Daily Archives 18th July 2017

९४ इनिस्पेक्टर डिएसपीमा बढुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९४ प्रहरी निरीक्षक (इनिस्पेक्टर) लाई प्रहरी नायक उपरीक्षक पदमा बढुवा गरेको छ । बढुवामध्ये एक नम्बरमा नवराज मल्ल परेका छन् । उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत थिए । दोस्रो नम्बरमा डिलबहादुर मल्ल छन् भने नरेन्द्र कुँवर तेस्रो नम्बरमा छन् । निर्मल बुढाथोकी, पुष्पराज मल्ल, मुकुन्दप्रसाद रिजाल, रुपक खड्का, भेषराज रिजा, पे्रमसागर केसी र डिल्लीनारायण पाण्डे क्रमशः चौथोदेखि दसौं नम्बरमा रहेका छन् । प्रहरी प्रधान कार्यालयले गत शनिबार ११ डिआईजीलाई एआईजीमा नियुक्त गरेको थियो । त्यसपछि एसएसपीलाई डिआईजी, एसपीलाई एसएसपी र डिएसपीलाई एपीमा यसै साता बढुवा गरेको छ । लामो समयदेखि प्रहरीमा बढुवा रोकिएको
More

सन्दिपको कसिलो बलिङ, नेपालको दोस्रो जीत

काठमाडौं । अण्डर-नाईन्टिन विश्वकप क्रिकेटअन्तर्गत एसियाली समूहको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सिंगापुरमा आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो । खेलमा मलेसियाले दिएको ५९ रनको झिनो चुनौती नेपालले १० औं ओभरमा ५ विकेट गुमाएर पुरा ग-यो । आक्रामक ब्याटिङ गरेको नेपालको लागि आसिफ शेखले २३ रन तथा प्रनित थापामगरले १८ रनको योगदान दिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले २६ औं ओभरमा अलआउट हुनुपूर्व ५८ रन मात्रै जोड्न सक्यो । नेपालका कप्तान सन्दिप लामिछानेले आज पनि ५ विकेट लिए । लामिछानेले हिजो सिंगापुरविरुद्धको खेलमा पनि ५ विकेट लिएका थिए ।
More

बाहिरी चक्रपथ निर्माणमा अवरोधै अवरोध

काठमाडौं । बाहिरी चक्रपथ निर्माण गर्न चीनले दशकअघि नै सहयोगको बचन दिएको थियो । तर सहरी विकासका इन्जिनियरहरुको ढिला सुस्तीले जग्गा अधिग्रहणमा समस्या आएपछि निर्माण सुरु भएन । त्यही रकम पहिलो रिंगरोडलाई सुधार गरिदिन आग्रह गरियो र चीनले यतिबेला पहिलो रिंगरोड विस्तार गरिरहेको छ । सहरी विकासले फेरि दोस्रो रिंग रोडको निर्माण अघि बढाउने निर्णयमा पुगेर यसको लागत ६ अर्ब तय ग¥यो । तर पहिलो फेजमा सतुंगल चोभारसम्मको ६ किलोमिटर खण्ड निर्माण गर्ने भनिए पनि त्यसको फाइल अघि बढेको छैन । सडकमा पर्ने जग्गा रोक्का राखरे अधिग्रहण गर्नुपर्नेे विषयमा नै किचलो सरुु भएको छ । सचिव दीपेन्द्रनाथ शर्माका अनुसार काम
More

राप्रपाले निर्देशक समिति गठन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको एकता महाधिवेशन सम्पन्न भएको चार महिनापछि निर्देशक समिति गठन गर्ने भएको छ । पार्टीभित्र केन्द्रीय नेतृत्वलाई नियमन तथा सुझाव दिने उद्देश्यले तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरणका समयमा सो समिति गठन गर्नका लागि विधानमा व्यवस्था गरिएको थियो । एकीकरणलगत्तै सो समिति गठन गरी वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीलाई संयोजकको जिम्मेवारी दिने समझदारी भएकोमा त्यसो हुन नसकेपछि नेता लोहनीले सो पार्टी परित्याग गर्नुभएको थियो । पार्टीको संस्थापन पक्ष तथा असन्तुष्ट पक्षका बीच सो समिति गठन गर्ने अनौपचारिक समझदारी भएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सो विषयलाई प्राथमिकतामा
More

