Daily Archives 14th July 2017

मौलिकता जोगाउँदै काठमाडौं महानगर अब ‘नो माक्स’ सिटी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षमा काठमाडौंले भोग्दै आएका समस्याहरुको समाधान हुनेगरी गुरुयोजना बनाउन काठमाडौं महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाको प्रथम नगरसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले १८ सय वर्ष पुरानो इतिहास बोकेका सम्पदाहरुको पुनःनिर्माण गर्दै पालमुनि रहेका जनतलाई घर सार्नेगरी कार्यक्रम अघि बढाउन सुझाव दिए । उनले नगरहरुको विभाजन प्रशासनिक राजनीति हो भन्दै आसपासका नगरपालिकाहरुलाईसमेत साथमा लिएर विकास निर्माणका काम अघि बढाउन पनि सुझाव दिए । संयुक्त राष्ट्रसंघले तय गरेको दीगो विकासको लक्ष्यलाई पूरा गर्नेगरी काम गर्नुपर्ने भन्दै उनले ‘मौलिकता पनि जोगाउँदै र व्यावहारिक पनि बन्दै अघि बढ्नु आजको आवश्यकता
More

शर्माको सुनुवाइ आइतबार

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माको रिहाइको माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ आइतबार गर्ने भएको छ । शर्माको आज सुनुवाइ भए पनि समय अभावले नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखेर आइतबार सुनुवाइ हुने अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी गराउनुभयो । अदालतका न्यायाधीशद्वय चोलेन्द्र शमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गरेको हो । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई मंगलबार गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । शर्मालाई विशेष अदातलले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न
More

इच्छा कामना नमूना गाउँपालिका बन्ने

चितवन । ईच्छाकामना गाउँ पालिकाको बिकासका लागि पर्यटन प्रबर्धन गर्नु आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । आज गाउँपालिकाको दिगो बिकासका लागि सुझाब संकलन तथा अन्तरकृया कार्यक्रममा वोल्ने सरोकारवालाले यस्तो सुझाब दिएका हुन । जनप्रतिनिधि आइसकेपछि यस क्षेत्रको बिकास हुने बिश्वासमा रहेका जनता अहिले पर्यटन प्रबर्धन गर्न सकेको खण्डमा बिकासले फड्को मार्ने बताएका थिए । अहिले ईच्छाकामना गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सम्भावित पर्यटकीय क्षेत्रको खोजी गर्ने कार्यक्रमहरुलाई प्रथामिकतामा राख्दै, क्रमागत कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको उनिहरुले बताएका थिए । गाउँपालिका अध्यक्ष गीता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत पुष्पराज खनालले सरकारबाट बिनियोजित भएको २९ करोड रुपैंया बजेटको विनियोजन
More

भानुभक्तबारेको विवाद सल्टाइएको कृति

काठमाडौं । साझा प्रकाशनले नरेन्द्रराज प्रसाईकृत ‘भानुभक्त आचार्यको जीवनवृत्त’ नामक कृतिबारे आज समालोचनात्मक गोष्ठीको आयोजना गरेको छ । आदिकवि आचार्यको २०४ औँ जयन्तीका अवसरमा साझा प्रकाशनले सो कृति दोस्रो संस्करण प्रकाशनमा ल्याएको हो । सो कृतिको प्रथम संस्करण २०७१ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सौजन्यमा नइ प्रकाशनले प्रकाशन गरेको थियो । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार तथा समालोचक मोदनाथ प्रश्रित, राजेन्द्र सुवेदी, महादेव अवस्थी, उषा ठाकुर, गार्गी शर्मा, इन्दिरा प्रसाई, लक्ष्मणप्रसाद गौतम, ऋषिराम शर्मा दीनानाथ शर्मा र प्रदीप नेपालले भानु जीवनीमा मतमतान्तर र भानु जीवनीबारे देखिएका विवादलाई प्रसाईबाट समाधान गर्ने प्रयास भएको बताउनुभयो । आचार्यको जीवनीमाथि
More

