Daily Archives 16th July 2017

Petition sent to PM Modi in support of the Gorkhaland Movement

A group of people born in Darjeeling and surrounding hill areas of India but now living in the UK have sent a petition to the Prime Minister of India, Narendra Modi, calling upon him to fulfil the demands of millions of Nepali-speaking Gurkhas in India by creating a separate Gorkhaland state. They sent the petition through the Indian High Commission in London. Talking to reporters, Chairman of the UK Darjeeling Association, Roshan Gurung, said the general strike called in Darjeeling had crossed one month causing immense hardships to local communities. He also called upon the central and state governments of
More

यती एसोसिएसन यूकेको अध्यक्ष देवानद्धारा राजिनामा

लण्डन । वेलायतको सबै भन्दा पुरानो संस्था यती नेपाली एसोसिएसन यूकेको अध्यक्ष पिपला देवानले राजिनामा दिएकी छन् । गतबर्ष मात्र पहिलो महिलाका रुपमा संस्थाको अध्यक्षको पद समालेकी देवानले आफ्नो कार्यव्यस्तताका कारणले पदबाट राजिनामा दिएकी हुन् । संस्थाका महासचिव बाचस्पति रेग्मीका अनुसार देवानले शनिवार साँझ कार्यसमिति समक्ष आफ्नो राजिनामा पत्र पेश गरेकी छन् । रेग्मीले आफुलाई प्राप्त राजिनामा कार्यसमितिका सदस्यहरु समक्ष पठाई सकेको जानकारी दिए । ‘आफ्नो कार्यव्यस्तताका कारणले समय दिन नसेको भन्दै राजिनामा दिनु भएको छ आगामी कार्यसमितिको बैठकले राजिनामाको बिषयलाई टुंगो लगाउने छ’ रेग्मीले भने । देवानको व्यस्तताकै कारणले अक्टोवर महिना पछि संस्थाको बैठक समेत नियमित बस्न सकेको थिएन्
More

एडिलेडलाई घन्काएपछि नेपथ्य सिड्नीतर्फ

एडिलेड, । साउन १ । यस वर्ष अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुती अन्तर्गत दोश्रो कन्सर्ट शनिबार एडिलेडको ‘नरउड कन्सर्ट हल’मा सम्पन्न भएको छ । स्तरिय वाइन र त्यसको निम्ति गरिएका फराकिलो अंगुर खेतीका फाँटहरुको निम्ति विश्वमै प्रसिद्ध बरोसा भ्यालीसँग नजिकै रहेको यो सहर दक्षिणवर्ती अष्ट्रेलियाली राज्य ‘साउथ अष्ट्रेलिया’को राजधानी पनि हो। सिड्नी र मेलबर्नको तुलनामा एडिलेडमा असाध्यै थोरै नेपालीहरुको बसोबास रहेको छ । यति हुँदाहुँदै पनि लगभग ३ हजार नेपालीको बसोबास रहेको यस सहरमा झण्डै तीस प्रतिशत मानिस नेपथ्यलाई हेर्न र सुन्न कन्सर्ट हल आइपुगेका थिए । ‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीहरुलाई एकतामा जोड्ने काम गर्छ,’ आयोजक समितिका खुम
More

आज मन्त्रिमण्डल विस्तार नहुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार नगर्ने हुनु भएको छ । आन्तरिक विवाद मिल्न नसकेपछि आज आइतबार मन्त्रिमण्डल विस्तार गर्ने भनिए पनि बुधबारका लागि सारिएको बुझिएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पार्टीको तर्फबाट मन्त्रीको लिस्ट पठाए पनि केही मन्त्री हरेफेर गर्ने भनेर अध्यक्ष पुष्पकमल दाहालले रोकेका छन् । यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्री हुने लिस्टमा २ जनाको मात्र नाम पठाएपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् । पहिलो चरणमा पौडेलले बलबहादुर केसीको नाम सिफारिस गरेकाले प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका हुन् । उनको नाम फिर्ता लिन पौडेललाई प्रधानमन्त्रीले सहमत गराउने प्रयास भइरहेको बुझिएको छ ।
More

प्रधान न्यायधीशमा गोपाल पराजुली सर्वसम्मतले अनुमोदन

काठमाडौं । प्रधान न्यायाधीश गोपाल पराजुलीको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत रुपमा अनुमोन गरेको छ । संबैधानिक परिषदको सिफारिसमा आज भएको सुनुवाईमा पराजुलीको नाम सर्वसम्मत अनुमोदन भएको हो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेसँगै अब पराजुलीलाई राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ ग्रहण गराउने बाटो खुलेको छ। सपथ ग्रहणपछि पराजुलीले प्रधानन्याधीशका रुपम कार्यभार ग्रहण गर्ने छन् । प्रस्तावित प्रधानन्यायाधीश पराजुलीका विषयमा संसदीय सुनुवाई समितिमा एउटा पनि उजुरी परेको थिएन। सांसदहरुले भने उजुरी नपर्नुको कारणबारे संसदीय समितिमा पराजुलीलाई नै प्रश्न गरेका थिए।
More

