Daily Archives 15th July 2017

सर्वोन्द्र खनाललाई आईजी बनाउने गरी डिआईजीमा बढुवा (सूचिसहित)

काठमाडौं । ९ महिनापछि सर्वोन्द्र खनाललाई आईजीपी बनाउने गरी गृहमन्त्रालयले शनिबार डिआईजीमा बढुवा गरेको छ । चैत २९ गते वर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अवकास पाएपछि खनाल प्रहरी प्रमुख बन्ने छन् । मन्त्रालयले ११ जना डिआईजीलाई एआईजीमा बढुवा गरेलगत्तै १५ जना एसएसपीलाई डिआईजीमा बढुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले जारी गरेको बढुवा सूचिमा ८४ दशमलब ४७३४ अंकसहित खनालको बढुवा १ नम्बरमा गरेको छ । दोस्रो नम्बरमा रमेशप्रसाद खरेल बढुवा भएका छन् । उनलाई ८३ दशमलब ८५१० अंक दिइएको छ । १५ जना बढुवा गरिएकोमा तेस्रो नम्बरमा पुष्कर कार्की रहेका छन् । उत्तमकुमार कार्की, भोगकबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल,
More

११ डिआइजीको बढुवा सिफारिस, नवराज सिलवाल परेनन् (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको छ । सिफारिस सूचीको पहिलो नम्बरमा डीआईजी बमबहादुर भण्डारी, दोस्रोमा जयबहादुर चन्द, तेस्रोमा देबेन्द्र सुवेदी, चौथोमा पशुपति उपाध्याय, पाँचौमा केशरीराज घिमिरे, छैठौंमा माधव जोशी, सातौंमा विजयलाल कायस्थ, आठौंमा कमलसिंह बम, नवौंमा मिङ्मार लामा, १०औँ नम्बरमा रणबहादुर चन्द र ११ औँ नम्बरमा विजयकुमार भट्ट रहेका छन् । डीआईजी नवराज सिलवालको मुद्दा अदालतमा विचाराधिन रहेको भन्दै कार्यालयले उनलाई बढुवा सूचीमा राखेको छैन ।
More

ललितपुर मनपाको रु तीनअर्ब २३ करोड बजेट प्रस्ताव

ललितपुर । ललितपुर महानगरपालिकाले आव २०७४÷७५ का लागि रु तीन अर्ब २२ करोड ९१ लाख १० हजार बजेट प्रस्ताव गरेको छ । आज यहाँ आयोजना भएको ‘आर्थिक वर्ष २०७४-७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रम’ मा नगर प्रमुख चिरीबाबु महर्जनले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट उक्त रकमको आय अनुमान गरेको बताउनुभयो । चालूतर्फ रु ४३ करोड १२ लाख ८७ करोड (१३.३५ प्रतिशत) र पूँजीगततर्फ रु दुई अर्ब ७९ करोड ७८ लाख २३ हजार (८६.६५ प्रतिशत) खर्चको अनुमान गरिएको छ । परिषद्ले आन्तरिक आय रु एक अर्ब २२ करोड ४४ लाख प्रस्ताव गरेको छ । आन्तरिक स्रोतबाट रु एक अर्ब
More

आइसीसीको विधान कुल्चेर एनआरएन यूकेमा मनपरि पद सृजना गरियो

लण्डन । गैरआवासीय नेपाली संघ यूकेले आफ्नै मनोपलि गर्दै अनावश्यक रुपमा नयाँ पद सृजना गर्दै नियमावली पारित गरेको छ । गैरआवासीय नेपाली संघको केन्द्रिय विधानलाई समेत कुल्चेर ६ उपाध्यक्ष, १ महासचिव र १ उपमहासचिव लगायतका पद सृजना गरि उम्मेदवारी दर्ता गर्ने तयारी गरिएको हो । गैरआवासीय नेपाली संघको केन्द्रिय विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पद रहने व्यवस्था गरे पनि उपमहासचिवको व्यवस्था भने गरेको छैन् । गैरआवासीय नेपाली संघ यूकेको छौटौं अधिवेसनमा निर्वाचन समितिको लार्पवाहीका कारण निर्वाचन हुन नसके सहमतीको वाहनामा सृजित पदहरुलाई अहिलेको कार्यसमितिले अनुमोदन गरेको हो । गैरआवासीय नेपाली संघको विद्यानले पद संख्या खुल्ला राखे पनि नयाँ
More

