Daily Archives 18th July 2017

११ वर्षीया बालिकालाई गर्भवती बनाउने पक्राउ

भोजपुर । भोजपुरमा ११ वर्षीया बालिकालाई गर्भवती बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । अरुण गाउँपालिका याकुकी–११ वर्षीया बालिकालाई गर्भवती बनाइ फरार रहेका सोही गाउँका २१ वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार धरानबाट पक्राउ परेका श्रेष्ठलाई जबर्जस्ती करणीको मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचर्यले बताए । बालिकाको पेट असहजरुपमा बढ्दै गएपछि सोधखोज गर्दा घटना बाहिर आएको हो ।
More

वरिष्ठ नेता पौडेल र जापानका वातावरण राज्यमन्त्री इतोबीच भेट

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जापानका वातावरण राज्यमन्त्री तादाहिको इतोबीच भेटवार्ता भएको छ । नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटमा नेपालको वातावरण र प्राकृतिक सम्पदालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले जापानमा नयाँ प्रविधि प्रयोग हुँदै आएको र नेपालमा पनि उक्त प्रविधिको प्रयोग गरी शहरी क्षेत्रको फोहोर व्यवस्थापन गरेर कसरी फाइदा लिन सकिन्छ भन्ने बारेमा समेत छलफल भएको बताउनुभयो । भेटमा राज्यमन्त्री इतोले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिनुभएको नेता पौडेलले बताउनुभयो । जापान–नेपाल संसदीय मैत्री सङ्घका अध्यक्षसमेत रहनुुभएका राज्यमन्त्री इतोले आगामी
More

नेपाली कामदारको समस्या समाधान गर्न मन्त्री मंसुरको आग्रह

काठमाडौं । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरसँग नेपालका लागि साउदी अरबका राजदूत अब्देल नासेर हुसेन अल हार्थीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सो भेटमा मन्त्री मंसुरले साउदीमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका बहिर्गमन प्रवेशाज्ञा, नवीकरण, तलब भक्ताको भुक्तानी, शव पठाउने कार्यमा ढिलाइलगायत समस्याबारे राजदूत हार्थीको ध्यानाकर्षण गराउनुभयो । जवाफमा राजदूत हार्थीले समस्याको समाधान गर्न दूतावासले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेटमा मन्त्री मंसुरले खाडी राष्ट्रमा उत्पन्न कूटनीतिक गतिरोधको समाधान शान्तिपूर्ण एवम् कूटनीतिक माध्यमबाट यथाशीघ्र हुनुपर्ने पक्षमा नेपाल रहेको जानकारी दिनुभयो । राजदूतले विकसित पछिल्लो समस्या कुटनीतिक
More

उद्घाटन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल इन्जिनियर्स एसोसिएसनको ५५ औँ वार्षिकोत्सवको अवसरमा मङगलबार काठमाडौँमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै । तस्बिर: रोशन सापकोटा
More

उपत्यकामा स्काई रेल सञ्चालन गर्न सकिने

काठमाडौं । काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले आज ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाउनु भएको हो । प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले ललितपुर महानगरपालिका र काठमाडौँका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप काम गरिने जानकारी गराउनुभयो । कम्पनीका अध्यक्ष पाण्डेले तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलङ्कीसम्म ‘स्काई रेल’ सञ्चालन गर्न सकिने बताउनुभयो । त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भूबाट बौद्धसम्म पनि ‘स्काई रेल’ सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन
More

एनआरएन ईटालीको महाधिवेशन २७ अगष्टमा

रोम। गैरआवासीय नेपाली सघ ईटालीको महाधिवेशन २७ अगष्टमा हुने भएको छ। आगामी २ वर्षको लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी पाएको महाधिवेशन ईटालीको राजधानी रोममा आयोजना गर्न लागिएको हो। महाधिवेशनको लागि नयाँ सदस्यता वितरण तथा नविकरण प्रकृया शुरुवात भैसकेको छ। साथै निर्वाचन प्रकृयाको लागि जनक पङ्गेनीलाई प्रमुख निर्वाचन सयोजक तोकिएको छ। भुकम्प पिडित राहतको लागि यूरोपक्षेत्रवाट नै सर्वाधिक रकम संकलन गरि हस्तान्तरण गरेको एनआरएनए ईटालिको महाधिवेशनलाई अर्थपूर्णरुपले हेरिएको छ।
More