दुवै खुट्टा गुमाएका गायक गर्बुजा पुरस्कृत

पोखरा । लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु-याएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले उहाँलाई सम्मान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राशि रु १५ हजार छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कारबाट गर्बुजालाई पुरस्कृत गर्दै ‘इच्छा र आत्मबल’को अगाडि शारीरिक समस्या ठूलो कुरा नभएको बताउनुभयो । पुरस्कृत व्यक्तित्व गर्बुजाले आफू दुःख र अभावबाट गायक बनेको बताउँदै आफूले छिट्टै ‘आत्मकथा’ बजारमा ल्याउन लागेको जानकारी दिनुभयो । गजल सन्ध्याका अध्यक्ष एवम् सञ्चारकर्मी अमृत सुवेदीले
More

बाढीले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

चरिकोट । गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले लिखु गाउँपालिका वडा नं ७, खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्रीको शव फेला परेको, अर्का एकजनाको पनि शव फेला परेको र सनाखत हुन बाँकी रहेको बताउनुभयो । त्यसैगरी अन्य छ जना घाइते रहेका छन् । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका दुई घरसमेत बगेका छन् । शनिबार दिउँसोदेखि खिम्ती क्षेत्रमा वर्षा
More

सर्पको डसाइबाट तीन महिनामा सातको मृत्यु

कैलाली । यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ । सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिनुभयो । उहाँले सर्पले डसेमा ग्रामीण भेगतिर शुरुमा झारफुकजस्ता उपचार प्रक्रिया अपनाउने प्रवृत्तिका कारण अस्पताल ल्याउन ढिलाइ भई मृत्यु हुने गरेको बताउनुभयो । कैलालीको सेती अञ्चल अस्पतालमा गत वर्ष सर्पले डसेका २१५ जना बिरामी उपचारका लागि आएका थिए भने यस वर्ष तीन महिनाको अवधिमा ६८ जना बिरामी उपचारका लागि अस्पताल आइसकेका छन् । गत वर्ष एक वर्षको अवधिमा सातजनाको मृत्यु
More

कोरियामा कामदारको तलब १६ प्रतिशतले बढ्यो, ४५ हजार नेपाली लाभान्वित हुने

कोरियो । दक्षिण कोरियामा कामदारको तलब १६दशमलव ४५ले वृद्धि भएको छ । शनिवार अबेरसम्म बसेको ज्याला निर्धारण समितिको बैठकले तलब बढाएको हो । तबल वृद्धि गर्ने निर्णयले कोरियामा कार्यरत लाखौ कामदार तथा ४५ हजार भन्दा बढी नेपाली कामदार हर्षित भएका छन् । कोरिया सरकारले सन् २०१८ लागि इपिएस लगायत सम्पुर्ण कामदारको तलब उक्त प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । वृद्धि भएसँगै कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वोन अर्थात नेपाली झण्डै ६८३ रुपैया पुगेको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १५७३७७० अर्थात मासिक नेपाली झण्डै एक लाख ४२ हजार सात सय ४७ रुपैया हुने
More

नसच्चिए बोहरामाथि कारबाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र मतभेद र असन्तुष्टि चुलिएपछि अध्यक्ष कमल थापाले त्यसको सम्पूर्ण दोष पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता दीपक बोहरामाथि थोपर्दै तत्काल नसच्चिए कारबाही गर्ने चेतावनी दिनुभएको छ ।पार्टीभित्र बढेको द्वन्द्वबारे छलफल गर्न आएका केन्द्रीय सदस्य, सांसद र जिम्मेवार कार्यकर्तासँग थापाले बोहरालाई कारबाहीको चेतावनी दिनुभएको हो । पार्टीका एक पदाधिकारीले अन्नपूर्णसँग भने, ‘आफूपछि दोस्रो मर्यादामा रहनुभएका उपाध्यक्ष बोहरालार्ई पदबाट निकाल्नेसम्मको तयारीमा थापा हुनुहुन्छ ।’ पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप बोहरामाथि छ । वरिष्ठ नेता पशुपतिशम्शेर राणालाई प्रयोग गरी पार्टी फुटाउने षड्यन्त्रको मियो नै बोहरा रहेको आरोप अध्यक्ष थापाले लगाएको जानकारी ती नेताले दिए ।सांसदसमेत रहनुभएका
More