एनआरएन यूकेको अध्यक्षमा हिराधन राईको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हिराधन राईले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन यूकेको दुई कार्यकाल उपाध्यक्ष पद समालेका राईले ९ सेप्टेम्वरमा हुने ७ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । राईले शुक्रबार अल्डरशटस्थित सांझ भेटघाट रेष्टुरेन्टमा बेलायतस्थित बिभिन्न संघसँस्थासंघसंस्थाका प्रतिनिधिहरु बीच आफ्ना प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गरे । राईले एनआरएनए अभियानमा लामो अनुभव र कार्यसमितिका दुई पटक सम्म उपाध्यक्षको भूमिका निर्वाह गरेकोले आफुले अध्यक्षमा उम्मेदवारी दिने निचोडमा पुगेको वताए । राईले आफ्नो उम्मेदवारीमा केन्द्रीय नेतृत्वको समेत सदभाव रहेको भन्न भ्याए । एनआरएनए अध्यक्ष शेष घले, जिवा लामिछाने र कुमार पन्तको समेत शुभ
More

जोखिम मोलेर खोला तर्दै

पुल नहुँदा वर्षाको भेलमा जोखिम मोलेर रुकुमको मुसिकोट–११ मा प्रितिबाङ्ग खोला तर्दै सवारी साधन । तस्बिर : लोकेन्द्र खनाल
More

वैदेशिक रोजगार सङ्घको अध्यक्षमा गुरुङ विजयी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी हुनुभएको छ । गुरुङले ४३४ मत प्राप्त गर्नुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी विमल ढकालले ३४१ मात्र प्रात गर्नुभयो । यसैगरी प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिवमा किशोरबहादुर जिसी र कोषध्यक्षमा राधिका कटवाल विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा बबनकुमार सिंह, सञ्जु गुरुङ, परमेश्वर अधिकारी, तेजमाया लिम्बू, सुरेश गौतम, सविना श्रेष्ठ, कुन्सा दोर्जे लिम्बू, प्रितमबहादुर मगर, प्रेमबहादुर विश्वकर्मा, सुरज केसी विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र मधेस केन्द्रित दल
More

संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन : उपप्रधानमन्त्री महरा

तुलसीपुर । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताउनुभएको छ । आज बिहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । संविधान संशोधन गर्नका लागि नेकपा(एमाले)ले पनि साथ दिनुपर्ने उहाँको भनाइ छ । उहाँले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री महरा आज राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको भवन शिलान्यास कार्यक्रममा सहभागी हुन दाङमा आइपुग्नु भएको हो ।
More

भेलले बगाएर काठमाडौंमा एक बालिकाको मृत्यु

काठमाडौं । बर्षे भेलले बगाउँदा शुक्रबार साँझ काठमाडौंमा एक बालिकाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकाको नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु भएको हो । शुक्रवार दिउसो परेको भिषण बर्षापछि वाटोमा हिडिरहेकी फुँयाल चिप्लेर ढलमा परेपछि बगेर मृत्यु भएको हो । साँझ पाँच बजेतिर नेपालटार पुल नजिकैवाट भेलमा बगेकी बालिका गुम्वा पुल छेउ मृत अवस्थामा फेला परेको बालाजु प्रहरीले जानकारी दिएको छ । सडक विस्तार र खानेपानी आयोजना निर्माणका लागि भत्काइएको सडकका कारण बालिकाको अनाहकमा ज्यान भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
More

असाममा बाढीका कारण ५२ जनाको मृत्यु

दिल्ली । भारतको उत्तरपूर्वी राज्य असाममा भारी वर्षा पछि आएको बाढीको कारण ५२ जनाको मृत्यु भएको छ भने १७ लाख ५० हजार मानिस प्रभावित भएको अधिकारीले जानकारी दिएका छन् । असाममा अवस्थित ३३ ओटा जिल्लामध्ये २६ जिल्लामा हाल बाढीको प्रभाव रहेको छ । असामका बाढी प्रभावित क्षेत्रका २९ हजार व्यक्ति १२३ ओटा शिविरमा बसोवास गर्दै आएका छन् । आवासीय इलाकाबाहेकका राष्ट्रिय पार्क र बन्यजन्तुको आश्रयस्थलसमेतमा पनि सो बाढीको पानीले जलमग्न भएको खबरहरुमा जनाइएको छ । प्रकोपको कारण ३२ ओटा बन्यजन्तुसमेत मरेका सरकारद्वारा सञ्चालित ‘अल इन्डिया रेडियो’लाई उद्धृतगर्दै सरकारी अधिकारीले जानकारी दिएका छन् । थप प्रहरी बलको सहयोगबाट प्रभावित इलाकामा ९०
More