पहिरो पन्छाएपछि सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ४:३० बजे खसेको पहिरो पन्छाएर ६:३० बजेदेखि सवारी आवागमन सञ्चालन गरिएको हो । रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । बिहान ४ बजेदेखि सडक खुल्ने भएपनि ४:३० बजे पहिरो खसेर सडक अवरुद्ध भएपछि यातायातका साधन रोकिएका थिए । पहिरो खसेको ठाउँ मुग्लिनबाट सात किमी नारायणगढतर्फ पर्छ । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खस्ने क्रम बढेपछि सो सडक राति बन्द गरिँदै आएको छ ।
More

नुहाउन गएका ३ युवती सेतीमा बेपत्ता

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन् । सोमबार साँझ नुहाउने क्रममा सेतीले बगाउँदा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् । बालुवा झिक्ने मजदुरका रुपमा काम गर्ने तीनैजना काम सकेर नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार सँगै नुहाउने गोम्छे नेपालीले खबर गरेपछि प्रहरी टोली उक्त स्थानमा पुगी बेपत्ता भएकाहरुको खोजी तीव्र पारिएको छ ।
More

डेढ महिना हुन लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएन

काठमाडौं । प्रधानमन्त्रीमा जेठ २३ गते निर्वाचित भएर २४ मा कार्यभार सम्हालेका शेरबहादुर देउवाले डेढ महिना हुन लाग्दासमेत मन्त्रिमण्डलसम्म पनि विस्तार गर्न सकेका छैनन् । देउवाको अति सुस्त काम गर्ने शैलीप्रति उनकै पार्टी कांग्रेसका नेताहरूसमेत रुष्ट हुन थालेका छन् । उनको यस्तै सुस्तता कायम रहे आगामी माघ ७ भित्र प्रदेश र संघीय संसद्को चुनाव हुनेमा शंका बढ्न थालेको कांग्रेसकै नेताहरूले बताएका छन् । ‘प्रदेश र संघीय संसद्को चुनावका लागि सरकार क्षेत्र निर्धारण आयोग गठन गरेर तयारीमा जुटिसक्नुपर्ने हो, तर प्रधानमन्त्रीजी अहिलेसम्म मन्त्रिमण्डल विस्तारसमेत गर्न नसकेर अल्झिरहनुभएको छ,’ कांग्रेसकै एक शीर्ष नेताले भने, ‘मन्त्रिपरिषद्लाई पूर्णता दिनसमेत डेढ महिना बिताउने हो भने
More

मधेसमा आइएनजिओको २३ अर्ब

काठमाडौं । तराई-मधेसका २२ जिल्लामा एक वर्षमा मात्रै २३ अर्बभन्दा बढी रकम अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजोओ) मार्फत खर्च गरिएको खुल्न आएको छ। ती जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा सात सय ४५ वटा परियोजनामार्फत २३ अर्बभन्दा बढी रकम खर्च गरिएको हो। उक्त रकम खर्चका लागि ७३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था झापादेखि कञ्चनपुरसम्मका भित्री मधेससहितका २२ जिल्लामा सक्रिय थिए । कैलालीमा सबैभन्दा बढी ५२ वटा र नवलपरासीमा सबैभन्दा कम २२ वटा परियोजना अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले चलाएका थिए। अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक आर्थिक सहायता तथा समन्वय महाशाखामा उपलब्ध भई रेकर्ड भएअनुसार उक्त तथ्यांक देखिएको हो। ती जिल्लामा सबैभन्दा बढी अमेरिकाका २६ वटा, बेलायतका १४
More