५० पैसाबाट दुई अर्ब पचास करोडको पूँजी

छब्बीसजना युवाले २६ वर्षअघि दैनिक पचास पैसा संकलन गरेर स्थापना गरेको गैँडाकोटको बिकु बचत तथा ऋण सहकारी संस्थामा अहिले रु दुई अर्ब ५० करोडको पूँजी भएको छ । विसं २०४८ भदौ ५ गते स्थानीय २६ जना युवाले दैनिक एक कप चियाको पैसा जोगाउँ भन्दै थालेको यस अभियानमा आजसम्म आइपुग्दा ३५ हजार सदस्य पुगेका छन् । संस्थाको शेयर रकममात्रै रु २२ करोड भएको छ भने निक्षेप रु दुई अर्ब र लगानी पनि रु दुई अर्ब पुगेको छ । संस्थाको पूँजीमात्रै बढेको होइन, यसका सदस्यले पनि करोडौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । यस्ता प्रशस्त उदाहरण भेटिन्छन् जसमध्ये एउटा पात्र रहनुभएको
More

कोरिया एकता समाजद्वारा रु १२ लाख सहयोग

विराटनगर । दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज (गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई रु १२ लाख सहयोग प्रदान गरेको छ । दक्षिण कोरियाको डेउ कम्पनीमा कार्यरत विराटनगर – ३ बस्ने उमेशचन्द्र पौडेलको गत वैशाख २३ गते मृत्यु भएको थियो । समाजले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्व पौडेलकी छ वर्षीया छोरी युुनिशा पौडेलको पठनपाठनका लागि रु ११ लाख ६४ हजार ३४८ रकम प्रदान गरेको हो । उक्त रकम समाजका सचिव चन्द्र साङहाम्फेले विराटनगरस्थित नेपाल बँैक लिमिटेडमा रकम जम्मा गरी सोको भौचर पौडेलकी श्रीमती सुष्मा विष्ट पौडेललाई हस्तान्तरण गर्नुभएको हो । सचिव साङहाम्फेले आगामी दिन थप सहयोग
More

वैदेशिक रोजगार सङ्घको साधारणसभा

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार राजधानीमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको पच्चिसौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै । तस्बिर : रोशन सापकोटा
More

नेपाली काँग्रेसले तीन दिन पार्टीको आधा झण्डा झुकाउने

काठमाडौं । नेपाली काँग्रेसले दिवंगत नेता रामहरि जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टीका एक संस्थापक नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आइतबार एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको हो । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सो बैठकले स्व जोशीले राष्ट्रियता, प्रजातन्त्र, समाजजाद एवं प्रजातान्त्रिक आन्दोलनमा अनवरतरुपमा पु-याउँदै आउनुभएको योगदानको उच्च सम्मान गर्दै उहाँलाई ‘उच्च नेताको’ रुपमा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । बैठकपछि नेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिवंगत नेता जोशीले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा अथक
More

आज राप्रपा फुटको संघारबाट यसरी बच्यो

काठमाडौं । एकता महाधिवेशन भएको वर्ष दिन नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी फुटको नजिकबाट बाल बाल बच्यो । पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा गठनका लागि आज शुक्रबार नै ४० प्रतिशत सांसद र केन्द्रीय समितिको नामावलीसहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी थियो । तर पार्टी अध्यक्ष कमल थापाले सुटुक्कै ४२ जना केन्द्रीय सदस्य नियुक्त गरेको नाम निर्वाचन आयोगमा दर्ता गराएको खुलेपछि पशुपतिशमशेरको नयाँ पार्टी खोल्ने योजना तत्काललाई टरेको छ । संसदमा ४० प्रतिशत पुगे पनि केन्द्रीय समितिमा तत्काललाई ४० प्रतिशत पुग्ने सम्भावना छैन । अध्यक्ष थापाले थप गरेको ४२ जना केन्द्रीय सदस्यले गर्दा पार्टी फुटाउन खोज्नेहरुको ४० प्रतिशत पुग्दैन
More

ग्लोबल फिल्म अवार्डमा संसारभरका कलाकार एक ठाउँमा

काठमाडौं । ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण भदौ ३ मा अमेरिकाको कोलोराडोमा हुने भएको छ । आउदो भदौमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले बताएका छन् । सन् २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्यातिसंगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ हेरिएको छ । खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा संसारभर छरिएर बसेका नेपाली कलाकारहरुको जमघट हुने र मुख्यतया क्यानडा, अस्ट्रेलिया, बेल्जियम, जर्मन, लन्डन, जापान, फ्रान्स, इटलीलगायतबाट कलाकार आउने छन् । नेपाल तथा अमेरिकाको ७० औं फ्रेन्डशिप साठगाठ बर्ष मनाउने अवसरमा हुन गईरहेको नेपाली
More