जन्तरेको ‘पालामकी राजकुमारी’

काठमाडौं । मलेसियामा कार्यरत तेह्रथुमका कवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम कविताकृति ‘पालामकी राजकुमारी’ बजारमा ल्याउनुभएको छ । सो कृतिको साहित्यकार वैरागी काइँला, प्राज्ञ अमर गिरी र शशी लुमुम्बू, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी लगायतले शुक्रबार विमोचन गर्नुभयो । सो अवसरमा काइँलाले परम्परागत र मौलिक संस्कृतिमाथि बाह्य संस्कृतिको प्रभाव परिरहेका बेला जन्तरेले सांस्कृतिक सम्पदालाई महत्वका साथ आफ्ना कवितामा समेटेको बताउनुभयो । प्राज्ञ गिरीले सांस्कृतिक चेतनाले राष्ट्रियता मजबुद हुने उल्लेख गर्दै कविहरूले जीवन र जगत्को बोध गर्नुपर्नेमा जोड दिनुभयो । प्राज्ञ लुमुम्बूले कृति मुन्धुमी भावभूमिमा आधारित रहेर रचिएको बताउनुभयो । साहित्यकार टङ्क भट्टराई, नियात्राकार तथा कवि जय छाङ्छा र कवि चन्द्र
More

मनकुमारीलाई जापानबाट पाँच लाख रुपैयाँ सहयोग

बागलुङ । पहिराका कारण विस्थापित गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी चोखाललाई जापानमा रहेका नेपालीले रु पाँच लाख सहयोग जुटाएका छन् । चोखालको पुनःस्थापना र जीवनयापनमा सघाउन गलकोटबाट जापान पुगेका प्रवासीले सहयोग अभियान चलाएका थिए । एक सय १० जनाबाट उक्त रकम संकलन भएको गलकोट समाज जापानका उपाध्यक्ष भवानी पन्तले जानकारी दिनुभयो । त्रिसठ्ठी वर्षीया चोखालको अस्थायी कच्ची घर दुई साताअघि गएको पहिराले क्षतिग्रस्त बनाएको थियो । परिवारमा कोही नभएपछि एक्लै जीवनयापन गर्दै आउनुभएकी चोखाल अहिले छिमेकीका घरमा आश्रय लिएर बस्नुभएको छ । अन्नपात, लत्ताकपडा, भाडाकुँडासमेत पहिरामा पुरिएपछि उहाँको उद्धार र राहतका लागि जिल्ला र प्रवासमा समेत सहयोग अभियान चलेको हो ।
More

‘निःशुल्क भिसा र हवाई टिकट पुनरावलोकन हुन सक्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलहरूबीच सहमति भए मात्र सरकारले लागू गरेको ‘निःशुल्क भिसा र हवाई टिकटको व्यवस्था पुनरावलोकन हुने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले व्यवसायीबाट निःशुल्क भिसाको व्यवस्था पुनरावलोकनको माग आएकाले अहिले यस विषयमा सहमतिका लागि आफूले पहल गर्ने जानकारी दिए । उनले वैदेशिक रोजगारीमा गएर विदेशमा ज्यान गुमाउने नेपालीको मृत्युदर बढिरहेकामा चिन्ता व्यक्त गर्दै मृत्युदर घटाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए । उनले व्यवसायीलाई विदेशमा कामदार पठाउने मात्रै होइन, उनीहरूको आर्थिक, भौतिक सुरक्षामा समेत ध्यान दिन आग्रह गरे
More

आयुक्तहरूलाई महँगो गाडी !