एनआरएन यूके महिला संयोजकमा लीला सेलिङको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महिला संयोजकमा लीला सेलिङ माबोले उम्मेदवारी दिने घोषणा गरेकी छन् । माबोले गत आइतबार लण्डनस्थित फेलथाममा आयोजित पत्रकार सम्मेलनमार्फत् अगामी ९ सेप्टेम्वरमा हुने ७ औं अधिवेसनका लागि उम्मेदवारी दिने घोषणा गरेकी हुन् । किराँत याकथुङ चुम्लुङ यूकेको उपाध्यक्ष समेत रहेकी माबोले बेलायतमा नेपाली महिलाले भोग्नु परेको घरेलु हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने मुख्य उद्देश्य रहेको बताइन् । उनले महिला संयोजकको रुपमा जिम्मेवारी पाए यसअघिका महिला संयोजकले ल्याएका कार्यक्रमलाई निरन्तरता दिदैं महिला हकहितका लागि नयाँ कार्यक्रम सार्वजानिक गर्ने घोषणा गरेकी छन् । पेशाले डेन्टल नर्स माबोले बेलायतको सर्य यूर्निभरसिटीमा स्नातक उत्र्तिण गरेकी छन् । करिब
More

राष्ट्र संघमा दिगो विकाससम्बन्धी समीक्षा प्रस्तुत

राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को तत्वावधानमा न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चको मन्त्रिस्तरीय बैठकमा मङ्गलबार दिगो विकासका कार्यसूची कार्यान्वयनबारे स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ । तस्बिर : परराष्ट्र मन्त्रालय
More

जानी नजानी नेपाली समाजलाई गाँज्दैछ साइबर अपराधले

काठमाडौं । गत वैशाखमा कास्की माछापुच्छे गाउँपालिका घर भई पोखरा–लेखनाथ महानगरपालिका बस्ने २२ वर्षीय प्रताप मल्ल प्रहरी हिरासतमा पुग्यो । कारण थियो मल्लले आफ्नो फेसबुकमा राष्ट्रपतिको तस्वीर जोडेर व्यक्तिगत छविमा आँच पु-याउने कुरा लेख्नु । उक्त घटनाको केही महिना अघि अर्घाखाँची घर भई काठमाडौँ धापासी बस्ने नारायण पौडेल समातिएका थिए । उनी धापासी बस्ने सदीक्षा अधिकारीको नाममा नक्कली आइडी बनाई अश्लील शब्द र तस्वीर विभिन्न व्यक्तिलाई पठाउने गर्थे । नेपालमा बसेका बङ्गलादेशी नागरिक अहसानुल हकलाई प्रहरीले समात्यो । उसमाथि बेलायती नागरिक केट भिटोरिया विल्सनको इमेल ह्याक गरी व्यापार सम्झौताका व्यक्तिलाई इमेल गरी व्यवसायमा अवरोध पु-याएर चरित्र हत्या गरेको आरोप छ
More

केन्द्रीय समितिको बैठकमा पशुपतिशमशेर समूह सहभागी नहुने

काठमाडौं । आन्तरिक विवाद मिल्न नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि हुने केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने स्थिति देखा परेको छ । पछिल्लोपटक पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेपछि विवाद चुलिएको हो । असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ नेता पशुपति शम्शेर राणाले सो निर्णय सच्चाउन माग गर्नुभएको तर त्यसलाई संस्थापन पक्षले नकारिदिएपछि विवाद बल्झिएको हो । नेता राणाले पार्टीमा आफूसँग परामर्श नगरी अध्यक्ष थापाले एकतर्फी रुपमा गरेको निर्णयले पार्टीलाई निरंकुश बनाउने बताउनुहुन्छ । संगठनलाई प्रजातान्त्रिक बनाउन आफ्नो पक्षले भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । पार्टी नेतृत्वले गलत निर्णयलाई नसच्चाएमा केन्द्रीय कार्यसमितिको बैठकमा आफू
More