इटहरीमा भीषण आगलागी, करोडौंको नोक्सानी

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२:३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गर्नुभएको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत जलेर ध्वस्त हुँदा कार्कीको मात्र रु ६ करोडभन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ । कार्कीले सञ्चालन गर्नुभएको मार्बल टायलको दोकानसँगै रहेको विराट आयुर्वेदको पतञ्जलिको आयुर्वेद औषधि, खाद्यान्न सामग्री र दैनिक उपभोग्य वस्तुसमेत नष्ट हुँदा करिब रु ६० लाखभन्दा बढीको नोक्सानी भएको सञ्चालक योगेन खड्काले जानकारी दिनुभएको छ
More

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–४ का ४२ वर्षीय नेत्र चेम्जोङले आफ्नी ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङको हत्या गरेका हुन् । बिहीबार श्रीमतीसँगै नजिकैको राँकेबजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द–४ लिगिम्बा भन्ने ठाउँमा श्रीमतीलाई खुकुरी र लाठी प्रहार गरी हत्या गरेका हुन् । घर फर्कंदै गर्दा श्रीमान् श्रीमतीको विवाद भएर हत्या भएको भनिएपनि कारण भने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो । बाटोमा हिँडिरहेका स्थानीयवासीले लास देखेर इलाका प्रहरी चौकी, राँकेमा खबर गरेपछि खटिएको टोलीले हत्या आरोपी चेम्जोङलाई पक्राउ गरेको प्रहरीले बताएको छ
More

काँग्रेस नेता जोशीको निधन

काठमाडौं । नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको बिहीबार साँझ निधन भएको छ । दम र निमोनियाको उपचारमा रहनुभएका नेता जोशीको बिहीबार साँझ ७:३० बजे ग्राण्डी अस्पतालमा निधन भएको उहाँका भतिजा विष्णु जोशीले जानकारी दिनुभयो । घरको शौचालयमा लडेर चोट लागेपछि उहाँलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उहाँ ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आउनुभएको थियो । विसं १९८३ मा सर्लाहीमा जन्मनुभएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । काँग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका
More

नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउको निधन

सेन्याङ । लामो समयदेखि जेल जीवन विताईरहनु भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार ६१ बर्षको उमेरमा निधन भएको छ । कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पिडित लिउलाई केहीदिन अगाडी मात्रै राष्ट्रिय- अन्तर्राष्ट्रिय दवावपछि जेलमुक्तगरी उपचारका लागि अस्पताल लगिएको थियो । उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उहाँको निधन भएको तथ्य आफ्नो वेभसाइट मार्फत् सार्वजनिक गरेको छ । उहाँलाई तीनदिनदेखि गहन उपचार गरिएको थियो । उहाँको स्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो । लिउको प्राकृतिक श्वासप्रश्वास प्रणालीमा अवरोध उत्पन्न भएपछि भेन्टिलेटरमा राखी कृत्रिम श्वासप्रस्वास
More

लण्डनका आगलागी पीडित आक्रोसित

लण्डन । लण्डन टावर ब्लकमा भएको आगलागीबाट पीडित सयौं जनाले बुधबार राति लण्डनमा आक्रोशसहित प्रदर्शन गरेका छन् । अगालागीका बारेमा अहिले भईरहेको अनुसन्धानप्रति असन्तुष्टी जनाउदै उनीहरुले प्रदर्शन गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । आगलागी भएको चार हप्ता पछाडी उनीहरुले शोक र आक्रोश व्यक्त गरेका हुन् । उनीहरुले पश्चिमी लण्डनको ग्रेनफेल टावरबाट शोक झल्काउनेगरी मैनबत्ति, मृतकको तस्वीर, फुल र उनीहरुको संझनामा हस्तलिखित प्लेकार्डहरु समेत प्रदर्शन गरेका थिए । “मलाई थाहा छ, हामीले जस्लाई गुमाएका छौं, जस्ले कसैलाई गुमाएका छन्, र उनीहरुको पछाडी जो शोकमा छन् यो सहन वास्तबमै धेरै गाह्रो छ,” स्थानीय सांसद इम्मा डेन्ट कोडले भन्नुभयो । आगलागीमा परी कम्तीमा
More