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ । तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्‍याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि टेन्डर आह्वान गरिएको छ । प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरूको दबाबमा सचिव मैनालीलाई सरुवा गरी कामुसचिवमा महेश्वर न्यौपानेलाई आयोगमा ल्याइएपछि गाडी खरिद प्रक्रिया सुरु गरिएको छ । आयोगले शुक्रबार एक दैनिकमा विज्ञापन प्रकाशन गरी ५ वटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको छ । प्रत्येक आयुक्तलाई एक करोडसम्मको गाडी खरिदका लागि १९ साउनभित्र आवेदन दिन आयोगले टेन्डर
More

इनासको शाखा अब हङ्कङ्मा पनि

हङकङ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को ६७ औं शाखाको रुपमा इनास हङ्कङ् गठन भएको छ । पुराना तथा निकै चर्चित गायक नागेन्द्र श्रेष्ठको अध्यक्षतामा गठन भएको इनास हङ्कङ्लाई ग्लोबल समितिबाट अनुमोदन गरेपछि यस संस्थाको ६७ औं शाखाको रुपमा हङ्गकङ्ग समितिले आधिकारिकता पाएको हो। हाललाई तदर्थ समितिको रुपमा मान्यता प्राप्त समितिमा ग्लोबल प्रतिनिधिको रुपमा रचना प्रधान छानिएकी छिन भने कृष्ण भक्त महर्जन र क्षितीज उपाध्याय उपाध्यक्ष, गायत्री जोशी थापा महासचिव र रिना कोषाध्यक्ष तथा महेश शिल्पकार, करुणा श्रेष्ठ, मौशम लिम्बू र विजय श्रेष्ठ कार्यकारी सदस्यको रुपमा रहेका छन्। त्यस्तै जितेन्द्र महर्जन (ज्याक) प्रमुख संरक्षक, बिनय शाह संरक्षक, हरि श्रेष्ठ
More

साउन १ गतेदेखि नामावली संकलन

हेटौडा । जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गरिने भएको छ । कार्यालयका अनुसार प्रदेश नं ३ अन्तर्गत पर्ने मकवानपुर जिल्लाका आठ गाउँपालिका तथा एक एक नगरपालिका र उपमहानगरपालिका क्षेत्रका बासिन्दाको नयाँ मतदाता नामावली संकलन गरिने भएको छ । साथै साउन १६ देखि २० गतेसम्म तस्बिरसहित नाम, अद्यावधि गरिनाका साथै नामावलीको संशोधन पनि गरिने कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले राससलाई बताउनुभयो । उहाँका अनुसार सम्बन्धित वडामा बसोबास गर्ने व्यक्तिको नागरिकता, विवाहिता महिलाका हकमा विवाह दर्ता एवं अन्य जिल्लाबाट बसाइँ सरी आएका व्यक्तिका परिवारले बसाइँसराइ दर्ताको प्रमाण ल्याएमा
More

५२ एचआइभी संक्रमित

गौशाला । आव २०७३-०७४ मा महोत्तरी जिल्लामा एचआइभी संक्रमित व्यक्ति ५२ जना रहेको विवरण सार्वजनिक गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले वार्षिक समीक्षा गोष्ठीका क्रममा शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार आव ०७३÷७४ को असारसम्ममा एचआइभीबाट संक्रमित व्यक्तिको संख्या ५१ जना पुगेको छ । आव ०७२-७३ मा भने जिल्लामा १० पुरुष, ११ महिला र तीन बालक गरी २४ जना व्यक्ति एचआइभीबाट संक्रमित थिए । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा नागेन्द्र यादवका अनुसार जिल्लाका विभिन्न गाउँका २९ पुरुष, १८ महिला, एक गर्भवती र तीन बालक एचआइभीबाट संक्रमित छन् । एचआइभी संक्रमित सबै जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट एआरटी (औषधोपचार) सेवा लिइरहेका छन् ।
More

खुला मादल प्रतियोगिता साउन १२ मा

पोखरा । नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ । स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार सहित ट्रफी, पदक र प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर ह्याल्मोले बताउनुभयो । प्रतियोगितामा विधागत उत्कृष्ट मौलिकता, सिर्जनात्मक र लोपोन्मुख पौराणिकतालाई जनही रु पाँच हजारबाट समेत पुरस्कृत
More