७७ हजार एक मूल्यमा कारोबार भएको हो । स्टकका अनुसार अरु सबै समूहको शेयर कारोबारमा कमी आएको छ । अन्य समूह ११.८६ बिन्दुले उकालो लाग्दा बैंकिङ ४.७३, होटल ३४.३२, विकास बैंक ५.९७, जलविद्युत् ६.४२, फाइनान्स ७.०१, बिमा
More

कानुनको अधीनमा रहेर समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं । कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले समाजमा रहेका विकृति विसङ्गतिलाई चिरेर सत्यतथ्य सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । शुभ सञ्चार प्रालिद्वारा सञ्चालित ‘घटना र विचार डटकम’को आज शुभारम्भ गर्दै पराजुलीले जनताको सुसूचित हुने अधिकार सञ्चारमाध्यमले पूरा गर्नुपर्ने र त्यो संविधान र कानुनको अधीनमा रही राष्ट्र र राष्ट्रियतालाई ध्यानमा राखेर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “लोभ, लालच, मोह, अशुभबाट बचेर काम गर्नुहोस् ।” सो अवसरमा नेपाली काँग्रेसका नेता डा रामशरण महतले अहिलेको समय प्रविधिको भएकाले आधुनिक प्रविधिको प्रयोग गरेर जनतामाझ चाँडो सूचना पु-याउन अनलाइनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा गन
More

वेलायत कांग्रेसको अधिवेसन सफल पार्न नेता ढकालको आग्रह

लन्डन । बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको एकता अधिवेशनको मिति घोषणा भए पछि सवत्र स्वागत गरिएको छ । लामो समय देखी विवादमा अल्झेर बसेको समितिको १७ सेप्टेम्बर आइतबारका दिन अधिवेसन हुने भए पछि वेलायतस्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता उत्साहित भएका छ । जनसम्पर्क समिति वेलायतका सल्लाहाकार चिरन्जीबी ढकालले गतहप्ता सम्पन्न भेलाले अधिवेसन गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले विहीवार नेपालब्रिटेन डट कमसंग कुरा गर्दै अब हुने अधिवेसनले वेलायतस्थित सबै नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई समेटेर लैजाने दावी गरे । आगामी अधिवेसमा सभापति पदको आकांक्षी समेत रहेका ढकालले सम्पूर्ण लोकतन्त्रवादीहरुलाई अधिवेसको सफलताको लागि सहयोग गर्न
More

आदिकवि भानुभक्त जयन्ती

प्रधानमन्त्री शेरबहादुर देउवा आदिकवि भानुभक्त आचार्यको दुईसय चारौँ जयन्तीका अवसरमा बिहीबार राजधानीमा आयोजित समारोहमा सम्बोधन गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा
More

कांग्रेस र माओवादीबाट यी बन्दैछन् मन्त्री

काठमाडौं । संविधान संशोधन सम्भव नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिमण्डल विस्तारमा लागेका छन् । आगामी आइतबार सपथ खुवाउने गरी कांगे्रसबाट ११, माओवादी केन्द्रबाट ८ जना र लोकतान्त्रिक फोरमबाट २ जना मन्त्री थपिदैछन् । कांग्रेसबाट प्रधानमन्त्री देउवाले ६ जना, वरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिसमा ४ जना र कृष्ण सिटौला र खुमबहादुर खड्काको सिफारिसमा एक–एकजनालाई मन्त्री बनाइदैछ । प्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट महालक्ष्मी उपाध्याय (डिना), मीन विश्वकर्मा, बहादुरसिंह लामा, भीष्म आङदाम्बे, बीरबहादुर बलायर र भरत शाहलाई मन्त्री बनाउन सक्ने सम्भावना छ । पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत पुनः दोहोरिन सक्ने चर्चा पनि त्यत्तिकै चलेको छ । किचन क्याविनेटमा आफ्ना विश्वासिलो सहयोगीको रुपमा महतलाई
More

मुख्य सचिवमा क्षेत्री नियुक्त

काठमाडौं । सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो । विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिनुभएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतमा सेवा प्रवेश गर्नुभएको हो । उहाँको मुख्य सचिवको अवधि कात्तिक ८ गतेसम्म मात्र रहनेछ । मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्ड र जापान सरकारबाट प्राप्त हुने अनुदान सहायतालाई स्वीकार गर्ने निर्णयसमेत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । फिनल्याण्ड सरकारबाट करिब रु दुई अर्ब ३६ करोड र
More

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलास्थित चार किलोमा खसेको पहिरो पन्छाएपछि आज बिहान १०ः३० बजेबाट सडक सञ्चालनमा आएको छ । बुधबार अपराह्न ३:२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडकको पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो । राति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका झण्डै ३०० सवारी साधनलाई कटाएपछि पहिरो पन्छाउने काम राति रोकेर आज बिहान ४ बजेदेखि पुनः पन्छाउन सुरु गरिएको थियो । मुग्लिन नारायणगढ सडकखण्डमा गएको जेठ यता १ सय ३८ पटक पहिरो खसेको छ । पहिरोका कारण पटक पटक सडक अवरुद्ध भएको छ । बुधबार दिउँसोदेखि नै पहिरोकै कारण दोहोरो गाडी चल्न सकेको थिएन । नारायणगढ
More

होटल संचालकसहित ३ जना पक्राउ

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकामस्थित तहल्का होटल सञ्चालक तारा काफ्ले पोखरेललाई मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको अभियोगमा पक्रेको छ । चरिकोटमा मानव बेचबिखन तथा ओसारपसार बढ्दै गएको भन्ने सूचनाको आधारमा खानतलासीको क्रममा भीमेश्वर नगरपालिका वडा नं. ३,चरिकोट बसपार्कस्थित तहल्का होटल सञ्चालन गर्ने तारा काफ्ले पोखरेल र अरु दुईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका वडा नं. ३, जफेका सन्तोष भुजेल र सुरोज पोखरेल छन् । पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
More

इलाम साक्षर जिल्ला घोषित

इलाम । सरकारले तोकेको सूचक पूरा गरेसँगै इलामलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाको साक्षरता प्रतिशत ९७।६ प्रतिशत पुगेकाले साक्षर घोषणा गर्न योग्य मापदण्ड पूरा गरेपछि बुधबार साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा बढी भएपछि साक्षर घोषणा गरिन्छ । जिल्ला शिक्षा अधिकारी टङ्क गौतमका अनुसार राष्ट्रिय जनगणना २०६८ मा इलामको साक्षरता दर ७७।९ प्रतिशत थियो । साक्षरता प्रतिशत कम भएकाले जिल्लालाई साक्षरता घोषणा गर्न धेरै गृहकार्य गर्नु परेको थियो । मुलुकका ७५ वटा जिल्लामध्ये इलाम ३७ औँ साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा अधिकारी गौतमका अनुसार राष्ट्रिय जनगणना २०५८ अनुसार जिल्लाको साक्षरता
More

मेनपावर व्यवसायीको निर्वाचनमा अन्तर्घात नगर्न आग्रह

काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि शुक्रबार हुने निर्वाचनमा अन्तर्घात नगर्न काँग्रेस निकट व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमको ‘बिमल ढकाल संयुक्त व्यवसायी समूहको भेलालाई बुधबार सम्बोधन गर्दै काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले एक ढिक्का भएर मतदान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण धेरै तहमा पार्टीले हार व्यहो-यो, तपाईंहरुको निर्वाचनमा त्यस्तो अन्तर्घात नगर्नुहोला ।” वैदेशिक रोजगारलाई मर्यादित बनाउन आवश्यक रहेको भन्दै उहाँले व्यवसायीको माग सम्बोधन गर्न आफ्ना तर्फबाट सक्दो पहल गर्ने उहाँको भनाइ छ ।
More

विराटनगरमा गोली प्रहारबाट एक महिला घाइते

विराटनगर । विराटनगरको मुनालपथमा आज एकाबिहानै गोली प्रहारबाट एक महिला घाइते भएकी छन् । उदयपुरको बेल्टार बस्ने ४७ वर्षीया टीनादेवी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते महिलाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले गोली प्रहार गरी उनको साथमा रहेको रु ११ हजार लुटेको बताइएको छ । घाइते विष्ट सो अस्पतालबाट उपचार गराई एकाविहानै आफ्नो घर फर्किन लागेको समयमा सो घटना भएको बुझिएको छ ।
More